परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश १४०
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसको बारेमा केही...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अहिलेका प्रवाहमा, परमेश्वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूले आफ्नो हृदयमा परमेश्वरको आज्ञा पालन र उहाँलाई आदर गरिरहेमा उनीहरू उहाँबाट सिद्ध हुन सक्छन्। परमेश्वरले मानिसहरूलाई उनीहरूको विभिन्न कामअनुसार सिद्ध पार्नुहुन्छ। जबसम्म तैँले आफ्ना सबै शक्ति खर्च गर्छस्, र परमेश्वरको काममा समर्पित हुन्छस्, तँ उहाँबाट सिद्ध पारिन सक्नेछस्। अहिले, तिमीहरूमध्ये कोही पनि सिद्ध छैनौ। कहिलेकाहीँ तिमीहरू एक प्रकारको काम गर्न सक्षम हुन्छौ, र अरू समयमा तिमीहरूले दुई प्रकारको काम गर्न सक्षम हुन्छौ। जबसम्म तँ आफूलाई परमेश्वरको लागि समर्पित गर्न सक्दो प्रयास गर्छस्, तँ अन्ततः उहाँबाट सिद्ध हुनेछस्।
युवाहरूसँग बाँच्नको लागि थोरै दर्शनहरू हुन्छन्, र तिनीहरूमा बुद्धि र अन्तर्दृष्टि हुँदैन। परमेश्वर मानिसको बुद्धि र अन्तर्दृष्टिलाई सिद्ध गर्नका लागि यहाँ हुनुहुन्छ। उहाँको वचनले उनीहरूको कमी-कमजोरीलाई पूरा गर्दछ। यद्यपि, युवाहरूको स्वभाव अस्थिर छ, र तिनीहरूलाई परमेश्वरले परिवर्तन गर्नुपर्दछ। युवाहरूसँग बाँच्नका लागि कम धार्मिक धारणा र कम दर्शनहरू छन्; तिनीहरू सबै चीजलाई सामान्य रूपमा सोच्छन्, र तिनीहरूको विचारहरू जटिल छैनन्। यो उनीहरूको मानवताको अंश हो जसले अझैसम्म आकार लिएको छैन, र यो प्रशंसनीय पक्ष हो; यद्यपि युवाहरूमा अज्ञानता छ र बुद्धिको कमी छ। यो परमेश्वरद्वारा सिद्ध हुनुपर्ने कुरा हो। परमेश्वरद्वारा सिद्ध पारिएमा यसले तिमीहरूलाई समझशक्ति विकास गर्न सक्षम तुल्याउनेछ। तँ धेरै आध्यात्मिक कुराहरूलाई स्पष्टसँग बुझ्न सक्षम हुनेछस्, र बिस्तारै यस्तो व्यक्तिमा परिणत हुनेछस् जो परमेश्वरले प्रयोग गर्न योग्य छ। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि तिनीहरूले गर्नुपर्ने कामहरू छन्, र तिनीहरूलाई परमेश्वरले त्याग्नुभएको छैन। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि दुबै वाञ्छनीय र अवाञ्छनीय पक्षहरू हुन्छन्। उनीहरूसँग बाँच्नको लागि बढी दर्शन र बढी धार्मिक धारणा हुन्छन्। आफ्ना कार्यहरूमा, तिनीहरू धेरै कडा नियमहरूको पालना गर्छन् र नियमहरूको शौकीन हुन्छन् जसलाई उनीहरू यान्त्रिक रूपमा र लचकताविना नै लागू गर्छन्। यो एक अवाञ्छनीय पक्ष हो। तथापि, यी पाका उमेरका दाजुभाइ तथा दिदीबहिनीहरू जेसुकै आइपरे पनि शान्त र स्थिर रहन्छन्; तिनीहरूको स्वभाव स्थिर छ, र तिनीहरूसँग आँधीबेहरीजस्तो मनस्थिति हुँदैन। तिनीहरू कुराहरू स्वीकार गर्नमा ढिलो हुन सक्छन्, यद्यपि यो ठूलो गल्ती होइन। जबसम्म तिमीहरू समर्पित हुन सक्छौ; जबसम्म तिमीहरू परमेश्वरको अहिलेसम्मको वचनहरूलाई स्वीकार गर्न सक्छौ र परमेश्वरको वचनहरूलाई जाँच गर्दैनौ; जबसम्म तिमीहरू केवल समर्पण र अनुसरणको विषयमा चासो राख्छौ, र परमेश्वरका वचनहरूलाई न्याय गर्दैनौ वा तिनका बारेमा अन्य कुविचारहरू राख्दैनौ; जबसम्म तिमीहरू उहाँका वचनहरूलाई स्वीकार गर्छौ र त्यसलाई व्यवहारमा लागू गर्छौ भने—यी सर्तहरू पूरा गरेपछि तिमीहरू सिद्ध हुनेछौ।
तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू निष्क्रिय छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एक-अर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सहिष्णुतापूर्ण साझेदारी होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। हरेकले आफ्नो काम पूरा गर्ने विषयमा
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसको बारेमा केही...
मानवजाति सबै यस्ता प्राणीहरू हुन् जसमा आत्मज्ञानको कमी छ, र तिनीहरूले आफैलाई चिन्न सक्दैनन्। तर, तिनीहरू अरू सबैलाई भने आफ्नै हत्केलालाई...
मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...
पृथ्वीमा, म व्यावहारिक परमेश्वर स्वयम् हुँ जो मानिसहरूका हृदयमा बस्नुहुन्छ; स्वर्गमा, म सारा सृष्टिको मालिक हुँ। मैले पर्वतहरू चढेको र...