परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५१
अहिलेका प्रवाहमा, परमेश्वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूले आफ्नो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
राज्यका राजा, सर्वशक्तिमान् परमेश्वरको गवाही दिइएको समयदेखि परमेश्वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको छ। परमेश्वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले सम्भव भएको कुनै पनि उपायद्वारा परमेश्वरसित सङ्गति गर्न खोज्दै, परमेश्वरको इच्छा बुझ्दै र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गर्दै यो पवित्र नाउँ पुकारिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।
विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्वरसित एक हुनुहुन्छ, जसमा अलिकति पनि भिन्नता छैन। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई ब्युँझाउँछ। यो परमेश्वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै तलमाथि हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि कुनै पनि हदसम्म जान्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।
सर्वशक्तिमान् परमेश्वर ब्रह्माण्डमा जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि प्रभुत्व गर्नुहुन्छ, र सबै जातिहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्वरमा विश्वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा दण्ड पाएको आवाज हो, र यो परमेश्वरको फलामको लौरोद्वारा ताडना दिइएको आवाज हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ८
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अहिलेका प्रवाहमा, परमेश्वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूले आफ्नो...
पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान् परमेश्वर नै...
यदि तँसँग परमेश्वरको कामको कुनै ज्ञान छैन भने, परमेश्वरसँग कसरी सहकार्य गर्ने सो तँलाई थाहा हुनेछैन। यदि तँलाई परमेश्वरको कामका...
आफ्ना परीक्षापछि अय्यूब अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध...