परमेश्‍वरको काम र मानिसको काम (भाग एक)

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र तिनीहरूले पवित्र आत्माको कामको सिद्धान्तहरू बुझेका छैनन् त्यसकारण त्यसो भएको हो। जब म “मानिसको काम” भन्‍छु, निश्‍चय नै मैले जोसँग पवित्र आत्माको काम छ वा पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरूलाई उल्लेख गरिरहेको हुन्छु। मैले मानिसको इच्छाबाट उत्पन्‍न भएको कामलाई उल्लेख गरेको होइन, तर प्रेरितहरू, सेवकहरू, वा पवित्र आत्माको कामको क्षेत्रभित्र पर्ने साधारण दाजुभाइ तथा दिदीबहिनीहरूको कामलाई उल्लेख गरेको हो। यहाँ “मानिसको काम” ले देहधारी परमेश्‍वरको कामलाई बुझाउँदैन, तर पवित्र आत्माले मानिसहरूमा प्रदर्शन गर्नुहुने कामका सिद्धान्तहरू र क्षेत्रलाई बुझाउँछ। यी सिद्धान्तहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्रहरू भए तापनि, यिनीहरू देहधारी परमेश्‍वरको कामका सिद्धान्तहरू र क्षेत्रजस्तै होइनन्। मानिसको काममा मानिसको सार र सिद्धान्तहरू हुन्छन्, र परमेश्‍वरको काममा परमेश्‍वरको सार र सिद्धान्तहरू हुन्छन्।

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरूको काम होस्, त्यो काम पवित्र आत्माको काम हो। परमेश्‍वर स्‍वयम्‌को सारतत्त्व आत्मा हुनुहुन्छ, जसलाई पवित्र आत्मा वा सात गुणा प्रबल आत्मा भन्‍न सकिन्छ। जे भए तापनि, तिनीहरू परमेश्‍वरका आत्मा हुन्, यद्यपि परमेश्‍वरका आत्मालाई फरक युगहरूमा फरक नामले सम्बोधन गरिएको छ। उहाँहरूको सार एउटै हो। त्यसैले, परमेश्‍वर स्‍वयम्‌को काम नै पवित्र आत्माको काम हो, साथै देहधारी परमेश्‍वरको काम पवित्र आत्माले गर्नुहुने कामबाहेक अरू केही होइन। प्रयोग गरिएका मानिसहरूले गर्ने काम पनि पवित्र आत्माको काम नै हो। तैपनि, परमेश्‍वरको काम पवित्र आत्माको पूर्ण अभिव्यक्ति हो, जुनचाहिँ पूर्णतया साँचो हुन्छ, तर प्रयोग गरिएका मानिसहरूको काममा थुप्रै मानवीय कुराहरू मिसिएका हुन्छन्, र ती पवित्र आत्माको प्रत्यक्ष अभिव्यक्ति होइनन्, त्यो उहाँको पूर्ण अभिव्यक्ति हुने कुरा त परै जाओस्। पवित्र आत्माको काम अनेक छन् र कुनै सर्तहरूद्वारा सीमित छैनन्। पवित्र आत्माको काम फरक मानिसहरूमा फरक-फरक छन्; त्यसले फरक सारतत्त्व प्रकट गर्छ, र यो युग र देश अनुसार फरक हुन्छ। निश्‍चय नै, पवित्र आत्माले फरक तरिकाले र विभिन्‍न सिद्धान्तहरू अनुसार काम गर्नुभए तापनि यो काम जसरी गरिए पनि वा जुनसुकै मानिसहरूमा गरिएको भए पनि त्यसको सारतत्त्व सधैँ फरक हुन्छन्; फरक मानिसहरूमा गरिने सबै कामको फरक-फरक सिद्धान्तहरू हुन्छन्, र ती सबैले आफ्नो उद्देश्यको सारतत्त्व प्रतिनिधित्व गर्न सक्छ। यसो हुनुको कारण चाहिँ पवित्र आत्माको काम क्षेत्रको हिसाबले पूर्णतया निर्दिष्ट छ र पूर्णतया मापन गर्न सकिन्छ। देहधारण हुनुभएको शरीरमा गरिएको काम मानिसहरूमा गरिएको काम जस्तै हुँदैन, र जुन व्यक्तिमा काम गरिन्छ उसको योग्यता अनुसार काम फरक हुन्छ। देहधारी शरीरमा गरिने काम मानिसहरूमा गरिने काम होइन, र यो काम मानिसहरूमा गरिने काम जस्तै होइन। संक्षिप्तमा, काम जसरी गरिने भए तापनि फरक वस्तुमा गरिने काम कहिल्यै उही हुँदैनन्, र उहाँले काम गर्नुहुने मानिसहरूको स्थिति र प्रवृत्ति अनुसार उहाँले काम गर्नुहुने सिद्धान्तहरू फरक-फरक हुन्छन्। पवित्र आत्माले मानिसहरूमा अन्तर्निहित सारको आधारमा फरक-फरक काम गर्नुहुन्छ र उनीहरूको सारतत्त्वभन्दा ज्यादा हुने गरी उहाँले तिनीहरूलाई माग गर्नुहुन्‍न, न त उहाँले उनीहरूको अन्तर्निहित क्षमतालाई नाघ्‍ने गरी काम गर्नुहुन्छ। त्यसैले, मानिसमा गरिने पवित्र आत्माको कामले मानिसहरूलाई कामको उद्देश्यको सार देख्‍ने तुल्याउँछ। मानिसको अन्तर्निहित सार परिवर्तन हुँदैन; उसको अन्तर्निहित क्षमता सीमित हुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रयोग गर्नुहुन्छ वा उनीहरूको योग्यताको सीमितता अनुसार उनीहरूमा काम गर्नुहुन्छ, ताकि त्यसबाट उनीहरूले फाइदा लिन सकून्। जब प्रयोग गरिएका मानिसहरूमा पवित्र आत्माले काम गर्नुहुन्छ, तब ती मानिसहरूको क्षमता र अन्तर्निहित योग्यता प्रस्फुटन हुन्छन्, रोकिएका हुँदैनन्। उनीहरूको अन्तर्निहित योग्यता कामको सेवामा प्रयोग गरिएको हुन्छ। यसलाई यसो भन्‍न सकिन्छ कि उहाँले आफ्नो काममा प्रयोग गर्न सकिने मानिसहरूको भागहरूलाई प्रयोग गर्नुहुन्छ, ताकि कामको परिणामहरू प्राप्‍त गर्न सकियोस्। यसको विपरीत, देहधारी शरीरमा गरिने कामले प्रत्यक्ष रूपमा आत्माको काम व्यक्त गर्छ र त्यसलाई मानिसको मन र सोचविचारले दूषित बनाएको हुँदैन; न त मानिसहरूको वरदानहरूले न त मानिसको अनुभवले वा मानिसको जन्मसिद्ध अवस्थाले नै त्यसलाई पहुँच गर्न सक्छ। पवित्र आत्माका सबै असङ्ख्य कामको अर्थ मानिसलाई फाइदा पुर्‍याउनु र सुसज्‍जित पार्नु हो। जे भए तापनि, कतिपय मानिसहरू सिद्ध तुल्याइएका हुन्छन् भने कतिपयमा चाहिँ सिद्धताको अवस्था हुँदैन, जसको अर्थ उनीहरूलाई सिद्ध तुल्याउन सकिँदैन र उनीहरूलाई मुक्ति दिन निकै कठिन हुन्छ, र उनीहरूसँग पवित्र आत्माको काम भएको हुन सक्‍ने भए तापनि, उनीहरूलाई अन्तमा हटाइन्छ। पवित्र आत्माको काम मानिसहरूलाई सुसज्‍जित पार्नुको लागि भए तापनि, तैपनि पवित्र आत्माको काम भएका सबै जना पूर्ण रूपमा सिद्ध बनाइनेछन् भनी भन्‍न सकिँदैन, किनकि धेरै मानिसहरूले अनुसरण गरिरहेको मार्ग उनीहरूलाई सिद्ध बनाउने मार्ग होइन। उनीहरूसँग पवित्र आत्माको एकपक्षीय काम मात्र छ, तर न त उनीहरूसँग मानवीय सहकार्यको कुनै कुरा छ, न त उनीहरूको मानवीय अनुसरण नै सही छ। त्यसैले, यी मानिसहरूमा गरिने पवित्र आत्माको कामले सिद्ध तुल्याइएका मानिसहरूलाई सेवा पुर्‍याउँछ। पवित्र आत्माको कामलाई मानिसहरूले प्रत्यक्ष रूपमा देख्‍न सक्दैनन्, न त मानिसहरूले त्यसलाई प्रत्यक्ष रूपमा स्पर्श नै गर्न सक्छन्। यसलाई केवल कामको वरदान पाएकाहरूले मात्र व्यक्त गर्न सक्छन्, अर्थात् मानिसहरूको अभिव्यक्तिहरूद्वारा पवित्र आत्माको काम अनुयायीहरूलाई प्रदान गरिन्छ।

पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्‍न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्‍वरको कामले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्न सक्‍ने, र सम्पूर्ण युगमा मानिसहरूको प्रवेशलाई पनि प्रतिनिधित्व गर्न सक्‍ने भए तापनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले नै मानिसहरूको प्रवेशका विस्तृत विवरणका काम सम्पन्‍न गर्नु आवश्‍यक छ, देहधारी परमेश्‍वरले होइन। त्यसैले, परमेश्‍वरको काम वा परमेश्‍वरको आफ्नो सेवकाइ चाहिँ परमेश्‍वरको देहधारी शरीरको काम हो, जुन मानिसले उहाँको सट्टामा गर्न सक्दैन। पवित्र आत्माको काम धेरै किसिममा मानिसहरूबाट सम्पन्‍न गरिएको हुन्छ; कुनै एक जना व्यक्तिले मात्र यसलाई पूर्णतया हासिल गर्न सक्दैन, र पूर्णतया व्यक्त गर्न सक्दैन। मण्डलीहरू अगुवाइ गर्नेहरूले पनि पवित्र आत्माको कामलाई पूर्णतया प्रतिनिधित्व गर्न सक्दैनन्; तिनीहरूले केही अगुवाइका काम मात्र गर्न सक्छन्। त्यसैले पवित्र आत्माको कामलाई तीन भागमा विभाजन गर्न सकिन्छ: परमेश्‍वरको आफ्नै काम, प्रयोग गरिएका मानिसहरूको काम, र पवित्र आत्माको प्रवाहमा रहेकाहरूमा काम। परमेश्‍वरको आफ्नै कामचाहिँ सम्पूर्ण युगलाई अगुवाइ गर्नु हो; प्रयोग गरिएका मानिसहरूको काम भनेको, परमेश्‍वरले आफ्नो काम पूरा गर्नुभएपछि परमेश्‍वरद्वारा पठाइनु वा परमेश्‍वरबाट आदेशहरू प्राप्त गर्नु हो, परमेश्‍वरका अनुयायीहरूलाई अगुवाइ गर्नु हो, र परमेश्‍वरको काममा सहकार्य गर्नेहरू यिनीहरू नै हुन्; प्रवाहमा भएकाहरूमाथि पवित्र आत्माले गर्नुभएको काम चाहिँ उहाँका सबै कामलाई कायम राख्‍नु हो, अर्थात् उहाँका सम्पूर्ण व्यवस्थापन र उहाँको साक्षी कायम राख्‍नु हो, यसको साथ-साथै सिद्ध बनाउन सकिनेहरूलाई सिद्ध बनाउनु हो। सँगसँगै, यी तीन भाग पवित्र आत्माको कामको पूर्णता हुन्, तर परमेश्‍वर स्‍वयम्‌को काम विना, व्यवस्थापनको काम त्यसको पूर्णतामा निष्‍क्रिय रहन्छ। परमेश्‍वर स्‍वयम्‌को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व गर्छ, अर्थात् परमेश्‍वर स्‍वयम्‌को कामले पवित्र आत्माको प्रत्येक गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ, भने प्रेरितहरूको काम परमेश्‍वरको आफ्नो काम पछि आउँछ र त्यसबाट अघि बढ्छ, र त्यसले युगलाई अगुवाइ गर्दैन, न त त्यसले सारा युगमा पवित्र आत्माको कामको प्रचलनलाई नै प्रतिनिधित्व गर्छ। मानिसले गर्नुपर्ने काम मात्र तिनीहरूले गर्छन्, जसमा व्यवस्थापन कार्यसँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वर स्‍वयम्‌ले गर्नुहुने काम व्यवस्थापन कार्यभित्रकै एउटा परियोजना हो। मानिसको काम चाहिँ प्रयोग गरिएका मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य मात्र हो, र यो व्यवस्थापन कार्यसँग सम्बन्धित छैन। यथार्थमा ती दुवै पवित्र आत्माको काम भए तापनि, कामका पहिचानहरू र प्रतिनिधित्वहरूमा भिन्‍नताहरू भएको कारण परमेश्‍वर स्‍वयम्‌को काम र मानिसको कामको बीचमा स्पष्‍ट र ठोस भिन्‍नताहरू छन्। यसबाहेक, पवित्र आत्माले गर्नुभएको कामको हदमा पहिचानहरूमा भिन्‍नता हुनुका साथै उद्देश्यमा फरक हुन्छ। यिनीहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्र हुन्।

मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि, मानिसको तार्किक क्षमता, मानिसको तर्क, र उसको प्रचुर कल्पना-शक्ति यी सबै कुरा उसको काममा समावेश भएका हुन्छन्। मानिसको अनुभवले विशेष रूपमा उसको कामलाई दर्शाउन सक्षम हुन्छ, र व्यक्तिका अनुभवहरू उसको कामको भागहरू बन्छन्। मानिसको कामले उसको अनुभव अभिव्यक्त गर्न सक्छ। जब केही मानिसहरूले नकारात्मक कुरा अनुभव गर्छन्, तिनीहरूको सङ्‍गतिको अधिकांश भाषामा नकारात्मक तत्त्वहरू समावेश हुनेछन्। यदि तिनीहरूको अनुभव एक निश्‍चित समयको निम्ति सकारात्मक छ र तिनीहरू सकारात्मक धारणाको मार्गमा विशेष गरी रहे भने, तिनीहरूको सङ्‍गति अत्यन्त उत्साहजनक हुन्छ, र मानिसहरूले तिनीहरूबाट सकारात्मक बन्दोबस्तहरू प्राप्‍त गर्न सक्छन्। यदि एक जना कामदार एक निश्‍चित समयको निम्ति नकारात्मक बन्छ भने उसको सङ्गतले सधैँ नकारात्मक तत्त्वहरू बोकी हिँड्छ। यस किसिमको सङ्‍गत निराशाजनक हुन्छ, र अरू व्यक्तिहरू पनि उसको सङ्गतपछि अन्जानमै निराश बन्‍नेछन्। अगुवाको आधारमा नै उसलाई पछ्याउने व्यक्तिहरूको अवस्था परिवर्तन हुन्छ। एक कामदार भित्रपट्टि जस्तो छ, उसले त्यही कुरा व्यक्त गर्छ, र पवित्र आत्माको काम प्रायजसो मानिसको स्थितिसँगै परिवर्तन हुन्छ। उहाँले मानिसहरूको अनुभव अनुसार काम गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दबाब दिनुहुन्‍न, तर मानिसहरूबाट तिनीहरूको अनुभवको सामान्य गति अनुसार माग गर्नुहुन्छ। अर्थात् मानिसको सङ्‍गत परमेश्‍वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्‍गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्‍वरको कामको आधारमा आफ्‍ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छन्। तिनीहरूको जिम्मेवारी परमेश्‍वरले काम गर्नुहुन्छ वा बोल्‍नुहुन्छ, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने वा प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्‍चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्‍वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्‍न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्‍ने, अनुभव गर्ने र कल्पना गर्न सक्‍ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्‍ने कुरा, मानिसले सोच्‍ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्‍वयम्‌ को हुनुहुन्छ भन्‍ने कुरा नै हो, र यो मानिसले प्राप्‍त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्‍छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्‍वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सारतत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्‍वरले व्यक्त गर्नुभएको उहाँको सारतत्त्वको आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सारतत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सारतत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्‍ने कुराको बारेमा सङ्‍गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्‍ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्‍गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्‍नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्‍ट सङ्‍गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्‍गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ। यदि कसैले सजाय र न्यायको बारेमा उसको बुझाइसँग सङ्‍गत गर्‍यो, तर तँसँग त्यसको कुनै अनुभव थिएन भने तैँले उसको ज्ञानलाई इन्कार गर्ने साहस गर्ने थिइनस्, शत प्रतिशत त्यसमा सहमत हुन साहस गर्ने कुरा त परै जाओस्। किनकि तैँले तिनीहरूले सङ्‍गत गरेको कुरा कहिल्यै अनुभव गरेको छैनस्, तैँले कहिल्यै थाहा पाएको थिइनस्, र तेरो मनले त्यसको बारेमा कल्पना गर्न सक्दैन। तिनीहरूको ज्ञानबाट तैँले लिन सक्‍ने कुरा भनेको भविष्‍यमा सजाय र न्याय भएर जानका लागि चाहिने एक मार्ग हो। तर यो मार्ग एक सैद्धान्तिक ज्ञान मात्र हुन सक्छ; यसले तेरो आफ्नो बुझाइको ठाउँ लिन सक्दैन, न त तेरो अनुभवको नै। सायद तिनीहरूले भनेको कुरा सही नै छ भनी तँ विचार गर्छस्, तर तेरो आफ्‍नै अनुभवमा तँ त्यो कुरा धेरै किसिमले अव्यावहारिक भएको पत्ता लगाउँछस्। सायद तैँले सुन्‍ने कतिपय कुराहरू पूर्णतया अव्यावहारिक भएको महसुस गर्छस्; त्यो समयमा यसको धारणालाई लिन्छस्, र तैँले त्यसलाई स्वीकार गरे तापनि, तैँले अनिच्छुक रूपमा मात्रै स्वीकार गर्छस्। तर तेरो आफ्नै अनुभवमा, तैँले जुन कुराबाट ज्ञान प्राप्‍त गरेको छस्, त्यो धारणा तेरो व्यवहार गर्ने तरिका बन्छ, र तैँले जति धेरै तपाईंले व्यवहार गर्छस्, तैँले सुनेका वचनहरूको साँचो मूल्य र अर्थलाई त्यति नै बुझ्छस्। तैँले आफैले अनुभव गरिसकेपछि तैँले अनुभव गरेको कुराको ज्ञानको बारेमा त्यसपछि तैँले कुरा गर्न सक्छस्। यसको साथै, तैँले कसको ज्ञान वास्तविक र व्यावहारिक छ अनि कसको ज्ञान सिद्धान्तमा आधारित छ र व्यर्थको छ भनी छुट्याउन पनि सक्छस्। त्यसैले, तैँले स्वीकार गरेको ज्ञान सत्यतासँग मेल खान्छ कि खाँदैन भन्‍ने कुरा तैँले व्यावहारिक रूपमा त्यसलाई अनुभव गरेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर रहन्छ। जब तेरो अनुभवमा सत्यता हुन्छ, तब तेरो ज्ञान व्यावहारिक र मूल्यवान् बन्‍नेछ। आफ्‍नो अनुभवबाट तैँले विवेक र अन्तर्दृष्टि पनि हासिल गर्न सक्छस्, आफ्‍नो ज्ञानलाई गहिराउन सक्छस्, र तैँले आफूसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने बारेमा तैँले तेरो बुद्धि र सामान्य चेतनालाई वृद्धि गर्न सक्छस्। मानिसहरूले व्यक्त गर्ने त्यस्तो ज्ञान जसको सत्यता छैन, त्यो सिद्धान्त हो, चाहे त्यो जतिसुकै उच्‍चकोटीको किन नहोस्। यस किसिमको व्यक्ति शरीरका विषयमा धेरै बुद्धिमान ठहरिन सक्छ तर आत्मिक कुराको विषयमा कुनै भेद छुट्याउन सक्दैन। किनकि यस किसिमका मानिसहरूसँग आत्मिक मामिलाको बारेमा कुनै पनि अनुभव हुँदैन। यी मानिसहरूले आत्मिक मामिलामा प्रकाश पाएका हुँदैनन् र आत्मिक कुराहरू बुझ्दैनन्। तैँले जुनसुकै ज्ञान व्यक्त गरे पनि, यदि त्यो तेरो सारतत्त्व हो भने त्यो तेरो व्यक्तिगत अनुभव हो, तेरो वास्तविक ज्ञान हो। सिद्धान्तको बारेमा मात्र कुरा गर्ने मानिसहरू—यी मानिसहरूसँग न त सत्यता हुन्छ न त वास्तविकता नै हुन्छ—छलफललाई पनि तिनीहरूको अस्तित्व भन्‍न सकिन्छ, किनकि उनीहरूको गहिरो सोचविचारद्वारा मात्रै तिनीहरू आफ्नो सिद्धान्तको निर्क्योलमा आइपुगेका छन् र यो उनीहरूको गम्भीर चिन्तनको परिणाम हो। तैपनि यो केवल सिद्धान्त मात्र हो, यो कल्पनाभन्दा अरू केही होइन! सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको बारेमा बोल्‍न सक्दैन, न त विविध आत्मिक कुराहरूको सही ज्ञानको बारेमा नै कुरा गर्न सक्छन्। मानिसले जे व्यक्त गर्छ त्यो उभित्र जे छ त्यही हो—यो निश्‍चित हो। यदि कसैले आत्मिक कुराहरूको ज्ञान र सत्यताको ज्ञान प्राप्‍त गर्ने चाहना गर्छ भने उससँग वास्तविक अनुभव हुनुपर्छ। यदि तैँले मानव जीवनका सामान्य चेतनाका बारेमा स्पष्‍टसँग बोल्‍न सक्दैनस् भने तैँले त्योभन्दा कति थोरै मात्रामा आत्मिक कुराहरूको बारेमा बोल्‍न सक्‍नेछस्? मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही किसिम बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकोहीले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरू विनाशको पात्र बन्‍नेछन्। तैँले व्यक्त गर्ने अन्तर्दृष्टि तैँले जीवनमा अनुभव गरेका कठिनाइहरूको प्रमाणको रूपमा खडा हुन सक्छ, जुन कुराहरूको निम्ति तँलाई सजाय दिइएको हुन्छ, र जुन विषयको निम्ति तेरो न्याय गरिएको हुन्छ। परीक्षाहरूको हकमा पनि यही कुरा लागू हुन्छ: जहाँ व्यक्तिलाई शोधन गरिएको हुन्छ, जहाँ व्यक्ति कमजोर हुन्छ—यी ती क्षेत्र हुन् जसमा व्यक्तिले अनुभव गरेको हुन्छ, जसमा व्यक्तिको मार्ग हुन्छ। उदाहरणका लागि, यदि कसैले वैवाहिक सम्बन्धमा नैराश्यता भोग्छन् भने उनीहरूले प्रायजसो यस्तो सङ्गति गर्छन्, “परमेश्‍वरलाई धन्यवाद होस्, परमेश्‍वरको प्रशंसा होस्, मैले परमेश्‍वरको हृदयको चाहनालाई सन्‍तुष्‍ट पार्नुपर्छ र मैले मेरो सम्पूर्ण जीवन अर्पण गर्नुपर्छ, र मैले मेरो वैवाहिक सम्बन्धलाई पूर्णतया परमेश्‍वरको हातमा समर्पण गर्नुपर्छ। म मेरो सारा जीवन परमेश्‍वरमा समर्पण गर्न इच्छुक छु।” मानिसभित्र भएका सबै कुराहरू सङ्गतिद्वारा प्रदर्शन गर्न सकिन्छ। चाहे उनीहरू चर्को स्वरमा बोलून् वा शान्त स्वरमा बोलून्, व्यक्तिको बोलीवचनको ढाँचा अनुभवका विषयहरू होइन र तिनले उनीहरूसँग के छ र उनीहरू को हुन् भन्‍ने कुराको प्रतिनिधित्व गर्न सक्दैनन्। यी कुराहरूले व्यक्तिको चरित्र असल कि खराब छ, वा उनीहरूको प्रकृति असल छ कि खराब छ भन्‍ने मात्र बताउन सक्छ, तर कसैसँग अनुभव छ कि छैन त्यस कुरासँग तिनलाई तुलना गर्न सकिँदैन। बोल्दा आफैलाई व्यक्ति गर्न सक्‍ने क्षमता, वा बोलीको सीप वा गति केवल अभ्यासको प्रतिफल हो र यसले व्यक्तिको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। जब तँ आफ्नो व्यक्तिगत अनुभवहरूको बारेमा कुरा गर्छस्, तब तैँले महत्वपूर्ण ठानेका र तँभित्र भएका सबै कुराहरूका बारेमा सङ्गति गर्छस्। मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

पवित्र आत्माका सबै कार्य मानिसहरूको फाइदाको निम्ति गरिएका हुन्छन्। यसले मानिसहरूलाई सुधार गर्छ; मानिसहरूलाई फाइदा नगर्ने कुनै कार्य छैन। चाहे सत्यता सतही होस् वा गहन होस्, र सत्यता ग्रहण गर्नेहरूको क्षमता जस्तोसुकै होस्, पवित्र आत्माले जे पनि गर्नुहुन्छ, त्यसले मानिसहरूलाई फाइदा गर्छ। तर पवित्र आत्माको काम प्रत्यक्ष रूपमा गरिँदैन; उहाँसँग सहकार्य गर्ने मानिसहरूद्वारा नै यसलाई व्यक्त गरिनुपर्छ। केवल यसरी मात्रै पवित्र आत्माको कामको परिणामहरू प्राप्‍त गर्न सकिन्छ। निश्‍चय नै, जब पवित्र आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यसमा कुनै मिलावट हुँदैन; तर जब पवित्र आत्माले मानिसद्वारा काम गर्नुहुन्छ, यो अत्यन्तै कलङ्कित बन्छ र यो पवित्र आत्माको मौलिक काम हुँदैन। यसकारण, सत्यता फरक हदमा परिवर्तन हुन्छ। अनुयायीहरूले पवित्र आत्माको मौलिक अभिप्राय प्राप्‍त गर्दैनन् तर पवित्र आत्माको काम र मानिसको अनुभव र ज्ञानको संयोजन प्राप्‍त गर्छन्। अनुयायीहरूले पवित्र आत्माको कामको जुन हिस्सा प्राप्‍त गर्छन् त्यो सही हुन्छ, जबकी उनीहरूले प्राप्‍त गर्ने मानिसको अनुभव र ज्ञान फरक-फरक हुन्छ किनकि सेवकहरू फरक छन्। पवित्र आत्माको प्रकाश र अगुवाइ पाएका सेवकहरूले यो प्रकाश र अगुवाइ हासिल गर्छन्। यी अनुभवहरूभित्र मानिसको मन र अनुभव साथै मानवताको सार, समावेश हुन्छ, त्यसपछि, तिनीहरूले प्राप्त गर्नुपर्ने ज्ञान वा अन्तर्दृष्टि तिनीहरूले प्राप्त गर्छन्। यो चाहिँ सत्यता अनुभव गरिसकेपछिको मानिसको अभ्यास गर्ने तरिका हो। यस किसिमको अभ्यास गर्ने तरिका सधैँ एक समानको हुँदैन, किनकि मानिसहरूले फरक किसिमले अनुभव गर्छन् र मानिसहरूले अनुभव गर्ने कुराहरू पनि फरक नै हुन्छन्। यस किसिमले पवित्र आत्माको उही प्रकाशले पनि फरक ज्ञान र अभ्यास ल्याउँछ, किनकि प्रकाश प्राप्‍त गर्नेहरू फरक हुन्छन्। कतिपय मानिसहरूले अभ्यास गर्ने क्रममा सानातिना गल्तीहरू गर्छन् भने कतिपयले ठूलै गल्ती पनि गर्छन्, र कतिपयले चाहिँ गल्ती बाहेक केही पनि गर्दैनन्। मानिसहरूको बुझ्‍ने क्षमता फरक-फरक हुने भएकोले यस्तो हुन्छ, साथै उनीहरूमा अन्तर्निहित क्षमताको कारण पनि यस्तो हुन्छ। कतिपय मानिसहरूले सन्देश सुनेपछि एक किसिमले बुझ्छन्, र कतिपयले सत्यता सुनिसकेपछि अर्कै किसिमले बुझ्छन्। कतिपय मानिसहरूले हल्का रूपमा तलमाथि बुझ्छन् भने कतिपयले त सत्यताको वास्तविक अर्थ बुझेकै हुँदैनन्। त्यसैले, एक व्यक्तिले अरूलाई कसरी अगुवाइ गर्नेछ भन्‍ने कुरालाई उसको बुझाइले निर्देशित गर्छ; यो साँचो हो, किनकि व्यक्तिको काम उसको अस्तित्वको अभिव्यक्ति नै हो। सत्यताको सही बुझाइ भएकाहरूले अगुवाइ गरेका मानिसहरूसँग पनि सत्यताको सही बुझाइ हुन्छ। गलत बुझाइ भएका मानिसहरू भए तापनि त्यस्ता मानिसहरू अत्यन्त थोरै हुन्छन्, र प्रत्येक व्यक्तिमा त्रुटि हुनेछ भन्‍ने छैन। यदि कुनै व्यक्तिको सत्यता सम्‍बन्धी बुझाइमा त्रुटि छ भने उसलाई पछ्याउनेहरू पनि गलत नै हुनेछन्, र यी मानिसहरू वचनको हरेक धारणामा गलत हुनेछन् भन्‍नेमा कुनै शङ्का हुँदैन। अनुयायीहरूले सत्यता कति मात्रामा बुझ्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ। निश्‍चय नै, परमेश्‍वरबाट आएको सत्यता सही हुन्छ, र यसमा कुनै गल्ती हुँदैन, र यो पूर्णतया निश्‍चित हुन्छ। तैपनि सेवकहरू पूर्णतया सही नहुन सक्छन् र पूर्णतया भरोसायोग्य हुन्छन् भनेर भन्‍न पनि सकिँदैन। यदि सेवकहरूसँग सत्यतालाई अभ्यास गर्ने व्यावहारिक तरिका छ भने अनुयायीहरूसँग पनि त्यही किसिमको अभ्यास गर्ने तरिका हुनेछ। यदि सेवकहरूसँग सत्यता अभ्यास गर्ने व्यावहारिक तरिका छैन तर धर्मसिद्धान्त मात्र छ भने अनुयायीहरूसँग कुनै वास्तविकता हुनेछैन। अनुयायीहरूको योग्यता र प्रवृत्ति जन्मजात निर्धारित हुन्छ र यो सेवकहरूसँग सम्बन्धित हुँदैन, तर अनुयायीहरूले कति मात्रामा सत्यता बुझ्छन् र परमेश्‍वरलाई चिन्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ (यो केही मानिसहरूमा मात्र लागू हुन्छ)। सेवक जस्तो हुन्छ, उसले अगुवाइ गर्ने अनुयायीहरू पनि त्यस्तै हुनेछन्। सेवकले जे कुरा व्यक्त गर्छ, त्यो उसको सार हो, यसमा कुनै पूर्वाग्रह हुँदैन। उसलाई पछ्याउनेहरूसँग उसले माग गर्नेहरू नै उसले चाहना गरेको कुरा हो वा उसले हासिल गर्न सक्‍ने कुरा हुन्। आफूले जे गर्ने गरेका छन् त्यही कुराको आधारमा अधिकांश सेवकहरूले आफ्ना अनुयायीहरूबाट ती कुरा माग गर्छन्, यद्यपि उनीहरूका अनुयायीहरूले त्यति धेरै कुरा हासिल गर्न सक्दैनन्—र हासिल गर्न नसकिने त्यही कुरा नै व्यक्तिको प्रवेशको बाधक बन्छ।

काँटछाँट गरिएका, निराकरण गरिएका, न्याय गरिएका र सजाय दिइएकाहरूले गर्ने काममा निकै थोरै भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलग्गिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ। असिद्ध मानिसहरूको काममा धेरै प्राकृतिकपन हुन्छ; यसमा धेरै मानवीय इच्छा मिश्रित हुन्छन्। उनीहरूको अस्तित्व नै तिनीहरूको प्राकृतिकपन हो—उनीहरू त्यससँगै जन्मिएका हुन्छन्। यो चाहिँ निराकरण गरिसकेपछिको जीवन वा रूपान्तरण भइसकेपछिको वास्तविकता होइन। त्यस्तो व्यक्तिले कसरी जीवनको खोजी गर्नेहरूलाई समर्थन गर्न सक्छ? मानिससँग जुन जीवन छ यो उसको जन्मसिद्ध बौद्धिकता वा क्षमतामा नै हो। यस किसिमको बौद्धिकता वा क्षमता परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराबाट धेरै टाढा हुन्छ। यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई छिँवलिएको र निराकरण गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दूषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्