परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२८

परमेश्‍वर पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो कुरा मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्‍वर यथार्थ हुनुहुन्छ, अस्पष्ट वा खोक्रो हुनुहुन्न र परमेश्‍वर उच्च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्ने जानोस् भनी परमेश्‍वर आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ र परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुभएको मानिस नै हो परमेश्‍वरले, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्‍वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउन र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिन परमेश्‍वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। चाहे परमेश्‍वरका आत्मा होऊन् वा उहाँको देहधारणी शरीर, परमेश्‍वरले मात्र शैतानसँग लडाइँ गर्न सक्नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन् र मानिस त झन् अझै दुर्बल छ। त्यसरी नै, यदि परमेश्‍वर मानिसको जीवनमा काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात् उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। यदि होइन भने, यदि यो काम परमेश्‍वरका आत्मा वा मानिसले गर्ने हो भने, यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्‍वर मानिसको बीचमा शैतानविरुद्ध व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ, तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान लाजमा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्‍वरले गर्नुहुने काम उहाँका आत्माले हासिल गर्न सक्नुहुन्न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्‍वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनुपरेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्नेथियो र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानवजातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरूभन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नुसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानवजातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले, शैतानसितको लडाइँ केवल परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको आज्ञापालन गर्नु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्नेजस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्न सक्छ। मानिसले परमेश्‍वर स्वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा यो काम परमेश्‍वर स्वम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ र एउटा नयाँ युगमा जसलाई परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ। मानिस सबै थोकको मालिक हो, तर प्राप्त भएकाहरू शैतानसँगका सबै लडाइँका फलहरू हुनेछन्। शैतानले सबै कुरालाई भ्रष्ट पार्दछ, लडाइँहरूको अन्त्यमा पराजित हुन्छ र यी लडाइँहरूपछि दण्ड पनि त्यसलाई नै दिइन्छ। परमेश्‍वर, मानिस र शैतानको बीचमा शैतानलाई मात्र घृणा र अस्वीकार गरिनेछ। शैतानले प्राप्त गरेको तर परमेश्‍वरद्वारा फिर्ता नलिएकाहरू शैतानको पक्षमा दण्ड पाउनेहरू बन्नेछन्। यी तीनमध्ये, सबै थोकले केवल परमेश्‍वरलाई मात्रै आराधना गर्नुपर्दछ। तिनीहरू, जो शैतानद्वारा भ्रष्ट भएका थिए तर परमेश्‍वरद्वारा फिर्ता लिइएका छन् र जो परमेश्‍वरको मार्ग अनुसरण हिँड्दछन्, तिनीहरूचाहिँ परमेश्‍वरको प्रतिज्ञा पाउने र उहाँको तर्फबाट दुष्टहरूको न्याय गर्नेहरू हुनेछन्। परमेश्‍वर निश्चय विजयी हुनुहुनेछ र शैतान निश्चय पराजित हुनेछ, तर मानिसको बीचमा जित्नेहरू हुनेछन् र हार्नेहरू पनि हुनेछन्। जित्नेहरू विजय हुनेहरूका स्वामित्वमा हुनेछन् र हार्नेहरू पराजित हुनेहरूका स्वामित्वमा हुनेछन्; प्रत्येकको प्रकारअनुसारको वर्गीकरण यही हो, यो परमेश्‍वरको सबै कामको अन्तिम समाप्ति हो। यो परमेश्‍वरका सबै कामको लक्ष्य पनि हो र यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको व्यवस्थापन योजनाको मुख्य काम मानिसको मुक्तिमा केन्द्रित छ, र परमेश्‍वर मुख्य रूपमा यही लक्ष्‍यको खातिर, यस कामको खातिर र शैतानलाई हराउनका लागि देह बन्नुहुन्छ। पहिलो पटक परमेश्‍वर मानिस बन्नुको कारण पनि शैतानलाई हराउनु नै थियो: पहिलो लडाइँको काम पूरा गर्न अर्थात् मानवजातिलाई छुटकारा दिनको लागि उहाँ व्यक्तिगत रूपले देह बन्नुभयो अनि उहाँलाई व्यक्तिगत रूपले क्रूसमा काँटी ठोकियो। त्यस्तै गरी, कामको यो चरण पनि परमेश्‍वरले व्यक्तिगत रूपमै गर्नुहुन्छ, जो मानिसको बीचमा आफ्नो काम गर्न, व्यक्तिगत रूपमा उहाँको वचन बोल्न र मानिसलाई उहाँ स्वयम्‌लाई देख्ने तुल्याउन मानिस बन्नुभयो। अवश्य नै, यस क्रममा उहाँले अनिवार्य रूपमा अन्य कामहरू पनि गर्नुहुन्छ तर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुको मुख्य कारण शैतानलाई पराजित गर्नु, सम्पूर्ण मानवजातिलाई जित्नु र यी मानिसहरूलाई प्राप्त गर्नु नै हो। यसैले, परमेश्‍वरको देहधारणको काम साँच्चै सजिलो छैन। यदि परमेश्‍वरको उद्देश्य मानिसलाई उहाँ नम्र र गुप्त हुनुहुन्छ अनि वास्तविक हुनुहुन्छ भनी देखाउनु मात्रै थियो भने, यदि यो काम गर्नका लागि मात्र थियो भने, उहाँ देह बन्नुको कुनै आवश्यक हुँदैनथियो। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए पनि उहाँले आफ्नो नम्रता र गोप्यता, आफ्नो महान्‌ता र पवित्रता मानिसको सामु प्रत्यक्ष रूपमा प्रकट गर्न सक्नुहुन्थ्यो तर मानवजातिलाई व्यवस्थापन गर्ने कामसित ती कुराहरूको कुनै सरोकार हुनेथिएन। तिनीहरू मानिसलाई बचाउन वा पूर्ण बनाउन असमर्थ छन्, तिनीहरूले शैतानलाई जित्न सक्ने कुरा त परै जाओस्। यदि शैतानलाई पराजित गर्नका निम्ति आत्माले केवल आत्माविरुद्ध लडाइँ मात्रै गर्नुपर्थ्यो भने, त्यस्तो कामको व्यावहारिक मूल्य अझै कम हुनेथियो; त्यो मानिसलाई प्राप्त गर्न असमर्थ हुनेथियो र यसले मानिसका भाग्य र सम्भावनाहरूलाई नाश पार्न सक्थ्यो। त्यसैले, परमेश्‍वरको आजको कामको गहन महत्त्व छ। यो, मानिसले उहाँलाई देख्न सकोस् वा मानिसका आँखाहरू खोलिऊन् वा उसले स्पर्श र उत्साहका केही भावनाहरू प्राप्त गरोस् भनेर मात्र होइन; त्यस्तो कामको कुनै महत्त्व हुँदैन। यदि तँ यस प्रकारको ज्ञानको बारेमा मात्रै कुरा गर्न सक्छस् भने, तँलाई परमेश्‍वरको देहधारणको वास्तविक महत्त्व थाहा छैन भन्ने त्यसले प्रमाणित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११२

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (छनौट गरिएका खण्डहरू) यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८८

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९७

जब आत्मिक संसारको कुरा आउँछ, यदि यसका विभिन्‍न प्राणीहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्‍नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्