कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३७)

आफ्नो कर्तव्य निर्वाह गर्नु कुन-कुन मुख्य सिद्धान्तहरूमा आधारित छ? व्यक्तिले परमेश्‍वरको घरका मानक, सिद्धान्त र मागहरूअनुसार कार्य गर्नैपर्छ, सत्यताबमोजिम अभ्यास गर्नैपर्छ, अनि परमेश्‍वरको वचन र सत्यता प्रयोग गरेर, अनि परमेश्‍वरको घरको काम र हितको सुरक्षालाई सिद्धान्त मानेर पूरा हृदय र सामर्थ्यले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। त्यसोभए मानिसहरूले सामान्यतया आफ्ना लागि कसरी कार्य गर्छन्? तिनीहरू मनपरी गर्छन्, आफ्ना कार्यहरूमा आफ्नै हितलाई प्राथमिकता दिएर तिनलाई अरू सबै कुराभन्दा माथि राख्छन्। तिनीहरू जे आफ्नो हितमा हुन्छ त्यही गर्छन्, आफ्नो स्वार्थी देहगत चाहना पूरा गर्न मात्र कार्य गर्छन् अनि न्याय, विवेक र समझबारे अलिकति पनि विचार गर्दैनन्; यस्ता कुरा तिनको हृदयमा नै हुँदैन। तिनीहरू शैतानी स्वभावलाई मात्र पछ्याउँछन् अनि मानिसको प्राथमिकताअनुसार कार्य गर्छन्, जहाँ पनि षड्यन्त्र रच्दै शैतानी दर्शनअनुसार जिउँछन्। यो कस्तो खाले जिउने तरिका हो? यो शैतानको जिउने तरिका हो। परमेश्‍वरलाई पछ्याउँदा अनि आफ्नो कर्तव्य निर्वाह गर्दा व्यक्तिले सत्यता सिद्धान्तअनुसार कार्य गर्नुपर्छ, र उसमा कम्तीमा पनि विवेक र समझ हुनैपर्छ—यो न्यूनतम मापदण्ड हो। कतिपय मानिस भन्छन्: “आज म खराब मुडमा छु, त्यसैले यस मामिलामा सतही हुन चाहन्छु।” के यसरी कामकुरा गर्नु विवेकपूर्ण हुन्छ? (हुँदैन।) के तिमीहरू सतही हुन चाहेका बेला यसबारे सचेत हुन्छौ? (हुन्छौँ।) के तिमीहरू यसबारे सचेत नहुने क्षणहरू पनि हुन्छन्? (हुन्छन्।) त्यसोभए के तिमीहरू यस्तो भइसकेपछि आफैलाई जाँच्न र यो कुरा पत्ता लगाउन सक्छौ? (थोरबहुत सक्छौँ।) तिमीहरूले आफू सतही भएको पत्ता लगाइसकेपछि अर्को पटक तिमीहरूलाई त्यस्तै झारा टार्ने विचार आउँदा के तिमीहरू ती विचारविरुद्ध विद्रोह गर्न र तिनलाई समाधान गर्न सक्छौ? (म यी विचारबारे सचेत हुँदा, तीविरुद्ध थोरबहुत विद्रोह गर्न सक्छु।) तैँले हरेक पटक आफ्नो विचार र चाहनाविरुद्ध विद्रोह गर्दा एउटा लडाइँ हुन्छ, र यदि यस लडाइँको अन्त्यमा तेरा स्वार्थी चाहनाहरूले जिते भने तैँले जानीजानी परमेश्‍वरको विरोध गरेको हुनेछस् र तँ खतरामा पर्नेछस्। मानौँ तैँले १० वर्ष परमेश्‍वरमा विश्‍वास गरिस्, अनि पहिलो तीन वर्ष जसोतसो गर्दै सम्हालिस् र धेरथोर उत्साही पनि भइस्, तर तीन वर्षपछि तैँले के बुझिस् भने परमेश्‍वरमा विश्‍वास गर्दा सत्यताको अभ्यास र सत्यता वास्तविकतामा प्रवेश गर्नैपर्छ र आफ्नो देहविरुद्ध विद्रोह गर्नैपर्छ। त्यसपछि, अलिअलि गर्दै तैँले आफ्नो भ्रष्टता र द्वेष अनि आफ्नो दुष्ट र अहङ्कारी स्वभावलाई चिन्न थाल्छस्, र त्यति बेलासम्म तैँले आफूलाई साँचो रूपमा चिन्छस्—तैँले आफ्नो भ्रष्ट सारलाई चिन्छस्। तँलाई सत्यता स्विकार्न एकदमै आवश्यक छ अनि आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नु निकै महत्त्वपूर्ण कुरा हो भन्‍ने महसुस हुन्छ, र यसबेला मात्र तँलाई सत्यता वास्तविकता नहुनु एकदम दयनीय हो भन्‍ने महसुस हुन्छ। हरेक पटक तिनीहरूको भ्रष्टता प्रकट हुँदा तिनीहरूको हृदयमा लडाइँ चले पनि, यी हरेक लडाइँमा तिनीहरू आफ्ना स्वार्थी चाहनाहरूलाई पराजित गर्न असफल हुन्छन् र अझै पनि आफ्ना प्राथमिकताअनुसार नै कार्य गर्छन्। वास्तवमा, तिनीहरूको हृदयमा शैतानको स्वभावले अझै पनि हुकुमत चलाइरहेको छ, तसर्थ सत्यता अभ्यास गर्न कठिन छ भन्‍ने तिनीहरू आफैलाई राम्रोसँग थाहा हुन्छ। यसले तिनीहरूसँग कुनै सत्यता वास्तविकता छैन भन्‍ने पुष्टि गर्छ अनि तिनीहरूले अन्त्यमा मुक्ति पाउन सक्नेछन् वा छैनन् भन्न एकदम गाह्रो हुन्छ। यदि तँ साँच्चै इच्छा गर्छस् भने तैँले बुझेका सत्यताहरू अभ्यास गर्नुपर्छ र तैँले यी सत्यता अभ्यास गर्दा जुनसुकै भ्रष्ट स्वभावले बाधा पुऱ्याए पनि, तैँले सधैँ परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता खोज्नुपर्छ, तिनका विरुद्ध लड्ने अनि आफ्नो देहविरुद्ध विद्रोह गर्ने साहस गर्नुपर्छ। यदि तँमा यस्तो विश्‍वास छ भने तैँले सत्यता अभ्यास गर्न सक्छस्। तँ कहिलेकाहीँ असफल भए पनि निरुत्साहित हुनेछैनस् र शैतानमाथि विजय पाउनका निम्ति अझै पनि परमेश्‍वरको प्रार्थना र आदर गर्नमा भर पर्न सक्नेछस्। यसरी केही वर्ष लडाइँ लडिसकेपछि तैँले आफ्नो देहमाथि विजय पाउने र सत्यता अभ्यास गर्ने क्षणहरू बढ्नेछन्, र तँ असफल हुने क्षणहरू बिस्तारै घट्नेछन्, अनि कहिलेकाहीँ तँ असफल भइस् भने पनि नकारात्मक हुनेछैनस् र सत्यता अभ्यास गर्न सक्ने नहुञ्जेल परमेश्‍वरलाई प्रार्थना र आदर गरिरहनेछस्। यसको अर्थ के हुनेछ भने तेरो अझै पनि केही बिग्रिसकेको छैन, बादलहरू हटेका छन् र तैँले नीलो आकाश देख्न सक्छस्। यदि तँ सत्यता अभ्यास गर्दा कहिलेकाहीँ भए पनि सफल हुन्छस् भने, यसले तँ इच्छा भएको र मुक्ति पाउने सम्भावना भएको व्यक्ति होस् भन्‍ने पुष्टि गर्छ। सत्यता पछ्याउने मानिसहरू सत्यता अभ्यास गर्दा धेरै असफलताहरूबाट गुज्रिसकेपछि मात्र अन्ततः सत्यता वास्तविकतामा प्रवेश गर्छन्। कोही जति नै पटक असफल भए पनि, र जति नै नकारात्मक भए पनि, तिनीहरूले परमेश्‍वरमा भर पर्न र उहाँतिर हेर्न सकुञ्जेल तिनीहरू सफल हुने क्षणहरू सधैँ आउनेछन्। तिनीहरू जति नै पटक बारम्बार असफल भए पनि, तिनीहरूले हार नमानेसम्म तिनीहरूको अझै पनि केही बिग्रिसकेको हुनेछैन। तिनीहरूले सत्यता अभ्यास गर्न सक्ने, सिद्धान्तहरूअनुसार कार्य गर्न सक्ने, मुख्य मामिलाहरूमा—विशेषगरी तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने सम्बन्धमा शैतानसँग सम्झौता नगर्ने—र आफ्नो कर्तव्यलाई नलत्याउने र त्यसका साथै आफ्नो गवाहीमा पनि दृढ भएर उभिने दिन आएपछि, तिनीहरूले मुक्ति पाउने सम्भावना पक्कै हुन्छ।

तिमीहरू हरेक पटक सत्यता अभ्यास गर्दा आन्तरिक लडाइँबाट गुज्रनेछौ। के तिमीहरूमध्ये कसैले पनि लडाइँको अनुभव नै नगरी सत्यता अभ्यास गरेका छौ? बिलकुलै छैनौ। कुनै व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गरिसकेको छ अनि उसले खासै कुनै भ्रष्ट स्वभाव प्रकट गर्दैन भने मात्र उसले भीषण लडाइँहरू लड्नपर्ने हुँदैन। तर, कुनै विशेष परिस्थिति अनि निश्चित सन्दर्भहरूमा ऊ पनि अलिकति लडाइँ लडिरहेको हुन्छ। भन्नुको अर्थ, व्यक्तिले जति धेरै सत्यता बुझ्छ, उसले त्यति नै थोरै लडाइँ लड्छ, र जति थोरै सत्यता बुझ्छ, उसले त्यति नै धेरै लडाइँ लड्छ। विशेषगरी नयाँ विश्‍वासीहरूले हरेक पटक सत्यता अभ्यास गर्दा तिनीहरूको हृदयमा हुने लडाइँहरू एकदमै भीषण हुन्छन्। ती लडाइँ किन भीषण हुन्छन्? किनकि मानिसहरूको आफ्नो प्राथमिकता र देहगत रोजाइहरू मात्र नभई वास्तविक समस्याहरूका साथै तिनीहरूलाई पछि पारिरहने भ्रष्ट स्वभावहरू पनि हुन्छन्। तैँले बुझ्ने सत्यताको हरेक पक्षका लागि तैँले तँलाई बाधा पुऱ्याइरहेका यी चार पक्षहरूसँग लड्नैपर्छ, अर्थात् तैँले सत्यतालाई अभ्यासमा लागु गर्न सक्नुभन्दा पहिले कम्तीमा पनि यी तीन वा चार अवरोधहरूबाट भएर गुज्रनुपर्छ। के तिमीहरूसँग आफ्ना भ्रष्ट स्वभावहरूसँग लगातार लडिरहने यो अनुभव छ? जब तिमीहरूले सत्यता अभ्यास अनि परमेश्‍वरको घरको हितको सुरक्षा गर्नुपर्छ, तब के तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूको बन्धनलाई परास्त गरेर सत्यताको पक्षमा उभिन सक्छौ? उदाहरणका लागि, तँलाई कसै एक अर्को व्यक्तिसँग मण्डलीलाई पखाल्ने काममा सहकार्य गर्न लगाइएको छ, तर ऊ सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरले मानिसलाई यथासम्भव धेरै मुक्ति दिनुहुन्छ, अनि हामीले मानिसलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ र तिनीहरूलाई पश्चात्ताप गर्ने अवसर दिनुपर्छ भनी सङ्गति गर्छ। तैँले उसको सङ्गतिमा केही गडबडी छ भन्‍ने चाल पाउँछस्, र उसले बोल्ने शब्दहरू सहीजस्तो लागे पनि तैँले विस्तृत विश्लेषण गर्दा उसले अभिप्राय र लक्ष्यहरू पालेको छ, कसैलाई चिढ्याउन इच्छुक छैन, अनि कामका बन्दोबस्तहरू पूरा गर्न चाहँदैन भन्‍ने पत्ता लगाउँछस्। उसले यसरी सङ्गति गर्दा सानो कद भएका अनि नासमझ मानिसहरूलाई बाधा पुग्नेछ, तिनीहरूले असैद्धान्तिक तवरले मनपरी रूपमा प्रेम देखाउनेछन्, अरूलाई बुझ्न ध्यान पुऱ्याउनेछैनन्, र ख्रीष्टविरोधी, दुष्ट मानिस र अविश्‍वासीहरूको खुलासा गर्नेछैनन् वा तिनीहरूबारे खबर गर्नेछैनन्। यो मण्डलीलाई पखाल्ने काममा बाधा पुर्‍याउनु हो। यदि ख्रीष्टविरोधी, दुष्ट मानिस र अविश्‍वासीहरूलाई समयमै पखाल्न सकिएन भने, यसले परमेश्‍वरका चुनिएका जनहरूले उहाँको वचन सामान्य रूपमा खाने र पिउने अनि तिनीहरूले सामान्य रूपमा कर्तव्य निर्वाह गर्ने काममा असर पार्नेछ, र विशेषगरी मण्डलीको कामलाई बाधा र अवरोध पुऱ्याउनका साथै परमेश्‍वरको घरको हितलाई हानि गर्नेछ। यस्तो समयमा, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले समस्या देख्दा दृढ भएर त्यस व्यक्तिको खुलासा गर्नैपर्छ; तैँले उसलाई रोकेर मण्डलीको कामको रक्षा गर्नैपर्छ। तँ सोच्लास्: “हामी काममा साझेदार हौँ। यदि मैले उसको सिधै खुलासा गरेँ र उसले त्यो स्विकारेन भने हाम्रो झगडा पर्नेछैन र? होइन, म यतिकै बोल्न हुँदैन, मिलाएर मात्र बोल्नुपर्छ।” त्यसैले तँ उसलाई सामान्य रूपमा सम्झाउँछस् र केही उपदेश दिन्छस्। तेरो कुरा सुनेपछि उसले त्यो स्विकार्दैन अनि तेरो खण्डन गर्न नानाथरी कारणहरू बोक्छ। यदि उसले त्यो स्विकारेन भने परमेश्‍वरको घरको कामले हानि बेहोर्नेछ। तैँले के गर्नुपर्छ त? तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् र भन्छस्: “परमेश्‍वर, कृपया यसको बन्दोबस्त मिलाउनुहोस् र यसलाई योजनाबद्ध गर्नुहोस्। उसलाई ताडना दिनुहोस्—मैले गर्न सक्ने केही पनि छैन।” तँ उसलाई रोक्न सक्दैनस् भनी सोच्छस् र उसलाई अनियन्त्रित छाडिदिन्छस्। के यो जिम्मेवार व्यवहार हो? के तैँले सत्यता अभ्यास गरेको छस् त? यदि तँ उसलाई रोक्न सक्दैनस् भने किन यो कुरा अगुवा र कामदारहरूलाई बताउँदैनस्? तँ किन यस मामिलालाई भेलामा लगेर सबैलाई यसबारे सङ्गति र छलफल गर्न दिँदैनस्? यदि तैँले यसो गरिनस् भने के तैँले पछि आफूलाई साँच्चै दोष दिने थिइनस् र? यदि तँ, “म यसलाई मिलाउन सक्दिनँ, त्यसैले बरु नदेखेझैँ गर्नेछु। मेरो विवेक सफा रहन्छ” भन्छस् भने तेरो हृदय कस्तो छ? यो अरूलाई साँचो रूपमा प्रेम गर्ने हृदय हो कि हानि पुऱ्याउने हृदय हो? तेरो हृदय एकदम क्रूर छ, किनकि तँमाथि केही आइपर्दा, तँ अरूलाई चिढ्याउनदेखि डराउँछस् र कुनै सिद्धान्त पालन गर्दैनस्। वास्तवमा, यस व्यक्तिले यसरी व्यवहार गर्नुमा उसको आफ्नै लक्ष्य छ र तैँले यस मामिलाबारे उसको कुरा सुन्नु हुँदैन भन्‍ने तँलाई राम्रोसँग थाहा छ। तर, तैँले दृढ रूपमा सिद्धान्तहरूको पालन गर्न र उसले अरूलाई बहकाउनबाट रोक्न सक्दैनस्, जसले अन्ततः परमेश्‍वरको घरको हितलाई हानि गर्छ। के यसपछि तैँले आफूलाई अलिकति पनि दोष दिने थिइस् र? (दिनेथेँ।) के तैँले आफूलाई दोष दिएर भएको हानि फिर्ता गर्न सक्छस् र? त्यो हानि फिर्ता गर्न सकिँदैन। त्यसपछि, तँ फेरि सोच्छस्: “मैले आफ्नो जिम्मेवारी पूरा गरिसकेकै छु भन्‍ने परमेश्‍वरलाई थाहा छ। परमेश्‍वरले मानिसको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ।” यी कस्ता शब्द हुन्? यी मानिस र परमेश्‍वर दुवैलाई ठग्ने कपटी, दुष्ट शब्द हुन्। तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस् अनि अझ तिनलाई टार्ने कारण र बहाना खोज्छस्। यो छली र हठी व्यवहार हो। के यस्तो व्यक्तिमा परमेश्‍वरप्रति कुनै इमानदारी हुन्छ र? के उसमा इन्साफको बोध हुन्छ र? (हुँदैन।) यो अलिकति पनि सत्यता नस्विकार्ने, शैतानकै श्रेणीको व्यक्ति हो। जब तँलाई केही आइपर्छ, तँ संसारसँग व्यवहार गर्ने दर्शनअनुसार जिउँछस्, र सत्यता अभ्यास गर्दैनस्। तँलाई सधैँ अरूलाई चिढ्याउँछु भन्‍ने डर लाग्छ, तर परमेश्‍वरलाई चिढ्याउँछु भन्‍ने डर लाग्दैन, र अन्तर्वैयक्तिक सम्‍बन्धहरू जोगाउन तैँले परमेश्‍वरको घरका हितहरूसमेत बलि चढाउँछस्। यसरी व्यवहार गर्नुका परिणामहरू के हुन्छन्? तैँले सधैँ आफ्‍ना अन्तर्वैयक्तिक सम्‍बन्धहरू त राम्ररी जोगाउनेछस्, तर तैँले परमेश्‍वरलाई चिढ्याएको हुनेछस्, र उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ, र उहाँ तँदेखि क्रोधित हुनुहुनेछ। समग्रमा, कुन राम्रो हो? यदि यो कुरा बताउन सक्दैनस् भने, तँ पूर्ण रूपमा भ्रमित छस्; यसले तैँले अलिकति पनि सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि यो कुरा महसुसै नगरी तँ यसरी नै अघि बढिरहन्छस् भने खतरा वास्तवमै निकै ठूलो हुन्छ, र तैँले अन्त्यमा सत्यता प्राप्त गर्न सकिनस् भने नोक्‍सानी बेहोर्ने तँ नै हुनेछस्। यस विषयमा, यदि तैँले सत्यता खोजी गर्दैनस्, र तँ असफल हुन्छस् भने, के भविष्यमा तँ सत्यता खोजी गर्न सक्षम हुनेछस्? यदि तँ अझै त्यसो गर्न सक्दैनस् भने, त्यो अब घाटाको मात्रै कुरा हुनेछैन—अन्त्यमा तँलाई हटाइनेछ। यदि तँसँग “मान्छे खुसी पारिहिँड्ने व्यक्ति” का उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, सबै कुरामा तँ सत्यताको अभ्यास र सिद्धान्त पालना गर्न असमर्थ हुनेछस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिँदैनस् र कहिल्यै सत्यताको खोजी गर्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसो भए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र मुक्तिका लागि बिन्ती गर्दै र उहाँसित आफूलाई दृढतापूर्वक सिद्धान्तहरू पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्‍हाल्‍न, आफू खडा हुनुपर्ने स्थानमा दृढ भएर खडा हुन, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्‍वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्दै उहाँलाई पुकार्नुपर्छ। यदि तैँले आफ्‍नो आत्म-हित, घमण्ड, र “मान्छे खुसी पारिहिँड्ने व्यक्ति” को दृष्टिकोणविरुद्ध विद्रोह गर्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू बचाउँदै, कहिल्यै सत्यता अभ्यास नगरी, दृढतापूर्वक सिद्धान्तहरू पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग अझै कुनै विश्‍वास वा शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यता वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्‍ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसो भए तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो जीवनको आधार बन्छ भने, तैँले सत्यता र जीवन पाउनेछस्, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्