परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३६

परमेश्‍वरको राज्यको युग सुरु हुनासाथै, परमेश्‍वरले उहाँका वचनहरू प्रकट गर्न थाल्नुभयो। भविष्यमा यी वचनहरू क्रमिक रूपमा पूरा हुनेछन्, अनि त्यो समयमा मानिस जीवनमा बढ्नेछ। मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न परमेश्‍वरले गर्नुहुने वचनको प्रयोग अझ बढी वास्तविक, अझ बढी आवश्यक हुनेछ, अनि मानिसको विश्‍वासलाई सिद्ध बनाउने आफ्नो काम गर्न उहाँले अरू केही होइन तर उहाँको वचन प्रयोग गर्नुहुन्छ, किनकि अहिले वचनको युग हो, यसको निम्ति विश्‍वास, संकल्प र मानिसको सहकार्य आवश्यक हुन्छ। आखिरी दिनहरूमा हुने देहधारी परमेश्‍वरको काम मानिसको निम्ति सेवा र प्रबन्ध गर्न उहाँको वचन प्रयोग गर्नु नै हो। देहधारी परमेश्‍वरले आफ्ना वचनहरू बोलिसक्नुभएपछि मात्र ती पूरा हुन थाल्नेछन्। उहाँ बोल्नुभएको समयमा उहाँका वचनहरू पूरा हुँदैनन्, किनकि उहाँ शरीरको चरणमा हुनुहुँदा उहाँका वचनहरू पूरा हुन सक्दैनन्। यस्तो हुन्छ ताकि मानिसले परमेश्‍वर आत्मा होइन शरीरमा हुनुहुन्छ भनी देख्न सकून्; ताकि मानिसहरूले आफ्नै आँखाले परमेश्‍वरको वास्तविकता देख्न सकून्। उहाँको काम पूरा भएको दिन, जब उहाँले पृथ्वीमा बोल्नुपर्ने सबै वचनहरू बोलिसक्‍नुभएको हुन्छ, उहाँका वचनहरू पूरा हुन थाल्छन्। यो परमेश्‍वरका वचनहरू पूरा हुने युग होइन, किनकि उहाँले अझै उहाँका वचनहरू बोलिसक्‍नुभएको छैन। यसैले, जब तँ परमेश्‍वरले पृथ्वीमा अझै उहाँका वचनहरू बोलिरहनुभएको देख्छस् तब उहाँको वचन पूरा होला भनी नपर्खी। जब परमेश्‍वरले आफ्ना वचनहरू बोल्न बन्द गर्नुहुन्छ, र जब पृथ्वीमा उहाँको काम पूरा हुन्छ त्यत्ति बेला उहाँका वचनहरू पूरा हुन थाल्छन्। उहाँ पृथ्वीमा वचनहरूमा बोल्नुहुन्छ, त्यहाँ एक हिसाबले जीवनको प्रबन्ध हो, अर्को त्यहाँ अगमवाणी हो—आउने कुराहरूको अगमवाणी, जुन कुराहरू गरिनेछन्, अनि अझ पूरा हुन बाँकी रहेका कुराहरूको अगमवाणी। येशूका वचनहरूमा पनि अगमवाणी थियो। एक हिसाबले उहाँले जीवन दिनुभयो र अर्को हिसाबले अगमवाणी बोल्नुभयो। आज, वचनहरू र तथ्यहरू पूरा गर्ने कुरा गरिँदैन, यसको साथसाथै मानिसका आफ्नै आँखाहरूले देख्न सकिने र परमेश्‍वरले गर्नुभएका काम बीच ठूलो भिन्नता छ। यति मात्र भन्न सकिन्छ कि, एक पटक परमेश्‍वरको काम पूरा गरिएको हुन्छ, उहाँका वचनहरू पूरा गरिनेछन्, अनि वचनहरूपछि तथ्यहरू आउनेछन्। आखिरी दिनहरूमा देहधारी परमेश्‍वरले पृथ्वीमा वचनको सेवकाइ गर्नुहुन्छ, अनि वचनको सेवकाइ गर्दा उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, र अरू विषयहरूलाई ध्यान दिनुहुन्न। एक पल्ट परमेश्‍वरको काम परिवर्तन भएपछि उहाँका वचनहरू पूरा हुन थाल्नेछन्। आज वचनहरू सबैभन्दा पहिले तँलाई सिद्ध बनाउनका निम्ति प्रयोग गरिन्छ; जब उहाँले सारा ब्रह्माण्डभरि महिमा प्राप्त गर्नुहुन्छ, उहाँको काम पूरा हुनेछ—बोलिनुपर्ने सबै वचनहरू बोलिसकेको हुनेछ, र सबै वचनहरू तथ्य भएका हुनेछन्। परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा वचनको सेवकाइ गर्न आउनुभएको छ, ताकि मानवजातिले उहाँलाई चिन्न सकोस्, र मानव जातिले उहाँ के हुनुहुन्छ भनी देख्न सकोस् र उहाँको वचनबाट उहाँको बुद्धि र उहाँका सबै अचम्मका कामहरू देख्न सकोस्। राज्यको युगमा परमेश्‍वरले मुख्यतया: सबै मानव जातिलाई जित्न वचन प्रयोग गर्नुहुन्छ। भविष्यमा, उहाँको वचन प्रत्येक धर्म, खण्ड, राष्ट्र र सम्प्रदायमाथि पनि आउनेछ। परमेश्‍वरले वचनको प्रयोग जित्न, सबै मानिसलाई उहाँको वचनमा अधिकार र शक्ति छ भनी देखाउन प्रयोग गर्नुहुन्छ—यसैले आज तिमीहरू परमेश्‍वरको वचनको मात्र सामना गर्छौ।

यस युगमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू व्यवस्थाको युगमा बोलिएका वचनहरूभन्दा फरक छन्, साथै ती अनुग्रहको युगमा बोलिएका वचनहरूभन्दा पनि फरक छन्। अनुग्रहको युगमा, परमेश्‍वरले वचनको काम गर्नुभएन, तर सारा मानव जातिलाई छुटकारा दिनका निम्ति उहाँले क्रूसीकरणको वर्णन मात्र गर्नुभयो। बाइबलले येशू किन क्रूसमा टाँगिनुभएको र क्रूसमा उहाँले भोग्‍नुभएको दुःखको बारेमा र मानिस कसरी परमेश्‍वरको निम्ति क्रूसमा टाँगिनुपर्छ भन्ने कुरा मात्र वर्णन गर्दछ। त्यस युगको अवधिमा, परमेश्‍वरले गर्नुभएका सबै काम क्रूसीकरणबाट केन्द्रित थियो। राज्यको युगमा, देहधारी परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने सबैलाई जित्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्‍वर आउनुभएको छ, भन्‍नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छन्। वचन शरीरमा देखा पर्नुहुन्छको सार यही हो र जब देहधारी परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुहुन्छ, उहाँको वचन शरीरमा देखा पर्नु, र वचन देहमा आउनु भनेको यही हो। “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो, र वचन देह बन्‍नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्‍वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्‍वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्‍वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्‍वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्‍ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्‍वरको कामको गति बढिरहेको छ। परमेश्‍वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्‍वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८६

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२०

बृहत् र सूक्ष्‍म दृष्टिकोणहरूबाट परमेश्‍वरको अख्तियारलाई बुझ्ने परमेश्‍वरको अख्तियार अद्वितीय छ। यो परमेश्‍वर स्वयम्‌को चारित्रिक...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१५

कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्