परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७३

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्‍हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै र प्रेम र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमनका बारेमा कसैलाई पनि थाहा छैन, कसैले उहाँको आगमनलाई स्वागत गर्दैन, अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिलेको जस्तै चल्छ, उसको हृदय केही फरक छैन, र दिनहरू सदाको झैँ गुज्रन्छन्। परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीको रूपमा, अरू मानिसहरूजस्तै, हाम्रा माझमा बस्नुहुन्छ। उहाँका आफ्नै खोजहरू, आफ्नै लक्ष्यहरू छन्; र, यसका अतिरिक्त, उहाँसँग साधारण मानिसहरूसित नभएको ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले बुझेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा दृष्टिमा उहाँ एक मामुली विश्‍वासी बाहेक केही पनि हुनुहुन्न। उहाँले हाम्रा सबै चाललाई हेर्नुहुन्छ, र हाम्रा सबै विचारहरू र धारणाहरू उहाँका सामु खुला छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँका कार्यको बारेमा कुनै कुरा कल्पना गर्दैन, र, यसका अतिरिक्त, उहाँको पहिचानको बारेमा कसैसँग अलिकता पनि शङ्का छैन। उहाँको हामीसँग कुनै पनि सम्बन्ध नभए झैँ गरी हामीले गर्ने भनेको हाम्रा खोजहरूलाई जारी राख्नु हो …

पवित्र आत्माले उहाँद्वारा वचनहरूका खण्ड अचानक व्यक्त गर्नुहुन्छ, र यो अति नै अप्रत्याशित जस्तो अनुभूति भए पनि, हामी यसलाई परमेश्‍वरबाट आएको वाणीको रूपमा मान्यता दिन्छौं र यसलाई परमेश्‍वरबाट आएको रूपमा सहजै स्वीकार गर्छौं। त्यो हुनुको कारणचाहिँ, यी वचनहरूलाई जसले व्यक्त गरे पनि, जबसम्‍म ती पवित्र आत्माबाट आउँछन् तबसम्‍म हामीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुहुन्न। अर्को वाणी मबाट, वा तपाईंबाट, वा अरू कसैबाट आउनसक्छ। यो जो भए पनि, सबै परमेश्‍वरबाटको अनुग्रह नै हो। यो जो भए पनि, हामीले यस व्यक्तिलाई आराधना गर्नु हुँदैन, किनभने जे नै भए पनि, यो व्यक्ति सम्भव त परमेश्‍वर हुन सक्दैन, नत हामीले कुनै किसिमले पनि यस्तो सामान्य व्यक्तिलाई हाम्रो परमेश्‍वर भनी छान्न नै सक्छौं। हाम्रा परमेश्‍वर अति नै महान् र आदरयोग्य हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्थ्यो? अझै अधिक कुराचाहिँ, परमेश्‍वर आएर हामीलाई स्वर्गको राज्यमा फर्काएर लानका लागि हामीले उहाँलाई पर्खिरहेका छौँ, यसैले यति महत्त्वपूर्ण र कठिन कार्य कसरी यति तुच्छ व्यक्तिको दायित्व हुन सक्थ्यो? यदि प्रभु फेरि आउनुहुन्छ भने, यो सेतो बादलमा हुनैपर्छ, ताकि सबै भीडले देख्‍न सकून्। त्यो कति महिमित हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमा कसरी गुप्‍त रूपमा लुक्न सम्भव हुनसक्छ?

तथापि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ। उहाँले हामीलाई कुनै व्याख्या दिनुभएको छैन, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै भएको छ, तर उहाँले गर्न चाहनुभएको काम सुविचारित कदमहरू र उहाँको योजनाअनुसार गर्नुहुन्छ। उहाँका वचनहरू र वाणीहरू अझ नियमित हुन्छन्। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिने, हप्काउने र अनुशासनमा राख्‍नेदेखि नम्र र कोमल लबजदेखि डरलाग्दा र प्रतापी वचनहरूसम्‍म सबैले मानवमाथि कृपा देखाउँछ र उसमा भय हालिदिन्छ। उहाँले भन्नुभएका सबै कुराहरूले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई प्रहार गर्छ; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र सहनै नसकिने लाजले हामीलाई भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भन्ने कुरा जान्नै नसकिने हुन्छ। यस व्यक्तिका हृदयमा हुनुभएका परमेश्‍वरले साँच्चै हामीलाई प्रेम गर्नुहुन्छ तर उहाँ के गर्न चाहनुहुन्छ भनी हामी अचम्ममा पर्न थाल्छौं। सायद, यी दुःखहरू भोगिसकेपछि मात्र हामी उठाइ लगिन सक्छौ? आउने गन्तव्य र हाम्रो भविष्यको नियतिको बारेमा … हामीले हाम्रा मस्तिष्कमा हिसाब गरिरहेका हुन्छौं। पहिले झैँ, अझै पनि, हाम्रा बीचमा काम गर्न परमेश्‍वरले देहधारण गरिसक्नुभयो भनी हामी कसैले पनि विश्‍वास गर्दैनौं। यति लामो समयदेखि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीसँग आमने-सामने भएर धेरै वचनहरू बोलिसक्‍नुभएको छ तापनि, हाम्रा भविष्यका परमेश्‍वरका रूपमा यस साधारण मानवलाई स्वीकार गर्न हामी अनिच्छुक रहेका छौँ, र यस नगण्य व्यक्तिलाई हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रणका लागि जिम्मा दिने त परै जाओस्। उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौं, अनि उहाँद्वारा नै हामी परमेश्‍वरसँग आमने-सामने बस्छौं। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहको निम्ति मात्र हामी धन्यवादी छौँ, र ईश्‍वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौं जसमा ईश्‍वरीयता छ। अझै पनि, मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भए झैँ गरी, मानिसको बालकपन र अज्ञानतालाई अनन्त रूपमा क्षमा गर्ने र उहाँप्रति मानिसको अनादरप्रति सदासर्वदा सहिष्णु हुनुहुने झैँ गरी पहिलाको जस्तै, उहाँले आफ्नो काम नम्रतासाथ शरीरमा लुकेर गर्नुहुन्छ।

यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एक कदमदेखि अर्कोमा अगुवाइ गर्नुभएको छ भन्ने हामीलाई जानकारी नहोला। हामी असंख्य परीक्षाहरू भएर जान्छौं, असंख्य ताडनाहरू भोग्छौं, र मृत्युद्वारा जाँच गरिन्छौं। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे सिक्छौं, उहाँको प्रेम र कृपामा आनन्द मनाउँछौं, परमेश्‍वरको महान् शक्ति र बुद्धिको सराहना गर्छौं, परमेश्‍वरको प्रेमिलोपन साक्षी हुन्छौं, र मानवलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्छालाई हेर्छौं। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरका स्वभाव र सारलाई जान्न, परमेश्‍वरको इच्छालाई बुझ्न, मानवको प्रकृति र सारलाई जान्न, र मुक्ति र सिद्धताको बाटोलाई देख्न पाउँछौं। उहाँका वचनहरूले हामीलाई “मर्न” लगाउँछन्, र तिनीहरूले हामीलाई “नयाँगरी जन्मन” लगाउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तापनि हामीलाई दोषले चकनाचूर र ऋणी भएको आभास दिएर छोड्छन्; उहाँका वचनहरूले हामीमा आनन्द र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा काटिन लगिएका थुमाहरूजस्तै हुन्छौं; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौं, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौं। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौं, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौं। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा भुसुना हौँ, अनि हामी हराएका थुमाहरू हौँ, उहाँ हामीलाई भेट्टाउन दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँले हामीलाई तिरस्कार गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई प्रोत्साहित गर्नुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, हाम्रा बारेमा फिक्री गर्न उहाँ कहिल्यै रोकिनुहुन्न, र हाम्रो सुरक्षा गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ, रात र दिन, हाम्रो पक्षलाई कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र मासुले बनेको साधारण शरीरका वाणीहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्‍वरले हामीलाई दिनुभएको गन्तव्यलाई हेरेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्‍वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।

हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन र उहाँको हृदयमा आवाज दिएर परमेश्‍वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ, हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु, हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन, नत कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ, र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्‍वरका पक्षमा यसरी हामीमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्‍वरको गरिमा दिँदैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्‍वरको भित्री हृदय, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ। त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए, र हाम्रा आत्मा पुनर्जीवित भए: यी साधारण, नगण्य व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ, बिउँझिँदा वा सपनामा हुँदा, र जसलाई हामी रात दिन चाह गर्छौं? यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बहकिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ। यस बेला, उहाँले हाम्रा हृदयलाई पूर्ण रूपमा जित्‍नुभएको छ; उहाँ को हुनुहुन्छ भन्ने कुरालाई अब हामी शङ्का गर्दैनौं, उहाँको काम र उहाँका वचनलाई विरोध गर्दैनौं, र हामी उहाँका सामु लम्पसार पर्छौं। हाम्रा पूरै बाँकी जीवनभरि परमेश्‍वरका पाइलाहरू पछ्याउन, उहाँद्वारा सिद्ध पारिन, उहाँको अनुग्रहको ऋण तिर्न, र हाम्रा निम्ति भएको उहाँको प्रेमको ऋण तिर्न, उहाँको योजनाबद्ध कार्यमा र प्रबन्धमा आज्ञाकारी हुन, र उहाँको काममा साथ दिन, र उहाँले हामीलाई जिम्मा दिनुभएका कुराहरूलाई पूरा गर्न सक्‍नुभन्दा अरू हामीले केही कुराको पनि चाहना गर्दैनौं।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू तैँले कुनै पनि...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२२

अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८३

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति १:३-५ अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्:...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३३

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्