परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९९

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र परमेश्‍वरलाई केवल यान्त्रिक मानवले झैँ अनुसरण गर्न सक्छन्‌, परमेश्‍वरको लागि साँच्चै तृष्णा गर्न वा उहाँलाई श्रद्धा गर्न असमर्थ हुन्छन्‌। तिनीहरूले उहाँलाई केवल चुपचाप पछ्याउँछन्‌। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्‌, तर परमेश्‍वरलाई प्रेम गर्नेहरू थोरै मात्र छन्‌; तिनीहरू विपत्तिसँग डराउने भएका हुनाले मात्र तिनीहरूले परमेश्‍वरलाई “श्रद्धा” गर्छन्‌, अन्यथा उहाँ उच्च र शक्तिशाली हुनुभएको हुनाले तिनीहरूले परमेश्‍वरलाई “सराहना” गर्छन्‌—तर तिनीहरूको श्रद्धा र सराहनामा, प्रेम वा साँचो तृष्णा हुँदैन। आफ्ना अनुभवहरूमा तिनीहरूले सत्यताका सानातिना विवरणहरू, वा अन्यथा, केही महत्त्वहीन रहस्यहरू खोज्छन्‌। अधिकांश मानिसहरूले केवल आशिषको लागि फाइदा लुट्न पछि लाग्छन्; तिनीहरूले सत्यतालाई खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरको आशिष पाउनको लागि साँचो रूपमा परमेश्‍वरको आज्ञा नै पालन गर्छन्‌। सबै मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको जीवन अर्थहीन छ, यो मूल्य विहीन छ, र यसमा तिनीहरूका व्यक्तिगत विचारहरू र खोजीहरू छन्‌; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्नको लागि विश्‍वास गर्दैनन्‌, तर आशिषित हुनको खातिर मात्र गर्छन्‌। धेरै मानिसहरू आफूलाई खुसी लागे अनुसार काम गर्छन्‌; तिनीहरू आफू जे चाहन्छन्‌ त्यही गर्छन्‌ र कहिल्यै परमेश्‍वरको रुचिहरूको बारेमा, वा तिनीहरूले जे गर्छन्‌ त्यो परमेश्‍वरको इच्छाअनुसार छ कि छैन भन्ने बारेमा विचार गर्दैनन्‌। यस्ता मानिसहरूले साँचो विश्‍वास समेत प्राप्त गर्न सक्दैनन्‌, परमेश्‍वरप्रतिको प्रेम त परै जाओस्‌। परमेश्‍वरको सारतत्त्व मानिसले विश्‍वास गर्नको लागि मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्‍वरमाथि विश्‍वास गर्ने धेरैजसो यो “गोप्य कुरा” पत्ता लगाउन असक्षम छन्‌। मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने आँट गर्दैनन्‌, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्‌। परमेश्‍वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन्‌ भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌; परमेश्‍वर त मानिसहरूलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌। परमेश्‍वरको प्रेमिलोपन उहाँको काममा व्यक्त गरिएको छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र तिनीहरूले उहाँको प्रेमिलोपन पत्ता लगाउन सक्छन्‌; तिनीहरूको वास्तविक अनुभवहरूमा मात्र तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनलाई सराहना गर्न सक्छन्‌; र यसलाई वास्तविक जीवनमा अवलोकन नगरी, कसैले पनि परमेश्‍वरको प्रेमिलोपनलाई पत्ता लगाउन सक्दैन। परमेश्‍वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग वास्तविक रूपमा तल्लीन नभई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्‌। भन्नुको अर्थ, यदि परमेश्‍वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्‌—र यसरी परमेश्‍वरप्रतिको तिनीहरूको प्रेममा अधिक असत्यता र मनगढन्तको धब्बा लाग्ने थियो। स्वर्गमा भएको परमेश्‍वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्‍वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, मानिसहरूले उहाँको वास्तविक कामहरू र उहाँको प्रेमिलोपन देख्न समर्थ हुन्छन्‌, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्‌, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्‍वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्‌। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै प्रेम गरे तापनि यो प्रेम खासै वास्तविक छैन, र यो मानवीय विचारहरूले भरिएको छ। पृथ्वीमा परमेश्‍वरको निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भएतापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्‍वरले मानिसहरूलाई वास्तविक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि उनी येशूसँग नजिएका भए, उसले येशूलाई श्रद्धा गर्न असम्भव हुनेथियो। यसै गरी, येशूप्रतिको उसको निष्ठा पनि येशूसँग उसको तल्लीनतामा आधारित थियो। मानिसले परमेश्‍वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्‍वरको वास्तविकता हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५२

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२६

म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७९

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू यूहन्‍ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९५

यी सबै थोकहरूको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्