परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश ११२

परमेश्‍वर युगलाई डोऱ्याउनको लागि मात्रै पृथ्वीमा काम गर्न आउनुहुन्छ; उहाँले एउटा नयाँ युग सुरु गर्ने र पुरानो युगलाई समाप्त गर्ने मात्र अभिप्राय राख्‍नुहुन्छ। उहाँ पृथ्वीमा कुनै मानिसको जीवन बिताउन, मानव संसारको जीवनको आनन्द र दुःखहरू आफै अनुभव गर्न, वा आफ्‍नै हातद्वारा कुनै निश्चित व्यक्तिलाई सिद्ध बनाउन वा कुनै व्यक्ति बढ्दै गएको व्यक्तिगत रूपमा हेर्न आउनुभएको होइन। यो उहाँको काम होइन; उहाँको काम भनेको नयाँ युगलाई सुरु गर्नु र पुरानोलाई अन्त्य गर्नु मात्रै हो। अर्थात्, उहाँले व्यक्तिगत रूपमा एउटा युगको सुरु गर्नुहुनेछ, व्यक्तिगत रूपमा अर्कोलाई अन्त्य गर्नुहुन्छ, र व्यक्तिगत रूपले आफ्नो काम गरी शैतानलाई पराजित गर्नुहुनेछ। प्रत्येकचोटि जब उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्नुहुन्छ, तब त्यो उहाँले युद्धको मैदानमा खुट्टा टेक्‍नुभएको जस्तो हुन्छ। सर्वप्रथम, देहमा हुँदा उहाँले संसारलाई परास्त गर्नुहुन्छ र शैतानमाथि विजयी बन्‍नुहुन्छ। उहाँले सम्पूर्ण महिमा लिनुहुन्छ र दुई हजार वर्षको सम्पूर्ण कामको पर्दा उठाउनुहुन्छ, जसले गर्दा पृथ्वीमा सबै मानिसले हिँड्ने सही मार्ग र जिउनका निम्ति शान्ति र आनन्दको जीवन पाउन सक्छन्। तापनि, परमेश्‍वर मानिससँग लामो समयसम्म यस संसारमा बस्‍न सक्‍नुहुन्‍न, किनकि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, र जे भए पनि मानिसजस्तो हुनुहुन्‍न। उहाँले सामान्य व्यक्तिको जीवनकाल बाँच्न सक्‍नुहुन्‍न, अर्थात् उहाँ पृथ्वीमा त्यस्तो व्यक्तिको रूपमा वास गर्न सक्‍नुहुन्‍न, जो कुनै विशेष व्यक्ति होइन, किनकि उहाँसँग आफ्नो मानव जीवन थेग्‍नका निम्ति सामान्य व्यक्तिको सामान्य मानवताको थोरै मात्र अंश छ। अर्को शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले कसरी पृथ्वीमा एउटा परिवार सुरु गर्न, वृत्ति विकास गर्न र छोराछोरीहरूलाई हुर्काउन सक्‍नुहुन्छ? के त्यो उहाँको बदनाम हुनेछैन र? सामान्य रूपले काम गर्न दिने उद्देश्यले मात्र उहाँलाई सामान्य मानवता प्रदान गरिएको हो, एक सामान्य मानिसले जस्तो परिवार सुरु गर्न र वृत्ति विकास गर्न सक्षम पार्नको लागि होइन। उहाँको सामान्य चेतना, सामान्य दिमाग र सामान्य भोजन र उहाँको देहको बस्‍त्र नै उहाँसँग सामान्य मानवता छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो; उहाँसँग सामान्य मानवता छ भनी प्रमाणित गर्नको लागि उहाँले परिवार सुरु गर्न वा वृत्ति विकास गर्न आवश्यक छैन। यो पूर्ण रूपमा अनावश्यक हुनेथियो! परमेश्‍वर पृथ्वीमा आउनु भनेको वचन देहधारी हुनु हो; उहाँले मानिसलाई उहाँको वचन बुझ्‍न र उहाँको वचन हेर्न दिइरहनुभएको छ, अर्थात् देहले गरेको काम मानिसलाई हेर्न दिइरहनुभएको छ। मानिसहरूले उहाँको देहलाई कुनै खास तरिकाले व्यवहार गरून् भन्‍ने होइन, बरु मानिसले आखिरीसम्म आज्ञापालन गरोस्, अर्थात् उहाँको मुखबाट निस्केका सबै वचन पालन गरोस्, र उहाँले गर्नुहुने सबै काममा समर्पित होस् भन्‍ने उहाँको उद्देश्य हो। उहाँले देहमा रही केवल काम गरिरहनुभएको छ; उहाँले जानाजानी मानिसलाई उहाँको देहको महानता र पवित्रताको बढाइ गर्न भनिरहनुभएको छैन, बरु उहाँले मानिसलाई उहाँको कामको ज्ञान-बुद्धि र उहाँको सम्पूर्ण अख्तियार देखाउँदै हुनुहुन्छ। त्यसकारण, उहाँसित उत्कृष्ट मानवता भए पनि उहाँले कुनै घोषणा गर्नुहुन्‍न, उहाँले गर्नुपर्ने काममा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ। परमेश्‍वर किन देहधारी हुनुभयो तर पनि उहाँले आफ्नो सामान्य मानवताको किन प्रचार गर्नुहुन्‍न वा गवाही दिनुहुन्‍न, केवल आफूले गर्न चाहनुभएको काम मात्र गर्नुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। त्यसकारण, तिमीहरूले देहधारी परमेश्‍वरबाट देख्‍न सक्‍ने भनेको उहाँ ईश्‍वरीय रूपमा जो हुनुहुन्छ त्यही मात्र हो; यसको कारण के हो भने मानिसले अनुकरण गर्न सकोस् भनेर उहाँले उहाँ मानिसको रूपमा जे हुनुहुन्छ सो कहिल्यै पनि घोषणा गर्नुहुन्‍न। जब मानिसले मानिसहरूलाई डोऱ्याउँछ तब मात्र उसले प्रशंसा र सङ्कल्‍प प्राप्त गर्दै अरूको नेतृत्व प्राप्त गर्नको लागि मानिसको रूपमा ऊ को हो भनी बताउँछ। यसको विपरीत, परमेश्‍वरले उहाँको कामद्वारा मात्रै मानिसलाई जित्‍नुहुन्छ (अर्थात् मानिसले प्राप्त गर्न नसक्‍ने काम); उहाँलाई कुनै मानिसले प्रशंसा गर्नु वा उहाँले मानिसलाई उहाँको श्रद्धा गर्ने बनाउनुको कुनै अर्थ छैन। उहाँले मानिसभित्र उहाँप्रति श्रद्धाको भाव वा उहाँको अथाहपनको भाव मात्रै स्थापित गरिदिनुहुन्छ। परमेश्‍वरले मानिसलाई प्रभावित पारिरहनुको कुनै आवश्यकता छैन; तैँले उहाँको स्वभाव देखेपछि उहाँलाई आदर गरिस् भने उहाँलाई पुग्छ। परमेश्‍वरले गर्नुहुने काम उहाँकै हो; मानिसले उहाँको सट्टामा यो काम गर्न सक्दैन, न त मानिसले यसलाई प्राप्त नै गर्न सक्छ। परमेश्‍वरले मात्रै आफ्‍नो काम आफै गरेर मानिसलाई नयाँ जीवनमा लैजानका निम्ति नयाँ युगको प्रारम्भ गर्नुहुन्छ। उहाँले गर्नुहुने काम भनेको मानिसलाई नयाँ जीवन धारण गर्न र नयाँ युगमा प्रवेश गर्न सक्‍ने तुल्याउनु हो। बाँकी काम सामान्य मानवता भएका ती व्यक्तिहरूलाई सुम्पिइएको छ, जसलाई अरूले इज्‍जत गर्छन्। त्यसकारण, अनुग्रहको युगमा, उहाँले दुई हजार वर्षको काम आफ्नो तेत्तीस वर्षको देहबाट मात्र साढे तीन वर्षमा पूरा गर्नुभयो। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम पूरा गर्न आउनुहुन्छ, उहाँले जहिले पनि केही वर्षको छोटो अवधिभित्र दुई हजार वर्षको वा एउटा सम्पूर्ण युगको काम पूरा गर्नुहुन्छ। उहाँ रोकिनुहुन्‍न, र उहाँले ढिलाइ गर्नुहुन्‍न; धेरै वर्षको काम केही वर्षभित्रै पूरा होस् भनेर उहाँले केवल त्यसलाई छोट्याउनुहुन्छ। यसको कारण के हो भने, उहाँले व्यक्तिगत रूपमा जुन काम गर्नुहुन्छ त्यो पूर्ण रूपमा नयाँ बाटो खोल्न र नयाँ युगतिर डोऱ्याउनका निम्ति हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २७

जलप्रलयपछि नोआलाई परमेश्‍वरको आशिष् उत्पत्ति ९:१-६ अनि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, फलवन्त र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६४

त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्‍नो काम गर्नुभएन। यसलाई...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०४

प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीका लागि समस्या उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा हस्तक्षेप गर्दछन्। तिनीहरू सबै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु,...