परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०३

चाहे यस चरणमा देहधारी परमेश्‍वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्‍नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो गर्नुहुन्छ, किनभने यो परमेश्‍वरको अन्तिम देहधारण हो। परमेश्‍वर दुई पटक मात्रै देहधारी हुन सक्‍नुहुन्छ। तेस्रो पटक हुन सक्दैन। पहिलो देहधारण पुरुष हुनुहुन्थ्यो, दोस्रो स्त्री हुनुहुन्छ र त्यसैले परमेश्‍वरको देहको स्वरूप मानिसको मनमा पूरा हुन्छ; यसको साथै, दुई देहधारणहरूले पहिले नै परमेश्‍वरको कामलाई देहमा पूरा गरिसक्नुभएको छ। पहिलो पटक, देहधारणको अर्थलाई पूरा गर्नको लागि देहधारी परमेश्‍वरले सामान्य मानवतालाई धारण गर्नुभयो। यस पटक पनि उहाँले सामान्य मानवतालाई धारण गर्नुहुन्छ तर यो देहधारणको अर्थ फरक छ: यो अझै गहिरो छ र उहाँको काम अझै गहन महत्त्वको छ। परमेश्‍वर एक पटक फेरि देह बन्नुको कारण भनेको देहधारणको अर्थलाई पूरा गर्नु हो। जब परमेश्‍वरले उहाँको कामको यो चरणलाई पूर्ण रूपमा पूरा गर्नुभयो, देहधारणको सम्पूर्ण अर्थ अर्थात् देहमा परमेश्‍वरको कार्य पूरा हुनेछ र देहमा गर्नको लागि थप कुनै काम हुनेछैन। भन्नुको अर्थ, अबदेखि उसो आफ्नो काम गर्नको लागि परमेश्‍वर फेरि कहिल्यै देहमा आउनुहुनेछैन। मानवजातिलाई मुक्त गर्न र सिद्ध गर्न मात्रै परमेश्‍वरले देहधारणको काम गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, कामको खातिरबाहेक, देहमा आउनु परमेश्‍वरको लागि सामान्य होइन। काम गर्नको लागि देहमा आएर, उहाँले परमेश्‍वर देह हुनुहुन्छ, सामान्य व्यक्ति, साधारण व्यक्ति हुनुहुन्छ भन्ने शैतानलाई देखाउनुहुन्छ—तैपनि संसारमाथि उहाँले विजय गरेर राज्य गर्न सक्नुहुन्छ, शैतानलाई जित्न, मानवजातिलाई उद्धार गर्न, मानवजातिलाई जित्न सक्नुहुन्छ! शैतानको कामको उद्देश्य भनेको मानवजातिलाई भ्रष्ट तुल्याउनु हो, जबकि परमेश्‍वरको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनु हो। शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि परमेश्‍वरले उसलाई यसबाट छुटाउनुहुन्छ। शैतानले सबै मानिसहरूलाई त्यसको आराधना गर्ने बनाउँछ तर परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा रहने बनाउनुहुन्छ, किनभने उहाँ सृष्टिका प्रभु हुनुहुन्छ। यी सबै काम परमेश्‍वरका दुई देहधारणहरूद्वारा हासिल गरिन्छ। वास्तवमा, उहाँको देह मानवता र ईश्‍वरीयताको मिलाप हो र यसमा सामान्य मानवता छ। त्यसैले परमेश्‍वरको देहधारी शरीरविना, परमेश्‍वरले मानवजातिलाई मुक्त गर्ने परिणामहरू प्राप्त गर्न सक्नुहुन्नथियो र उहाँको देहको सामान्य मानवताविना, देहमा उहाँले गर्नुहुने कार्यले यी परिणामहरू हासिल गर्न सक्दैन थियो। परमेश्‍वरको देहधारणको सार भनेको उहाँमा सामान्य मानवता हुनैपर्छ भन्ने हो; अन्यथा यो हुनु भनेको देहधारी हुने परमेश्‍वरको मूल अभिप्रायको विपरीत हुने थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७२

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६६

तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७३

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४२

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले कुन कुरामा...