परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७१

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको निम्ति अय्यूबकोमा भएको भन्दा धेरै ठूलो आत्मविश्‍वासको आवश्यकता पर्छ। आत्मविश्‍वासविना मानिसहरूले अनुभव प्राप्त गरिरहन सक्नेछैनन् न त तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन नै सक्छन्। ठूलो परीक्षाको दिन आउँदा, केही यहाँ, केही त्यहाँ मण्डलीहरू छोडेर जाने मानिसहरू हुनेछन्। पहिलेका दिनहरूमा खोजी गर्ने काममा धेरै राम्रो गर्नेहरू पनि केही हुनेछन् र तिनीहरूले किन विश्‍वास गर्न छोड्छन् त्यो स्पष्ट हुनेछैन। तैंले बुझ्न नसक्ने धेरै कुराहरू हुनेछन् र परमेश्‍वरले कुनै चिह्न वा आश्‍चर्यकर्म प्रकट गर्नुहुनेछैन, न त कुनै अलौकिक कार्य नै गर्नुहुनेछ। योचाहिँ तँ दह्रिलो गरी खडा हुन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो—मानिसहरूलाई शोधन गर्न परमेश्‍वरले तथ्यहरूको प्रयोग गर्नुहुन्छ। तैंले अझै त्यति धेरै कष्ट भोगेको छैनस्। भविष्यमा ठूला परीक्षाहरू आउँदा, कतिपय ठाउँका मण्डलीका प्रत्येक व्यक्ति छोडेर जानेछन् र तँसँग राम्रो सम्बन्ध हुने मानिसहरू जानेछन् र आफ्नो विश्‍वास त्याग्नेछन्। के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? अहिलेसम्म, तैंले सामना गरेका परीक्षाहरू सानातिना थिए र तैंले सायद मुस्किलले तिनको सामना गर्न सकेको छस्। यस चरणमा वचनहरूद्वारा मात्र शोधन गर्ने र सिद्ध पार्ने कार्य समावेश छ। अर्को चरणमा, तँलाई शोधन गर्न तथ्यहरू तँकहाँ आउनेछन् अनि त्यसबेला तँ जोखिमको बीचमा हुनेछस्। यो साँच्चै गम्भीर भएपछि, परमेश्‍वरले तँलाई चाँडो गर्ने र जाने सल्लाह दिनुहुनेछ र धार्मिक मानिसहरूले तँलाई उनीहरूको साथमा जानका लागि लोभ्याउने कोसिस गर्नेछन्। योचाहिँ तँ त्यस मार्गमा अघि बढिरहन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो र यी सबै कुरा परीक्षा हुन्। वर्तमानका परीक्षाहरू सानातिना हुन्, तर त्यस्तो दिन आउनेछ जब केही घरका आमाबाबुले विश्‍वास गर्न छोड्नेछन् र कुनै घरमा छोराछोरीले विश्‍वास गर्न छोड्नेछन्। के तँ अगि बढिरहन सक्‍नेछस्? तँ जति अगाडि जान्छस्, परीक्षाहरू उति नै ठूला बन्‍नेछन्। परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्ने काम तिनीहरूका खाँचोहरू र कदअनुसार गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउनुहुने चरणमा, मानिसहरूको सङ्ख्या बढिरहनु असम्भव हुन्छ—त्यो कम मात्रै हुँदै जानेछ। यी शोधनहरूद्वारा मात्र मानिसहरूलाई सिद्ध पार्न सकिन्छ। निराकरण, अनुशासन, जाँच, सजाय, सराप—के तँ यी सबैको सामना गर्न सक्छस्? जब तँ कुनै मण्डलीलाई निश्‍चित रूपमा राम्रो स्थितिमा देख्छस्, जहाँ दाजुभाइ-दिदीबहिनीहरू सबैले ठूलो ऊर्जाको साथमा खोजी गरिरहेका हुन्छन्, त्यसबेला तँ उत्साहित हुन्छस्। जब तिनीहरू सबैले छोडेर जान्छन्, तिनीहरूमध्ये कतिले विश्‍वास गर्न छोडेका हुन्छन्, कोहीले व्यापार गर्न वा विवाह गर्न छोडेर गएका हुन्छन् र कोही-कोही धर्ममा सामेल हुन्छन्; के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? के तँ भित्री रूपमा अप्रभावित रहन सक्‍नेछस्? परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउने काम साधारण कुरा होइन! मानिसहरूलाई शोधन गर्न उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। मानिसहरूले यी कुराहरूलाई विधिको रूपमा हेर्छन्, तर परमेश्‍वरको मूल अभिप्रायमा यी विधिहरू पटक्कै होइनन्, तर तथ्यहरू हुन्। अन्त्यमा, जब उहाँले मानिसहरूलाई एक निश्चित हदसम्म शोधन गरिसक्‍नुभएको हुन्छ र तिनीहरूमा कुनै गुनासो हुँदैन, तब उहाँको कामको यो चरण पूरा हुनेछ। पवित्र आत्माको महान् काम भनेको तँलाई सिद्ध पार्नु हो र जब उहाँले कुनै काम गर्नुहुन्न र आफूलाई लुकाउनुहुन्छ, तब त्यो तँलाई सिद्ध पार्ने उद्देश्यले गरिएको हुन्छ र निश्‍चित रूपमा, यसरी मानिसहरूमा परमेश्‍वरको निम्ति प्रेम छ कि छैन, उहाँमाथि तिनीहरूको वास्तविक भरोसा छ कि छैन सो देख्न सकिन्छ। परमेश्‍वर स्पष्टसँग बोल्नुहुँदा, तैंले खोजी गर्नु आवश्यक हुँदैन; उहाँले आफूलाई लुकाउनुभएको बेला मात्र तैंले खोजी गर्नु र तेरो आफ्नो बाटोमा अनिश्‍चितताको साथ अघि बढ्नु आवश्यक हुन्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्नुपर्छ र तेरो भविष्यको परिणाम र तेरो गन्तव्य जे भए पनि, तँ जीवित रहने वर्षहरूमा तैँले परमेश्‍वरप्रतिको ज्ञान र प्रेमको खोजी गर्न सक्‍नुपर्छ अनि परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तँ गुनासो गर्ने कार्यबाट जोगिन सक्नुपर्छ। पवित्र आत्माले मानिसहरूमा काम गर्ने एउटा सर्त छ। तिनीहरूले परमेश्‍वरका कामहरूको तृष्णा गर्नुपर्छ र खोजी गर्नुपर्छ र त्यसप्रति आधा मनको हुने वा शङ्कालु हुने गर्नुहुँदैन र तिनीहरूले हर समय आफ्नो कर्तव्यलाई सम्हाल्न सक्नुपर्छ; यस प्रकारले मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। परमेश्‍वरको कामको हरेक चरणमा मानवजातिबाट माग गरिएको कुरा भनेको ठूलो आत्मविश्‍वास र खोजी गर्नको लागि परमेश्‍वरको सामु आउने कार्य नै हो—अनुभवको आधारमा मात्रै मानिसहरूले परमेश्‍वर कति प्रेमयोग्य हुनुहुन्छ र पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाउन सक्छन्। यदि तँ अनुभव गर्दैनस् भने, यदि तँ त्यसमा अघि बढ्दैनस् भने, यदि तँ खोजी गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफ्ना अनुभवहरूमा अघि बढ्नुपर्छ र तेरा अनुभवहरूद्वारा मात्र तैँले परमेश्‍वरका कार्यहरूलाई देख्न सक्छस् र उहाँ आश्‍चर्यजनक र अथाह हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१२

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०३

दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकरात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०६

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्