परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०३

चाहे यस चरणमा देहधारी परमेश्‍वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्‍नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो गर्नुहुन्छ, किनभने यो परमेश्‍वरको अन्तिम देहधारण हो। परमेश्‍वर दुई पटक मात्रै देहधारी हुन सक्‍नुहुन्छ। तेस्रो पटक हुन सक्दैन। पहिलो देहधारण पुरुष हुनुहुन्थ्यो, दोस्रो स्त्री हुनुहुन्छ र त्यसैले परमेश्‍वरको देहको स्वरूप मानिसको मनमा पूरा हुन्छ; यसको साथै, दुई देहधारणहरूले पहिले नै परमेश्‍वरको कामलाई देहमा पूरा गरिसक्नुभएको छ। पहिलो पटक, देहधारणको अर्थलाई पूरा गर्नको लागि देहधारी परमेश्‍वरले सामान्य मानवतालाई धारण गर्नुभयो। यस पटक पनि उहाँले सामान्य मानवतालाई धारण गर्नुहुन्छ तर यो देहधारणको अर्थ फरक छ: यो अझै गहिरो छ र उहाँको काम अझै गहन महत्त्वको छ। परमेश्‍वर एक पटक फेरि देह बन्नुको कारण भनेको देहधारणको अर्थलाई पूरा गर्नु हो। जब परमेश्‍वरले उहाँको कामको यो चरणलाई पूर्ण रूपमा पूरा गर्नुभयो, देहधारणको सम्पूर्ण अर्थ अर्थात् देहमा परमेश्‍वरको कार्य पूरा हुनेछ र देहमा गर्नको लागि थप कुनै काम हुनेछैन। भन्नुको अर्थ, अबदेखि उसो आफ्नो काम गर्नको लागि परमेश्‍वर फेरि कहिल्यै देहमा आउनुहुनेछैन। मानवजातिलाई मुक्त गर्न र सिद्ध गर्न मात्रै परमेश्‍वरले देहधारणको काम गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, कामको खातिरबाहेक, देहमा आउनु परमेश्‍वरको लागि सामान्य होइन। काम गर्नको लागि देहमा आएर, उहाँले परमेश्‍वर देह हुनुहुन्छ, सामान्य व्यक्ति, साधारण व्यक्ति हुनुहुन्छ भन्ने शैतानलाई देखाउनुहुन्छ—तैपनि संसारमाथि उहाँले विजय गरेर राज्य गर्न सक्नुहुन्छ, शैतानलाई जित्न, मानवजातिलाई उद्धार गर्न, मानवजातिलाई जित्न सक्नुहुन्छ! शैतानको कामको उद्देश्य भनेको मानवजातिलाई भ्रष्ट तुल्याउनु हो, जबकि परमेश्‍वरको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनु हो। शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि परमेश्‍वरले उसलाई यसबाट छुटाउनुहुन्छ। शैतानले सबै मानिसहरूलाई त्यसको आराधना गर्ने बनाउँछ तर परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा रहने बनाउनुहुन्छ, किनभने उहाँ सृष्टिका प्रभु हुनुहुन्छ। यी सबै काम परमेश्‍वरका दुई देहधारणहरूद्वारा हासिल गरिन्छ। वास्तवमा, उहाँको देह मानवता र ईश्‍वरीयताको मिलाप हो र यसमा सामान्य मानवता छ। त्यसैले परमेश्‍वरको देहधारी शरीरविना, परमेश्‍वरले मानवजातिलाई मुक्त गर्ने परिणामहरू प्राप्त गर्न सक्नुहुन्नथियो र उहाँको देहको सामान्य मानवताविना, देहमा उहाँले गर्नुहुने कार्यले यी परिणामहरू हासिल गर्न सक्दैन थियो। परमेश्‍वरको देहधारणको सार भनेको उहाँमा सामान्य मानवता हुनैपर्छ भन्ने हो; अन्यथा यो हुनु भनेको देहधारी हुने परमेश्‍वरको मूल अभिप्रायको विपरीत हुने थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८८

तेरो जीवन अघि बढ्दै जाँदा तैँले नयाँ प्रवेश र नयाँ, उच्च अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ जुन हरेक कदमसँगै अझ गहन हुँदै जान्छ। सबै मानव जाति...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२२

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा त...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७२

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ३. ध्वनि तेस्रो कुरा के हो? यो पनि मानव...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०६

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्