परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२९
सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे तापनि, थोरैले मात्र परमेश्वरप्रतिको विश्वासको अर्थ के हो र परमेश्वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्वर” शब्द र “परमेश्वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्वरलाई नचिनेका कारणले, र तिनीहरूले उहाँको कार्यको बारेमा नजानेको कारणले यस्तो भएको हो। त्यसैले, परमेश्वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्वरप्रतिको विश्वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरूले परमेश्वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नुपर्दा, यदि मानिसहरूले परमेश्वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्वरमाथिको विश्वास” भनेको परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु हो; परमेश्वरमा विश्वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु भनेको परमेश्वरमा साँचो रूपले विश्वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्वास हो। परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्न हुन्छन्: परमेश्वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्वरको इच्छा पूरा गर्छ, र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्वरमाथिको विश्वास” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्वरमाथिको विश्वासलाई प्रायजसो एउटा साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको अर्थ गुमाइसकेका हुन्छन्, र तिनीहरूले आखिरीसम्म विश्वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अक्षरहरू र खोक्रा सिद्धान्तहरू अनुसार परमेश्वरमा विश्वास गर्ने मानिसहरू पनि अझै छन्। तिनीहरूले आफूमा परमेश्वरमाथिको विश्वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहका आशिष्हरूको लागि परमेश्वरसँग प्रार्थना गर्छन्। हामी रोकिएर, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्वरमा विश्वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरबाट असीम अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्ने हुनसक्छ? के परमेश्वरलाई नचिनी उहाँमा विश्वास गर्ने वा परमेश्वरमा विश्वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका...
कुनै पनि प्राणको लागि, यसको पुनर्जन्म, यस जीवनमा यसको भूमिका के हो, यो कुन परिवारमा जन्मन्छ, र यसको जीवन कस्तो हुन्छ भन्ने कुराहरू...
मैले अघिबाटै भनेको छु, “चिन्हहरू र अचम्मका कामहरू हेर्नमा मात्र ध्यान दिनेहरू सबैलाई त्यागिनेछ; तिनीहरू ती होइनन्, जसलाई सिद्ध बनाइनेछ।”...
परमेश्वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्वरलाई...