परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १३६

देहधारी परमेश्‍वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्‍वास गरेनन्‌ वा उहाँलाई चिनेनन्‌, र तिनीहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि, जब उहाँ दोस्रो पटक देह बन्नुभयो, मानिसहरूले अझै पनि उहाँमा विश्‍वास गरेनन्, उहाँलाई जान्ने कुरा त परै जाओस्‌, र फेरि एक पटक तिनीहरूले ख्रीष्टलाई क्रूसमा टाँगे। के मानिस परमेश्‍वरको शत्रु होइन र? यदि मानिसले उहाँलाई चिन्दैन भने, मानिस कसरी परमेश्‍वरसँग घनिष्ठ हुन सक्थ्यो र? ऊ कसरी परमेश्‍वरको गवाही दिन योग्य हुन सक्थ्यो र? के परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको सेवा गर्ने, र परमेश्‍वरलाई महिमित गर्ने मानिसका दाबीहरू सबै कपटपूर्ण झूट होइनन्‌ र? यदि तैँले आफ्नो जीवन यस्ता अवास्तविक, अव्यवहारिक कुराहरूमा समर्पित गर्छस्‌ भने, के तैँले व्यर्थमा परिश्रम गर्दैनस्‌ र? जब परमेश्‍वर को हुनुहुन्छ भन्ने कुरा समेत तँलाई थाहा छैन भने तँ कसरी परमेश्‍वरसँग घनिष्ठ हुन सक्थिस्‌‌? के यस्तो किसिमको खोजी अस्पष्ट र अमूर्त छैन र? के यो कपटपूर्ण छैन र? कुनै व्यक्ति कसरी परमेश्‍वरसँग घनिष्ठ बन्न सक्छ? परमेश्‍वरसँग घनिष्ठ हुनुको व्यावहारिक महत्त्व के हो? के तँ परमेश्‍वरको आत्मासँग घनिष्ठ हुन सक्छस्‌? आत्मा कति महान्‌ र उच्च हुनुहुन्छ भन्ने कुरा के तँ देख्न सक्छस्‌? अदृश्य, अस्पृश्य परमेश्‍वरसँग घनिष्ठ हुनु—के त्यो अस्पष्ट र अमूर्त छैन र? यस्तो खोजीको व्यावहारिक महत्त्व के हो? के यो सबै कपटपूर्ण झूट होइन र? तँ जे कुराको पछि लाग्छस्‌ त्यो परमेश्‍वरसँग घनिष्ठ बन्नु हो, तथापि वास्तवमा तँ शैतानको काखे-कुकुर होस्‌, किनकि तैँले परमेश्‍वरलाई चिन्दैनस्‌, र तँ अस्तित्वविहीन “यावत्‌ थोकहरूका परमेश्‍वर” को पछि लाग्छस्‌, जुन अदृश्य, अस्पृश्य, र तेरो आफ्नै विचारहरूको एक उपज हो। मोटामोटी रूपमा भन्नुपर्दा, यस्तो “परमेश्‍वर” शैतान हो, र व्यावहारिक रूपमा भन्नुपर्दा, यो तँ आफै होस्‌। तँ आफैसँग घनिष्ठ हुन खोज्छस्‌, तैपनि तँ परमेश्‍वरसँग घनिष्ठ बन्न खोज्छु भनी भन्छस्‌—के यो ईश्‍वरनिन्दा होइन र? यस्तो खोजीको महत्त्व के हो? यदि परमेश्‍वरको आत्मा देह बन्नुहुन्न भने, परमेश्‍वरको सारतत्त्व केवल मानिसको निम्ति एक अदृश्य, अस्पर्श्य जीवनको आत्मा, आकारविहीन र निराकार, अभौतिक प्रकारको, पहुँचरहित र अबोध्य हुन्छ। मानिस कसरी यस्तो अपार्थिव, अनुपम, अगाध आत्मासँग घनिष्ठ हुन सक्थ्यो र? के यो एक ठट्टा होइन र? यस्तो निरर्थक तर्क अमान्य र अव्यावहारिक छ। सृष्टि गरिएको मानिस परमेश्‍वरको आत्माभन्दा स्वभावैले फरक प्रकृतिको छ, त्यसैले यी दुई कसरी घनिष्ठ हुन सक्छन्‌? यदि परमेश्‍वरको आत्मा देहमा नआउनुभएको भए, यदि परमेश्‍वर देह नबन्नुभएको भए र सृष्टि गरिएको प्राणी बन्नको लागि उहाँले आफैलाई नहोच्याउनुभएको भए, सृष्टि गरिएको मानिस उहाँसँग घनिष्ठ हुनको लागि दुवै अयोग्य र असक्षम हुनेथियो, र आफ्ना आत्मा स्वर्गमा प्रवेश गरिसकेपछि परमेश्‍वरसँग घनिष्ठ हुने मौका पाउन सक्ने ती धर्मी विश्‍वासीहरूभन्दा बाहेक, अधिकांश मानिसहरू परमेश्‍वरको आत्मासँग घनिष्ठ हुन असमर्थ हुनेथिए। अनि यदि मानिसहरू देहधारी परमेश्‍वरको अगुवाइ अन्तर्गत स्वर्गमा हुनुहुने परमेश्‍वरका निकटवर्तीहरू बन्ने इच्छा गर्छन्‌ भने, के तिनीहरू अचम्मै मूर्ख गैर-मानिसहरू होइनन्‌ र? मानिसहरू अदृश्य परमेश्‍वरप्रतिको “विश्‍वासयोग्यता” लाई फगत पछ्याउँछन्‌, र देख्न सकिने परमेश्‍वरलाई कति पनि ध्यान दिँदैनन्‌, किनकि अदृश्य परमेश्‍वरलाई पछ्याउनु अति सजिलो छ। मानिसहरू यो उनीहरूले चाहेजस्तै गर्न सक्छन्‌, तर दृश्यगत परमेश्‍वरको खोजी त्यति सजिलो छैन। अस्पष्ट परमेश्‍वरलाई खोज्ने व्यक्तिले परमेश्‍वरलाई प्राप्त गर्न नितान्तै असमर्थ हुन्छ, किनकि अस्पष्ट र अमूर्त कुराहरू सबै मानिसहरूद्वारा परिकल्पित हुन्छन्‌, र मानिसद्वारा हासिल गरिन असक्षम हुन्छन्‌। यदि तिमीहरूको माझमा आउनुभएको परमेश्‍वर उच्च हुनुभएको र उचालिनुभएको परमेश्‍वर, जो तिमीहरूको पहुँचरहित हुनुभएको भए, तिमीहरूले उहाँको इच्छा कसरी बुझ्न सक्थ्यौ र? अनि तिमीहरूले उहाँलाई कसरी चिन्न र जान्न सक्थ्यौ? यदि उहाँले आफ्नो कार्य मात्र गर्नुभएको भए, र मानिससँग कुनै सामान्य सम्पर्क नगर्नुभएको भए, वा सामान्य मानवत्व नभएको र केवल मरणशीलहरूसम्म पहुँचरहित हुनुभएको भए, अनि, यदि उहाँले तिमीहरूको लागि निकै कार्य समेत गर्नुभएको तर तिमीहरूले उहाँसँग कुनै सम्पर्क नराखेको भए, र उहाँलाई देख्न असमर्थ भएका भए, तिमीहरूले उहाँलाई कसरी जान्न सक्थ्यौ र? यदि यस देहले सामान्य मानवत्व धारण नगरेको भए, मानिसले परमेश्‍वरलाई जान्ने कुनै उपाय हुनेथिएन्; यो त परमेश्‍वरको देहधारणले गर्दा मात्र मानिस देहधारी परमेश्‍वरसँग घनिष्ठ हुन योग्य भएको हो। मानिसहरू परमेश्‍वरसँग घनिष्ठ बन्छन्‌ किनकि तिनीहरू उहाँको सम्पर्कमा आउँछन्‌, तसर्थ तिनीहरू उहाँसँग सँगै जिउँछन्‌ र उहाँको सङ्गतमा रहन्छन्‌, र यसरी उहाँलाई बिस्तारै चिन्छन्। यदि यो यस्तो नभएको भए, के मानिसको खोजी व्यर्थै हुनेथिएन र? भन्नुको मतलब, यो सबै परमेश्‍वरको कार्यको कारणले गर्दा मानिस परमेश्‍वरसँग घनिष्ठ हुन योग्य भएको होइन, तर देहधारी परमेश्‍वरको वास्तविकता र स्वाभाविकताको कारणले हो। यो केवल परमेश्‍वर देह बन्नुहुने कारणले गर्दा मात्रै मानिसले आफ्नो कर्तव्य पूरा गर्ने मौका, र साँचो परमेश्‍वरलाई आराधना गर्ने मौका पाउँछ। के यो सबैभन्दा वास्तविक र व्यावहारिक सत्यता होइन र? अब, के तँ अझै पनि स्वर्गमा हुनुहुने परमेश्‍वरसँग घनिष्ठ हुने इच्छा गर्छस्‌? परमेश्‍वरले आफैलाई कुनै बिन्दुसम्म होच्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्‍वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्‍वासपात्र हुन सक्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन सक्छन् जो‌ यति उच्च र अगाध हुनुहुन्छ? जब परमेश्‍वरको आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँको इच्छा बुझ्न सक्छन्‌ र वास्तवमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरूमा सामेल हुनुहुन्छ, मानिस जातिजस्तै त्यही संसारमा जिउनुहुन्छ, मानिस जातिलाई संरक्षण गर्नुहुन्छ, र तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको उद्धार र उहाँको आशिष प्राप्त गर्न दिनुहुन्छ। यी कुराहरू प्राप्त गरेर, मानिसहरूले साँच्चै परमेश्‍वरको इच्छा बुझ्छन्‌, र तब मात्र तिनीहरू परमेश्‍वरसँग घनिष्ठ हुन सक्छन्‌। यो मात्र व्यावहारिक छ। यदि परमेश्‍वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्‌? के यो खोक्रो सिद्धान्त होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१३

विजयको कामको मुख्य उद्देश्य भनेको मानवतालाई शुद्ध पार्नु हो ताकि मानिसले सत्यता प्राप्त गर्न सकोस्, किनभने मानिसले सत्यलाई अत्यन्तै थोरै...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९८

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्