कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३८)
कतिपय मानिसमा आफ्नो कर्तव्य निर्वाह गर्नहेतु व्यावसायिक ज्ञानको एकदमै कमी हुन्छ, र तिनीहरूलाई कुनै कुरा सिक्न धेरै गाह्रो हुन्छ, यस्तो किन भएको? किनभने उनीहरूमा कमजोर क्षमता हुन्छ। अत्यधिक कम क्षमता भएका मानिसहरू सत्यतासम्म पुग्न सक्दैनन्, र कुराहरू सजिलै सिक्न सक्दैनन्। तिनीहरूमध्ये धेरैजसोमा घातक कमीकमजोरी हुन्छन्; तिनीहरूमा विवेक वा समझ हुँदैन मात्र होइन, तर तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ पनि हुँदैन। तिनीहरूका आँखा निर्जीव र लोलाएका हुन्छन् अनि तिनीहरू ठ्याक्कै जनावरजस्तै भावशून्य हुन्छन्। तिनीहरू खान, पिउन र रमाइलो गर्न मात्र जान्दछन्, तिनीहरू अध्ययन गर्दैनन् वा तिनीहरूमा कुनै सीप हुँदैन। तिनीहरू सतही रूपमा मात्र कामकुरा सिक्छन्, र सतहबारे मात्रै जानकारी पाउँदा, आफूले बुझिसकेको ठान्छन्। अन्य कसैले अझै बुझाउन चाहेमा तिनीहरू सुन्न चाहँदैनन्, त्यसलाई अनावश्यक मान्छन्। तिनीहरू अरू कसैले भनेको कुनै कुरा सुन्दैनन् वा स्विकार्दैनन्, जसले गर्दा तिनीहरू कुनै कुरा पूरा गर्न सक्दैनन् र मूलतः तिनीहरू बेकार हुन्छन्। कमजोर क्षमताको हुनु नै घातक हो। यदि कुनै व्यक्तिमा खराब स्वभाव छ, नैतिकताको कमी छ, ऊ सल्लाह-सुझाव सुन्दैन, सकारात्मक कुरा स्वीकार गर्दैन, नयाँ कुरा सिक्न र अपनाउन चाहँदैन भने त्यस्तो व्यक्ति बेकारको हो! आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसमा विवेक र समझ हुनैपर्छ, उसले आफ्नो सीमा र कमीकमजोरी जान्नैपर्छ, र आफूमा केको कमी छ, र के सुधार गर्नुपर्छ, त्यो बुझ्नैपर्छ। तिनीहरूलाई सधैँ आफूमा धेरै कमी छन् र अध्ययन गरिएन र नयाँ कुरा स्विकारिएन भने हटाइएला भन्ने लाग्नैपर्छ। तिनीहरूलाई मनमा आसन्न सङ्कटको बोध भएमा, तिनीहरू कुराहरू सिक्न प्रेरित र इच्छुक हुन्छन्। एकातिर व्यक्तिले आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ भने अर्कोतिर आफ्नो कर्तव्य पालनसँग सम्बन्धित व्यावसायिक ज्ञान हासिल गर्नुपर्छ। तिनीहरूले यसरी अभ्यास गरेर उन्नति गर्न सक्छन्, र आफ्नो कर्तव्य निर्वाहले राम्रो परिणाम ल्याउनेछ। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दा र मानव स्वरूपअनुसार जिउँदा मात्र व्यक्तिको जीवन मूल्यवान् बन्छ, त्यसैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै सबैभन्दा अर्थपूर्ण कुरा हो। कतिपय मानिसमा खराब स्वभाव हुन्छ, र तिनीहरू अज्ञानी मात्र नभई अहङ्कारी पनि हुन्छन्। तिनीहरू सधैँ सोच्छन् कि, सबै कुराका सम्बन्धमा खोजी गर्दा र सधैँ अरूको कुरा सुन्दा अरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् र तिनीहरूको इज्जत गुम्नेछ र यसरी आफूलाई व्यवहारमा ढाल्नाले तिनीहरूको मर्यादा गुम्छ। वास्तवमा, यसको उल्टो हुन्छ। अहङ्कारी र आत्मधर्मी हुनु, केही नसिक्नु, सबै कुरामा पछि पर्नु र पुरानो पाराको हुनु, अनि ज्ञान, अन्तर्दृष्टि र विचारको कमी हुनुचाहिँ वास्तवमा लाजमर्दो कुरा हो, यस्तो हुँदा व्यक्तिले निष्ठा र मर्यादा गुमाउँछ। कतिपय मानिस कुनै कुरा राम्ररी गर्न सक्दैनन्, तिनीहरूमा आफूले सिक्ने हरकुराबारे आधारभूत बुझाइ हुन्छ, तिनीहरू केही सिद्धान्त मात्र बुझेर सन्तुष्ट हुन्छन् र आफूलाई योग्य ठान्छन्। तर अझै तिनीहरू कुनै कुरा पूरा गर्न सक्दैनन्, र केही ठोस परिणाम निकाल्दैनन्। यदि तैँले तिनीहरूलाई तिमीहरू केही बुझ्दैनौ र तिमीहरूले केही सम्पन्न गरेका छैनौ भनेर भनिस् भने, तिनीहरू विश्वस्त हुँदैनन् र आफ्नो कुराको तर्क दिइरहन्छन्। तर कार्य गर्दा तिनीहरू राम्ररी गर्दैनन् र अयोग्य हुन्छन्। यदि व्यक्तिले कुनै काम राम्ररी सम्हाल्न सक्दैन भने ऊ बेकामे हुँदैन र? के ऊ निकम्मा हुँदैन र? अत्यन्तै कम क्षमता भएका मान्छेहरूले सरलभन्दा सरल काम पनि राम्ररी सम्हाल्न सक्दैनन्। तिनीहरू निकम्मा हुन्छन् र तिनीहरूको जीवनको कुनै मूल्य हुँदैन। केही मानिस भन्छन्, “म शिक्षा वा ज्ञानविना नै गाउँमा हुर्केँ, र मेरो क्षमता कमजोर छ, म तिमीहरू सहरमा बस्ने मानिसहरू जस्तो छैनँ, तिमीहरू शिक्षित छौ, तिमीहरूमा ज्ञान छ, त्यसैले तिमीहरू सबै कुरामा अब्बल हुन सक्छौ।” के यो भनाइ सही हो त? (होइन।) यसमा के गलत छ? (व्यक्तिले केही हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको वातावरणसँग सम्बन्धित हुँदैन; यो मुख्य रूपमा, उसले सिक्ने र आफूलाई सुधार्ने कोसिस गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्छ।) परमेश्वर मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उनीहरू कत्तिको शिक्षित छन् वा कस्तो वातावरणमा जन्मे, वा कति प्रतिभाशाली छन् भन्ने कुरामा भर पर्दैन। बरु, उहाँ मानिसहरूलाई उनीहरूको सत्यताप्रतिको मनोवृत्तिको आधारमा व्यवहार गर्नुहुन्छ। यो मनोवृत्ति केसँग सम्बन्धित हुन्छ? यो उनीहरूको मानवतासँग, र साथै स्वभावसँग पनि सम्बन्धित हुन्छ। तँ परमेश्वरमा विश्वास गर्छस् भने तैँले सत्यतालाई सही ढङ्गले व्यवहार गर्न सक्नैपर्छ। यदि तँसँग विनम्र र सत्यता स्विकार्ने मनोवृत्ति छ भने, तँ अलिकति कमजोर क्षमताको भए पनि परमेश्वरले तँलाई अन्तर्दृष्टि दिएर केही प्राप्त गर्न सफल तुल्याउनुहुनेछ। यदि तँ राम्रो क्षमताको छस्, तर सधैँ अहङ्कारी र आत्मधर्मी हुन्छस्, आफूले भनेको सही र अरूले भनेको गलत भन्ने सोचिरहन्छस्, अरूले दिएका सल्लाह-सुझावहरू इन्कार गर्छस्, र जसरी सङ्गति गरिए पनि सत्यतालाई अस्वीकारसमेत गर्छस् र सधैँ यसको प्रतिरोध गर्छस् भने, के तँजस्तो व्यक्तिले परमेश्वरको अनुमोदन पाउन सक्छ? के तँजस्तो व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुनेछ? गर्नुहुनेछैन। परमेश्वरले तँसँग नराम्रो स्वभाव छ र तँ उहाँको अन्तर्दृष्टि पाउन लायक छैनस् भनी भन्नुहुनेछ, र यदि तैँले पश्चात्ताप गरिनस् भने, कुनै बेला तँसँग भएका कुराहरू पनि उहाँले खोस्नुहुनेछ। प्रकाश हुनु यही हो। यस्ता मानिसहरूले दयनीय जीवन जिउँछन्। तिनीहरू स्पष्ट रूपमा कोही पनि होइनन्, र सबै कुरामा अदक्ष छन्, तैपनि तिनीहरू आफूलाई असल, र सबै हिसाबमा अरूभन्दा राम्रो ठान्छन्। तिनीहरूले अरूको छेउमा आफ्ना अपूर्णता वा कमी कमजोरी वा नकारात्मकताबारे कहिल्यै छलफल गर्दैनन्। तिनीहरू सधैँ सक्षम भएको नाटक गरिरहेका हुन्छन् र अरूलाई झूटो छवि प्रस्तुत गरेर आफू सबै कुरामा माहिर भएको, आफूमा कुनै कमजोरी नभएको, आफूलाई कुनै सहयोग नचाहिने, आफूले अरूको विचार सुन्नु नपर्ने, आफ्ना कमीकमजोरीलाई परिपूर्ति गर्न अरूको सामर्थ्यबाट सिक्नु नपर्ने र आफू सधैँ अरूभन्दा उत्तम नै रहिरहने भनी सोच्ने तुल्याउन प्रयास गरिरहेका हुन्छन्। यो कस्तो प्रकारको स्वभाव हो? (अहङ्कार।) कति अहङ्कार! यस्ता मानिसहरू दयनीय जीवन जिउँछन्! के तिनीहरू साँच्चै सक्षम छन् त? के तिनीहरू साँच्चै कामकुरा सम्पन्न गर्न सक्छन् त? तिनीहरूले विगतमा धेरै कुराहरू बिगारेका थिए, तर पनि यस्ता मानिसहरूलाई जे पनि गर्न सक्छु जस्तो लाग्छ। के यो अति असमझदारीपूर्ण हुँदैन र? यो हदै समझ नहुने मानिसहरू त अन्योलमा परेका मानिसहरू नै हुन्। यस्ता मानिसहरू नयाँ कुरा सिक्ने वा नयाँ कुरा स्विकार्ने गर्दैनन्। तिनीहरू भित्रभित्रै सुकिसकेका, सङ्कीर्ण, अनि दरिद्र हुन्छन्, र परिस्थिति जस्तोसुकै भए तापनि तिनीहरू सिद्धान्तहरूलाई पत्ता लगाएर बुझ्न वा परमेश्वरका अभिप्राय बुझ्न असफल हुन्छन्, अनि नियममा टाँसिरहन, वचन र सिद्धान्तहरू बोल्न र धाक देखाउन मात्र जान्दछन्। परिणामस्वरूप तिनीहरू कुनै पनि सत्यता बुझ्दैनन् र तिनीहरूमा रत्तिभर सत्यता वास्तविकता हुँदैन, तैपनि तिनीहरू अत्यन्तै अहङ्कारी नै रहन्छन्। तिनीहरू केवल अन्योलमा परेका, कुनै पनि तर्क फिटिक्कै नस्विकार्ने मानिस हुन् र हटाइन मात्रै सक्छन्।
जब तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरू अरूलाई बोल्न दिन सक्छौ? (म केही मात्रामा गर्न सक्छु। पहिले, प्रायजसो म दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनथेँ र आफ्नै तरिकाले काम गर्न जिद्दी गर्थेँ। पछि म गलत छु भन्ने कुरा तथ्यले प्रमाणित गरेपछि मात्रै, मैले तिनीहरूको धेरैजसो सुझाव सही थिए, सबैले छलफल गरेको समाधान नै उचित थियो, र मैले आफ्नै दृष्टिकोणमा भर परेर कुराहरू स्पष्टसँग देख्न सकिनँ र ममा कमी थियो भन्ने थाहा पाएँ। यो अनुभव गरेपछि, सद्भावपूर्ण सहकार्य गर्नु कति महत्त्वपूर्ण छ भन्ने मैले महसुस गरेँ।) अनि तैँले यसबाट के देख्न सक्छस्? यो अनुभव गरेपछि, के तैँले केही लाभ प्राप्त गरिस्, र सत्यता बुझिस्? के तिमीहरूलाई कोही सिद्ध छ भन्ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई पहिचान गर्नैपर्छ, यो तथ्य हो र मानिसहरूमा आफ्नो योग्यता र सामर्थ्य वा अपूर्णताहरूलाई सही तरिकाले व्यवहार गर्न हुनुपर्ने मनोवृत्ति हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्भावमा रही काम गर्न सक्ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यता वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूको सबल पक्ष प्रयोग गर्दै तिनीहरूसँग सद्भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्वरको आशिष् पाउनेछस्। यदि तैँले सधैँ आफूलाई निकै सिपालु रहेको र अरूलाई तुलनात्मक रूपमा खराब रहेको ठान्छस् भने, र तँ सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छस् भने, यो समस्यापूर्ण हुनेछ। यो स्वभावसम्बन्धी समस्या हो। के त्यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी हुँदैनन् र? मानौँ, तँलाई कसैले राम्रो सल्लाह दिन्छ, तर तँलाई त्यो सल्लाह स्विकारियो भने तिनीहरूले तँलाई तुच्छ ठान्न, र तँ तिनीहरू जत्तिकै राम्रो नभएको सोच्न सक्छन् भन्ने लाग्छ। त्यसैले बस तँ तिनीहरूको कुरा नसुन्ने निर्णय गर्छस्। बरु तँ तिनीहरूले तँलाई महान् मानिरहून् भनेर तिनीहरूलाई ठूल्ठूला कुराहरू गरेर ओझेलमा पार्न खोज्छस्। यदि तँ मानिसहरूसँग सधैँ यसरी नै अन्तरक्रिया गर्छस् भने, के तिनीहरूसँग सामञ्जस्यताका साथ सहकार्य गर्न सक्छस्? तैँले सामञ्जस्यताका साथ काम गर्न नसक्ने मात्र होइन, परिणामहरू पनि नकारात्मक हुनेछन्। समय बित्दै जाँदा, सबैले तँलाई अत्यन्तै कपटी र छली, बुझ्नै नसकिने व्यक्ति ठान्नेछन्। तँ सत्यता अभ्यास गर्दैनस्, र इमानदार व्यक्ति होइनस्, त्यसैले अरू मानिस तँबाट विकर्षित हुन्छन्। यदि सबै मानिस तँबाट विकर्षित भए भने के यसको अर्थ तँ त्यागिएको होइन र? मलाई भन्, सबैले अस्वीकार गर्ने व्यक्तिलाई परमेश्वरले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले पनि यस्तो व्यक्तिलाई घृणा गर्नुहुनेछ। परमेश्वर यस्ता मानिसहरूलाई किन घृणा गर्नुहुन्छ? तिनीहरूको कर्तव्य निभाउने मनसाय साँचो भए पनि, परमेश्वर तिनीहरूको तौरतरिकालाई घृणा गर्नुहुन्छ। परमेश्वरको नजरमा तिनीहरूले प्रकट गर्ने स्वभाव अनि तिनीहरूको हरेक सोच, विचार र अभिप्राय दुष्ट हुन्छ, र ती कुरा परमेश्वरले तिरस्कार गर्ने र घिनाउने कुराहरू हुन्। अरूको नजरमा आफूलाई महान् तुल्याउने उद्देश्यले आफ्नो बोली र काममा सधैँ घिनलाग्दा युक्तिहरू प्रयोग गर्ने मानिसहरूको व्यवहारलाई परमेश्वर घृणा गर्नुहुन्छ।
मानिसहरूले परमेश्वरसामु आफ्नो कर्तव्य वा कुनै काम गर्दा तिनीहरूको हृदय शुद्ध हुनैपर्छ: यो ताजा पानीजस्तै—सङ्लो, शुद्ध हुनैपर्छ। त्यसोभए कस्तो प्रकारको मनोवृत्ति सही हो त? सही मनोवृत्ति भनेको तैँले जेसुकै गरिरहेको भए तापनि, तँ अरूसँग आफ्नो हृदयमा भएका जस्तासुकै कुरा, आफ्ना जस्तासुकै विचारबारे सङ्गति गर्न सक्षम हुनु हो। यदि कसैले तेरो कार्यशैलीले काम गर्दैन भनेर अर्कै विचार राख्यो, र तँलाई त्यो विचार राम्रै लाग्यो भने, तँ आफ्ना तरिकाहरू छोडेर तिनीहरूले सोचेअनुसार कार्यहरू गर्छस्। त्यसो गर्दा, सबैले तँ अरूका सुझावहरू स्विकार्न, सही मार्ग रोज्न, सिद्धान्तअनुसार, अनि पारदर्शिता र स्पष्टसँग काम गर्न सक्छस् भन्ने देख्छन्। तेरो हृदय कालो छैन, तँ इमानदार मनोवृत्तिमा भरपर्दै, निष्कपट रूपमा काम गर्छस् र बोल्छस् भनी सबैले देख्नेछन्। तैँले कालोलाई कालो भन्छस्। होलाई हो र होइनलाई होइन भन्छस्। तँमा कुनै छलहरू, कुनै गोप्यता हुँदैन, तँ एक अति नै पारदर्शी व्यक्ति हुन्छस्। के यो एक प्रकारको मनोवृत्ति होइन र? यो मानिसहरू, घटनाहरू र मामिलाहरूप्रति हुने मनोवृत्ति हो र यसले व्यक्तिको स्वभाव प्रतिनिधित्व गर्छ। अर्कोतिर, हुन सक्छ, कुनै व्यक्ति कहिल्यै पनि खुलस्त हुँदैन, र उसले आफूले सोचेका कुराहरू अरूलाई कहिल्यै बताउँदैन। अनि उसले आफूले गर्ने सबै कुरामा कसैसँग पनि कहिल्यै परामर्श लिँदैन, बरु त्यसको साटो अरूप्रति हृदय बन्द राख्छ, यस्तो लाग्छ, ऊ हरेक मोडमा एकैनास अरूसित सतर्क रहन्छ। उसले सकेसम्म आफूलाई बलियोसँग लुकाउँछ। के यो कपटी व्यक्ति होइन र? उदाहरणका लागि, उसलाई आफ्नो एउटा विचार उत्तम लाग्छ, र उसले यस्तो सोच्छ, “म अहिलेलाई यो आफैसँग राख्छु। यदि मैले यो विचार बताएँ भने, तिमीहरूले यसलाई प्रयोग गर्न सक्नेछौ र मेरो गर्जन चोर्न सक्नेछौ र म त्यो हुनै दिन्नँ। म यसलाई रोकेर राख्छु।” अथवा यदि त्यहाँ उसले पूर्ण रूपमा नबुझेको कुनै कुरा छ भने यस्तो सोच्नेछ: “म अब बोल्दिनँ। यदि म बोलेँ भने, र कसैले मेरोभन्दा पनि अझ उच्च कुरा भन्यो भने के हुन्छ, के म एक मूर्खजस्तो देखिन्नँ र? सबै जनाले मेरो रूप छर्लङ्गै देख्नेछन्, यसमा मेरो कमजोरी देख्नेछन्। मैले केही भन्नु हुँदैन।” विचार-विमर्श, अन्तर्निहित आशयलाई जस्तो सुकै भए पनि, ऊ सबैले आफ्नो वास्तविकता छर्लङ्गै देख्नेछन् भनी डराउँछ। ऊ सधैँ यस प्रकारको दृष्टिकोण र मनोवृत्तिसाथ आफ्नो कर्तव्य निभाउँछ र मानिस, घटना र कामकुराहरूलाई व्यवहार गर्छ। यो कस्तो प्रकारको स्वभाव हो त? यो त एक कुटिल, छली र दुष्ट स्वभाव हो। सतही रूपमा हेर्दा, उसले आफूले बताउन सक्ने भनी विश्वास गरेको सबै कुरा अरूलाई बताएको जस्तो देखिन्छ, तर भित्री रूपमा भने, उसले केही कुरा लुकाउँछ। उसले के लुकाउँछ त? उसले कहिल्यै पनि आफ्नो प्रतिष्ठा र रुचिहरूसँग सम्बन्धित कुराहरू गर्दैन—उसले यी कुराहरू निजी हुन् भन्ने सोच्छ र यी बारे कसैसँग कुराकानी गर्दैन, चाहे त्यो उसका आमाबाबु नै किन नहोऊन्। उसले कहिल्यै पनि यी कुराहरू भन्दैन। यो समस्या हो! तँलाई के लाग्छ, तैँले यी कुराहरू भनिनस् भने परमेश्वरलाई तीबारे थाहा हुनेछैन? मानिसहरू परमेश्वरलाई थाहा हुन्छ त भन्छन्, तर के तिनीहरू परमेश्वरलाई थाहा हुन्छ भनेर हृदयमा पक्का हुन सक्छन् त? मानिसहरू “परमेश्वरलाई सबै कुरा थाहा छ; मैले हृदयमा सोच्ने कुरा, प्रकट नगरे पनि, परमेश्वर गोप्य रूपमा जाँच गर्नुहुन्छ, परमेश्वरलाई पक्कै थाहा छ। म परमेश्वरबाट केही लुकाउन सक्दिनँ, त्यसैले मैले त्यो कुरा बोल्नैपर्छ, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खुलेर सङ्गति गर्नैपर्छ। मेरा विचार-धारणाहरू असल वा खराब जे भए पनि मैले साँचो रूपमा ती भन्नैपर्छ। म कुटिल, छली, स्वार्थी वा घिनलाग्दो व्यक्ति हुनु हुँदैन—म इमानदार व्यक्ति हुनैपर्छ।” भनेर कहिल्यै महसुस गर्दैनन्। यदि मानिसहरू यसरी सोच्न सक्छन् भने, यो सही मनोवृत्ति हो। धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै स्वार्थ, इज्जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई उच्च मानेर हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, लगभग सबै मानिसहरूले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्च प्रतिभाका हुन्छन्, निश्चय नै तिनीहरू आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्, अरूले आफूलाई नीच नमानुन् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ पछ्याएको इज्जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरू यसबारे सचेत नै छैनन्। उनीहरू इज्जतको टुक्रालाई आखिरीसम्म समातेर राख्नुपर्छ भनी विश्वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैँ केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैँ आफ्नो इज्जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै मिथ्या प्रतिरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्न छोड्छस्, जब इज्जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले, अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र अझ बढी तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्ने कुरालाई नियन्त्रण गर्न छोड्छन्—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।