आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात्, परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको सारतत्व छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको बाटो छ। त्यसैले परमेश्‍वर मात्रै जीवनको स्रोत, र जीवनको जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। उहाँले संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले जीवनको शक्तिसँग सम्‍बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यो यसैले हो किनभने परमेश्‍वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, अनि मानिस पुनरुत्थित हुने बाटो परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै पनि अलग हुनुहुन्‍न, र उहाँ सँधैभरि मानिसको बीचमा बस्‍नुहुन्छ। उहाँ नै मानिसको जियाइको संचालन शक्ति, मानिसको अस्तित्वको जरा, अनि जन्‍मपछि मानिसको अस्तित्वको लागि सम्‍पन्‍न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्‍म गराउने, र उसको हरेक भूमिकामा दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवन शक्तिकै कारण, मानिस पुस्तौंदेखि जिएको छ, जुन अवधिमा परमेश्‍वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ, र कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य परमेश्‍वरले तिर्नुभएको छ। परमेश्‍वरको जीवन शक्ति अरू कुनै पनि शक्ति माथि प्रबल हुन सक्छ; यसको साथै, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त, उहाँको शक्ति असाधारण छ, र सृष्टि गरिएको कुनै पनि प्राणी वा शत्रुको शक्तिले उहाँको जीवन शक्तिलाई जित्‍न सक्दैन। समय वा स्थानको बावजूद परमेश्‍वरको जीवन शक्ति अस्तित्वमा नै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वी धेरै परिवर्तन भएर जान सक्छ, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुराहरू टलेर जान सक्छ, तर परमेश्‍वरको जीवन अझै उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत अनि तिनीहरूको अस्तित्वको जरा परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्‍वरबाट सुरु हुन्छ, परमेश्‍वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्‍वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। कुनै पनि थोकको जीवन-शक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्‍वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्‍वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

सायद तँ अहिले जीवन प्राप्त गर्ने इच्‍छा गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्‍छा गर्छस्। जेसुकै भए पनि, तँ परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्, तैँले भरोसा गर्न सक्‍ने, र तँलाई अनन्त जीवन दिन सक्‍ने परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्‍नैपर्छ र पहिले परमेश्‍वर कहाँ हुनुहुन्छ सो जान्‍नैपर्छ। मैले पहिले नै भनिसकेको छु कि परमेश्‍वर मात्रै अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्‍वरमा मात्रै जीवनको बाटो छ। परमेश्‍वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्‍वर मात्रै जीवनको बाटो हुनुभएकोले, तसर्थ परमेश्‍वर स्वयम् नै अनन्त जीवनको बाटो हुनुहुन्छ। त्यसैले, तैँले सुरुमा परमेश्‍वर कहाँ हुनुहुन्छ, र अनन्त जीवनको यो बाटो कसरी प्राप्त गर्ने सो कुरा बुझ्‍नुपर्छ। अब यी दुई विषयहरूलाई अलग-अलग रूपमा हामी सङ्गतिमा संलग्न गरौं।

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज परमेश्‍वर कहाँ हुनुहुन्छ? सायद तैँले यो जवाफ दिनेछस्, “निश्‍चय नै, परमेश्‍वर स्वर्गमा बस्‍नुहुन्छ—उहाँ पक्‍कै पनि तपाईंको घरमा बसिरहनुभएको छैन होला, छ त?” सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर अवश्य नै सबै कुराहरूका बीचमा बस्‍नुहुन्छ। वा सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर हरेक व्यक्तिको हृदयमा बस्‍नुहुन्छ, वा परमेश्‍वर आत्मिक संसारमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिन, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्‍वर मानिसको हृदयमा बस्‍नुहुन्छ भनेर भन्‍नु पूर्ण रूपमा सत्य पनि होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये, कसैको विश्‍वास साँचो छ र कसैको विश्‍वास झूटो छ, कसैलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्‍न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु कि परमेश्‍वर एक-दुई जना मानिसहरूको हृदयमा मात्रै बस्‍नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू, परमेश्‍वरले स्वीकार गर्नुहुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँले सिद्ध पार्नुहुनेहरू हुन्। परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्‍वरको अनन्त जीवनको बाटोको बारेमा सुन्‍ने र देख्‍ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्‍वरमाथि झूटो विश्‍वास हुनेहरू, परमेश्‍वरले स्वीकार नगर्नेहरू, परमेश्‍वरले घृणा गर्नेहरू, परमेश्‍वरले हटाउनुहुनेहरू—तिनीहरूलाई परमेश्‍वरले इन्कार गर्न बाध्य छन्, तिनीहरू जीवनको बाटो विहीन रहन बाध्य छन्, र परमेश्‍वर कहाँ हुनुहुन्छ त्यसप्रति अनजान रहन बाध्य छन्। यसको विपरीत, जसको हृदयमा परमेश्‍वर बस्‍नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ। परमेश्‍वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्‍वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ? परमेश्‍वर दुवै मानिसको हृदयमा अनि मानिसको छेउमा हुनुहुन्छ। उहाँ आत्मिक संसारमा, अनि सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्‍न, तर अझै बढी उहाँ पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। त्यसैले आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। यावत् थोक मध्येका सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ, र मानिसको हृदयमा उसको बस्‍ने आधार उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै बीचमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको बाटो मानवजातिकहाँ ल्याउन, र मानिसलाई जीवनको बाटोमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको बाटो प्राप्त गर्न सकोस्, र मानिस अस्तित्वमा रहन सकोस् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसको बीचमा जिउनुहुन्छ। उही समयमा, परमेश्‍वरले मानिसको बीचमा हुने व्यवस्थापनमा सहकार्यलाई सहज तुल्याउनको लागि पनि यावत् थोकका सबै कुरालाई हुकुम गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने सिद्धान्तलाई मात्रै स्वीकार गर्छस्, तैपनि मानिसको बीचमा परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यको बाटो कहिल्यै प्राप्त गर्नेछैनस्।

परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्र प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो। यदि तैँले विगतका युगहरूको अवधिमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई आज लागू गर्छस् भने, त्यसले तँलाई पुरातत्वविद तुल्याउँछ, र तँलाई व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदा सम्बन्धि विद्वान होस् भनेर भन्‍नु हो। त्यो यसैले हो किनभने तँ सँधै परमेश्‍वरले विगतका समयहरूमा गर्नुभएको कामका निसानाहरूमा विश्‍वास गर्छस्, यसभन्दा पहिले उहाँले मानिसको बीचमा काम गर्नुभएको बेला छोडिएको परमेश्‍वरको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले आफ्‍ना अनुयायीहरूलाई दिनुभएको बाटोमा मात्रै विश्‍वास गर्छस्। तँ आज परमेश्‍वरको कार्यको दिशामा विश्‍वास गर्दैनस्, आजको परमेश्‍वरको महिमित मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हाल व्यक्त गर्नुभएको सत्यको बाटोमा विश्‍वास गर्दैनस्। त्यसैले तँ अवश्य नै दिवा-सपना देख्‍ने होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा सम्पर्क बाहिर छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्‍ने वचनहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्‍ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ। यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्‍न चाहन्छस् भने, तैँले पहिले, परमेश्‍वर पृथ्वीमा आउनु भएर उहाँले मानिसलाई जीवनको बाटो दिने काम गर्नुहुन्छ भन्‍ने स्वीकार गर्नैपर्छ, र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ आउनुहुन्छ भन्‍ने तैँले स्वीकार गर्नैपर्छ। यो विगत होइन; यो आज नै भइरहेको छ।

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्र समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

फूटनोट:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्