परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२४

मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसका साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न र त्यसैले, यसको प्रभाव तत्कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको चिढ्याउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यता र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वरसम्बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ र आत्माबारे मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्न तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्नो सम्बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो र सबैभन्दा उल्लेखनीय काम हो र परमेश्‍वरको कार्यका तीन वटा चरणहरूको मुख्य भाग भनेको देहधारणको कार्यका दुई वटा चरणहरू हुन्। मानिसको गहन भ्रष्टता देहधारी परमेश्‍वरको कामको निम्ति ठूलो बाधा हो। निश्चित रूपमा, आखिरी दिनहरूका मानिसहरूमा गरिने काम निकै कठिन छ र वातावरण शत्रुवत छ अनि हरेक प्रकारका व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यो कामको अन्त्यमा, यसले कुनै पनि त्रुटिहरूविना नै उचित प्रभाव हासिल गर्नेछ; देहको कामको प्रभाव यही नै हो र आत्माको कामभन्दा यो प्रभाव अझै विश्‍वस्त तुल्याउने किसिमको हुन्छ। परमेश्‍वरको कार्यका तीन वटा चरणहरूलाई देहमा समाप्त गरिनेछ र तिनलाई देहधारी परमेश्‍वरले नै समाप्त गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कार्य देहमा गरिन्छ र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा नै अघि बढाउनुहुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिससँग सम्बन्धित देखिँदैन भन्ने मानिसले ठाने पनि, वास्तवमा यो देहले सारा मानवजातिको गन्तव्य र अस्तित्वसँग सम्बन्ध राख्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९४

विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३०

ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०५

उत्पत्ति १९:१-११ अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए;...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८८

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...