परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०९
लामो समयदेखि परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्वरका विश्वासीहरू सबैले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
संसारको व्यापक फैलावटमा महासागरहरू भरिएर मैदानमा परिणत हुँदैछन्, जमिनहरू बगेर महासागरहरूमा परिवर्तन भइरहेका छन् र यो क्रम जारी नै रहन्छ। सबै थोकका बीचमा रहेका सबै कुरामाथि शासन गर्नुहुने बाहेक, अरू कोही पनि मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशित गर्न सक्षम छैन। मानवजातिको निम्ति काम गर्ने वा तयारी गर्न सक्ने शक्तिशाली व्यक्ति कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्ने व्यक्ति अझै कम छन्। मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस फर्कन नसक्ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। परमेश्वरको हृदयलाई छियाछिया बनाउने र दुष्टलाई खोज्नको लागि उहाँलाई त्याग्ने त्यस्तो मानवजातिको दिशा कतातिर लागेको हुन सक्छ भन्ने कुराप्रति कसैले कहिल्यै विचार गरेको छैन। यसैकारणले गर्दा कसैले पनि परमेश्वरको क्रोध थाहा गर्दैन, कसैले परमेश्वरको मार्गलाई खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्वरको आवाज सुनेपछि पनि परमेश्वरको अनुग्रह र वास्ताबाट तर्केर उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ र परमेश्वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्वरलाई फर्केर नहेरिकन नै उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने कुरालाई कसैले विचार गरेको छ? परमेश्वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्य हुनेछ। यो विपत्ति देहको निम्ति मात्र दण्ड होइन, तर प्राणको निम्ति पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूको निम्ति कुनै प्रतिक्रिया दिँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला? यो कुनै पनि सृष्टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। मानवजातिलाई सृष्टि गर्ने परमेश्वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
लामो समयदेखि परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्वरका विश्वासीहरू सबैले...
तँ देहधारी परमेश्वरलाई स्वीकार गर्छु भनी भन्छस्, र तँ वचन देहमा प्रकट हुनुभएको कुरा पनि स्वीकार गर्छस्, तापनि तँ उहाँको पिठिउँ पछाडि केही...
तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्नुपर्छ। मानिसहरूले आदरभावले हेर्ने त्यो ठूलो, खोक्रो गफ आवश्यक छैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ,...
परमेश्वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्वरको आचरण यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्वरको मार्गको बारेमा निश्चित...