परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १०
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरले मानिसलाई पूर्ण पार्ने संकल्प गर्नुभएको छ, र जुन दृष्टिकोणबाट उहाँ बोल्नुभए पनि, यो सबै मानिसहरूलाई सिद्ध पार्नको लागि हो। आत्माको दृष्टिकोणबाट बोलिएका वचनहरू मानिसहरूको लागि बुझ्न कठिन छन्; बुझ्नको लागि उनीहरूको क्षमता सीमित भएकाले, उनीहरूसँग अभ्यासको मार्ग पत्ता लगाउने साधनहरू छैनन्। परमेश्वरको कामले फरक-फरक प्रभावहरू पार्छ, र कामको हरेक कदमको पछाडि उहाँको आफ्नै उद्देश्य हुन्छ। यसका अलाबा, उहाँले फरक-फरक दृष्टिकोणहरूबाट बोल्न अत्यावश्यक छ, किनकि यसो गरेर मात्र उहाँले मानिसलाई सिद्ध पार्न सक्नुहुन्छ। यदि उहाँले आत्माको दृष्टिकोणबाट मात्र आफ्नो वचन बोल्नुथियो भने, परमेश्वरको कामको यो चरण पूरा गर्ने कुनै मार्ग हुने थिएन। उहाँले बोल्ने शैलीबाट, तैँले के देख्न सक्छस् भने, मानिसहरूको यो समूहलाई सिद्ध पार्न उहाँ दृढ हुनुहुन्छ। तसर्थ सिद्ध पारिन चाहना राख्ने यी प्रत्येकको लागि पहिलो कदम के हुनुपर्छ? सबैभन्दा मुख्य कुरा, तैँले परमेश्वरको काम बुझ्नैपर्छ। आज, परमेश्वरको काममा नयाँ विधि सुरु भएको छ; युग परिवर्तित भएको छ, परमेश्वरले काम गर्ने तरीका पनि बदलिएको छ, र परमेश्वरले बोल्ने विधि फरक छ। आज, उहाँको कामको तरीका मात्र बदलिएको छैन, युग समेत बदलिएको छ। अहिले राज्यको युग हो। यो प्रेमिलो परमेश्वरको युग पनि हो। यो सहस्राब्दीय राज्यको युगको पूर्वानुभव हो—जुन वचनको युग पनि हो, र जसमा मानिसलाई सिद्ध पार्न परमेश्वरले बोल्ने धेरै माध्यमहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई आपूर्ति प्रदान गर्न फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। सहस्राब्दीय राज्यको युगमा प्रवेश गर्नेबित्तिकै परमेश्वरले मानिसलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्न सुरु गर्नुहुनेछ र मानिसलाई जीवन वास्तविकतामा प्रवेश गर्न दिनुहुनेछ र उसलाई सही मार्गमा अगुवाई गर्नुहुनेछ। परमेश्वरको कामका यति धेरै कदमहरू अनुभव गरेर, परमेश्वरको काम अपरिवर्तित रहँदैन, बरु नरोकिईकन विकसित हुँदैछ र गहिरिँदैछ भन्ने मानिसले देखेको छ। यसलाई मानिसहरूले यति लामो समयदेखि अनुभव गरेपछि, उक्त काम बारम्बार बदलिँदै, निरन्तर परिवर्तन भएको छ। यद्यपि यो जति परिवर्तन भए पनि, मानवजातिलाई छुटकारा दिलाउने परमेश्वरको उद्देश्यबाट यो कहिल्यै बाहिर जाँदैन। दश हजार परिवर्तनहरूबाट पनि, यो कहिल्यै यसको मूल उद्देश्यबाट टाढा रहँदैन। परमेश्वरको कामको विधि जसरी परिवर्तन भए पनि, यो काम सत्यबाट वा जीवनबाट कहिल्यै अलग हुँदैन। काम गरिएको विधिको परिवर्तनले कामको स्वरूपमा गरिने परिवर्तन, र जुन दृष्टिकोणबाट परमेश्वर बोल्नुहुन्छ त्यसलाई मात्र सामेल गर्छ; परमेश्वरको कामको केन्द्रीय उद्देश्यमा कुनै परिवर्तन हुँदैन। प्रभाव प्राप्त गर्नको लागि परमेश्वरको स्वरको भाव र उहाँको कामको तरिकामा परिवर्तन गरिएका हुन्। स्वरको भावमा परिवर्तनको अर्थ कामको पछि रहेको उद्देश्य वा सिद्धान्तमा परिवर्तन होइन। मानिसहरूले मुख्यतः जीवन खोज्न परमेश्वरमा विश्वास गर्छन्; यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर पनि जीवनको खोजी गर्दैनस् वा सत्यको चाहना वा परमेश्वरको खोजी गर्दैनस् भने, यो परमेश्वरमाथिको विश्वास होइन! र अझै राजा हुनको लागि राज्यमा प्रवेश गर्न खोज्नु वास्तविकतापरक हुन्छ र? जीवनको खोजीद्वारा परमेश्वरको लागि साँचो प्रेम प्राप्त गर्नु—केवल यो यथार्थता हो; सत्यको चाहना र अभ्यास—यी सबै यथार्थता हुन्। परमेश्वरका वचनहरू पढेर, र यी वचनहरू अनुभव गरेर, वास्तविक अनुभवको बीचमा तैँले परमेश्वरको ज्ञान लिन सक्नेछस्, र साँच्चिकै खोजी गर्नुको अर्थ यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
मानिसको भ्रष्ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट, शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र...
प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...
मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्वरको आराधना गर्न छाडेको छ। आदिमा,...