परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १८

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि थियो र उहाँ त्यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो कार्यलाई इस्राएलीहरूका बीचमा सीमित गर्नुभयो। सुरुमा उहाँले इस्राएल बाहिर काम गर्नुभएन, तर आफ्नो कामको दायरालाई सीमित गर्नका लागि उहाँले उपयुक्त मानिसहरूको छनौट गर्नुभयो। इस्राएल त्यही स्थान हो जहाँ परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो र त्यस ठाउँको धुलोबाट यहोवाले मानिसलाई बनाउनुभयो; यही ठाउँ नै पृथ्वीमा उहाँको कामको आधार बन्न गयो। नोआ तथा आदमका सन्तानका रूपमा रहेका इस्राएलीहरू नै पृथ्वीमा यहोवाको कामका आधार थिए।

यस समयमा सारा पृथ्वीमा उहाँको कामको थालनी गर्नु नै इस्राएलमा रहेको यहोवाको कार्यको महत्त्व, उद्देश्य र चरणहरू थिए, यस कार्यले इस्राएललाई आफ्नो केन्द्र बनायो र बिस्तारै अन्यजाति राष्ट्रहरूमा यो फैलियो। एउटा नमुना स्थापना गर्न र सारा ब्रह्माण्डमा भएका सबै मानिसहरूले उहाँको सुसमाचार नसुनेसम्म त्यस नमुनालाई फैलाउन उहाँले यही सिद्धान्तबमोजिम यस ब्रह्माण्डभरि काम गर्नुहुन्छ। पहिला इस्राएलीहरू नोआका सन्तान थिए। यी मानिसहरूले केवल यहोवाको सास मात्र प्राप्‍त गरेका थिए र जीवनका आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने त्यस कुरालाई मात्र पर्याप्त मात्रामा बुझेका थिए, तर यहोवा कस्तो परमेश्‍वर हुनुहुन्थ्यो वा मानिसको लागि उहाँको इच्छा के थियो भन्‍ने तिनीहरूलाई थाहा थिएन, सारा सृष्टिका परमप्रभुलाई कसरी आदर दिने भन्ने कुरा त परै जाओस्। पालन गर्नुपर्ने कुनै नियम तथा कानुन वा सृष्टि गरिएका कुराहरूले सृष्टिकर्ताप्रति गर्नु पर्ने कुनै कर्तव्य पो थिए कि भन्ने बारेमा आदमका सन्तानलाई अत्तोपत्तो थिएन। उनीहरूलाई केवल यति कुरा मात्र थाहा थियो कि पतिले परिश्रमका साथ पसीना बगाएर आफ्नो परिवारको पालनपोषण गर्नुपर्छ र पत्नीले आफ्ना पतिको अधीनमा बस्दै यहोवाले सृष्टि गर्नुभएको मानवजातिलाई निरन्तरता दिनुपर्छ। अर्को शब्दमा भन्नु पर्दा, परमेश्‍वरका नियमहरू कसरी पछ्याउने वा सम्पूर्ण सृष्टिका प्रभुलाई कसरी सन्तुष्ट पार्ने भन्ने जस्ता केही पनि कुराहरू केवल यहोवाको सास र उहाँको जीवन मात्रै भएका मानिसहरूलाई थाहा थिएन। तिनीहरूले अत्यन्तै थोरै कुरा मात्र बुझ्थे। तिनीहरूको हृदयमा कुटिलता वा छल कपट नभए पनि र तिनीहरूका बीचमा ईर्ष्या र विवाद विरलै उत्पन्न हुने गरेको भए पनि, उनीहरूलाई सम्पूर्ण सृष्टिका मालिक यहोवाको बारेमा कुनै ज्ञान वा समझ थिएन। मानिसका यी पुर्खाहरूलाई केवल यहोवाले दिनुभएका कुराहरू खाने र यहोवाका कुराहरू उपभोग गर्ने कुरा मात्र थाहा थियो, तर तिनीहरू यहोवाको आदर गर्न जान्दैनथे। तिनीहरूले घुँडा टेकेर आराधना गर्नु पर्ने व्यक्ति परमप्रभु नै हुनुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाहा थिएन। यदि त्यसो हो भने तिनीहरूलाई कसरी उहाँका प्राणीहरू भनेर भन्न सकिन्छ? यदि त्यसो हो भने, “यहोवा सारा सृष्टिका प्रभु हुनुहुन्छ” र “मानिसले उहाँलाई प्रकट गरोस्, उहाँको महिमा गरोस् र उहाँको प्रतिनिधित्व गरोस् भनेर उहाँले मानिसलाई सृष्टि गर्नुभयो” भन्ने कुरा व्यर्थमा बोलिएको हो त? यहोवालाई पटक्कै आदर नगर्ने मानिसहरू कसरी उहाँको महिमाको गवाही बन्न सक्थे र? तिनीहरू कसरी उहाँको महिमाको प्रकटीकरण हुन सक्थे र? “मानिसलाई मैले मेरै स्वरूपमा सृष्टि गरेँ” भन्ने यहोवाका वचनहरू दुष्ट शैतानको हातमा हतियार बन्ने थिएनन् र? के ती वचनहरू यहोवाले मानवजातिलाई गरेको सृष्टिमाथि कै अपमानको रूपमा रहने थिएनन् र? कामको त्यो चरण पूरा गर्नको निम्ति परमप्रभुले मानवजातिलाई सृष्टि गर्नुभएपछि आदमदेखि नोआको पालासम्म तिनीहरूलाई कुनै शिक्षा वा मार्गदर्शन दिनुभएन। बरु जलप्रलयले संसारलाई नाश गरेपछि मात्र उहाँले औपचारिक रूपमा नोआ तथा आदमका सन्तान अर्थात् इस्राएलीहरूलाई डोर्‍याउन थाल्नुभयो। तिनीहरूले सारा इस्राएलमा आफ्नो जीवन बिताउने क्रममा उहाँले इस्राएलमा गर्नुभएको काम र उहाँले बोल्‍नुभएका वाणीहरूले तिनीहरूलाई मार्गदर्शन दिए, यसले मानवजातिलाई यो कुरा देखाउँछ कि मानिसहरूले उहाँबाट जीवन पाऊन् र धुलोबाट सृष्टि गरिएका मानवजातिको रूपमा खडा होऊन् भनेर तिनीहरूभित्र सास फुकिदिन मात्र यहोवा सक्षम हुनुहुन्न, तर उहाँ मानवजातिलाई भस्म पार्न र सराप्न पनि सक्नुहुन्छ साथै मानवजातिलाई शासन गर्न आफ्नो छडीको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यसकारण यहोवाले पृथ्वीमा मानिसको जीवन अगुवाई गर्न सक्नुहुन्छ अनि दिन र रातको समयअनुसार मानवजातिको माझमा बोल्न र काम गर्न सक्नुहुन्छ भन्‍ने पनि तिनीहरूले देखे। मान्छे उहाँले उठाउनुभएको धुलोबाट आएको हो र उसलाई उहाँले नै बनाउनुभएको हो भन्ने कुरा उहाँले सृष्टि गर्नुभएको मानिसले जानोस् भनेर मात्र उहाँले यो कार्य गर्नुभयो। यति मात्र होइन अन्यजातिहरू र राष्ट्रहरू (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, तर इस्राएलकै हाँगा थिए, तिनीहरू पनि आदम र हव्वाबाट नै आएका थिए) ले इस्राएलबाट सुसमाचार पाउन सकून् भनेर उहाँले आफ्नो पहिलो काम इस्राएलमा गर्नुभयो, ताकि ब्रह्माण्डमा सृष्टि गरिएका सबै प्राणीहरूले यहोवाको आदर गर्न सकून् र उहाँलाई महान् मान्न सकून्। यहोवाले इस्राएलमा आफ्नो काम सुरु नगरेर मानवजातिको सृष्टि गरेपछि तिनीहरूलाई पृथ्वीमा बेफिक्रि जीवन जिउन दिनुभएको भए मानिसको शारीरिक प्रकृतिको कारण (यो प्रकृति भनेको आफूले देख्न नसक्ने चीजहरू मानिसले कहिले पनि बुझ्न नसक्नु हो, यसको अर्थ के हो भने मानवजातिलाई सृष्टि गर्नुहुने परमप्रभु नै हुनुहुन्छ भन्ने कुरा उसलाई थाहा हुने थिएन र त्यसो किन गर्नुभयो भन्ने कुरा त परै जाओस्) मानवजातिलाई सृष्टि गर्नुहुने यहोवा नै हुनुहुन्छ वा उहाँ सारा सृष्टिका मालिक हुनुहुन्छ भनेर उसले कहिले पनि थाहा पाउने थिएन। यदि यहोवाले मानिसलाई सृष्टि गरेपछि उसलाई पृथ्वीमा राखेर तिनीहरूलाई केही समयसम्‍म अगुवाइ गर्नको लागि मानवजातिको बीचमा नबसी आफ्नो हात टकटक्याउँदै आफ्नो बाटो लाग्नुभएको भए सम्पूर्ण मानवता शून्यतामा फर्किने थियो। स्वर्ग तथा पृथ्वी र उहाँले बनाउनुभएका सबै असंख्य चिजहरू, र सम्पूर्ण मानवजाति शून्यतामा फर्कने थिए, त्योभन्दा पनि बढी त तिनीहरूलाई शैतानले कुल्‍चने थियो। यसरी “पृथ्वीमा अर्थात् उहाँको सृष्टिको बीचमा उहाँ उभिने ठाउँ वा एक पवित्र स्थान हुनुपर्दछ” भन्ने यहोवाको इच्छा चकनाचूर हुनेथियो। यसैले मानवजातिको सृष्टिपछि तिनीहरूको जीवनलाई मार्गदर्शन दिन र तिनीहरूसँग कुराकानी गर्नको लागि उहाँ तिनीहरूका बीचमा रहन सक्षम हुनुभयो—यो सबै कुरा उहाँले आफ्नो इच्छालाई महसुस गर्न र आफ्नो योजना हासिल गर्नका लागि गर्नुभएको थियो। इस्राएलमा उहाँले गर्नुभएको काम सबै थोकको सृष्टिअघि आफूले बनाएको योजनालाई कार्यान्वयन गर्नको लागि मात्र गरिएको थियो, यसैले उहाँले सुरुमा इस्राएलीहरूका माझमा मात्र गर्नुभएको काम र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरूका बीचमा अमेल थिएन। यी कुराहरू त उहाँको व्यवस्थापन, कार्य र महिमाको निम्ति गरिएका थिए अनि यी कुराहरू उहाँले गर्नुभएको मानवजातिको सृष्टिको अर्थलाई गहन बनाउनको निम्ति गरिएका थिए। उहाँले नोआको समयपछि दुई हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई मार्गनिर्देशन गर्नुभयो यस समयमा उहाँले सम्पूर्ण सृष्टिका प्रभु, यहोवालाई कसरी आदर गर्ने, आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने, कसरी बाँच्ने र सबै भन्दा महत्त्वपूर्ण कुरा यहोवाको साक्षीको रूपमा कसरी काम गर्ने, उहाँमा कसरी आज्ञाकारी हुने र उहाँलाई कसरी आदर दिने तथा दाऊद र उनका धर्मगुरुहरूले जस्तै सङ्गीतद्वारा उहाँको प्रशंसा कसरी गर्ने जस्ता कुराहरू बुझ्न मानवजातिलाई सिकाउनुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४७

परमेश्‍वरलाई नबुझ्नेहरूले कहिल्यै पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। यस्ता मानिसहरू अनाज्ञाकारिताका छोराहरू हुन्। तिनीहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९०

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४२

के येशूको “परमेश्‍वर हामीसँग” भन्ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५७

जब परमेश्‍वरको काम र उहाँको व्यवस्थापन निश्‍चित विन्दुमा पुग्छ, तब उहाँको हृदयअनुसारकाहरू उहाँका मागहरूलाई पूरा गर्न सक्षम हुन्छन्।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्