परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५९

परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, अर्थात् मानिसलाई त्यस अवस्थामा ल्याउनुभयो, जसलाई उहाँले जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्‍वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्‍याउँछ। यस प्रक्रियामा, मानिस परमेश्‍वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको सुबुद्धिले निर्देशन गर्छ भन्ने तिनीहरू विश्‍वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्‍चर्यकर्महरू पैदा गर्छ भन्‍ने कुरा त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएको आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्‍ने मात्र उसले जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र ईश्‍वरीय कृपाबारे पूर्ण रूपमा अन्जान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवनलाई लापरवाही रूपमा बिताउँछ…। परमेश्‍वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्‍वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्‍नुहुन्‍न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्‍वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्‍वरले यसो गर्नुहुन्छ। मानव जीवनको उद्‌गम र निरन्तरतालाई सञ्चालन गर्ने रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्‍वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्‍वरबाट प्राप्‍त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले सामान्य रूपमा ल्याउने सबै कुराहरूको आनन्द मानिसले लिन्छ, र परमेश्‍वरलाई मानिसले विश्‍वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्‍ने कुरा त “सामान्य नै हो”। के परमेश्‍वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्‍वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्‍चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्‍चित रूपमा नै, परमेश्‍वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्‍वरको बाहुलीद्वारा सृष्‍टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्‍वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्‍नो योजनालाई बर्बाद पार्न सक्‍नुहुन्‍न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८४

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ (छनौट गरिएका खण्डहरू) यावत् थोकको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०१

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५५

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३६

अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्