परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४५

यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मनुभयो र उहाँको काम त्यहाँ नै गर्नुभयो भने त, मैले इस्राएलका मानिसहरूलाई मात्र सृष्टि गरेँ र इस्राएलको मानिसहरूलाई मात्र उद्धार गरेँ र गैर-यहूदीहरूसँग मेरो कुनै सरोकार छैन भन्ने कुरा यसले साबित गर्नेथियो। के यो “म स्वर्गहरू, पृथ्वी र सबै थोकहरू सृष्टि गर्ने परमेश्‍वर हुँ” भन्ने मेरा वचनहरूसँग विरोधाभासपूर्ण हुँदैन र? मैले यहूदियालाई छोडेँ र गैर-यहूदीहरू माझ मेरो काम गर्छु, किनभने म इस्राएलका मानिसहरूको मात्र परमेश्‍वर होइन, तर सारा प्राणीहरूको परमेश्‍वर हुँ। म आखिरी दिनहरूको अवधिमा गैर-यहूदीहरू माझ देखा पर्छु किनभने म इस्राएलका मानिसहरूको परमेश्‍वर, यहोवा मात्र होइन, तर यसको अतिरिक्त, म गैर-यहूदीहरू माझका मेरा चुनिएकाहरू सबैका सृष्टिकर्ता हुँ। मैले इस्राएल, मिश्र र लेबनान मात्र सृष्टि गरेको होइन, तर इस्राएलभन्दा बाहिरका सबै गैर-यहूदी राष्ट्रहरूलाई पनि सृष्टि गरेँ। यसैले म सबै प्राणीहरूको प्रभु हुँ। मैले इस्राएललाई मेरो काम प्रारम्भ गर्नको निम्ति प्रारम्भिक बिन्दुको रूपमा मात्रै प्रयोग गरेँ र यहूदिया र गालीललाई उद्धारको कामको किल्लाको रूपमा चलाएँ, र अहिले म गैर-यहूदी राष्ट्रहरूलाई सम्पूर्ण युगको अन्त ल्याउने आधारको रूपमा प्रयोग गर्छु। मैले इस्राएलमा कामका दुई चरणहरू गरेँ (ती दुई चरणहरू व्यवस्थाको युग र अनुग्रहको युग हुन्), र मैले इस्राएल बाहिरका मुलुकहरूभरि कामका थप दुई चरणहरू (अनुग्रहको युग र राज्यको युग) लाई कार्यान्वयन गर्दै आइरहेको छु। गैर-यहूदी राष्ट्रहरू माझ, म विजयको काम गर्नेछु, र त्यसरी नै युग समाप्‍त गर्नेछु। यदि मानिसहरूले मलाई सदैव येशू ख्रीष्ट भन्छन्, तर आखिरी दिनहरूको अवधिमा मैले नयाँ युग सुरु गरेको छु र नयाँ काम सुरु गरेको छु भन्ने जान्दैनन् भने, र यदि मानिसहरूले मुक्तिदाता येशूको आगमनलाई नै उन्मत्त रूपमा प्रतीक्षा गरिरहन्छन् भने त, म यस्ता मानिसहरूलाई त ममा विश्‍वास नगर्ने मानिसहरू भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने मानिसहरू हुन्, र मप्रतिको तिनीहरूको विश्‍वास झूटो हो। के यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमनलाई देख्न सक्छन्? तिनीहरूले प्रतीक्षा गरेको कुरा मेरो आगमन होइन, तर यहूदीहरूका राजाको आगमन हो। यो अशुद्ध पुरानो संसारलाई मैले सर्वनाश गरेको तिनीहरू चाहना गर्दैनन्‌, बरु येशूको दोस्रो आगमनको उत्कट इच्छा गर्छन् जसमा तिनीहरूको उद्धार गरिनेछन्। अझै एक पटक यो अशुद्ध र अधर्मी मुलुकबाट सारा मानवजातिलाई येशूले उद्धार गर्नुभएको होस् भनी तिनीहरूले अपेक्षा गर्छन्। यस्ता मानिसहरूले आखिरी दिनहरूमा मेरो कामलाई पूरा गर्ने मानिसहरू बन्‍न सक्छन्? मानिसको चाहनाहरू मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न असक्षम छन्, किनभने मानिसले मैले पहिले गरेका कामको मात्र सराहना गर्छन् वा कदर गर्छन्, र म सदैव नयाँ हुने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्ने त तिनीहरूलाई थाहा नै छैन। मानिसले म यहोवा र येशू हुँ भन्ने मात्र जान्दछ र मानवजातिलाई समाप्‍त पार्ने आखिरी दिनहरूमध्ये एउटा म नै हुँ भन्ने कुराको कुनै आभास उसलाई छैन। मानिसले चाहेको र जानेका सबै कुराहरू तिनीहरूको आफ्नै धारणहरूबाट नै आउँछन् र यो तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने कुराहरू मात्र हुन्‌। यो मैले गर्ने कामसँग मिल्दैन, तर योसँग असङ्गतमा छ। यदि मेरो काम मानिसका विचारहरू बमोजिम सञ्चालित थिए भने, यो कहिले अन्त हुन्थ्यो? मानवजाति विश्राममा कहिले प्रवेश गर्थ्यो? अनि म कहिले सातौँ दिन अर्थात् शबाथमा प्रवेश गर्न सक्षम हुन्थें? म मेरो योजना र मेरो उद्देश्य मुताबिक काम गर्छु—मानिसको अभिप्रायहरू अनुसार होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २१

परमेश्‍वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९८

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२०

पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३०

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि...