परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२२

अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्‍चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा निष्क्रिय बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनले संसारमा लाभ, खुशी, ख्याति, वा सम्पत्तिको खोजी गरेनन्; तिनले सबैभन्दा अर्थपूण जीवन मात्रै जिउन खोजे, जुन परमेश्‍वरको प्रेमको ऋण तिर्नु र आफूले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्‍वरलाई सुम्पनु थियो। त्यसपछि तिनी आफ्‍नो हृदयमा सन्तुष्ट हुन्थे। तिनले धेरै पटक येशूलाई यी शब्‍दहरूद्वारा प्रार्थना गर्थे: “प्रभु येशू ख्रीष्ट, एक पटक मैले तपाईंलाई प्रेम गरेँ, तर मैले तपाईंलाई साँचो रूपमा कहिल्यै प्रेम गरिन। तपाईंप्रति ममा विश्‍वास छ भनेर मैले भनेको भए तापनि, मैले तपाईंलाई साँचो हृदयले कहिल्यै प्रेम गरिन। मैले तपाईंलाई सराहना मात्र गरेँ, तपाईंलाई आदरपूर्वक प्रेम गरेँ, र तपाईंको याद गरेँ, तर मैले तपाईंलाई न त साँचो रूपमा कहिल्यै प्रेम गरेँ, नत तपाईंमा कहिल्यै साँचो विश्‍वास नै राखेँ।” संकल्प गर्नको लागि तिनले निरन्तर प्रार्थना गरे, र तिनी येशूको वचनद्वारा सँधै उत्साहित हुन्थे र तिनबाट उत्प्रेरणा लिन्थे। पछि, अनुभवको एक अवधिपछि, येशूले तिनलाई उहाँप्रति अझै तड्पिन बाध्य तुल्याउँदै तिनको जाँच गर्नुभयो। तिनले भने: “प्रभु येशू ख्रीष्ट! म कति धेरै तपाईंको याद गर्छु, र तपाईंलाई हेर्ने तृष्णा गर्छु। ममा धेरै कुराको कमी छ, र तपाईंको प्रेम जति म तपाईंलाई दिन सक्दिन। मलाई चाँडै नै लैजानुहोस् भनेर म तपाईंलाई बिन्ती गर्छु। तपाईंलाई कहिले मेरो खाँचो पर्नेछ? तपाईंले मलाई कहिले लैजानुहुनेछ? कहिले फेरि मैले तपाईंको मुहार हेर्नेछु? यो शरीरमा जिउन, निरन्तर भ्रष्ट भइरहन म चाहन्‍नँ, नत अब उप्रान्त म विद्रोह नै गर्न चाहन्छु। सकेसम्‍म चाँडो मसँग भएको सबै कुरा तपाईंलाई समर्पित गर्न म तयार छु, र अब उप्रान्त म तपाईंलाई दुःखित तुल्याउन चाहन्‍नँ।” तिनले यसरी नै प्रार्थना गरे, तर येशूले तिनलाई सिद्ध पार्नुहुनेछ भन्‍ने बारेमा तिनलाई त्यो बेला थाहा थिएन। तिनको परीक्षाको वेदनाको बेला, येशू फेरि तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: “पत्रुस, म तँलाई सिद्ध बनाउन चाहन्छु, ताकि तँ एक फलको टुक्रा बन्छस्, जुन तँलाई मैले बनाएको सिद्धताको हिरा हुन्छ, र जसप्रति म आनन्दित हुनेछु। के तैँले मेरो लागि साँचो रूपमा गवाही दिन सक्छस्? के तैँले तँलाई मैले जे गर्न भनेको छु सो गरेको छस्? के मैले बोलेको वचनमा तँ बाँचेको छस? एक पटक तैँले मलाई प्रेम गरिस, तर तैँले मलाई प्रेम गरे पनि, के तैँले म भएर बाँचेको छस? तैँले मेरो लागि के गरेको छस्? तँ मेरो प्रेमको लागि अयोग्य छस् भन्‍ने कुरालाई तैँले पहिचान गरिस्, तर तैँले मेरो लागि के गरेको छस?” आफूले येशूको लागि केही पनि गरेको छैन भन्‍ने पत्रुसले देखे र आफ्‍नो जीवन परमेश्‍वरलाई दिन्छु भनी गरेको आफ्‍नो पहिलेको शपथलाई स्मरण गरे। अनि त्यसैले, तिनले फेरि गुनासो गरेनन्, त्यसपछिको तिनको प्रार्थना अझै उत्तम हुँदै गयो। तिनले यसो भन्दै प्रार्थना गरे: “प्रभु येशू ख्रीष्ट! एक पटक मैले तपाईंलाई छोडेँ, र तपाईंले पनि मलाई एक पटक छोड्नुभयो। हामीले एक-अर्काबाट अलग बसेर, अनि सँगै बसेर समय बिताएका छौं। तैपनि तपाईंले अरू सबैले भन्दा बढी प्रेम गर्नुहुन्छ। मैले तपाईंको विरुद्धमा बारम्‍बार विद्रोह गरेको छु र तपाईंलाई बारम्‍बार दुःखी तुल्याएको छु। म यस्ता कुराहरूलाई कसरी बिर्सन सक्छु र? तपाईंले मेरो जीवनमा गर्नुभएको कामलाई र तपाईंले मलाई सुम्पनुभएको कुरालाई म सँधै मनमा राख्छु र कहिल्यै बिर्सिँदिन। तपाईंले ममा गर्नुभएको कामको लागि मैले आफूले सकेजति सबै कुरा गरेको छु। मैले के गर्न सक्छु त्यो तपाईंलाई थाहा छ, र मैले कुन भूमिका निर्वाह गर्न सक्छु त्यो पनि तपाईंले जान्‍नुहुन्छ। म तपाईंको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्नेछु। मैले तपाईंको लागि के गर्न सक्छु त्यो तपाईंलाई मात्र थाहा छ। शैतानले मलाई धेरै झुक्‍काएको भए तापनि र मैले तपाईंको विरुद्ध विद्रोह गरेको भए तापनि, ती अपराधहरूका निम्ति मलाई तपाईंले याद गर्नुहुन्‍न र तिनीहरूको आधारमा तपाईंले मलाई व्यवहार गर्नुहुन्‍न भनी म विश्‍वास गर्छु। म मेरो सम्पूर्ण जीवन तपाईंमा नै समर्पित गर्न चाहन्छु। म केही कुरा पनि माग्दिन, नत मसँग अरू आशा वा योजना नै छ; तपाईंको अभिप्राय अनुसार काम गर्ने र तपाईंको इच्‍छा अनुसार गर्ने मात्रै मेरो इच्‍छा छ। तपाईंको तीतो कचौराबाट म पिउनेछु, र आज्ञा गर्नलाई म तपाईंकै हुँ।”

तिमीहरूले हिँड्ने बाटोको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ; तिमीहरूले भविष्यमा हिँड्ने बाटोको बारेमा, परमेश्‍वरको इच्‍छाले सिद्ध पार्ने जे कुरा हो त्यसको बारेमा, र तिमीहरूलाई जे सुम्पिइएको छ त्यसको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ। सायद, एक दिन तिमीहरू जाँचिनेछौ र, जब त्यो समय आउँछ, तब यदि तिमीहरूले पत्रुसको अनुभवहरूबाट उत्प्रेरणा प्राप्त गर्न सक्षम भयौ भने, यसले तिमीहरू साँच्‍चै नै पत्रुसको मार्गमा हिँडिरहेका छौ भन्‍ने देखाउनेछ। पत्रुसलाई तिनको साँचो विश्‍वास र प्रेम अनि परमेश्‍वरप्रतिको वफादारिताको लागि परमेश्‍वरद्वारा नै तारिफ गरियो। अनि परमेश्‍वरप्रतिको उनको हृदयमा भएको इमानदारिता र आकांक्षाको लागि परमेश्‍वरले तिनलाई सिद्ध तुल्याउनुभयो। यदि तँसँग पत्रुसको जस्तै प्रेम र विश्‍वास छ भने, येशूले तँलाई अवश्य नै सिद्ध तुल्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२९

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८२

प्रभु येशूले देहमा काम गर्नुभएको त्यस समयमा, उहाँका धेरैजसो अनुयायीहरूले उहाँको पहिचान र उहाँले भन्‍नुभएका कुराहरूलाई पूर्ण रूपले प्रमाणित...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९८

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्