परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू (अंश ७२)

अगुवाको रूपमा काम गर्नेहरूले काममा अति धेरै ध्यान दिनु वा सधैँ आफ्नो हैसियतमा मात्र केन्द्रित हुनु हुँदैन, न त तिनीहरूले आफ्नो लागि उच्च मानकहरू तय गर्नु नै हुन्छ, र तिनीहरूले “म अगुवा हुँ, मसँग यो पद र हैसियत छ, अनि मसँग यो गुण र क्षमता पनि छ। मैले तँलाई अगुवाइ गर्न सक्ने भएकोले म तँलाई भरणपोषण गर्न पनि सक्छु” भनेर सबैले थाहा पाऊन् भन्दै हरेक व्यक्तिका समस्याहरू समाधान गर्न हरतरहको उपायहरू सोच्‍नु पनि हुँदैन। तिनीहरूले यस्ता वचनहरू बोल्न सक्नु भनेको समस्याजनक कुरा हो। कुन अर्थमा यो समस्याजनक कुरा हो? यदि तेरो झुकाव गलत छ र तँसँग आफ्ना मामिलाहरू सम्हाल्ने कुनै सिद्धान्तहरू छैनन् भने तैँले गर्ने हरेक कामहरू गलत हुनेछन् र तिनले विचलन ल्याउनेछन्। यदि तँ गलत रूपले उत्प्रेरित छस् भने, तैँले गर्ने हरेक कामहरू गलत नै हुनेछन्। सत्यता खोजी गर्न, सत्यता बुझ्न, दर्शनहरूसम्बन्धी सत्यताको सार बुझ्‍न र सिद्धान्तहरूको यो पक्षमा पोख्त हुनमा केन्द्रित हो—त्यो सही हुन्छ। तँलाई केही आइपर्दा वा तैँले समस्याहरू सम्हालिरहँदा, जबसम्म तँ यी दायराहरूभन्दा बाहिर जाँदैनस्, तबसम्म तैँले अरूलाई मद्दत गर्न र तिनीहरूका कठिनाइहरू समाधान गर्न सक्नेछस् र तँ योग्य अगुवा हुनेछस्। तर यदि तैँले केही धर्मसिद्धान्तहरू मात्र बुझ्छस् र यदि तँ आफूलाई ती कुराहरूले मात्र सुसज्जित पार्छस्, अझ बढी प्रवचनहरू मात्र सुन्छस् र अगुवाइ गर्न केही थप शब्दहरूमा पोख्त मात्र बन्छस् भने र यदि तैँले कसैको समस्या समाधान गर्न खोज्दा केही धर्मसिद्धान्त, र शब्द मात्र बताउँछस् र फलस्वरूप तिनीहरूको कुनै पनि समस्या समाधान गर्दैनस् भने, तँमा अगुवा हुने कुनै वास्तविकता छैन र तँ एउटा खोक्रो खोल मात्र होस्। यो कस्तो अगुवा हो? (झूटो अगुवा।) यो झूटो अगुवा हो। तँ वास्तविक काम गर्न असक्षम छस्। कसैले झूटो अगुवाको खुलासा र रिपोर्ट नगरे पनि, मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रगति हुनेछैन, समस्याहरू बढ्दै जानेछन्, अनि झूटो अगुवाले दोष वहन गर्दै पद त्याग गर्न बाध्य हुनुपर्नेछ। यदि तँ झुटो अगुवा होस् भने, तेरो पद जतिसुकै उच्च भए तापनि, तँ झूटो अगुवा नै होस्। अब, तैँले वास्तविक काम गर्न सक्नु वा नसक्‍नु, र तँ झूटो अगुवा हुनु वा नहुनु—यी सबैभन्दा महत्त्वपूर्ण कुराहरू होइनन्। त्यसो भए, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? तैँले अब चाँडो-चाँडो सत्यता खोजी गर्न र जीवन प्रवेशमा ध्यान केन्द्रित गर्नुपर्छ। जब तैँले जीवन प्रवेश पाइसकेको, आफ्नो स्वभाव परिवर्तन गरेको, र परमेश्‍वरका अभिप्राय बुझेको हुन्छस्, र जब तँ आफ्नै गलत स्थितिहरू समाधान गर्न सक्षम हुन्छस्, तँलाई अरू मानिसहरूका समस्याहरू समाधान गर्न सजिलो हुनेछ। जब तैँले सत्यता बुझ्छस् र सत्यता वास्तविकतामा प्रवेश गर्छस्, के तब पनि तँलाई अरूका समस्याहरू समाधान गर्न सक्दिनँ कि भन्‍ने डर लाग्नेछ? तैँले राम्रोसँग अगुवाइ गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता लिनुपर्दैन। यदि तँसँग सत्यता वास्तविकता छ भने, तँ स्वतः आफ्नो कर्तव्य राम्रोसँग पुरा गर्न र वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुनेछस्। तैँले यो कुरा पूर्ण रूपले बुझ्नुपर्छ। यदि तँ यो कुरा पूर्ण रूपले बुझ्दैनस्, र सधैँ एक अगुवाको रूपमा आफ्नो हैसियत रक्षा गर्न, र परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि स्थापित गर्न चाहन्छस् भने, तेरो अभिप्राय गलत छ, र तँ स्वतः कलङ्कित र असफल हुनेछस्। यदि तँ सत्यतालाई प्रेम गर्ने र आफ्नै जीवन प्रवेशमा केन्द्रित हुने व्यक्ति होस्, र तैँले आफ्नो मानवीय महत्त्वाकाङ्क्षा, चाहना र गलत खोजीहरू त्याग्छस्, र तँ यी कुराहरूबाट बाधित हुँदैनस् भने, तँ सत्यता पछ्याउन सक्षम हुनेछस्, र तैँले समयक्रममा स्वतः सत्यताको हरेक पक्ष बुझ्नेछस्। यस तरिकाले, तँ अरूलाई अत्यन्तै सहज रूपमा मद्दत गर्ने अवस्थामा पुग्‍नेछस् र तँलाई त्यसो गर्न कुनै कठिनाइ हुनेछैन। त्यसकारण, तैँले आफ्नो हैसियत रक्षा गर्नु हुँदैन। यो एउटा खोक्रो खोल हो। यो बेकार छ। यसले तँलाई कुनै लाभ दिनेछैन, र यसले तँलाई सत्यता बुझ्न पनि मद्दत गर्नेछैन। त्यसैगरी, यसले तँलाई धेरै गल्तीहरू गर्न उक्साउन सक्छ, र यसले तँलाई बहकाउन पनि सक्छ। भ्रष्ट मानवजातिको लागि हैसियत एउटा पासो हो। तर यस बाधालाई कसैले पनि पन्छाउन सक्दैन, सबैले यो पार गर्नैपर्छ, र यो कुरा तैँले यसलाई कसरी लिन्छस् त्यसमा भर पर्छ। यदि तैँले मानवीय विधिहरू प्रयोग गरेर यसलाई सम्हाल्न खोजिस् भने, तैँले आफूलाई संयम राख्न वा आफूविरुद्ध विद्रोह गर्न सक्नेछैनस्। यसलाई सत्यता प्रयोग गरेर मात्र समाधान गर्न सकिन्छ। सत्यताले यो कठिनाइ समाधान गर्न सक्छ। यदि तँ सत्यता खोज्न सक्छस् भने, तैँले यस मामिलालाई जरैदेखि सम्बोधन गर्न सक्छस्। यदि तैँले यो कठिनाइ समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैनस् भने, यदि तैँले केवल आफूलाई नियन्त्रित गरिरहेको र कामकुराहरूविरुद्ध विद्रोह गरिरहेको छस् भने—यदि तैँले आफ्नो सोच, शैली, विचारजस्ता कुराहरूविरुद्ध मात्र विद्रोह गरिरहेको छस्, र तँ सधैँ यसरी नै विद्रोह गर्छस् भने—यो कस्तो विधि हो? यो त नकारात्मक र निष्क्रिय शैली हो। तैँले यसलाई समाधान गर्न सकारात्मक विधिहरू प्रयोग गर्नुपर्छ, अर्थात्, तैँले यसलाई सत्यताद्वारा समाधान गर्नुपर्छ, र यस मामिलालाई पूर्ण रूपमा बुझ्नुपर्छ। सर्वप्रथम ख्रीष्टविरोधी र झूटा अगुवाहरूले ख्याति, लाभ र हैसियत खोज्न तथा आफ्नो आडम्बर र घमण्ड रक्षा गर्न प्रयोग गर्ने विभिन्‍न शैलीहरू हेर्। ती कुराहरू स्पष्टसित देखेपछि तँलाई यस्तो अनुभूति हुनेछ, “ओहो, कति लाजमर्दो, साँच्चिकै कस्तो लाजमर्दो! के मैले पनि तिनै शैली प्रयोग गर्दै छु?” त्यसपछि, तैँले आफूमाथि चिन्तन गर्न थाल्नेछस् र चाँडै तैँले यस्तो महसुस गर्नेछस्, “ओहो, मैले पनि धेरैजसो तिनै शैलीहरू प्रयोग गर्ने रहेछु, म ती ख्रीष्टविरोधी र झूटा अगुवाहरूभन्दा त्यति फरक छैन।” तँलाई हृदयमा केही पछुतो हुनेछ, र तैँले यसो भन्‍नेछस्, “म मेरो हैसियत जोगाइराख्न र यो लज्जापन प्रकट गरिरहन सक्दिनँ,” अनि तैँले पाठ सिक्ने सङ्कल्प गर्नेछस्। अरूले तँलाई सम्‍मान गर्छन् गर्दैनन्, तैँले अरू मानिसहरूका कति समस्याहरू हल गर्न सक्छस्, कसैले तँलाई सुन्छन् सुन्दैनन्, वा कति मानिसहरूको हृदयमा तेरो लागि ठाउँ छ भन्‍नेतिर ध्यान दिन छोड्। यदि तेरो हृदयमा यस्ता कुराहरू सधैँ रहन्छन् भने, तँ विचलित र प्रभावित हुनेछस्, र तँसँग सत्यता पछ्याउने समय कम हुनेछ। तैँले ख्याति, लाभ र हैसियत प्राप्त गर्ने महत्त्वाकाङ्क्षा तथा चाहनाहरू पछ्याउनमा आफ्नो सीमित ऊर्जा र अमूल्य समय खर्चेको छस्। फलस्वरूप, तैँले सत्यता र जीवन प्राप्त गरेको छैनस्। तैँले हैसियत प्राप्त गरेको भए पनि र तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएका भए पनि, तैँले जीवन प्रवेश हासिल गरेको हुँदैनस्, बरु पवित्र आत्माको काम गुमाएको हुन्छस्। अनि यसको अन्तिम परिणाम के हुनेछ? तँलाई हटाइनेछ र दण्डित गरिनेछ। यस्तो किन हुन्छ? तैँले गलत मार्ग रोज्छस्। अनि, यदि तँ पावलको स्तरमा पुगेको छस् भने, तँलाई अन्त्यमा दण्डित गरिनेछ। तर यदि तँ पावलको स्तरमा पुगेको छैनस्, र तँ आफ्नो सही मार्गमा समयमै फर्कन्छस् भने, तेरो निम्ति छुटकाराको मौका र मुक्तिको आशा अझै रहन्छ।

परमेश्‍वरका विश्‍वासीहरूका जस्तोसुकै समस्याहरू भए पनि, चाहे ती हैसियत, लाभ र सम्पत्तिको खोजी हुन्, वा चाहे व्यक्तिगत महत्त्वाकाङ्क्षा तथा चाहनाहरूको पूर्ति हुन्, ती जेसुकै नै भए पनि, ती समस्याहरू सत्यताको खोजीमार्फत नै गर्नुपर्छ। कुनै समस्याले पनि सत्यतालाई छलेर अघि जान सक्दैन। कुनै पनि कुरा सत्यताबाट अलग हुँदैन। परमेश्‍वरमाथिको विश्‍वासमा सत्यताबाट टाढिनेबित्तिकै व्यक्तिको विश्‍वास खोक्रो हुन्छ। अरू कुराको पछि लागेर कुनै फाइदा छैन। कतिपय मानिसहरू प्रभावशाली र गौरवशाली कर्तव्यहरू निर्वाह गर्दै अरूलाई आफ्नो आदर र ईर्ष्या गर्ने तुल्याउन पाउँदा नै सन्तुष्ट हुन्छन्। के यो उपयोगी छ? यो तेरो अन्तिम परिणाम होइन, न त यो तेरो अन्तिम इनाम नै हो, र यो निश्‍चय नै तेरो गन्तव्य होइन। तसर्थ, तैँले जेसुकै कर्तव्य निभाए पनि, त्यो अस्थायी मात्र हो, त्यो शाश्‍वत होइन। यो तँलाई परमेश्‍वरले प्रदान गर्नुभएको कुनै अनुमोदन होइन, न त यो उहाँले तँलाई दिनुभएको इनाम नै हो। अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले निर्वाह गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र योग्य सिर्जित प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्। तैँले परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरूअनुसार परमेश्‍वरमा विश्‍वास गरेर मात्रै मुक्ति हासिल गर्न सक्छस्। यदि तैँले अस्पष्ट कुराहरूको खोजी गर्ने अर्को मार्ग भेट्टाइस्, र तैँले संयोगले सफलता पाउने कल्‍पना गर्छस् भने, तँ परमेश्‍वरलाई विरोध गर्ने र विश्वासघात गर्ने व्यक्ति होस्, र परमेश्‍वरले तँलाई अवश्य नै श्राप र दण्ड दिनुहुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्