परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३९
तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँ यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको बास स्थानमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्वरले सहनुहुने ठूलो कठिनाइ मात्र देहधारी परमेश्वरले भोग्ने कठिनाइ होइन, बरु सबैभन्दा बढी त परमेश्वरका आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्वरका आत्मा देहमा प्रकट हुनुभएको छ। उहाँको आत्मा यति उच्च र महान् हुनुहुन्छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको योग्यता, अन्तर्दृष्टि, चेतना, मानवता, र जीवनले तिमीहरू परमेश्वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै बस्नुहुन्छ। परमेश्वर अत्यन्तै नम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू...
यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने तैँले परमेश्वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा...
के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...
परमेश्वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्तियार छ (छनौट गरिएका खण्डहरू) परमेश्वरको अख्तियार केको प्रतीक हो? के...