परमेश्वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ६
कार्यका तीन चरणहरू परमेश्वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसहरू परमेश्वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्ने प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्वरसँग माग गर्छस् भने, यसले तँ परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। परमेश्वरसँग माग गर्नु नै समझको कमी हो; यदि तँ साँच्चै उहाँ परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यता महसुस नै गर्नेछस्, चाहे तँलाई ती माग उचित लागून् वा नलागून्। यदि तँसँग परमेश्वरप्रति साँचो विश्वास छ, र तँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्, अरू कुनै विकल्प हुनेछैन। आज मानिसहरूले स्वैच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्वरलाई तिनीहरूका आफ्नै इच्छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि मानिसमा साँचो आस्था र बलियो विश्वास छैन भने, उसले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, र जति धेरै स्पष्टीकरण दिन्छन्, तिनीहरूलाई सम्हाल्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरूले गुनासो गर्न थाल्छन्, र परिस्थितिलाई आशाहीन ठान्छन् र लापरवाहीपूर्वक कार्य गर्छन्। पछि तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निर्दयी उत्पीडक बनिरहेका होइनन् र? यस्ता श्रृङ्खलाबद्ध समस्याहरूलाई जराबाटै समाधान गरिनुपर्छ। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्जेल पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्नुजस्तो हुनेछैन र? त्यसकारण, तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो पैदा हुनेबित्तिकै हटाउन सत्यताको खोजी गरिहाल्नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने कुरा सुनिश्चित गर्न सकिन्छ। यदि भ्रष्ट स्वभावले व्यक्तिमा जरा हाल्छ र त्यो उसको विचार वा दृष्टिकोण बन्छ भने, यसले उसलाई दुष्कर्म गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउनु र ती हटाउन तुरुन्तै सत्यता खोज्नुसँग सम्बन्धित कुरा हुन्। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के कुराको पछि लाग्छस्, र तँ के हासिल गर्न चाहन्छस् भन्ने कुरा तैँले जान्नैपर्छ। तैँले यी कुराहरू परमेश्वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र ती कसरी भ्रामक छन् भनेर हेर्न यिनलाई परमेश्वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तैँले यी कुराहरू बुझेपछि, आफ्नो असामान्य समझको समस्या, अर्थात् तेरो असमझदारी र निर्दयी उत्पीडनको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्रै होइन, यसमा तेरो समझको कमी पनि समावेश छ। विशेष गरी, मानिसहरूको हितको सन्दर्भमा भन्नुपर्दा, आफ्ना हितहरूद्वारा नियन्त्रित मानिसहरूमा सामान्य समझ हुँदैन। यो एक मनोवैज्ञानिक समस्या हो, र यो मानिसहरूको कमजोरीको बिन्दु पनि हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्चित क्षमता र केही प्रतिभा छन् भन्ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्वरले कसरी मलाई निगाह गर्न सक्नुभएन? हे परमेश्वर, यदि तपाईँले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईँमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्वरका लागि समर्पित हुने तिनीहरूको इच्छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्वरप्रति समर्पणकारी बनेको मान्न सकिन्छ। मानिसहरूले परमेश्वरका लागि समर्पित हुन चाहनु राम्रो कुरा हो, र परमेश्वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न चाहनुहुन्छ, तर तिनीहरू सत्यताले सुसज्जित छैनन् भने, परमेश्वरले तिनीहरूलाई कुनै पनि हालतमा प्रयोग गर्न सक्नुहुन्न। यदि मानिसहरू सत्यताप्रति लागिपर्न र सहकार्य गर्न इच्छुक हुन्छन् भने, त्यसमा तयारीको चरण हुनैपर्छ। मानिसहरूले सत्यता बुझेर परमेश्वरमा साँचो रूपले समर्पित भएपछि मात्रै, परमेश्वरले औपचारिक रूपमा तिनीहरूलाई प्रयोग गर्न सक्नुहुनेछ। यो प्रशिक्षण चरण अत्यावश्यक हुन्छ। आज अगुवा र सेवकहरू सबै यो प्रशिक्षण चरणमा हुन्छन्। तिनीहरूमा जीवन अनुभव भएपछि र तिनीहरू सिद्धान्तअनुसार मामिला सम्हाल्न सक्ने भएपछि, तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिन योग्य बन्नेछन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
कार्यका तीन चरणहरू परमेश्वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ।...
सृष्टि गरिएको र सृष्टि नगरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन उहाँले यावत् थोकको सृष्टि गर्न सुरु...
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ३. ध्वनि तेस्रो कुरा के हो? यो पनि मानव...
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन...