परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७३

अहिले यी वचनहरू बोलिएका छन् भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ: पछि तैँले अझ ठूलो सङ्कष्ट र अझ ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध तुल्याइनु साधारण वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको जस्तो विश्‍वास हुनुपर्छ वा सायद तिनको भन्दा अझ ठूलो विश्‍वास हुनुपर्छ। भविष्यमा अय्यूबका परीक्षाहरूभन्दा ठूला परीक्षा हुनेछन् अनि तँ अझै पनि दीर्घकालीन सजायबाट गुज्रनुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ। के यो सामान्य कुरा हो र? यदि तेरो क्षमतालाई सुधार गर्न सकिँदैन, यदि तेरो बुझ्ने क्षमतामा कमी छ भने, अनि यदि तँलाई अत्यन्तै थोरै कुरा मात्र थाहा छ भने, त्यस समयमा तँसित कुनै गवाही हुनेछैन, तर बरु तँ शैतानको निम्ति ठट्टा र खेलौना हुनेछस्। यदि अहिले तैँले दर्शनहरूलाई पक्रिन सक्दैनस् भने, तँसित बिलकुल कुनै जग छैन, अनि भविष्यमा तँलाई फ्याँकिनेछ! मार्गको कुनै पनि भागमा हिँड्नको निम्ति सजिलो छैन, त्यसैले यसलाई हल्का रूपमा नलिई। यसलाई होशियारीपूर्वक तौली र तयारी गर् ताकि तँ यस मार्गको अन्तिम भागसम्म उचित प्रकारले हिँड्न सक्। यो, भविष्यमा हिँड्नैपर्ने मार्ग, सबै मानिसहरूले हिँड्नैपर्ने मार्ग हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नुहुँदैन; म तँलाई जे भन्छु, ती सबै व्यर्थ हुन् भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यसलाई राम्ररी प्रयोगमा लगाउनेछस्—मेरा वचनहरू व्यर्थमा बोल्‍न सकिँदैन। यो, आफूलाई सुसज्जित पार्ने समय हो, भविष्यको निम्ति बाटो तयार गर्ने समय हो। तैँले पछि हिँड्नुपर्ने मार्ग तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ भई खडा हुनेछस् भन्नेबारे तँ चिन्तित र व्याकुल हुनुपर्छ, अनि तेरो भविष्यको बाटाका निम्ति राम्रोसित तयार गर्नुपर्छ। घिचुवा र अल्छे नहो! तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले सक्नेजति हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। तीन वर्षभन्दा कम समयमा मैले कति धेरै कुरा गरेको छु र कति धेरै काम गरेको छु भनी तिमीहरूले आफ्नै आँखाले देखेका छौ। मैले यसप्रकारले काम गर्नुको एउटा कारण के हो भने, मानिसहरूमा धेरै कुराको कमी छ, अनि अर्को कारण समय अति छोटो छ; अब अरू कुनै ढिलाइ हुन सक्दैन। मानिसहरूले गवाही दिन र उपयोगी हुन सक्नुअघि पहिले पूर्ण रूपमा भित्रैदेखि स्पष्ट हुनैपर्छ भन्‍ने कल्पना गर्छन्—तर के त्यो धेरै सुस्त हुनेथिएन र? त्यसैले, मैले कति लामो समयसम्म तँलाई साथ दिनुपर्ने हो? यदि म बूढो भइञ्‍जेल र मेरो कपाल फुलुञ्‍जेलसम्म मैले तिमीहरूलाई साथ दिएको चाहन्छौ भने, त्यो असम्भव हुनेछ! ठूला सङ्कष्टहरूबाट गुज्रेर नै मानिसहरूभित्र साँचो बुझाइ हासिल गर्न सकिनेछ। काम गर्ने कदमहरू यिनै हुन्। तैँले आज सङ्गति गरेका दर्शनहरूलाई पूर्ण रूपले बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि भविष्यमा तँ जस्तोसुकै कठिनाइहरूबाट गुज्रे तापनि तँ व्याकुल हुनेछैनस्, अनि तैँले त्यसको सामना गर्न सक्‍नेछस्। जब मैले कामको यो अन्तिम कदम पूरा गरेको हुनेछु र आखिरी वचनहरू उच्चारण गरेर सिध्याएको हुनेछु, तब भविष्यमा मानिसहरू आफ्नो मार्गमा हिँड्न आवश्यक हुनेछ। यसले पहिले बोलिएका वचनहरूलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिको निम्ति आज्ञा छ, र हरेक व्यक्तिमा गर्नुपर्ने काम छ। भविष्यमा, हरेक व्यक्ति पवित्र आत्माद्वारा डोरिएर आफू हिँड्नुपर्ने मार्गमा हिँड्नेछन्। सङ्कष्टबाट गुज्रँदा कसले अरूको निम्ति वास्ता गर्न सक्नेछ? हरेक व्यक्तिको आफ्नै कष्ट हुन्छ, अनि हरेकको आफ्नै कद हुन्छ। कसैको कद पनि अरूको कदसित समान छैन। पतिले आफ्‍नी पत्नीको वास्ता गर्न सक्नेछैनन् वा आमाबाबुले छोराछोरीको वास्ता गर्न सक्नेछैनन्; कसैले पनि अरू कसैको वास्ता गर्न सक्नेछैन। त्यो, पारस्परिक वास्ता र सहायता अझै सम्भव भएको अहिलेको समय जस्तो हुनेछैन। त्यो, हरेक प्रकारको व्यक्तिलाई खुलासा गरिने समय हुनेछ। भन्नुको अर्थ, जब परमेश्‍वरले गोठालाहरूलाई प्रहार गर्नुहुन्छ, तब बगालका भेडाहरू छरपष्ट हुनेछन्, अनि त्यस समयमा तिमीहरूसित कुनै साँचो अगुवा हुनेछैन। मानिसहरू विभाजित हुनेछन्—तिमीहरू झुण्डको रूपमा सँगै आउन सक्ने अहिलेको जस्तो यो हुनेछैन। भविष्यमा, जोसित पवित्र आत्माको काम छैन, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई बेच्नेछन्, पत्नीहरूले आफ्ना पतिहरूलाई बेच्नेछन्, बच्चाहरूले आफ्ना बाबुआमाहरूलाई बेच्नेछन्, अनि बाबुआमाहरूले आफ्ना बच्चाहरूलाई सताउनेछन्—मानव हृदय बुझ्न गाह्रो छ! गर्न सकिने एउटै कुरा भनेको व्यक्तिसित जे छ, त्यसलाई पक्रिराख्नु हो अनि मार्गको अन्तिम भागसम्म हिँड्नु हो। अहिले, तिमीहरूले यसलाई प्रस्टसित देख्दैनौ; तिमीहरू सबै निकटको कुरा मात्रै देख्न सक्छौ। कामको यो चरण सफलतापूर्वक अनुभव गर्नु सजिलो कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४२

परमेश्‍वरलाई गवाही दिनु भनेको मुख्य रूपले परमेश्‍वरको कामको बारेमा रहेको तेरो ज्ञान, परमेश्‍वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७९

पावलले गरेको काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र आफ्‍नो हृदयको अन्तस्करणमा तिनले परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४

परमेश्‍वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्‍वरको बारेमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५३

मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्