परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २१

सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्‍वरलाई कसरी आदर गर्ने वा पृथ्वीमा कसरी जिउने भन्ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाप्रति आदर देखाउने वा पृथ्वीमा रहेका यहोवाका नियमहरू कसरी पालन गर्ने भनी बुझ्ने क्षमता दिनुभएन। यहोवाको प्रत्यक्ष अगुवाइविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा त मानिसमा त्यस्ता क्षमताहरू थिएनन्। मानिसले केवल यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै जान्दथ्यो, तर उहाँलाई कसरी आदर गर्ने, कस्तो प्रकारको आचरणलाई उहाँको आदर गरेको भन्‍न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँलाई आदर गरिनुपर्थ्यो, वा उहाँको आदरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै थोकहरू, जुन उपभोग गर्न सकिन्छ ती कसरी उपभोग गर्ने भन्ने मात्र थाहा थियो, तर पृथ्वीमा कस्तो किसिमको जीवन परमेश्‍वरको सृष्टिको लागि योग्य हुन्छ भन्ने कुरा मानिसलाई अलिकति पनि थाहा थिएन। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानव जातिले मानव जातिको उचित जीवन कहिल्यै पनि बिताउन सक्ने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँलाई आदर गर्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँलाई आदर गर्ने वा उहाँको भय मान्ने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको आदर गर्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा हुन सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालना गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५९

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३५

तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्‍वास गर्छौ कि यदि...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३६

परमेश्‍वरको राज्यको युग सुरु हुनासाथै, परमेश्‍वरले उहाँका वचनहरू प्रकट गर्न थाल्नुभयो। भविष्यमा यी वचनहरू क्रमिक रूपमा पूरा हुनेछन्, अनि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२५

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता...