अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०) खण्ड एक

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत समझशक्ति विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग आठ)

हामीले गत भेलामा अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गरिसकेका छौँ। के तिमीहरूले आफूलाई यस सङ्गतिको विषयवस्तुसँग तुलना गरेका छौ? के तिमीहरूले यस सङ्गतिबारे मनन गर्दै आएका छौ? एकपटक मेरो सङ्गति सुनिसकेपछि, जो सत्यतालाई प्रेम गर्छन् र जोसँग इन्साफको बोध र केही मानवता छ तिनीहरूले केही सत्यता बुझेपछि ती अभ्यास गर्न सक्छन्। सर्वप्रथम, तिनीहरूले आफूले बुझेका सत्यताहरूलाई आफ्नो अवस्थासँग मिलाउन, सत्यताका आधारमा आफूलाई जाँच्न, आफ्ना समस्याहरू पहिचान गर्न, र त्यसपछि वास्तविक जीवनका र कर्तव्य निर्वाह गर्दाका केही मामला र वातावरणहरू प्रयोग गरेर यी समस्याहरू समाधान गर्न सक्छन्। क्रमिक रूपमा, तिनीहरूले आफूले बुझेका सत्यताहरूका सम्बन्धमा मानिसहरूले अभ्यास र पालना गर्नुपर्ने सिद्धान्तहरू बुझ्छन्। एक हिसाबमा, तिनीहरूले आफूबारे अझै गहन बुझाइ र ज्ञान प्राप्त गर्छन्, र अर्को हिसाबमा, तिनीहरूले सत्यताले वास्तवमा के भन्छ र यसमा के समावेश हुन्छ भन्‍ने कुरा अझै व्यावहारिक र सही रूपमा बुझ्छन्। तर, सत्यतालाई प्रेम नगर्ने र यसप्रति वितृष्ण राख्ने मानिसहरूले जति धेरै सत्यता सुने पनि, तिनीहरूमा कुनै चेतना वा परिवर्तन आउँदैन। तिनीहरूको स्थिति, कर्तव्य निर्वाह गर्दाको मनोवृत्ति, तिनीहरूले पछ्याउने उद्देश्यहरू, जीवनशैली, र आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू पटक्‍कै परिवर्तन हुँदैनन्। तिनीहरू आफूले चाहेअनुसार काम गरिरहन्छन् र आफूलाई मन लागेअनुसार जिइरहन्छन्; यी सत्यताहरूले तिनीहरूमा कुनै प्रभाव पार्दैनन्, न त तिनीहरूलाई आफैलाई घृणा गर्ने हदसम्म आत्मचिन्तन गर्ने र आफूलाई चिन्‍ने तुल्याउन नै सक्छन्। यदि तिनीहरू आफूलाई घृणा गर्ने हदसम्म पुग्‍न सक्दैनन् भने, तिनीहरूले अवश्य नै साँचो पश्‍चात्ताप हासिल गर्न सक्दैनन्। साँचो पश्‍चात्तापविना, कुनै वास्तविक प्रवेश हुँदैन; वास्तविक प्रवेशविना, स्वभावमा निश्‍चय नै कुनै परिवर्तन आउँदैन। त्यसकारण, धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका धेरै मानिसले भेला हुने, कर्तव्य निर्वाह गर्ने गरे पनि, तिनीहरूले धेरै वर्षदेखि प्रवचन सुन्दै आएका, र दाजुभाइ-दिदीबहिनीहरूसँग प्रायजसो अन्तरक्रिया गर्ने भए पनि, आफूबारे कुनै बुझाइ प्राप्त गरेका हुँदैनन्, कुनै परिवर्तन देखाउँदैनन्, र परमेश्‍वरमाथिको तिनीहरूको आस्था पटक्‍कै बढ्दैन। तिनीहरू आफ्ना प्रारम्भिक धारणा र कल्पनाहरू अनि आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय र चाहना बोकेर परमेश्‍वरलाई पछ्याउँछन्। तिनीहरूले जति वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, परमेश्‍वरमा विश्‍वास गर्नेबारे तिनीहरूको दृष्टिकोण, कामकुराबारे तिनीहरूको विचार, तिनीहरूले पछ्याउने विधि र तिनीहरूले पछ्याउने उद्देश्य, र कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको मनोवृत्ति पटक्‍कै परिवर्तन भएका हुँदैनन्। तिनीहरूका वर्तमान प्रकाशहरू र तिनीहरूले जिउने प्रकटीकरणहरू सत्यता नपछ्याउनुका परिणाम हुन्। हामीले अगुवा र कामदारहरूका बाह्रवटा जिम्मेवारीहरूबारे सङ्गति गर्‍यौँ, तैपनि कति अगुवा र कामदारहरूको व्यवहार पटक्‍कै परिवर्तन भएको छैन। कर्तव्य निर्वाह गर्दाको र परमेश्‍वरका मागहरूप्रतिको तिनीहरूको मनोवृत्ति पटक्‍कै परिवर्तन भएको छैन। सङ्गति गरिएको विषयवस्तुले ती मानिसहरूलाई याद दिलाउने, सुपरिवेक्षण गर्ने, र प्रोत्साहित गर्ने काम गरे, जो तुलनात्मक रूपमा सत्यता पछ्याउँछन्, जोसँग केही मानवता छ र जसको विवेकमा अलिकति चेतना छ। तर, बढी हठी, धूर्त, र सत्यतालाई पटक्‍कै नस्विकार्ने कति मानिसहरूमा यसले कुनै प्रभाव पारेन। किन यस्तो भयो? किनभने सत्यताप्रति यी मानिसहरूमा प्रतिरोध र घृणाको मनोवृत्ति हुन्छ। जति धेरै सत्यतामा सङ्गति गरे पनि तिनीहरूको मनोवृत्ति उस्तै रहन्छ: “जे-जसरी भए पनि म आफ्नो कर्तव्य पूरा गरिरहेकै छु र परमेश्‍वरलाई पछ्याइरहेकै छु; म साँचो रूपमा परमेश्‍वरप्रति आफूलाई समर्पित गरिरहेकै छु। मैले जे-जस्तो व्यवहार गरे पनि, म अन्त्यसम्मै टिक्न सकेँ भने, आशिष्हरू प्राप्त गर्न सकिहाल्छु!” के यस्तो सोचाइमा कुनै समझ हुन्छ? खरानी भइसकेको मान्छेलाई आगोसँग केको डर, होइन र? के यो जिद्दी बन्‍नु र कुनै पनि परिस्थितिमा पश्‍चात्ताप गर्न नमान्नु होइन र? (हो।)

अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारी हो: “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत समझशक्ति विकास गरून् र ती कुराहरूबाट सिकून्।” यसअघि, हामीले यस जिम्मेवारीबारे हाम्रो सङ्गतिलाई बाह्रवटा समस्याहरूमा विभाजित गरेका थियौँ। यी बाह्रवटा समस्याहरूको विषयवस्तुले मूलतः मण्डलीमा अवरोध र बाधाहरू सिर्जना गर्ने विभिन्‍न प्रकारका मानिस, घटना, र कामकुरा देखा पर्दा परमेश्‍वरको घरको काम र मण्डलीको सामान्य सुव्यवस्था रक्षा गर्ने प्रभाव हासिल गर्न, र यसरी अगुवा र कामदारहरूले खेल्नुपर्ने भूमिका र पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नका लागि अगुवा र कामदारहरूले यी समस्याहरू कसरी सम्हाल्नु र तह लगाउनुपर्छ भन्‍ने कुरालाई नै सम्बोधन गर्छ। हामीले अगुवा र कामदारहरूको यस जिम्मेवारीभित्र रहेका हरेक समस्याहरूबारे विस्तृत रूपमा सङ्गति गरेका छौँ, र यसरी हरेकका केही निश्‍चित प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ, र केही निश्‍चित उदाहरणहरू उद्धृत गरेका छौँ। सिद्धान्तहरूको कुरा गर्नुपर्दा, सङ्गति गरिएको विषयवस्तु निकै व्यावहारिक छ। त्यसमा दिइएका उदाहरणहरूले सबै कुरा नसमेटे पनि, विभिन्‍न मानिस, घटना, र कामकुराहरूका आधारभूत समस्याहरू स्पष्ट रूपमा सङ्गति गरिएका छन्। खासगरी, मण्डलीमा उत्पन्न हुने विभिन्‍न समस्याहरू समाधान गर्नका लागि अगुवा र कामदारका रूपमा तिमीहरूले सत्यताको यो पक्ष बुझ्नुपर्छ। सुरुमा, तिमीहरूले सङ्गति गरिएको विषयवस्तुबाट समस्याहरूको सार चिरफार गर्ने र तिनलाई समस्याहरूसँग जोड्ने शब्दहरू खोज्नुपर्छ। समस्याहरूको सार बुझ्दा, यसले त्यसअनुरूपका समाधानहरू खोज्न र सत्यता सिद्धान्तहरूअनुसार समस्याहरू समाधान गर्न सजिलो बनाउँछ। समस्या समाधान गर्नुभन्दा पहिले यसको सार बुझ्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। समस्याको सार बुझेपछि, तैँले यो समस्या सम्हाल्ने सिद्धान्तहरू पनि बुझ्नु र बोध गर्नुपर्छ। दुवै पक्ष अपरिहार्य छन्: एउटा समस्याको सार हो, र अर्को त्यस्ता समस्याहरू समाधान गर्ने सिद्धान्तहरू हो। अगुवा र कामदारहरू यी कुराबारे स्पष्ट हुनुपर्छ। प्रावधानहरू लागु गरेर समस्याहरूलाई बढाइचढाइ गर्नुभन्दा यी दुई सिद्धान्तहरू बोध गरेर मात्र तैँले सबै समस्या सही रूपमा समाधान गर्न र विभिन्‍न समस्याहरूमा संलग्‍न मानिस, घटना र कामकुराहरूलाई उचित रूपमा सम्हाल्न सक्छस्। अहिले, जब कतिपय अगुवा र कामदारले निश्‍चित समस्याहरू सम्हाल्छन्, तब केही हदसम्‍म तिनीहरू नियमहरू मात्रै पालना गर्छन्, र केही हदसम्‍म समस्याहरूको सार नै बुझ्न सक्दैनन्, जसले गर्दा तिनीहरूले सजिलै मानिसहरूमाथि अन्याय गर्छन् र विचलनहरू ल्याउँछन्। यसका लागि समस्याहरूका विवरण, भित्रीविशेष कुरा, र प्रसङ्गहरूबारे स्पष्ट बुझाइ चाहिन्छ। यसका साथै, व्यक्ति कुन वर्गमा पर्छ भनेर निर्धारित गर्न उसको निरन्तरको व्यवहार हेर्नु महत्त्वपूर्ण हुन्छ। यी पक्षहरूमा माहिर भएर मात्रै सिद्धान्तहरूअनुसार समस्याहरू सम्हाल्न सकिन्छ। कति अगुवा र कामदारहरूले आफ्नो काम गर्दा समस्याहरूमा प्रावधानहरू मात्र लागु गर्छन् र तिनलाई धेरै बढाइचढाइ गर्छन्, जबकि तिनीहरूले संलग्‍न मानिसहरूको वास्तविक सार कस्तो छ, तिनीहरू असल मानिस हुन् कि खराब, र तिनीहरूको व्यवहार आदत बनेको छ कि बेलाबखतको उल्लङ्घन मात्र हो भन्‍ने कुरा छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरूले यी पक्षहरू खुट्ट्याउन सक्दैनन्, त्यसैले तिनीहरूले गल्ती गर्ने निकै सम्भावना हुन्छ। त्यस्ता अवस्थामा, यदि मण्डलीले भोट गर्न सक्यो भने, यसले प्रभावकारी रूपमा केही गल्तीहरू रोकथाम गर्न सक्छ। अगुवा र कामदारहरूका काममा यी विचलन र गल्तीहरू आउँदा यसले तिनीहरूसँग समझशक्ति छ कि छैन र तिनीहरूले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्ने गर्छन् कि गर्दैनन् भन्‍ने कुरा स्पष्ट रूपमा प्रकट गर्न सक्छ। यसले अगुवा र कामदारहरूमा सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा पनि प्रकट गर्छ। यदि धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको अगुवा वा कामदारले यी वास्तविक समस्याहरू सम्हाल्न सक्दैन भने, यो अगुवा वा कामदार सत्यता पछ्याउने व्यक्ति होइन भन्‍ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त छ।

अगुवा र कामदारहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू, पालना गर्नुपर्ने सिद्धान्तहरू, र तिनीहरूको कामको दायरा बुझेपछि, अब हामी सङ्गतिको यस चरणको मुख्य विषय: झूटा अगुवाहरूलाई खुलासा गर्ने भन्‍ने कुरामा फर्कनुपर्छ। मुख्य विषय यही हो। अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीका सम्बन्धमा, आज हामीले सङ्गति गर्ने विषय झूटा अगुवाहरूले आफ्नो जिम्मेवारीमा बेवास्ता गर्ने क्षेत्रहरू, र वास्तविक काम नगर्ने तिनीहरूका प्रकटीकरणहरू हो। सुरुमा, हामी बाह्रौँ जिम्मेवारीको विषयवस्तु पढौँ। (विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत समझशक्ति विकास गरून् र ती कुराहरूबाट सिकून्।) बाह्रौँ जिम्मेवारीले कामका तीन पक्ष स्पष्ट रूपमा उल्लेख गरेको छ जसलाई अगुवा र कामदारहरूले बुझ्नुपर्ने हुन्छ। यो झूटा अगुवाहरूलाई खुलासा गर्नुसँग कसरी सम्बन्धित छ? (पहिला, हामीले यस काममा अगुवा र कामदारहरूका विभिन्‍न जिम्मेवारीहरू बुझ्न जरुरी छ। त्यसपछि, हामी झूटा अगुवाहरूले यी जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, र झूटा अगुवाहरूका प्रकटीकरणहरू के-के हुन् भनी तुलना गरेर हेर्छौँ; तिनीहरूलाई यो मानकअनुसार मापन गर्नु तुलनात्मक रूपमा सही हुन्छ।) ठिक भन्यौ। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर खुट्ट्याउने काम आँखाले उसको अनुहार हेरेर उसको हुलिया असल छ कि दुष्ट छ भनेर नियालेर गरिँदैन, न त उसले बाह्य रूपमा कति कष्ट भोगेको देखिन्छ वा उसले कति दौडधुप गरेको छ भन्‍ने कुरा हेरेर नै गरिन्छ। बरु, तैँले तिनीहरूले अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू पूरा गर्छन् कि गर्दैनन् र वास्तविक समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्न जरुरी छ। तिनीहरूलाई मूल्याङ्कन गर्ने एउटै मात्र सही मानक यही हो। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर चिरफार गर्ने, खुट्ट्याउने, र निर्धारित गर्ने सिद्धान्त यही हो। यसरी गरिएको मूल्याङ्कन मात्रै न्यायोचित, सिद्धान्तअनुरूप, सत्यताअनुरूप, र सबैका लागि निष्पक्ष हुन सक्छ। कसैलाई झूटो अगुवा वा झूटो कामदार भनी चित्रण गर्दा त्यो पर्याप्त तथ्यहरूमा आधारित हुनुपर्छ। यो एकदुई वटा घटना वा अपराधमा आधारित हुनु हुँदैन, क्षणिक भ्रष्टताको प्रकटीकरणलाई यसको आधारका रूपमा प्रयोग गर्नु त झनै मिल्दैन। कुनै व्यक्तिको चरित्र चित्रण गर्ने एउटै मात्र सही मानक भनेको उसले वास्तविक काम गर्न सक्छ कि सक्दैन र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्छ कि गर्दैन, साथै ऊ सही व्यक्ति हो कि होइन, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरमा समर्पित हुन सक्‍ने व्यक्ति हो कि होइन, र उसमा पवित्र आत्‍माको काम र अन्तर्दृष्टि छ कि छैन भन्‍ने हो। यी तथ्यहरूका आधारमा मात्र कुनै व्यक्तिलाई झूटो अगुवा वा झूटो कामदारका रूपमा सही तरिकाले चित्रण गर्न सकिन्छ। यी तत्त्वहरू नै कुनै व्यक्ति झूटो अगुवा वा झूटो कामदार हो कि होइन भनेर मुल्याङ्कन र निर्धारण गर्ने मानक र सिद्धान्त हुन्।

बाह्रौँ जिम्मेवारीभित्र अगुवा र कामदारहरूले गर्नुपर्ने तीन कामहरू

१. अवरोध र बाधाहरू सिर्जना गर्ने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने

अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीमा तीन वटा काम, वा तीन चरणहरू समावेश छन्। यो काम पूरा गर्नका लागि यी तीन चरणहरू पछ्याएर, यो कामका सिद्धान्तहरू परिपालन गरिन्छन्, र यो कामका जिम्मेवारीहरू पूरा हुन्छन्। यी तीन कामहरू के-के हुन्? (पहिलो, परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। दोस्रो, तिनलाई रोक्‍ने र प्रतिबन्धित गर्ने, र परिस्थितिलाई परिवर्तन गर्ने। तेस्रो, सत्यता सङ्गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले त्यस्ता कुराहरूमार्फत समझशक्ति विकास गरून् र ती कुराहरूबाट सिकून्।) यी तीन कामहरू अगुवा र कामदारहरूले बाह्रौँ जिम्मेवारीमा पूरा गर्नुपर्ने कुरा हुन्। सुरुमा भन्नुपर्दा, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने पहिलो कुरा भनेको परमेश्‍वरको काम र मण्डली जीवनमा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्नु हो। यो तुरुन्तै र सही तरिकाले पहिचान गर्नु हो, सुस्त र असंवेदनशील रूपमा प्रतिक्रिया दिनु होइन, न त अन्धाधुन्ध र लापरवाह चित्रण गर्नु नै हो—अविवेकी चित्रणहरू स्वीकार्य हुँदैनन्। कति अगुवा र कामदारहरूले आफ्नो कमजोर क्षमता र अलमलका कारण, मानिसहरूलाई लापरवाही रूपमा सानातिना मामलामा काटछाँट गर्ने र भाषण छाँट्ने गर्छन्, स्वेच्छाचारी रूपमा चित्रण गर्छन्, र सिद्धान्तहरू पालना नगरी कामकुरालाई अन्धाधुन्ध रूपमा परिभाषित गर्छन्। यसरी काम गर्दा सत्यता सिद्धान्तहरूको उल्लङ्घन हुन्छ। त्यसकारण, परमेश्‍वरको घरका अगुवा र कामदारहरू कम्तीमा पनि विभिन्‍न मानिस, घटना, र कामकुराहरू खुट्ट्याउन सक्ने हुनुपर्छ। यस्तो खुट्ट्याउने क्षमताद्वारा मात्रै तिनीहरूले मण्डलीमा उत्पन्न हुने विभिन्‍न समस्याहरू तुरुन्तै र सही तरिकाले पहिचान गर्न सक्छन्। विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई खुट्ट्याउने क्षमता हासिल गर्नलाई चाहिने पहिलो कुरा के हो? सर्वप्रथम, फरक-फरक प्रकारका मानिसहरूका लागि परमेश्‍वरले गर्नुभएका मागहरू, साथै विभिन्‍न मानिसहरूलाई र तिनीहरूले विकास गर्ने विभिन्‍न स्थितिहरूलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नु जरुरी छ। यसका साथै, विभिन्‍न नकारात्मक स्थितिहरू कसरी पैदा हुन्छन् र तिनका जडहरू के-के हुन् भनेर चिरफार गर्नु महत्त्वपूर्ण हुन्छ। अझ भन्‍ने हो भने, परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा विभिन्‍न मानिस, घटना, र कामकुराहरूले पार्ने प्रभाव बुझ्नु अत्यावश्यक छ। यी सर्तहरू पूरा हुने आधार के हो? अगुवा र कामदारहरूले सर्वप्रथम कुन काम लिनुपर्छ? यदि अगुवा र कामदारहरू सधैँ अहङ्कारी भएर अलग बस्छन्, कर्मचारीहरूले जस्तो व्यवहार गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दैनन्, दाजुभाइ-दिदीबहिनीहरूका विभिन्‍न स्थितिहरू बोध गर्दैनन्, विभिन्‍न प्रकारका मानिसहरूसँग निकट सम्पर्क राख्दैनन्, र तिनीहरूबारे विस्तृत अवलोकन र गहन बुझाइ राख्दैनन् भने, के यो स्वीकार्य हुन्छ? यो अवश्य नै स्वीकार्य हुँदैन। कति अगुवा र कामदारहरू त प्रायजसो आफ्नै कोठामा लुकेर बस्छन्, अनि आत्मिक भक्ति प्रयोग गर्ने र अनुभवात्मक गवाही लेखहरू लेख्‍ने बहाना गर्दै मण्डलीको कामलाई बेवास्ता गर्ने र राम्रोसित नसम्हाल्ने गर्छन्। झट्ट हेर्दा, तिनीहरूले आफ्नो कोठामा लुकेर मण्डलीका मामलाहरूमै काम गरिरहेको जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफूलाई मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूबाट पहिले नै अलग गरिसकेका हुन्छन्। के काम गर्ने यो तरिकाले मण्डलीका विभिन्‍न कामहरूमा रहेका समस्याहरू समाधान गर्न सक्छ? के यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सहयोग गर्न सक्छ? जब तिनीहरू गवाही लेखहरू लेख्‍न आफ्नो कोठामा लुक्छन्, तब के तिनीहरूले परमेश्‍वरको काम अनुभव गरिरहेका हुन्छन्? त्यसकारण, यो कार्यशैली अनुचित छ। बाह्रौँ जिम्मेवारीअनुसार, अगुवा र कामदारहरूको पहिलो काम भनेको मण्डलीको काममा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूका आधारमा तुरुन्तै पहिचान गर्नु हो। कति मानिसहरूले सोध्छन्, “के अगुवा र कामदारहरूलाई गहन रूपमा संलग्न हुन लगाउनुको उद्देश्य भनेको अवरोध र बाधाहरू सिर्जना गर्ने मानिस, घटना, र कामकुराहरूलाई तिनीहरूले तुरुन्तै र सही रूपमा पहिचान गर्न सकून् भन्ने मात्र हो?” के यो बुझाइ सही छ? (छैन।) यो विकृत बुझाइ हो। अगुवा र कामदारहरूले आफ्नो कामप्रति सही मनोवृत्ति र शैली अपनाउनुपर्छ र तिनीहरू तल्लो तहको गहिराइमा पनि पुग्‍नैपर्छ। यसरी मात्रै तिनीहरूले समस्याहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान र समाधान गर्न सक्छन्। यदि तिनीहरू तल्‍लो तहको गहिराइमा पुग्दैनन् र परमेश्‍वरका चुनिएका मानिसहरूसँग जिउँदैनन् भने, मण्डलीको कामका सबै समस्याहरू पहिचान गर्न निकै गाह्रो हुनेछ। यदि मानिसहरूले रिपोर्ट गरेपछि र समाधानहरू खोज्‍न थालेपछि मात्रै तिनीहरूले केही समस्याहरू समाधान गर्न सक्छन् भने, यो कामको प्रभाव अत्यन्तै सीमित हुनेछ। अगुवा र कामदारहरूले काम गर्ने सबैभन्दा गलत तरिका भनेको प्राचीन विद्वानहरूले आफूलाई सन्तका पुस्तकहरू अध्ययन गर्नमा पूर्ण रूपमा समर्पित गरेको र बाहिरी मामलाहरूमा कुनै ध्यान नदिएको जस्तै गरी आफूलाई टाढा राखेर बन्द कोठामा काम गर्नु हो। यो मनोवृत्ति र जीवनशैली अगुवा र कामदारहरूका लागि अस्वीकार्य हुन्छ। तँ आफ्नो कोठामा एकलै प्रवचन सुन्दै, परमेश्‍वरका वचनहरू पढ्दै, आत्मिक भक्तिका नोटहरू लेख्दै, र प्रवचनहरू लेख्दै बस्छस्, तर के केही धर्मसिद्धान्त र वचनहरू प्राप्त गर्नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्‍ने हुन्छ? के यसको अर्थ तैँले सत्यताद्वारा खुलासा गरिएका मानिसहरूको वास्तविक अवस्था र साँचो स्थिति बुझेको छस् भन्‍ने हुन्छ? (हुँदैन।) त्यसकारण, अगुवा र कामदारहरूका काममा आत्मिक भक्तिको जीवन आवश्यक त हुन्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ सही कार्यविधि र जीवनशैली अपनाउनु नै हो।

२. दुष्ट मानिसहरूलाई तुरुन्तै रोक्‍ने र प्रतिबन्धित गर्ने

बाह्रौँ जिम्मेवारीमा अगुवा र कामदारहरूका लागि उल्लेख गरिएको दोस्रो माग के हो भने, तिनीहरूले मण्डलीका काममा अवरोध र बाधा ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई पहिचान गर्दा, तिनीहरूले तुरुन्तै र सही रूपमा मूल्याङ्कन गर्न सक्‍नुपर्छ। तिनीहरूले विभिन्‍न मानिस र घटनाहरूको प्रकृति स्पष्ट रूपमा खुट्ट्याउनुपर्छ, र तिनले मण्डली जीवनमा कसरी प्रभाव पार्छन्, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूको स्थिति, जीवन प्रवेश, र कर्तव्य निर्वाहलाई खतरामा पार्ने, बाधा दिने, वा बिथोल्ने गर्छन् कि गर्दैनन्, र तिनले मानिसहरूको कर्तव्य निर्वाहका नतिजाहरूमा असर गर्छन् कि गर्दैनन् भन्‍ने कुरा बुझ्नुपर्छ—अगुवा र कामदारहरूले यी कुराहरू तुरुन्तै र सही रूपमा मूल्याङ्कन र लेखाजोखा गर्नुपर्छ। यो नै अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि तिनीहरूमा यसका लागि चाहिने दिमागको कमी छ र तिनीहरूमा सही क्षमता छैन भने, तिनीहरूले मण्डलीको काम गर्न सक्‍नेछैनन्। यसका साथै, अगुवा र कामदारहरूमा विभिन्‍न मानिस, घटना, र कामकुराहरूप्रति तीक्ष्ण प्रतिक्रिया र समझशक्ति हुनुपर्छ। उदाहरणका लागि, जब मण्डलीमा विवादहरू पैदा हुन्छन् र विभिन्‍न बाधा र अवरोधहरू देखा पर्छन्, तब तैँले त्यो समस्या पहिचान गर्न सक्दैनस् र यसलाई महत्त्वहीन ठान्छस्, र यसले गर्दा धेरै मानिसहरूमा असर पर्छ र तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दैनन्। के त्यस्तो अगुवा वा कामदार चेतनाशून्य र अन्धो हुँदैन र? (हुन्छ।) यो अगुवा र कामदारहरूको समस्या हो। कसैले मण्डलीका काममा अवरोध र बाधा ल्याइरहेको छ भन्‍ने थाहा पाएपछि तैँले के गर्नुपर्छ? पहिला, तैँले समस्याको गम्भीरता निर्क्योल गर्नुपर्छ र त्यस्ता मानिसहरूको सार अनि मण्डलीको काम र मण्डली जीवनमा त्यस्ता कुराहरूले पार्ने प्रभाव र ल्याउने परिणामहरू मूल्याङ्कन र लेखाजोखा गर्नुपर्छ। त्यस्तो मूल्याङ्कनको आधार के हुनुपर्छ? यो परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित हुनुपर्छ। कति मानिसहरू भन्छन्, “तपाईँ यसलाई कसरी परमेश्‍वरका वचनहरूमा आधारित गर्नुहुन्छ? मलाई त यो खोक्रो कुरा हो जस्तो लाग्छ।” वास्तवमा, यो खोक्रो कुरा होइन। म किन यसो भन्दै छु? जब तैँले त्यस्ता कुराहरू सामना गर्छस् वा तिनलाई देख्छस् वा तिनका बारेमा सुन्छस्, तब तैँले तिनलाई बस परमेश्‍वरका वचनहरूले खुलासा गरेका समस्याहरूसँग तुलना गर्नुपर्छ। परमेश्‍वरका वचनहरूले त्यस्ता मानिस र मामलाहरूलाई कसरी खुलासा र चिरफार गर्छन्, र उहाँले यी समस्याहरूलाई कसरी चित्रण गर्नुहुन्छ त्यो हेर्, जस्तै उहाँले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई कसरी खुलासा गर्नुहुन्छ, वा उहाँले विभिन्‍न मानिसहरूका भ्रष्ट स्वभावहरूलाई कसरी खुलासा गर्नुहुन्छ, आदि इत्यादि। त्यसपछि, यी मामलाहरूलाई ती वचनहरूअनुसार तुलना र चिरफार गर्, अनि दाजुभाइ-दिदीबहिनीहरूसँगको सङ्गति र आफ्नै अवलोकनहरूमार्फत, तैँले बल्ल आफूले देख्‍ने मानिस, घटना, र कामकुराहरूलाई सही रूपमा मूल्याङ्कन र चित्रण गर्न, र सोहीअनुसारका समाधानहरू तयार पार्न सक्छस्। अवरोध र बाधा ल्याउने विभिन्‍न मानिसहरूमाझ रहन दृढ ती मानिसहरूलाई कसरी तह लगाउनुपर्छ? अरूलाई ती मानिसहरू खुट्ट्याउन मद्दत गर्नका लागि तिनीहरूलाई खुलासा र चिरफार गर्ने मात्रै होइन, रोक्‍ने र प्रतिबन्धित गर्ने काम पनि गरिनुपर्छ, र बारम्बार चेतावनी दिँदा पनि सुधार गर्न नसकिनेहरूलाई निकालिनुपर्छ। तिनीहरूलाई रोक्ने र प्रतिबन्धित गर्ने विधि र खास शैलीहरू के-के हुन्? (तिनीहरूलाई काटछाँट गर्नु र चेतावनी दिनु।) के काटछाँट गर्नु राम्रो विधि हो? (हो।) तिनीहरूका कार्यहरू खुलासा गर्नु, तिनीहरूका सबैभन्दा घोर समस्याहरू औँल्याउनु, तिनीहरूको सार चिरफार गर्नु, र चेतावनीहरू दिनु—के यी सबै व्यवहार्य विधि होइनन् र? अवश्य नै, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउनु र तिनीहरूलाई सम्झाउन-बुझाउन र चिरफार गर्नका लागि परमेश्‍वरका वचनहरूलाई आधारका रूपमा प्रयोग गर्नु हो। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् र आफ्नो गल्ती स्विकार्न जिद्दी रूपमा इन्कार्छन् भने, अझै कठोर उपायहरू अपनाउनुपर्छ। सुरुमा, तिनीहरूलाई चेतावनी देओ, त्यसपछि तिनीहरूलाई प्रतिबन्धित गर्न मण्डलीका प्रशासनिक आदेशहरू प्रयोग गर, र तिनीहरूलाई लापरवाही रूपमा दुष्कर्म गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन नदेओ। तिनीहरूलाई काटछाँट र त्यसपछि सुपरिवेक्षण पनि गर्नुपर्छ। यी विधिहरू अत्यावश्यक हुन्छन्, र यो सबै कुरा मण्डलीको काम राम्ररी पूरा हुने कुरा सुनिश्‍चित गर्न र मानिसहरूलाई मुक्ति दिन, साथै तिनीहरूलाई सही मार्गमा डोर्‍याउनका लागि गरिन्छ। यी विधिहरू प्रयोग गर्दा अवश्य नै राम्रा नतिजाहरू प्राप्त हुनेछन्। एकातिर, मानिसहरूले बुझेको सत्यतालाई प्रयोग गरेर तिनीहरूलाई मनाउने र खुलासा गर्ने, तिनीहरूको स्वभाव र सार चिरफार गर्ने, तिनीहरूका कार्यहरूको प्रकृति र तिनले ल्याउने गम्भीर परिणामहरू खुलासा गर्ने गर—यो मानिसहरूले गर्न सक्‍ने न्यूनतम कुरा हो। अर्को चरण भनेको परमेश्‍वरका वचनहरूका आधारमा तिनीहरूलाई चिरफार गर्नु र खुट्ट्याउनु, र त्यसैअनुसार तिनीहरूलाई चित्रण गर्नु हो। यदि तिनीहरूले सल्लाह सुने, यसलाई स्विकारे, र पश्‍चात्ताप गरे भने, त्यो अवश्य नै सबैभन्दा राम्रो कुरा हुनेछ। तर, यदि तिनीहरूले यसलाई स्विकारेनन् र मण्डलीका काममा बाधा दिइरहे भने, त्यस्तो बेलामा के गर्नुपर्छ? त्यस्तो अवस्थामा, शिष्ट बन्‍नु आवश्यक हुँदैन। परमेश्‍वरको घरसँग प्रशासनिक आदेशहरू छन्, र यस विन्दुमा, परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूअनुसार त्यो व्यक्तिलाई रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। यदि त्यो व्यक्ति सानो कदको नयाँ विश्‍वासी हो जसले सत्यता बुझ्दैन भने, उसलाई प्रेमपूर्वक सहयोग गर्न सकिन्छ; तैँले उसलाई आफूलाई चिन्‍न मद्दत गर्नका लागि सत्यता सङ्गति गर्न सक्छस्। जसले सत्यतालाई स्विकार्न र पश्‍चात्ताप गर्न सक्छन्, तिनीहरूलाई रोक्नु, प्रतिबन्धित गर्नु, वा काटछाँट गर्नु आवश्यक छैन। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् भने, यो सतही जग वा सानो कद भएको र सत्यता नबुझेको मामला होइन; यो तिनीहरूको मानवताको समस्या हो। त्यस्ता मानिसहरूलाई रोक्न र प्रतिबन्धित गर्न प्रशासनिक व्यवस्थापन र प्रशासनिक दण्ड प्रयोग गर्नुपर्छ। यसबाट हासिल हुने अन्तिम प्रभाव भनेको मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍नु, र यसरी मण्डली जीवनलाई सुव्यवस्थित रूपमा अघि बढ्न दिनु हो। यसलाई परिस्थितिलाई परिवर्तन गरेको भनिन्छ, र अगुवा र कामदारहरूले आफ्नो काममा हासिल गर्नुपर्ने प्रभाव यही हो। यो प्रभाव हासिल गरेर मात्रै तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन्। यदि अगुवा र कामदारहरूले कुनै पनि समस्याहरू आइपर्दा तिनलाई बेवास्ता गर्छन्, केही शब्द र धर्मसिद्धान्तहरूद्वारा झाराटारुवा प्रतिक्रिया मात्रै दिन्छन्, वा मण्डलीका काममा बाधा र अवरोध ल्याउनेहरूलाई थोरै शब्दमा सरल तरिकाले हप्की लाउने र काटछाँट गर्ने गर्छन् भने, के यसले समस्या समाधान गर्न सक्छ? यसले समस्या समाधान गर्न नसक्‍ने मात्र होइन, बरु उल्टै मण्डलीमा अझै ठूलो अराजकता पनि ल्याउँछ—धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने इच्छा गुमाउँछन् र तिनीहरूलाई विभिन्‍न हदसम्म बाधा पुग्‍नेछ, जसले गर्दा तिनीहरूको कर्तव्य निर्वाहमा असर पर्छ। के त्यस्ता अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्? (हुँदैनन्।) यसले देखाउँछ कि ती अगुवा र कामदारहरू आफ्नो काममा योग्य छैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्