परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३१

पत्रुसको बारेमा उल्लेख गर्दा, मानिसहरूले उसको बारेमा भन्ने असल कुराहरूको अन्त हुँदैन। तिनीहरू तुरुन्तै उसले परमेश्‍वरलाई तीन पटक इन्कार गरेको, उसले शैतानको सेवा गरेर कसरी परमेश्‍वरको परीक्षा गरेको, र आखिरीमा ऊ परमेश्‍वरको खातिर कसरी क्रूसमा उँधोमुन्टो पारी झुन्ड्याइएको, आदि कुराहरू सम्झन्छन्। अब म तिमीहरूलाई पत्रुसले मलाई कसरी चिने र उसको अन्तिम अवस्था कस्तो थियो भन्ने कुरामा जोड दिन जाँदैछु। पत्रुस असल क्षमता भएको व्यक्ति थियो, तर उसका परिस्थितिहरू पावलका जस्तै थिएनन्: उसका बाबुआमाले मलाई सताए, उनीहरू शैतानको अधिकारमुनि रहने भूतात्माहरू थिए, त्यसैको फलस्वरूप, उनीहरूले पत्रुसलाई परमेश्‍वरको बारेमा कुनै शिक्षा दिएनन्। पत्रुस बुद्धिमान्, प्रतिभाशाली, र सानै उमेरदेखि उसका बाबुआमाद्वारा पुलपुल्याइएको थियो। तापनि वयस्क बनेपछि, ऊ उनीहरूका शत्रु बने, किनकि उसले मेरो बारेमा ज्ञानको खोजी गर्न कहिल्यै छोडेन, र फलतः उनीहरूलाई त्यागे। यस्तो किन भयो भने, सबै कुराहरूभन्दा माथि, उसले स्वर्ग र पृथ्वी र त्यसमा भएका सबै थोकहरू सर्वशक्तिमानको हातमा छन् र सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आउँछन् र शैतानको प्रक्रियाबाट भएर जानुभन्दा पहिले सीधै उहाँबाट जारी हुन्छन्‌ भनी विश्‍वास गर्यो। पत्रुसका बाबुआमाको विरोधाभासले उसलाई मेरो दया र कृपाको अझ ठूलो ज्ञान दियो, यसरी मलाई खोज्ने उसको चाहना अझ बढ्यो। उसले मेरो वचन केवल खाने र पिउनेमा मात्र होइन, तर त्यसबाहेक, मेरो इच्छा बुझ्नमा पनि ध्यान दियो, र ऊ आफ्नो हृदयमा सधैँ सतर्क थियो। फलस्वरूप, आफ्नो आत्मामा ऊ सधैँ संवेदनशील थियो, र यसरी, उसले गर्ने सबै कार्यमा ऊ मेरो हृदयअनुसारको व्यक्ति थियो। आफैलाई प्रोत्साहन दिनका निम्ति उसले विगतमा मानिसहरूको असफलताहरूलाई निरन्तर ध्यान दिने काम गर्थ्यो, असफलताको पासोमा परिएला भनी धेरै डराउथ्यो। त्यसैगरी, उसले युगौं-युगदेखि परमेश्‍वरलाई प्रेम गर्ने सबैको विश्‍वास र प्रेम आत्मसात् गर्ने कुरामा पनि ध्यान दियो। यसरी—नकारात्मक पक्षहरूमा मात्र होइन, तर अझ महत्त्वपूर्ण रूपमा, सकारात्मक पक्षहरूमा पनि—ऊ धेरै चाँडो वृद्धि भयो, यहाँसम्म कि मेरो उपस्थितिमा उसको ज्ञान सबैभन्दा महान् बन्यो। तब, उसले आफूसँग भएका सबै थोकहरू कसरी मेरो हातमा दियो, खाने, लाउने, सुत्ने र ऊ कहाँ बस्ने भन्ने विषयमा लिने निर्णय समेत पनि कसरी समर्पण गर्यो, र त्यसको साटो, सबै कुराहरूमा मलाई सन्तुष्ट पार्ने आधारमा मेरा सम्पत्तिहरूको आनन्द उपभोग गर्यो भन्ने कुरा कल्पना गर्नु गाह्रो छैन। मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्‍वास कहिल्यै एक पटक पनि गुमाएन वा ममा कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दा समेत पनि ऊ निरुत्साहित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासको सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका परीक्षाहरू त होइनन्‌, तर वचनका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, “हे परमेश्‍वर! स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईंको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र, हे सर्वशक्तिमान्‌? जब तपाईं मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईंको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईंले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भएतापनि तपाईंका कामहरूको बुझ्‍न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईं अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्टहरू भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईंको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईंलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? हे सर्वशक्तिमान्! मैले तपाईंलाई देखेको के तपाईं साँच्चै चाहनुहुन्न र? के म साँच्चै तपाईंको न्याय पाउन योग्य छैन र? के ममा कुनै यस्तो कुरा छ जुन कुरा तपाईं देख्न चाहनुहुन्न?” त्यस्ता परीक्षाहरूको समयमा, पत्रुस मेरो इच्छा विशुद्ध प्रकारले बुझ्न सक्षम नभए पनि, यो स्पष्ट थियो कि (उसले मेरो इन्साफ प्राप्त गरेको भएतापनि मानव जातिले मेरो प्रताप र क्रोध देख्न सकोस्‌ भनेर) मद्वारा प्रयोग हुने कुरामा ऊ गौरवान्वित र सम्मानित भयो, र ती परीक्षाहरूद्वारा ऊ दुःखी भएन। मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र? मैले पत्रुसको बारेमा यति लामो वृत्तान्त किन बताएँ, त्यसबारे राम्ररी र घनीभूत विचार गर; तिमीहरू जिउनु पर्ने सिद्धान्तहरू यी नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ६

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३३

यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १००

येशूले पृथ्वीमा जिउनुभएको जीवन देहको सामान्य जीवन थियो। उहाँ आफ्नो देहको सामान्य मानवतामा जिउनुभयो। उहाँको अख्तियार—आफ्नो काम गर्नु र आफ्नो...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३८

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०८

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको...