परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६५

जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु। यस अवस्थामा मात्र मानिसले मेरो पहुँचको बारेमा थोरै महसुस गर्न सक्छ, र मसँग बारम्बार कुराकानी हुँदैजाँदा उसले मसित के छ र म को हुँ भन्‍ने बारे केही देख्छ—फलस्वरूप, उसले मेरो बारेमा केही ज्ञान प्राप्त गर्दछ। सबै मानिसहरूमाझ म मेरो शिर उठाउँछु र हेर्छु, र तिनीहरू सबैले मलाई देख्छन्। तर जब संसारमा विपत्ति आउँछ, तिनीहरू तुरुन्त चिन्तित बन्छन् र तिनीहरूका हृदयबाट मेरो स्वरूप हराउँछ; विपत्ति आएकोले त्रसित बनेर तिनीहरूले मेरो अर्तीमा कुनै ध्यान दिँदैनन्। धेरै वर्षदेखि म मानिसको माझबाट भएर गएको छु, तर ऊ सधैँ अनभिज्ञ रहेको छ, उसले मलाई कहिल्यै चिनेको छैन। मेरो आफ्नै मुखले आज म उसलाई यो भन्छु, र सबै मानिसहरूलाई मबाट केही प्राप्त गर्नलाई मकहाँ आउने बनाउँछु, तर अझै पनि उनीहरू मबाट टाढा बस्छन्, यसैले तिनीहरूले मलाई चिन्दैनन्। जब मेरा पाइलाहरूले ब्रह्माण्डको वारपार र पृथ्वीको अन्तिम छेउसम्म टेक्छन्, तब मानिसले आफ्नै बारेमा सोच्न थाल्छ, र सबै मानिसहरू मकहाँ आउनेछन् र मेरो अगाडि झुकेर मेरो आराधना गर्नेछन्। यो मैले महिमा प्राप्त गर्ने दिन, मेरो पुनरागमनको दिन, साथै मेरो प्रस्थानको दिन पनि हुनेछ। अब मैले सारा मानव जातिको बीचमा मेरो काम सुरु गरेको छु, औपचारिक रूपमा सम्पूर्ण ब्रह्माण्डमा मेरो व्यवस्थापन योजनाको अन्तिम काम सुरु गरेको छु। यस क्षणदेखि उसो, सतर्क नहुने जो-कोही व्यक्ति निर्दयी सजायको बीचमा डुब्‍न जिम्मेवार हुन्छन्, र कुनै पनि क्षणमा यो हुन सक्छ। म निर्दयी भएकोले यस्तो हुने होइन, बरु यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो; सबै कुरा मेरो योजनाको चरणहरू अनुसार अगाडि बढ्नु पर्छ, र कुनै पनि मानिसले यसलाई परिवर्तन गर्न सक्दैन। जब म औपचारिक रूपमा मेरो काम सुरु गर्दछु, म अघि बढ्दा सबै मानिसहरू पनि अघि बढ्छन्, यहाँसम्‍म कि सारा ब्रह्माण्डभरिका मानिसहरू आफै मेरा पाइलाहरूमा मसँगै हिँड्छन्, सारा ब्रह्माण्डभरि “हर्षोल्लास” हुन्छ, र मानिस मद्वारा अझै उत्साहित हुन्छ। त्यसको फलस्वरूप, ठूलो रातो अजिङ्गर आफै मद्वारा भयानक आवेश र अलमल्ल अवस्थामा पुग्छ, र त्यसले मेरो काम गर्छ र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, तर मेरो नियन्त्रणमा बस्नु बाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनाहरूमा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु र नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको परिवारमा समाप्त भएको छ। यसरी, ठूलो रातो अजिङ्गर ठीक सँगले मेरो सेवा अझै गर्न सक्षम छ, जसको माध्यमबाट म त्यसलाई जित्‍नेछु र मेरो योजना पूरा गर्नेछु। जब म काम गर्दछु, सबै स्वर्गदूतहरू मसँग निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा इच्छाहरू पूरा गर्ने संकल्प गर्दछन्, जसको कारण पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैं मेरो सामुन्ने झुक्नेछन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै इच्छा हुँदैन, र मेरो विरुद्धमा केही पनि गर्दैनन्। यी सबै सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू हुन्।

मानिस बीचको मेरो आगमनको उद्देश्य र महत्त्व सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु, सबै मानव जातिलाई मेरो परिवारमा फर्काउनु, स्वर्गलाई पृथ्वीसँग पुनर्मिलन गराउनु, र मानिसलाई स्वर्ग र पृथ्वीको बीचमा “सङ्केत” व्यक्त गर्नु हो, किनकि मानिसको अन्तर्निहित कार्य त्यही हो। मैले मानव जातिलाई सृष्टि गरेको समयमा, मैले मानव जातिका लागि सबै थोक तयार गरेको थिएँ र पछि, मैले मानव जातिलाई मेरो आवश्यकताहरू अनुसार दिएका सम्पत्तिहरू प्राप्त गर्न दिएँ। यसैले, म भन्छु कि मेरो मार्गदर्शन अन्तर्गत नै सबै मानवजाति आजको दिनमा आइपुगेको छ। र यो सबै मेरो योजना नै हो। सबै मानव जातिमा असङ्ख्य मानिसहरू मेरो प्रेमको संरक्षण अन्तर्गत अस्तित्वमा छन्, र अरू असङ्ख्य मेरो घृणाको सजाय अन्तर्गत बाँचिरहेका छन्। सबै मानिसहरूले मलाई प्रार्थना गर्ने भए तापनि, उनीहरू आफ्नो वर्तमान अवस्था परिवर्तन गर्न असमर्थ छन्; आशा गुमाइसकेपछि तिनीहरूले प्रकृतिलाई आफ्‍नै बाटो लाग्‍न दिनसक्छन् र मेरो अनाज्ञाकारी बन्न छोड्छन्, किनकि यी सबै कुराहरू मानिस आफैले प्राप्त गर्न सक्छ। जब मानिसको जीवनको अवस्थाको कुरा आउँछ, मानिसले वास्तविक जीवन पाउनु अझै बाँकी नै छ, उसले अझै पनि संसारका अन्याय, उजाडता, र दयनीय अवस्थाहरूलाई देखेको छैन—यसैले, यो विपत्तिको आगमनको लागि थिएन भने, अधिकांश मानिसहरूले अझै पनि प्रकृति आमालाई अङ्गालो हाल्‍नेथियो, र अझै पनि आफूलाई “जीवन” का स्वादहरूमा डुबाउनेथियो। के यो संसारको वास्तविकता होइन र? के यो मैले मानिसको लागि बोल्‍ने मुक्तिको आवाज होइन र? किन मानिसहरूको बीचमा मलाई साँच्चिकै माया गर्ने कोही छैन? मानिसले मलाई किन सजाय र परीक्षाको बेला मात्र प्रेम गर्छ, तैपनि मेरो सुरक्षामुनि हुँदा कसैले पनि मलाई प्रेम गर्दैन? मैले धेरै चोटि मानिसहरूलाई मेरो सजाय दिएको छु। तिनीहरू त्यसलाई एकचोटि हेर्छन्, तर त्यसपछि त्यसलाई बेवास्ता गर्छन्, र तिनीहरू यस बेला यसको अध्ययन र चिन्तन गर्दैनन्, त्यसैले मानिसमाथि आउने कुरा निर्दयी न्याय मात्र हो। यो मेरो काम गर्ने तरिकाहरूमध्येको एउटा मात्रै हो, तर अझै पनि यो मानिसलाई परिवर्तन गर्न र उसलाई मलाई प्रेम गर्ने बनाउनका निम्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७०

मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८९

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ;...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०६

परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्ने मानिसहरू ती हुन् जो परमेश्‍वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्