परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१९
मानिसले परमेश्वरका कार्यहरूको अनुभव गर्छ, आफूले आफैलाई चिन्छ, आफ्नो भ्रष्ट स्वभावलाई सफा गर्छ, र जीवनमा वृद्धि खोज्छ, र यी सबै कुरा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरमाथिको मानिसको विश्वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो रूपमा आज्ञापालन गर्नुपर्छ भन्ने हो। साँचो विश्वासको साटोमा आफ्नो सम्पूर्ण जीवन दिनु नै मानिसको लागि सबैभन्दा कठिन कुरा हो, जसद्वारा उसले सम्पूर्ण सत्यता प्राप्त गर्न सक्छ, र परमेश्वरको सृष्टिको रूपमा रहेको उसको कर्तव्यलाई पूरा गर्न सक्छ। असफल हुनेहरूले प्राप्त गर्न नसक्ने कुरा यही नै हो, र ख्रीष्टलाई भेट्टाउन नसक्नेहरूको लागि यो प्राप्त गर्नु अझै बढी कठिन हुन्छ। आफैलाई परमेश्वरमा पूर्ण रूपमा समर्पित गर्नमा मानिस त्यति असल नभएकोले, सृष्टिकर्ताप्रतिको आफ्नो कर्तव्य निभाउन मानिस इच्छुक नभएकोले, मानिसले सत्यतालाई देखे पनि यसबाट टाढा बसी आफ्नै मार्गमा हिँड्ने हुनाले, मानिसले सधैँ असफल भएकाहरूको मार्गलाई पछ्याएर खोजी गर्ने हुनाले, मानिसले सधैँ स्वर्गको अवज्ञा गर्ने हुनाले, यसैले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलमा पर्छ, र उसको आफ्नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्ने हुनाले, मानिस सत्यतालाई बुझ्न र अनुभव गर्नमा माहिर नभएकोले, मानिस पावलप्रति अत्यन्तै भक्त भएकोले र स्वर्गको अत्यन्तै लालच गर्ने हुनाले, मानिसले सधैँ ख्रीष्टलाई उसको आज्ञापालन गर्न माग गर्ने र परमेश्वरलाई हुकुम गर्ने हुनाले, यसैले ती महान् व्यक्तित्वहरू र संसारका विभिन्न घटनाहरूको अनुभव गर्नेहरू मरणशील नै हुन्, र अझै पनि तिनीहरू परमेश्वरको सजायको दौरान नै मर्नेछन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्न सक्ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छन् भन्ने हो। के तिनीहरूको असफलता स्वर्गको कानुनको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसको बीचमा रहेको सत्यता ख्रीष्टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्वर स्वयम्बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यता सम्बन्धी आफ्नो खोजीमा सफल हुनेछ कि हुनेछैन भन्ने कुराको निर्णय गर्न उहाँ आउनुहुन्न। त्यसैले सत्यतासम्बन्धी सफलता वा असफलताको कुरा सबै मानिसको खोजीमा नै निर्भर हुन्छ। सत्यतासम्बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्बन्धित रहेको छैन, तर त्यसको सट्टा यसलाई उसकै खोजीले निर्धारित गर्छ। मानिसको गन्तव्य अनि उसको सफलता वा असफलतालाई परमेश्वरले नै बोक्नुभएको होस् भनेर यसलाई परमेश्वरको शिरमा थोपर्न मिल्दैन, किनभने यो परमेश्वर स्वयम्को मामला होइन, तर यो परमेश्वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग नै प्रत्यक्ष रूपमा सम्बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान हुन्छ, तैपनि पत्रुस र पावलका परिणामहरूका बारेमा बाहेक अरू केही कुराको बारेमा मानिसहरूलाई थाहा हुँदैन, र पत्रुसको सफलता पछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूका बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी अझै असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भयौ भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तैँले सदासर्वदा नै सफलता पाउन सक्नेछैनस्, र तैँले पनि पावलको जस्तै परिणाम भोग्नु पर्नेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
मानिसले परमेश्वरका कार्यहरूको अनुभव गर्छ, आफूले आफैलाई चिन्छ, आफ्नो भ्रष्ट स्वभावलाई सफा गर्छ, र जीवनमा वृद्धि खोज्छ, र यी सबै कुरा...
परमेश्वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग...
सिद्ध हुन इच्छुक सबैसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ...
परमेश्वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्वरको सार र...