परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३

परमेश्‍वरले सृष्टिको कुनै प्राणीसित द्वेष राख्नुहुन्न; उहाँ केवल शैतानलाई हराउन मात्र चाहनुहुन्छ। चाहे सजाय होस् वा न्याय, उहाँका सबै काम शैतानतिर निर्देशित हुन्छ; यो, मानवजातिको मुक्तिका लागि गरिन्छ, यी सबै शैतानलाई हराउनका लागि हुन् र यसको एउटै उद्देश्य छ: अन्त्यसम्म शैतानविरुद्ध लडाइँ गर्नु! परमेश्‍वर त्यतिबेलासम्म विश्राम गर्नुहुन्न जबसम्म उहाँले शैतानमाथि विजयी पाउनुहुन्न! शैतानलाई हराएपछि मात्र उहाँले विश्राम गर्नुहुनेछ। परमेश्‍वरले गर्नुभएका सबै कामहरू शैतानतर्फ निर्देशित छन् र शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबै शैतानको अधिकार-क्षेत्रको नियन्त्रणमा छन् र सबै शैतानको अधिकार-क्षेत्रभित्र जिउँछन्, त्यसकारण शैतानसित लडाइँ नगरी र त्योसित सम्बन्ध नतोडी शैतानले तिनीहरूमाथिको आफ्नो पकड खुकुलो पार्दैन र तिनीहरूलाई प्राप्त गर्न सकिँदैन। यदि तिनीहरू प्राप्त गरिएनन् भने, त्यसले शैतानलाई पराजित गरिएको छैन, त्यो हारेको छैन भन्ने प्रमाणित गर्छ। र यसैले, परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन योजनाको पहिलो चरणमा उहाँले व्यवस्थाको काम गर्नुभयो, दोस्रो चरणमा उहाँले अनुग्रहको युगको काम गर्नुभयो अर्थात् क्रूसीकरणको काम र तेस्रो चरणको अवधिमा उहाँले मानवजातिलाई जित्ने काम गर्नुहुन्छ। यो सबै काम शैतानले मानवजातिलाई भ्रष्ट पार्ने हदमा निर्देशित छ, यो सबै शैतानलाई हराउनका लागि गरिन्छ र प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन कार्यको सार भनेको ठूलो रातो अजिङ्गरविरुद्ध लडाइँ हो र मानवजातिको प्रबन्ध गर्ने काम पनि शैतानलाई हराउने काम हो, शैतानसँग लडाइँ गर्ने काम। परमेश्‍वरले ६,००० वर्षसम्म लडाइँ गर्नुभएको छ, यसरी मानिसलाई नयाँ क्षेत्रमा ल्याउन उहाँले छ हजार वर्षसम्म काम गर्नुभएको छ। जब शैतानको पराजय हुन्छ, मानिसलाई पूर्ण रूपमा स्वतन्त्र गरिनेछ। के यो आजको परमेश्‍वरको कामको दिशा होइन र? आजको कामको सटीक दिशा यही हो: मानिसलाई पूर्ण छुटकारा दिनु र स्वतन्त्र बनाउनु, ताकि ऊ कुनै नियमको अधीनमा नहोस्, न त कुनै बन्धन वा सीमाहरूद्वारा सीमित होस्। यी सबै काम तिमीहरूको कदको आधारमा र तिमीहरूका आवश्यकताहरूअनुसार गरिन्छ, यसको मतलब तिमीहरूले जे हासिल गर्न सक्छौ त्यही तिमीहरूलाई प्रदान गरिन्छ। यो भनेको जबरजस्ती “क्षमताभन्दा बाहिरको काम लगाउनु”, तिमीहरूमाथि कुनै कुरा जबरजस्ती लाद्नु होइन, बरु, सबै काम तिमीहरूका वास्तविक आवश्यकताहरूअनुसार नै गरिन्छ। कामको प्रत्येक चरण मानिसका वास्तविक आवश्यकता र मागहरूअनुसार नै गरिन्छ; कामको प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। वास्तवमा, सुरुमा सृष्टिकर्ता र उहाँका सृष्टिहरूबीच कुनै अवरोधहरू थिएनन्। यी सबै अवरोधहरू शैतानको कारणले भएका हुन्। शैतानले उसलाई जसरी बाधा दिएको छ र भ्रष्ट बनाएको छ त्यसले गर्दा मानिसले कुनै पनि कुरा देख्न वा छुन सक्दैन। मानिस पीडित हो, जसलाई धोका दिइएको छ। शैतानलाई पराजित गरिएपछि, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्तालाई हेर्नेछन्, र सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई हेर्नुहुनेछ र तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ गर्न सक्नुहुनेछ। पृथ्वीमा मानिसमा हुनुपर्ने जीवन यही हो। र यसरी, परमेश्‍वरको काम मुख्य रूपमा शैतानलाई हराउनको लागि नै हो र शैतानलाई हराइसकेपछि सबै कुराको समाधान हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४५

मत्ती ४:५-७ त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि उहाँलाई भन्छ, यदि तपाईं परमेश्‍वरको पुत्र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९३

जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्‍वरप्रतिको मानिसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्