परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०५

आज तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले कति धेरै जान्दछस्? तैंले सिक्नुपर्ने कुराहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देखाउनुभएको छ त्यो मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नुको कारण र यति टाढासम्‍म आउन सक्‍नुको कारण एक हिसाबमा परमेश्‍वरको प्रेमको कारणले हो र अर्को हिसाबमा परमेश्‍वरको उद्धारको कारणले गर्दा हो। यसबाहेक, परमेश्‍वरले मानिसमा गर्नुभएको सजाय र दण्डको कामको कारणले गर्दा हो। यदि तिमीहरू न्याय, सजाय, र परमेश्‍वरको जाँचरहित छौ भने, यदि परमेश्‍वरले तिमीहरूलाई दुःखमा पार्नुभएको छैन भने तिमीहरूले पूर्ण इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, परमेश्‍वरको काम कति अर्थपूर्ण छ त्यो त्यत्ति नै स्पष्ट हुन्छ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्ने कुरा तँ कसरी सिक्छस्? कुनै पीडा र शोधनविना, कष्टपूर्ण परीक्षाहरूविना—र यदि यसबाहेक, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेम, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने ठाउँमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको अस्तित्व बुझ्‍ने बारेमा त कुरै नगरौं। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र ऊ केही पनि होइन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैंले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैंले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एक एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९२

जब अविश्‍वासीहरूको कुरा आउँछ, तब के परमेश्‍वरका कार्यहरू पछाडिको सिद्धान्त असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने प्रकृतिको छ? कुनै अपवादहरू...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७८

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। उनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरूलाई सन्तुष्ट पार्नैपर्छ। मैले गर्ने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्