परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १३८

आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्‍वरीय काम गर्नका लागि मात्र आउनुहुन्छ। सामान्य मानवताका बारेमा परमेश्‍वरले बोल्नुभएको कुरा मानिसहरूले कल्पना गरेकोजस्तो होइन। मानवले “सामान्य मानवतालाई” पति वा पत्नी, र छोराहरू र छोरीहरू हुनु हो भनेर परिभाषित गर्छ, जुनचाहिँ सामान्य व्यक्ति हुनुको प्रमाण हो; तथापि, परमेश्‍वरले यसरी हेर्नुहुन्न। उहाँले सामान्य मानवतालाई सामान्य मानव विचार, सामान्य मानव जीवन, र सामान्य मानिसहरूबाटको जन्मका रूपमा हेर्नुहुन्छ। तर उहाँको सामान्यतामा मानवले बोल्ने जस्ता पत्नी, पति, र सन्तानहरू हुनुलाई समान्यताको रूपमा समावेश गरिएको हुँदैन। अर्थात्, मानवका लागि परमेश्‍वरले बताउनुभएको सामान्य मानवताचाहिँ मानवले विचार गर्ने मानवताको अनुपस्थिति हो, येशूको जस्तो, झण्डै भावना नै नभएको र शारीरिक आवश्यकताहरूरहित जस्तो देखिने, उहाँका बाहिरी कुरा मात्र सामान्य व्यक्तिका जस्ता थिए र उहाँले सामान्य व्यक्तिको रूप लिनुभयो, तर वास्तवमा सामान्य व्यक्तिसँग हुनैपर्ने सबै कुराहरू उहाँमा थिएनन्। यसबाट यो देखिन सक्छ कि देहधारी परमेश्‍वरका सारतत्त्वले सामान्य मानवताको पूर्णतालाई नाघेको हुँदैन, तर सामान्य मानव जीवनका क्रियाकलापहरूलाई समर्थन गर्न र तर्कका सामान्य मानव शक्तिहरूलाई कायम गर्नका लागि मानिसहरूमा हुनैपर्ने कुराहरूको भाग मात्र हुन्छ। तर मानवले सामान्य मानवता भनी विचार गर्ने कुराहरूसँग यिनीहरूको कुनै सरोकार छैन। तिनीहरू देहधारी परमेश्‍वरमा हुनुपर्छ। तथापि, यदि देहधारी परमेश्‍वरका पत्नी, छोराछोरी, परिवार भए भने मात्र उहाँमा सामान्य मानवता रहेको हुन्छ भनी विचार गर्ने व्यक्तिहरू पनि छन्; यी कुराहरू विना उहाँ सामान्य व्यक्ति हुनुहुन्न भनी तिनीहरूले भन्ने गर्छन्। त्यसो भए म तिमीहरूसँग प्रश्न गर्छु, “के परमेश्‍वरकी पत्नी छिन्? के परमेश्‍वरसँग कुनै पति हुनु सम्भव छ? के परमेश्‍वरका छोराछोरी हुनसक्छन्?” के यी गल्ती कुराहरू होइनन्? तथापि, देहधारी परमेश्‍वर फुटेका चट्टानहरूका बीचबाट निस्कन सक्नुहुन्न वा आकाशबाट खस्‍न सक्नुहुन्न। उहाँ सामान्य मानव परिवारमा मात्र जन्मन सक्नुहुन्छ। त्यसैले त उहाँका आमाबुबा र दिदीबहिनीहरू छन्। देहधारी परमेश्‍वरका सामान्य मानवतामा यी कुराहरू हुनैपर्छ। येशूको विषयमा पनि यही भएको थियो; येशूका बुबा र आमा, बहिनीहरू र भाइहरू थिए, अनि यो सबै सामान्य थियो। तर यदि उहाँका पत्नी र छोराछोरीहरू भएका भए, देहधारी परमेश्‍वरमा हुनुपर्ने भनी परमेश्‍वरले उद्देश्य राख्नुभएका कुराहरूमा योचाहिँ सामान्य मानवता हुनेथिएन। यदि यसो भएको भए, उहाँले ईश्‍वरत्वको पक्षमा काम गर्न सक्‍नुहुनेथिएन। उहाँका पत्नी र छोराछोरीहरू थिएनन्, र पनि उहाँ सामान्य परिवारमा सामान्य मानिसहरूबाट जन्मनुभयो त्यसैले ठीक यही कारणले नै उहाँले ईश्‍वरत्वको कार्य गर्न सक्नुभयो। यसलाई अझ स्पष्ट पार्दा, परमेश्‍वरले जसलाई सामान्य व्यक्ति भनी विचार गर्नुहुन्छ, त्यो व्यक्ति सामान्य परिवारमा जन्मेको हुन्छ। यस्तो व्यक्ति मात्र ईश्‍वरीय काम गर्नका लागि योग्य हुन्छ। अर्कोतर्फ, यदि कुनै व्यक्तिका पत्नी, छोराछोरीहरू, वा पति छन्, ती व्यक्तिले ईश्‍वरीय काम गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्‍वरले माग गर्नुभएको सामान्य मानवता नभएर मानवले माग गरेको सामान्य मानवता मात्र हुन्छ। परमेश्‍वरले ठान्नुभएको कुरा, र मानिसहरूले बुझेका कुरामा प्राय ठूलो भिन्नता, लामो दूरी हुन्छ। परमेश्‍वरको कामको यस चरणमा, मानिसहरूका अवधारणहरूबाट यो धेरै विरोधमा र अति नै भिन्न हुन्छ। परमेश्‍वरको कामको यस चरण पूर्ण किसिमले नै व्यावहारिक रूपमा ईश्‍वरीय कार्य हो, जहाँ मानवले सहयोगी भूमिका खेल्न सक्छ भनेर भन्न सकिन्छ। किनकि परमेश्‍वर आफ्नो काम गर्नका लागि आफै पृथ्वीमा आउनुहुन्छ र यसका लागि उहाँले कुनै पनि मानवलाई यसमा उसको हात लगाउन दिनुहुन्न, त्यसैले उहाँले आफ्नो काम पूरा गर्नका लागि आफैलाई देहधारण गर्नुहुन्छ (अपूर्ण र सामान्य व्यक्ति)। मानवजातिलाई नयाँ युग प्रस्तुत गर्न, उहाँको काममा भएको अर्को कदम मानवजातिलाई बताउन, र उहाँका वचनहरूमा वर्णन गरिएको मार्गअनुसार अभ्यास गर्नका लागि मानिसहरूलाई आग्रह गर्न उहाँले यस देहधारणलाई प्रयोग गर्नुहुन्छ। यसरी शरीरमा भएको परमेश्‍वरको काम पूरा भएको छ; उहाँ मानवजातिबाट प्रस्थान गर्न लाग्नुभएको छ, सामान्य मानवताको शरीरमा अब बसिरहनुहुन्न, तर उहाँको कामको अर्को भागमा जानका लागि मानवबाट अलग हुन लाग्नुभएको छ। तब आफ्नो हृदयअनुसारका मानिसहरूलाई प्रयोग गरी, उहाँले मानिसहरूका यस समूहका बीचमा यस पृथ्वीमा आफ्नो काम निरन्तर गर्नुहुन्छ, तर तिनीहरूका मानवतामा गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २

परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५५

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६७

बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४२

धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्