परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५१

अहिलेका प्रवाहमा, परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूले आफ्नो हृदयमा परमेश्‍वरको आज्ञा पालन र उहाँलाई आदर गरिरहेमा उनीहरू उहाँबाट सिद्ध हुन सक्छन्। परमेश्‍वरले मानिसहरूलाई उनीहरूको विभिन्न कामअनुसार सिद्ध पार्नुहुन्छ। जबसम्म तैँले आफ्‍ना सबै शक्ति खर्च गर्छस्, र परमेश्‍वरको काममा समर्पित हुन्छस्, तँ उहाँबाट सिद्ध पारिन सक्‍नेछस्। अहिले, तिमीहरूमध्ये कोही पनि सिद्ध छैनौ। कहिलेकाहीँ तिमीहरू एक प्रकारको काम गर्न सक्षम हुन्छौ, र अरू समयमा तिमीहरूले दुई प्रकारको काम गर्न सक्षम हुन्छौ। जबसम्म तँ आफूलाई परमेश्‍वरको लागि समर्पित गर्न सक्दो प्रयास गर्छस्, तँ अन्ततः उहाँबाट सिद्ध हुनेछस्।

युवाहरूसँग बाँच्नको लागि थोरै दर्शनहरू हुन्छन्, र तिनीहरूमा बुद्धि र अन्तर्दृष्टि हुँदैन। परमेश्‍वर मानिसको बुद्धि र अन्तर्दृष्टिलाई सिद्ध गर्नका लागि यहाँ हुनुहुन्छ। उहाँको वचनले उनीहरूको कमी-कमजोरीलाई पूरा गर्दछ। यद्यपि, युवाहरूको स्वभाव अस्थिर छ, र तिनीहरूलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्दछ। युवाहरूसँग बाँच्नका लागि कम धार्मिक धारणा र कम दर्शनहरू छन्; तिनीहरू सबै चीजलाई सामान्य रूपमा सोच्छन्, र तिनीहरूको विचारहरू जटिल छैनन्। यो उनीहरूको मानवताको अंश हो जसले अझैसम्म आकार लिएको छैन, र यो प्रशंसनीय पक्ष हो; यद्यपि युवाहरूमा अज्ञानता छ र बुद्धिको कमी छ। यो परमेश्‍वरद्वारा सिद्ध हुनुपर्ने कुरा हो। परमेश्‍वरद्वारा सिद्ध पारिएमा यसले तिमीहरूलाई समझशक्ति विकास गर्न सक्षम तुल्याउनेछ। तँ धेरै आध्यात्मिक कुराहरूलाई स्पष्टसँग बुझ्न सक्षम हुनेछस्, र बिस्तारै यस्तो व्यक्तिमा परिणत हुनेछस् जो परमेश्‍वरले प्रयोग गर्न योग्य छ। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि तिनीहरूले गर्नुपर्ने कामहरू छन्, र तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि दुबै वाञ्छनीय र अवाञ्छनीय पक्षहरू हुन्छन्। उनीहरूसँग बाँच्नको लागि बढी दर्शन र बढी धार्मिक धारणा हुन्छन्। आफ्‍ना कार्यहरूमा, तिनीहरू धेरै कडा नियमहरूको पालना गर्छन् र नियमहरूको शौकीन हुन्छन् जसलाई उनीहरू यान्त्रिक रूपमा र लचकताविना नै लागू गर्छन्। यो एक अवाञ्छनीय पक्ष हो। तथापि, यी पाका उमेरका दाजुभाइ तथा दिदीबहिनीहरू जेसुकै आइपरे पनि शान्त र स्थिर रहन्छन्; तिनीहरूको स्वभाव स्थिर छ, र तिनीहरूसँग आँधीबेहरीजस्तो मनस्थिति हुँदैन। तिनीहरू कुराहरू स्वीकार गर्नमा ढिलो हुन सक्छन्, यद्यपि यो ठूलो गल्ती होइन। जबसम्म तिमीहरू समर्पित हुन सक्छौ; जबसम्म तिमीहरू परमेश्‍वरको अहिलेसम्मको वचनहरूलाई स्वीकार गर्न सक्छौ र परमेश्‍वरको वचनहरूलाई जाँच गर्दैनौ; जबसम्म तिमीहरू केवल समर्पण र अनुसरणको विषयमा चासो राख्छौ, र परमेश्‍वरका वचनहरूलाई न्याय गर्दैनौ वा तिनका बारेमा अन्य कुविचारहरू राख्दैनौ; जबसम्म तिमीहरू उहाँका वचनहरूलाई स्वीकार गर्छौ र त्यसलाई व्यवहारमा लागू गर्छौ भने—यी सर्तहरू पूरा गरेपछि तिमीहरू सिद्ध हुनेछौ।

तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू निष्क्रिय छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एक-अर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्‍वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सहिष्णुतापूर्ण साझेदारी होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्‍वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३५

तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्‍वास गर्छौ कि यदि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६५

पृथ्वीमा, अनेक किसिमका दुष्ट आत्‍माहरू सँधै नै विश्राम स्थलको खोजीमा हुन्छन्, र उपभोग गर्नको लागि सँधै मानव लासहरू खोजिरहन्छन्। ए मेरा...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७२

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८३

परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्