परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७८

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। उनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरूलाई सन्तुष्ट पार्नैपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका इच्‍छालाई मात्रै सन्तुष्ट तुल्याउने प्रयास गर्छु, र मलाई दण्ड दिइए पनि, वा मेरो न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति अनुभव गरे, तिनको हृदयभित्र गहिराइमा परमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यस बीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेको भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, उनले आफ्‍नो कामलाई छोड्ने थिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा होइन, तर तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्ने बारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। उनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तैपनि ती आफ्‍नो र परमेश्‍वरको बारेमा रहेको उसको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र दण्डबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले जे खोजे त्यो चोखो प्रेम थियो, र पावलले जे खोजे त्यो धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञान, साथै आफ्‍नै बारेमा गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवन सम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र उनको प्रेम सर्तरहित प्रेम थियो, यो स्वभाविक प्रेम थियो, र उनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍ट सम्‍बन्धी ठूलो ज्ञान थिएन, र आफ्‍नै बारेमा रहेको तिनको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड अन्तिम पुष्प-मुकुट प्राप्त गर्नको लागि नै थियो। तिनले उत्तम मुकुटको खोजी गरे, विशुद्ध प्रेमको होइन। तिनले सक्रिय रूपमा होइन, तर निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि उसको खोजीमा तिनी बाध्य गरिए। त्यसकारण, तिनको खोजीले तिनी परमेश्‍वरका सुयोग्य सृष्टि थिए भन्‍ने प्रमाणित गर्दैन; परमेश्‍वरको सुयोग्य प्राणी पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। मानिसले विचार गर्छ कि परमेश्‍वरको निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ, र योगदान जति ठूलो हुन्छ, तिनीहरूले परमेश्‍वरको निगाह प्राप्त गर्नुपर्छ भन्‍ने कुरालाई त्यति नै बढी मानिलिन्छ। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई उसले सक्रिय रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैन। परमेश्‍वरको लागि, मानिसहरूले जति बढी परमेश्‍वरप्रतिको साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण आज्ञापालन गर्न खोज्छन्—जुन परमेश्‍वरको सृष्टिको रूपमा रहेको तिनीहरूको कर्तव्यलाई पूरा गर्न खोज्‍नु पनि हो—तिनीहरूले परमेश्‍वरको अनुमोदनलाई त्यति नै बढी प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनर्प्राप्ति गर्न लगाउनु हो। मानिस परमेश्‍वरको सृष्टि हो, र त्यसकारण मानिसले परमेश्‍वरबाटको कुनै पनि मागहरू गरेर आफैलाई नाघ्नु हुँदैन, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्ने बाहेक केही पनि गर्नु हुँदैन। परमेश्‍वरका सृष्टिका रूपमा रहेका तिनीहरूका कर्तव्यलाई तिनीहरूले पूरा गर्न सके कि सकेनन् त्यसअनुसार पावल र पत्रुसको गन्तव्यलाई मापन गरिए, तिनीहरूका योगदानको आकारअनुसार होइन; तिनीहरूले सुरुदेखि नै जे कुराको खोजी गरे त्यस अनुसार तिनीहरूका गन्तव्य निर्धारित गरिए, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यसअनुसार होइन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेमको मार्ग खोज्‍नु नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभावमा परिवर्तनहरू खोज्‍नु, र परमेश्‍वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै परमेश्‍वरको सृष्टिको रूपमा रहेको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्ति गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही नै हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो। यदि मानिसको खोजी व्यक्तिगत लालची मागहरू र तर्कहीन आकांक्षाहरूले कलङ्कित छ भने, हासिल गरिने प्रभाव मानिसको स्वभावमा हुने परिवर्तन हुनेछैन। यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो पवित्र आत्माले गर्नुहुने काम होइन भन्‍नेमा कुनै शङ्का छैन, र त्यसकारण यस प्रकारको खोजीलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले स्वीकृति नदिनुभएको खोजीको के महत्त्व हुन्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२४

मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१४

परमेश्‍वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्‍वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यी सबै कुराहरूको स्पष्टीकरण गर्नका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६०

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्