परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १०
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सर्वशक्तिमान साँचो परमेश्वर, सिंहासनमा विराजमान राजाले, सबै राष्ट्रहरू र सबै मानिसहरूको सामना गर्दै, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ र स्वर्गमुनिका सबै कुराहरू परमेश्वरको महिमाले चम्किन्छन्। ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्वरको चेहराको ज्योतिमा तिनीहरूको पर्दाहरू खुलागरी तानेका छन्, र तिनीहरू सपनाबाट ब्यूँझे झैँ, तिनीहरू माटोबाट फुटी निस्कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!
आह! एक साँचो परमेश्वर संसार सामुन्ने देखा पर्नुहुन्छ। कसले प्रतिरोधसाथ उहाँको समीप आउने साहस गर्छ? सबै डरले काम्छन्। सबै पूर्ण रूपले विश्वस्त भएका छन्, र सबैले बारम्बार क्षमा माग्छन्। सबै मानिसहरू उहाँको अघि आफ्ना घुँडा टेक्छन्, र सबै मुखहरूले उहाँको आराधना गर्छन्! सबै महाद्वीपहरू र सागरहरू, पर्वतहरू, नदीहरू—सबै थोकले अटुट रूपमा उहाँको प्रशंसा गर्दछन्! वसन्त ऋतु शुद्ध वसन्त झरी ल्याउँदै आफ्नो न्यानो वायुसँगै आउँछ। सबै मानिसहरू जस्तै, खोलाको प्रवाहहरू कृतज्ञता र आत्म-निन्दाको आँसु झार्दै, दुःख र आनन्दसँगै बग्छन्। नदीहरू, तालहरू, लहर र तरङ्गहरू सबैले साँचो परमेश्वरको पवित्र नाउँको स्तुतिगान गर्दै गाउँदैछन्! प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ! एक चोटि शैतानद्वारा भ्रष्ट बनाइएका पुराना वस्तुहरू, तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण र परिवर्तित हुनेछन् र पूर्ण रूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …
यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई सुन्। त्यो धेरै सुमधुर आवाज सिंहासनको वाणी हो, जसले समय आएको छ, अन्तिम अन्त्य आएको छ भनी हरेक राष्ट्र र मानिसहरूलाई घोषणा गर्दछ। मेरो व्यवस्थापनको योजना सकिएको छ। मेरो राज्य पृथ्वीमा खुला रूपमा देखिएको छ। संसारका राज्यहरू मेरो राज्य भएका छन्, जो म परमेश्वर हुँ। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्! पृथ्वीको पल्लो छेउहरूबाट मानिसहरू … हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउनेछन्। …
मेरो आवाज सुन्ने र हरेक राष्ट्र र भूमिबाट एकत्र हुने मेरा मानिसहरूमाथि म आनन्दसाथ नजर लगाउँछु। सबै मानिसहरू साँचो परमेश्वरलाई सधैँ आफ्नो सामुन्ने राख्दै आनन्दले निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! तिनीहरूले संसारलाई साक्षी दिन्छन्, र साँचो परमेश्वरप्रति तिनीहरूको साक्षीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्। सबै मानिसहरू मेरो राज्यभित्र भेला हुनेछन्।
मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्यूँताउँछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्नताका बारेमा कहिल्यै विचार गरेको छस्? अब उप्रान्त हठी नबन् न त खेलबाड गर्। यो मौकालाई नगुमा। यो समय फेरी आउनेछैन! यही घडी उठ्, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तँ मेरो स्वभावमा जिउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरा पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिराख्, बाटोको अन्त्य नआएसम्म सिधा बढिराख्!
जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको बोलावट हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्रले परमेश्वरको अघि आत्मसमर्पण गर्नेछन्। परमेश्वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्ण रूपमा विश्वस्त हुनेछन्, र साँचो परमेश्वरको निम्ति अटुट रूपमा जयजयकार गर्नेछन्। सर्वशक्तिमान परमेश्वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरू र मैले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै महिमामा भाग लिनेछौँ र राज्याधिकार बाँड्नेछौँ। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!
जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलस शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, जुन सलामी हो, जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! यो आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको, राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ भन्ने कुरा दर्साउँछ। परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारीको सामना गर्नेछन्, र परमेश्वरको सात कचौराहरू र सात विपत्तिहरू प्रभावमा आउनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३६
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ५. वायुप्रवाह पाँचौ कुरा के हो? यो कुरा हरेक...
सामान्य व्यक्तिको स्वरूपलाई पुनर्स्थापित गर्न, अर्थात्, सामान्य मानवता हासिल गर्नको लागि, मानिसहरूले केवल उनीहरूको वचनद्वारा मात्र...
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै...