परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९७

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरको इच्‍छाको पूर्णता जे खोजी गरिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरको इच्‍छाअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरको इच्‍छाको निम्ति उपयुक्त केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको इच्‍छाअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, र परमेश्‍वरको इच्‍छालाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वरले उहाँको आफ्‍नै हृदयअनुसारको सेवा चाहनुहुन्छ; उहाँले धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले बिथोल्छ र वाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र अनाज्ञाकारितालाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले गर्दा हो—यसको परिणामस्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको आलोचना गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई घृणा र इन्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो विषय होइन, तर यदि मानिसहरूमा परमेश्‍वरको कामलाई पालना गर्ने र परमेश्‍वरको कामको खोजी गर्ने मनमस्तिष्क छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइ प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानीजानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७९

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभएदेखि नै ती सबै चिजहरू उहाँले तय गर्नुभएका नियमका आधारमा उपयुक्त तवरले काम गरिरहेका छन् र नियमित रूपमा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२५

परमेश्‍वरले मानिसलाई सजाय र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ र यति मात्र होइन, मानिसलाई पनि यसको आवश्यक छ। मानिसलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४२

शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ) (छनौट गरिएका खण्डहरू) अय्यूबको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४१

तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवनमा प्रवेश गर्नु, स्वभाव...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्