परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४९

अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो दायित्व पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू समेत पसार्छन्‌, मानौं तिनीहरूले मागेको कुरा पाउन तिनीहरू योग्य छन्। अनि यदि तिनीहरूले आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझै कम विश्‍वासयोग्य बन्छन्। त्यस्ता मानिसहरूलाई कसरी उचित मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमता भएका र तर्करहित छौ, व्यवस्थापनको कार्यको अवधिमा तिमीहरूले पूरा गर्नुपर्ने दायित्वलाई पूरा गर्न तिमीहरू पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य पहिले नै गिरिसकेको छ। त्यस्तो अनुग्रह तिमीहरूलाई देखाएकोमा तिमीहरूले मलाई तिर्नुपर्ने मूल्य तिर्ने तिमीहरूको असफलता आफैमा पनि एउटा चरम विद्रोह हो, तिमीहरूलाई दोषी ठहर्याउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र अयोग्यतालाई देखाउनको लागि त्यही नै पर्याप्त छ। तिमीहरूलाई आफ्नो हात फैलाउनको लागि केले हकदार बनाउँछ? तिमीहरू मेरो कार्यको लागि थोरै पनि सहयोगी हुन असमर्थ हुनु, निष्ठावान् हुन असमर्थ हुनु, र मेरो लागि साक्षीको रूपमा खडा हुन असमर्थ हुनु नै तिमीहरूको दुष्कर्महरू र असफलताहरू हुन्, तैपनि तिमीहरूले यसको सट्टा मलाई आक्रमण गर्छौ, मेरो बारेमा झूटा कुरा गर्छौ, र म अधार्मिक हुँ भनेर गुनासो गर्छौ। के तिमीहरूको निष्ठा यसैले बनेको हो त? के तिमीहरूको प्रेम यसैले बनेको हो त? यसभन्दा पर, तिमीहरूले अरू के कार्य गर्न सक्छौ? पूरा गरिएका सबै कार्यमा तिमीहरूले कस्तो योगदान दिएका छौ? तिमीहरूले कति धेरै समर्पणता गरेका छौ? मैले तिमीहरूलाई दोष नदिइकन पहिले नै निकै ठूलो सहिष्णुता देखाइसकेको छु, तैपनि तिमीहरूले मसँग लाजै नमानी बहाना गर्छौ र गुप्तरुपमा मेरो बारेमा गुनासो गर्छौ। के तिमीहरूमा मानवताको अलिकति पनि अवशेष बाँकी छ? मानिसको दायित्व मानिसको मन र उसका धारणाहरूद्वारा कलङ्कित भएको भएतापनि, तिमीले आफ्नो दायित्वलाई पूरा गर्नैपर्छ र आफ्नो निष्ठालाई देखाउनैपर्छ। मानिसको कार्यमा रहेका अशुद्धताहरू भनेको उसको क्षमताको समस्या हो, जबकी, यदि मानिसले आफ्नो दायित्वलाई पूरा गर्दैन भने, यसले उसको विद्रोहलाई जनाउछ। मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो दायित्वलाई पूरा गर्दैनन्, र आफ्नो दायित्व पूरा गर्नमा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४३

तिमीहरू अहिले कुन कुराले सुसज्जित हुनु आवश्यक छ त्यसबारे के तिमीहरूलाई थाहा छ? यसको एक पक्षमा काम सम्बन्धी दर्शनहरू पर्छन्, र अर्को पक्ष...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८९

इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २३

यद्यपि येशू उहाँको देहधारणमा पूर्ण रूपले बिना भावनाको हुनुहुन्थ्यो, उहाँले सधैँ उहाँको चेलाहरूलाई सान्त्वना दिनुभयो, तिनीहरूको लागि सबै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४३

मैले पृथ्वीमा धेरै काम गरेको छु र म धेरै वर्षसम्म मानवजातिको बीचमा हिँडेको छु, तथापि मानिसहरूसँग मेरो स्वरूप र स्वभावको ज्ञान बिरलै मात्र छ...