परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १७

परमेश्‍वरले वर्तमानको दिनसम्म आफ्नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि पहिले नै आफ्ना धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक उद्देश्य भनेको शैतानलाई हराउनु र सारा मानवजातिमा मुक्ति ल्याउनु हो। उहाँले स्वर्गका सबै कुरा, पृथ्वीका सबै कुरा, समुद्रका सबै कुरा र पृथ्वीमा भएका परमेश्‍वरका सृष्टिका हरेक अन्तिम वस्तुलाई उहाँको सर्वशक्तिमान्‌ता देख्‍न र उहाँका कार्यहरू अवलोकन गर्न दिनको लागि यो मौका प्रयोग गरिरहनुभएको छ। उहाँले मानिसहरूलाई आफ्ना सबै कार्य प्रकट गर्न, अनि शैतानलाई हराउने कार्यमा उहाँलाई प्रशंसा गर्न र उहाँको बुद्धिलाई उचाल्न तिनीहरूलाई सक्षम पार्नको लागि शैतानमाथिको उहाँका जीतले प्रदान गरेको मौकालाई प्रयोग गरिरहनुभएको छ। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रमा भएका यावत् थोकले परमेश्‍वरमा महिमा ल्याउँछन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँलाई पुकार्छन्। शैतानलाई उहाँले हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई जित्दैहुनुहुन्छ भन्‍ने कुराको प्रमाण यही हो। अझै महत्त्वपूर्ण कुरा, यो त मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरका सम्पूर्ण सृष्टिले उहाँमा महिमा ल्याउँछन्, उहाँले आफ्नो शत्रुलाई हराएर विजयको साथ फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छन्, र उहाँलाई महान् विजयी राजाको रूपमा उचाल्छन्। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँले महिमा प्राप्त गर्नुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्‍नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीमा भएका सृष्टिका यावत् थोकले सृष्टिकर्ताको महिमा देख्‍नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीमा भएको उहाँको सृष्टिमा सबैले उहाँको महिमा देख्‍नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्‍नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्दमा भन्दा, शैतानको स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२४

तिमीहरू सबैले अब परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्‍वरमाथिको विश्‍वासको अर्थ तिमीहरूको सकारात्मक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४४

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू) मत्ती ४:१-४ तब उजाड स्थानमा दुष्टबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९६

मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू...