परमेश्वरका दैनिक वचनहरू: बाइबल सम्बन्धी रहस्यहरू | अंश २७१
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसले परमेश्वरलाई विश्वास गर्न थालेदेखि उसले के उपलब्धि प्राप्त गरेको छ? तैँले परमेश्वरको बारेमा के कुरा जानेको छस्? परमेश्वरमा विश्वास गरेको कारण तँ कति हदसम्म परिवर्तन भएको छस्? आज, तिमीहरू सबैलाई के कुरा थाहा छ भने मानिसले प्राणको मुक्तिको लागि र देहको हितको लागि मात्रै परमेश्वरमा विश्वास गर्दैन, न त प्रेमिलो परमेश्वरद्वारा आफ्नो जीवन समृद्ध पार्न र त्यस्तै इत्यादि कुरा प्राप्त गर्नका लागि मात्रै उसले विश्वास गर्छ। यसैले, यदि तैँले देहको हितको लागि वा क्षणिक सुख-चैनको लागि परमेश्वरलाई प्रेम गरिस् र अन्त्यमा परमेश्वरप्रतिको तेरो प्रेम चरम अवस्थामा पुग्यो अनि तैँले उप्रान्त केही मागेनस् भने पनि, तैँले खोज्ने यो प्रेम कलङ्कित र परमेश्वरलाई प्रसन्न नपार्ने किसिमको प्रेम हुनेछ। आफ्नो सुस्त किसिमको अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको रिक्ततालाई भर्नको लागि परमेश्वरको प्रेमलाई प्रयोग गर्ने मानिसहरू जीवनको सहजताको लागि लालच गर्ने मानिसहरू हुन्, परमेश्वरको प्रेमलाई साँचो रूपमा खोज्ने मानिसहरू होइनन्। यस किसिमको प्रेम जबरजस्ती गरिने प्रेम हो, यो मानसिक आनन्दको खोजी मात्रै हो र परमेश्वरलाई यसको कुनै आवश्यकता पर्दैन। त्यसो भए, तेरो प्रेम कस्तो किसिमको प्रेम हो? के कुराको लागि तँ परमेश्वरलाई प्रेम गर्छस्? तँभित्र अहिले परमेश्वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये धेरैको प्रेम यसभन्दा पहिले उल्लेख गरिएको किसिमको प्रेम नै हो। त्यस किसिमको प्रेमले वर्तमान-स्थितिलाई मात्रै कायम राख्नसक्छ; यसले कुनै पनि स्थायित्व प्राप्त गर्न सक्दैन, न त यसले मानिसमा जरा नै लगाउन सक्छ। यस किसिमको प्रेम फुलेर पनि फल नफलाई ओइलाएर जाने फूल जस्तो हो। अर्को शब्दमा भन्दा, तैँले परमेश्वरलाई यस किसिमले प्रेम गरिसकेको छस्, र तँलाई अगाडि बाटोमा डोर्याउने कोही पनि छैन भने, तँ पतन भएर जानेछस्। यदि तैँले परमेश्वर प्रेमिलो हुनुभएको समयमा मात्रै परमेश्वरलाई प्रेम गर्छस् तर त्यसपछि तेरो जीवन स्वभाव परिवर्तन हुँदैन भने, तँ अन्धकारको प्रभावको कफनबाट बाहिर निस्केर आउने अवस्थामा रहनेछैनस्, तँ शैतानको बन्धन र यसको चलाकीहरूलाई तोड्न नसक्ने अवस्थामा रहनेछस्। यस किसिमको कुनै पनि व्यक्तिलाई परमेश्वरले प्राप्त गर्नुहुनेछैन; आखिरमा, तिनीहरूको आत्मा, प्राण, र शरीर शैतानको हातमा पर्नेछ। यसको बारेमा कुनै शङ्का हुन सक्दैन। परमेश्वरले पूर्ण रूपमा प्राप्त गर्न नसक्ने मानिसहरू तिनीहरूको सुरुको अवस्थामा नै फर्कनेछन्, अर्थात् शैतानको हातमा फर्कनेछन्, र तिनीहरू परमेश्वरको अर्को चरणको दण्ड भोग्नका लागि आगो र गन्धकको खाडलमा पर्नेछन्। परमेश्वरले प्राप्त गरेका मानिसहरू तिनीहरू नै हुन् जसले शैतानलाई त्यागेका छन् र त्यसको अधिकार क्षेत्रबाट उम्केका छन्। तिनीहरूलाई आधिकारिक रूपमा नै परमेश्वरको राज्यका मानिसहरूका बीचमा थपिन्छ। यसरी राज्यका मानिसहरूको निर्माण हुन्छ। के तँ यस किसिमको व्यक्ति बन्न इच्छुक छस्? के तँ परमेश्वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ शैतानको अधिकार क्षेत्रबाट निस्केर परमेश्वरकहाँ फर्केर आउन चाहन्छस्? तँ अहिले शैतानको स्वामित्वमा छस् कि राज्यका मानिसहरूमध्येका एक होस्? यस्ता कुराहरू पहिले नै स्पष्ट हुनुपर्छ, र यसको लागि कुनै थप व्याख्याको आवश्यकता पर्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको...
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले...
मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ (छनौट गरिएका खण्डहरू) मानिसले...
परमेश्वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने,...