परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १७१
पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्वरको अभिप्राय होइन। हरेक पल्ट जब परमेश्वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यी सबै महत्त्वपूर्ण कुरा हुन्, जुन परमेश्वरको व्यवस्थापनसँग सम्बन्धित छ, र यो सबै एक चरणको कामको महत्त्व हो, जुन काम गर्न परमेश्वर पृथ्वीमा आउनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (३)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती...
मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो...
आज, व्यावहारिक परमेश्वरको विषयमा मानिसहरूको ज्ञान अति नै एक-पक्षीय रहेको छ, र देहधारणको महत्त्वको विषयमा तिनीहरूको बुझाइ अझै अति नै...
परमेश्वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको...