परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३१

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै देश र सबै मानिसहरूलाई पनि विजयको कामको अधीनमा ल्याइनेछ। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरी न्याय गरिनको लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कुरा यस सजाय र न्याय भोग्‍नबाट बच्न सक्दैन, न त कुनै व्यक्ति न त कुनै चीज नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि सबै थोकको अन्त्य नजिकै आउँदै छ, र सारा आकाश र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानवजातिको अस्तित्वको आखिरी दिनहरूबाट उम्कन सक्छ? यसरी, तिमीहरूको अवज्ञाकारी कार्यहरू कहिलेसम्म लम्बिरहन्छ? के तिमीहरू आफ्ना आखिरी दिनहरू नजिकै छन् भनी बुझ्दैनौ? परमेश्‍वरलाई आदर गर्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले किन परमेश्‍वरको धार्मिकताको देखापराइलाई देख्‍न सक्दैनन्? तिनीहरूले भलाइका लागि अन्तिम इनाम किन प्राप्त गर्न सक्दैनन्? के तँ असल काम गर्ने व्यक्ति होस् कि खराब काम गर्ने व्यक्ति होस्? के तँ धर्मी न्याय स्वीकार गर्ने र त्यसपछि आज्ञापालन गर्ने व्यक्ति होस् कि धर्मी न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्? के तँ ज्योतिमा न्याय-आसनको अगि बस्छस् कि अन्धकारमाझ पातालमा बस्छस्? के तँ त्यो व्यक्ति होइनस्, जसलाई आफूले अन्त्यमा इनाम वा दण्ड के पाउनेछु भनी थाहा छ? के तँ त्यो व्यक्ति होइनस्, जसले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी एकदमै स्पष्ट रूपले जानेको र गहिरो रूपले बुझेको छ? यसैले तेरो आचरण र हृदय कस्तो छ? आज मैले तँलाई जित्दा, के मैले तँलाई तेरो व्यवहार असल वा खराब छ भनी बताउनु आवश्यक छ? तैँले मेरो लागि कतिसम्म त्याग गरेको छस्? तैँले कतिसम्म गहिरो रूपमा आराधना गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेको छस् भन्‍ने कुरा आफै स्पष्ट जान्दैनस् र? तेरो अन्तिम अवस्था कस्तो हुनेछ भन्‍ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्‍नुपर्दछ! साँच्‍चै, म तँलाई भन्छु: मैले केवल मानवजातिलाई बनाएँ, र मैले तँलाई पनि सृष्टि गरें, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिइनँ; न त मैले जानाजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो विरोध गर्ने बनाएर मद्वारा दण्ड पाउने बनाएको हुँ। के यी सबै विपत्ति र कष्टहरू तिमीहरूका हृदय धेरै कठोर र तिमीहरूको आचरण पनि घृणित भएकोले होइन र? यसैले, के तिमीहरूले सामना गर्ने अन्त्य तिमीहरू आफैले निर्धारित गरेको होइन र? के तिमीहरू आफ्नो हृदयमा तिमीहरूको अन्त्य कस्तो हुनेछ भनी अरू कसैले भन्दा राम्ररी जान्दैनौ र? मैले मानिसहरूलाई जित्‍नुको कारण तिनीहरूलाई खुलासा गर्नु र राम्रोसँगले मुक्तिमा ल्याउनु हो। यो तँलाई दुष्ट कार्य गराउनको लागि होइन, न त यो जानाजानी विनाशको नरकमा जान लगाउनको लागि नै हो। जब समय आउँछ, तेरा सबै ठूला दु:खहरू, तेरो रुवाइ र दाह्रा किटाइ—के यी सबै तेरा पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै असलपन वा तेरो आफ्नै खराबी नै तेरो सर्वोत्तम न्याय होइन र? के यही नै तेरो अन्त्य कस्तो हुनेछ भन्‍ने कुराको उत्तम प्रमाण होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २३०

परमेश्‍वरका सबै वचनमा उहाँको स्वभावको केही अंश हुन्छ। उहाँको स्वभावलाई पूर्ण रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन। यो कुरा उहाँभित्र कति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५७

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्‍परागत संस्कृति हो। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५०

सुरुमा परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, अनि उहाँले सर्पलाई पनि सृष्टि गर्नुभयो। सबै कुरामध्ये, त्यो सर्प सबैभन्दा विषालु थियो;...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२६

म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्