अनुभवको विषयमा

पत्रुसले आफ्ना अनुभवहरूको अवधिभरि नै सयौं परीक्षाहरूको सामना गरे। आजका मानिसहरू “परीक्षा” शब्दबारे सचेत भए पनि तिनीहरू यसको साँचो अर्थ र परिस्थितिहरूबारे भ्रमित छन्। परमेश्‍वरले मानिसको संकल्पलाई सुदृढ गराउनुहुन्छ, तिनीहरूको आत्मविश्‍वासलाई शोधन गर्नुहुन्छ, तिनीहरूको हरेक पक्षलाई सिद्ध पार्नुहुन्छ, र यो कुरा मुख्यतया परीक्षाहरूद्वारा हासिल गरिन्छ, जुन पवित्र आत्माका लुकेका कार्य पनि हुन्। यस्तो भान हुन्छ कि परमेश्‍वरले मानिसहरूलाई त्याग्‍नुभएको छ, अनि यदि तिनीहरू होशियार छैनन् भने, तिनीहरूले यी जाँचहरूलाई शैतानको परीक्षाको रूपमा हेर्नेछन्। वास्तवमा, धेरै जाँचहरूलाई परीक्षाको रूपमा मान्‍न सकिन्छ, अनि परमेश्‍वरले यही सिद्धान्त र नियमद्वारा कार्य गर्नुहुन्छ। यदि मानिसहरू साँच्‍चै परमेश्‍वरको उपस्थितिमा जिउँछन् भने, तिनीहरूले यस्ता कुराहरूलाई परमेश्‍वरबाट आएको जाँचहरूको रूपमा लिनेछन्, र तिनलाई चिप्लेर जान दिनेछैनन्। यदि कसैले परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ त्यसकारण शैतान अवश्य नै तिनीहरूको नजिक आउनेछैन भनेर भन्छ भने, यो पूर्ण रूपले सही होइन; यदि यस्तो हुँदो हो त, उजाड स्थानमा चालीस दिनको उपवास बसिसकेपछि येशूले परीक्षाको सामना गर्नुभयो भन्‍ने कुरालाई कसरी व्याख्या गर्न सकिन्छ? यसकारण, यदि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासको बारेमा आफ्नो दृष्टिकोणलाई साँच्‍चै नै सुधारे भने, तिनीहरूले अरू धेरै कुराहरू अझ स्पष्ट रूपले देख्‍नेछन्, अनि तिनीहरूको बुझाइ टेढो र भ्रामक हुनेछैन। यदि कुनै व्यक्तिले परमेश्‍वरद्वारा सिद्ध पारिइनको लागि साँच्‍चै दृढ सङ्कल्‍प गर्छ भने, उसले आफ्‍नो अघि देखा पर्ने सबै कुराहरूलाई देब्रे वा दाहिनेतिरबाट मात्र होइन, सबै कोणबाट सामना गर्नुपर्छ। यदि तँसँग परमेश्‍वरको कामको कुनै ज्ञान छैन भने, परमेश्‍वरसँग कसरी सहकार्य गर्ने सो तँलाई थाहा हुनेछैन। यदि तँलाई परमेश्‍वरको कामका सिद्धान्तहरू थाहा छैन, र तँ शैतानले कसरी मानिसमा काम गर्छ भन्‍नेबारे अनभिज्ञ छस् भने, तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन। परमेश्‍वरले इच्छामुताबिक परिणाम प्राप्त गर्नको लागि तेरो उत्साहपूर्ण खोजी मात्र पर्याप्त हुनेछैन। यस किसिमको अनुभव गर्ने माध्यम “लरेन्सको अनुभव” जस्तै हो: जसले भिन्‍नताहरू नछुट्याईकन, केवल अनुभवमा मात्र जोड दिन्छ र शैतानको काम के हो, पवित्र आत्माको काम के हो, परमेश्‍वरको उपस्थितिबिना मानिस कुन अवस्थामा हुन्छ, र कुन प्रकारको मानिसलाई परमेश्‍वरले सिद्ध पार्न चाहनुहुन्छ भन्‍नेबारेमा पूर्ण रूपमा अनजान रहन्छ। विभिन्‍न प्रकारका मानिसहरूसँग व्यवहार गर्दै गर्दा कुन सिद्धान्तहरू अपनाउनुपर्छ, वर्तमानमा कसरी परमेश्‍वरको इच्छा बुझ्नुपर्छ, परमेश्‍वरको स्वभावलाई कसरी जान्‍नुपर्छ, अनि के-कस्ता मानिसहरू, परिस्थितिहरू, र युगमा परमेश्‍वरको कृपा, प्रताप, र धार्मिकता निर्देशित हुन्छन्—यिनीहरू कुनैको बारेमा पनि उसले फरक छुट्याउन सक्दैन। यदि मानिसहरूसँग आफ्ना अनुभवहरूको जगको रूपमा विभिन्‍न ईश्‍वरीय दर्शनहरू छैनन् भने, जीवनको कुनै प्रश्‍नै उठ्दैन, र अनुभवको हकमा यो झन् बढी लागू हुन्छ; तिनीहरू मूर्खतापूर्ण रूपले निरन्तर हरेक थोकप्रति समर्पित भइरहेका र तिनलाई सहन गरिरहेका हुन्छन्। यस्ता मानिसहरूलाई सिद्ध पार्न साह्रै कठिन हुन्छ। यसो भन्‍न सकिन्छ कि माथि उल्लेखित ईश्‍वरीय दर्शनहरू तँसँग अलिकति पनि छैन भने, तँ अति मूर्ख होस्, तँ इस्राएलमा सँधै खडा भइरहने नुनको खामोजस्तै होस्। यस्ता मानिसहरू बेकार हुन्छन्, केही कुराको लागि पनि उपयोगी हुँदैनन्! केही मानिसहरू सँधै आँखा चिम्लेर समर्पित हुन्छन्, तिनीहरूले सँधै आफूलाई जान्दछन् र कुनै पनि नयाँ कुराको निराकण गर्नुपर्दा सँधै आफ्नै तरिकाहरूको प्रयोग गर्छन्, वा भन्‍न पनि योग्य नहुने सानातिना कुराहरूको निराकण गर्दा पनि “बुद्धि” को प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन, र यस्तो लाग्छ कि आलोचित हुनको लागि आफैलाई परित्याग गर्नु नै तिनीहरूको प्रकृति हो, र तिनीहरू सँधै उस्तै हुन्छन्; तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन्। यस्ता मानिसहरू मूर्ख हुन्छन् जसमा अलिकति सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन। तिनीहरूले कहिल्यै पनि परिस्थिति वा विभिन्‍न व्यक्तिहरूसँग उपयुक्त उपायहरू अपनाउने प्रयास गर्दैनन्। यस्ता मानिसहरूसँग अनुभव हुँदैन। मैले केही यस्ता मानिसहरू देखेको छु जो आफ्नै ज्ञानमा यति बाँधिएका हुन्छन् कि दुष्ट आत्माको कामले ग्रस्त भएका मानिसहरूको सामना गर्दा, तिनीहरू त्यस्ता मानिसहरूको अघि खडा हुने र तिनीहरूलाई दोषी ठहर्‍याउने साहस नै नगरी आफ्नो शिर निहुराउँछन् र आफ्‍ना पाप स्विकार्छन्। अनि जब पवित्र आत्माको स्पष्ट कामको सामना गर्नुपर्छ, तब तिनीहरूले आज्ञापालन गर्ने साहस गर्दैनन्। दुष्ट आत्माहरू पनि परमेश्‍वरको हातमा छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्, अनि खडा भएर त्यस्ता दुष्टहरूको विरोध गर्ने साहस तिनीहरूमा अलिकति पनि हुँदैन। यस्ता मानिसहरूले परमेश्‍वरलाई लज्‍जित तुल्याउँछन्, र तिनीहरू उहाँको निम्ति गह्रौँ बोझ बोक्‍न पूर्ण रूपले असमर्थ हुन्छन्। यस्ता मूर्खहरूले कुनै पनि प्रकारको भिन्‍नता छुट्याउँदैनन्। त्यसकारण, अनुभवका त्यस्ता माध्यमहरूलाई शुद्ध पारिनुपर्छ, किनकि यो परमेश्‍वरको दृष्टिमा अस्थिर छ।

वास्तवमा परमेश्‍वरले मानिसहरूमा अनेकौँ कार्य गर्नुहुन्छ, कहिलेकाहीँ तिनीहरूलाई जाँच गर्नुहुन्छ, कहिलेकाहीँ तिनीहरूलाई सामान्य बनाउने वातावरण सृजना गर्नुहुन्छ, र कहिलेकाहीँ तिनीहरूलाई अगुवाइ गर्न तिनीहरूको कमीहरूलाई सुधार गर्न वचनहरू बोल्नुहुन्छ। कहिलेकाहीँ मानिसहरूले अनजानैमा आफ्ना धेरै कुराहरूको कमी पत्ता लगाऊन् भनी पवित्र आत्माले तिनीहरूलाई परमेश्‍वरले तैयार पार्नुभएको वातावरणतर्फ डोर्‍याउनुहुन्छ। मानिसहरूले भन्‍ने र गर्ने कुराहरू, अनि तिनीहरूले अरूसँग गर्ने व्यवहारको शैली र विभिन्‍न कुराहरू सम्हाल्ने तौरतरिकामार्फत पवित्र आत्माले तिनीहरूलाई थाहै नपाई तिनीहरूले पहिले नबुझेका धेरै कुराहरूको अन्तर्ज्ञान दिनुहुन्छ, र यसरी उहाँले तिनीहरूलाई विभिन्‍न कुराहरू र मानिसहरूलाई अझै स्पष्ट रूपमा देख्‍ने तुल्याउनुहुन्छ, तिनीहरूलाई पहिले थाहा नभएका धेरैजसो कुराहरू देख्‍न सक्‍ने तुल्याउनुहुन्छ। जब तँ संसारसँग संलग्‍न हुन्छस्, तब तैँले बिस्तारै संसारका कुराहरूलाई ठम्याउन सुरु गर्नेछस्, अनि तेरो अन्त्य हुनुअघि, तैँले यो निष्कर्ष निकाल्‍न सक्छस्: “मानिस हुन साँच्‍चै गाह्रो छ।” यदि तैँले केही समय परमेश्‍वरको अघि अनुभव गर्दै बिताइस् भने, अनि परमेश्‍वरको कार्य र उहाँको स्वभावलाई बुझिस् भने, तैँले अन्जानमै धेरै अन्तर्दृष्टि प्राप्त गर्नेछस्, र तेरो कद बिस्तारै वृद्धि हुनेछ। तैँले धेरै आत्मिक कुराहरूलाई राम्रोसँग बुझ्‍नेछस्, र तँ विशेष गरी परमेश्‍वरको कामबारे स्पष्ट बन्‍नेछस्। तैँले परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, परमेश्‍वरको हरेक क्रियाकलाप, परमेश्‍वरको स्वभाव, अनि परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ ती सबै कुरालाई तेरो आफ्नै जीवनको रूपमा स्विकार्नेछस्। यदि तैँले गर्ने सबै कुरा भनेको संसारमा भौँतारिनु मात्रै हो भने, तेरो पखेटा अझ कठोर भएर जानेछ, र परमेश्‍वरविरुद्धको तेरो प्रतिरोध झन् ठूलो हुनेछ; तब परमेश्‍वरले तँलाई कसरी प्रयोग गर्न सक्‍नुहुन्छ? तँमा “मेरो बिचारमा” भन्‍ने धारणा धेरै नै छन्, त्यसकारण परमेश्‍वरले तँलाई प्रयोग गर्नुहुन्‍न। तँ जति धेरै परमेश्‍वरको उपस्थितिमा रहन्छस्, तँसँग उति नै धेरै अनुभवहरू हुनेछन्। यदि तँ संसारमा अझै पनि पशुझैँ जिउँछस् भने—तेरो मुखले परमेश्‍वरमाथिको विश्‍वासको घोषणा गरिरहेको हुन्छ तर तेरो हृदय भने अन्यत्रै हुन्छ—अनि यदि तँ अझै पनि जिउनको लागि सांसारिक दर्शनहरूको अध्ययन गर्छस् भने, तेरा सबै अघिल्‍ला परिश्रमहरू व्यर्थ भएका हुँदैनन् त? त्यसकारण, मानिसहरू परमेश्‍वरको उपस्थितिमा जति धेरै हुन्छन्, परमेश्‍वरबाट सिद्ध हुन तिनीहरूलाई उति नै सहज हुन्छ। पवित्र आत्माले आफ्‍नो कार्य गर्ने तरिका यही नै हो। यदि तैँले यो कुरा बुझ्‍दैनस् भने, तैँले सही मार्गमा प्रवेश गर्नु असम्भव हुनेछ, अनि परमेश्‍वरबाट सिद्ध हुनेबारेमा त कुरै उठ्नेछैन। तैँले सामान्य आत्मिक जीवन पाउन सक्‍नेछैनस्; यो तँ अपाङ्ग भएको जस्तै हुनेछ, अनि तँसँग केवल तेरै मात्र कठिन परिश्रम हुनेछ तर परमेश्‍वरको कुनै कार्य हुनेछैन। के यो तेरो अनुभवको गल्‍ती होइन र? परमेश्‍वरको उपस्थितिमा रहनलाई तैँले प्रार्थना नै गर्नु जरुरी छैन; कहिलेकाहीँ परमेश्‍वरको चिन्तन गर्दा वा उहाँको कामको बारेमा विचार गर्दा, कहिलेकाहीँ कुनै मामिलाहरूको निराकरण गर्दा अनि कहिलेकाहीँ कुनै घटनामार्फत तेरो खुलासा गरिँदा, तँ परमेश्‍वरको उपस्थितिमा आउँछस्। धेरैजसो मानिसहरू भन्छन्, “म सँधै नै प्रार्थना गरिरहन्छु, के म परमेश्‍वरको उपस्थितिमा हुँदिनँ?” धेरै मानिसहरू “परमेश्‍वरको उपस्थितिमा” अटुट रूपमा प्रार्थना गरिरहन्छन्। तिनीहरूको ओठमा सँधै प्रार्थना नै भए पनि, तिनीहरू वास्तवमा परमेश्‍वरको उपस्थितिमा जिउँदैनन्। यस्ता मानिसहरूले परमेश्‍वरको उपस्थितिमा आफ्नो अवस्था कायम राख्‍न सक्‍ने एउटै मात्र तरिका यही हो; तिनीहरू परमेश्‍वरसँग हरपल संलग्‍न हुन आफ्‍नो हृदयको प्रयोग गर्न पूर्ण रूपमा असमर्थ छन्, न त तिनीहरू आफ्‍नो हृदयमा परमेश्‍वरसँग अन्तरक्रिया गर्न सोचविचार र चिन्तनमननमार्फत गरेर वा मनमस्तिष्कको प्रयोग गरेर अनुभवको माध्यमद्वारा, अनि परमेश्‍वरको बोझको बारेमा सचेत भएर परमेश्‍वरको सामु आउन नै सक्छन्। तिनीहरूले मुखले मात्र स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना चढाउँछन्। धेरैजसो मानिसहरूको हृदय परमेश्‍वरविहीन छ, तिनीहरू उहाँको नजिक आउँदा मात्रै परमेश्‍वर त्यहाँ हुनुहुन्छ; धेरैजसो समय त परमेश्‍वर त्यहाँ हुँदै हुनुहुन्‍न। के यो आफ्नो हृदयमा परमेश्‍वरलाई नराख्‍नुको प्रकटीकरण होइन र? यदि तिनीहरूको हृदयमा साँच्‍चै नै परमेश्‍वर हुनुभएको भए, के तिनीहरूले चोर र जनावरहरूले गर्ने कुराहरू गर्न सक्थे? यदि कुनै व्यक्तिले परमेश्‍वरलाई साँच्‍चै आदर गर्छ भने, तिनीहरूले आफ्नो साँचो हृदयलाई परमेश्‍वरको सम्पर्कमा ल्याउनेछन्, अनि तिनीहरूको सोच र विचारहरू सँधै नै परमेश्‍वरको वचनद्वारा भरिएको हुनेछ। तिनीहरूले बोली वा कार्यमा कुनै गल्ती गर्नेछैनन्, र स्पष्ट रूपमा परमेश्‍वरको विरोध गर्ने कुनै पनि कुरा गर्नेछैनन्। विश्‍वासी हुनुको मापदण्ड यही हो।

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्