अन्य विषयसम्बन्धी वचनहरू (अंश ९५)

तैँले आफ्नो कर्तव्य निभाउँदा कडा मेहनत गरेर मात्र पुग्दैन, त्यसमा आफ्नो हृदय पनि लगाउनुपर्छ। तैँले पूरै प्रयास लगाउने एकमात्र तरिका भनेको आफ्नो सारा हृदयले त्यो काम गर्नु हो। यदि तेरो हृदय त्यसमा लागेको छैन भने, तैँले आफ्नो पूरै प्रयास लगाएको छैनस्। यदि तँ आफ्नो भएभरको शक्ति मात्र लगाउँछस् तर सारा हृदय लगाउँदैनस् भने, तँ आफ्नो हृदय त्यसमा नलगाई कडा मेहनत मात्र गरिरहेको हुन्छस्। आफ्नो कर्तव्य निभाउने यो तरिका परमेश्‍वरलाई स्वीकार्य हुँदैन। तैँले कर्तव्य निभाउँदा, आफ्नो सारा हृदय, शक्ति र मनद्वारा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दो कोसिस गर्नुपर्छ। यदि तँ आफ्नो आधा शक्ति मात्र लगाउँछस् र बाँकी आफैसित राख्छस्, अनि “म थकित हुन चाहन्नँ; आफूलाई थकित पारेपछि मेरो भरणपोषण कसले गर्नेछ?” भनी सोच्छस् भने, के यो सही मनोवृत्ति हो? (होइन।) के तैँले यस्तो मानसिकताले आफ्नो कर्तव्य निर्वाह गरिस् भने घाटा बेहोर्नेछस्? (बेहोर्नेछु।) कस्तो घाटा? (परमेश्‍वरले मलाई घृणा गर्नुहुनेछ, र मैले बिस्तारै पवित्र आत्माको काम गुमाउनेछु।) पवित्र आत्माको काम गुमाउनु घाटा हो। यदि मानिसहरू पवित्र आत्माको कामविना नै परमेश्‍वरमा वर्षौँ विश्‍वास गर्छन् भने, तिनीहरूको घाटा यति ठुलो हुनेछ कि तिनीहरूले केही पनि प्राप्त गर्नेछैनन्। त्यो तिनीहरूले व्यर्थमा विश्‍वास गर्दै आएको झैँ हुनेछ। धेरै मानिस सत्यता पछ्याउँदैनन्, र केही वर्ष विश्‍वास गरेपछि हटाइन्छन्। अर्थात्, तैँले आफ्नो कर्तव्य निभाउँदा जति मिहिनेत गरे पनि, यदि आफ्नो हृदय त्यसमा लगाइनस् भने, सत्यता प्राप्त गर्न सक्नेछैनस्। के यो घाटा हो? के तिमीहरू यो घाटा हो भन्‍ने महसुस गर्छौ? यदि तँ साँच्चै सत्यता बुझ्ने व्यक्ति होस् भने, तैँले यो घाटा निकै ठुलो हो भनेर देख्न सक्छस्। परमेश्‍वरमा पाँच-दश वर्ष विश्‍वास गरेका मानिसहरूबारे भन्‍नुपर्दा, कतिपयले सत्यता वास्तविकता प्राप्त गरेका छन्, जबकि अरू मानिस अझै वचन र धर्मसिद्धान्त प्रचार गरिरहेका छन्। के यो ठुलो भिन्‍नता हो? (हो।) सत्यता वास्तविकता प्राप्त गरेकाहरूले त्यो कसरी हासिल गर्छन्? यो अनुभव र अभ्यासबाट आउँछ। के यो परमेश्‍वरले दिनुहुन्छ? (हो।) सत्यता वास्तविकता प्राप्त नगरेका र अझै वचन र धर्मसिद्धान्त प्रचार गरिरहेकाहरूको समस्या के हो? तिनीहरू धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन् तैपनि सत्यता प्राप्त गर्दैनन् किनभने तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरू हृदयबाट होइन, आफ्नो शक्तिले मात्र कर्तव्य निभाउँछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्यता प्राप्त नगर्नु भनेको आशिष् हो कि दुर्भाग्य हो? (त्यो दुर्भाग्य हो।) त्यो किन दुर्भाग्य हो? के तँ यसलाई छर्लङ्गै देख्न सक्छस्? तैँले सत्यता प्राप्त गरेको छैनस् भन्‍ने तथ्य ठुलो समस्या हो कि सानो समस्या? (ठुलो समस्या।) यो ठुलो समस्या केसँग सम्बन्धित छ? के यसको मुक्तिसँग कुनै सम्बन्ध छ? (छ।) तैँले दिनभरि शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नुको अर्थ के हो? यसले मुक्ति प्राप्त गर्ने कुरामा प्रश्न चिह्न लगाइदिन्छ र त्यो हासिल गर्न कठिन बनाइदिन्छ। कतिपय मानिसले दश वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका छन् र अझै पनि वचन र धर्मसिद्धान्तहरू प्रचार गरिरहेका छन्। अरूले बिस वर्षसम्म विश्‍वास गरेका छन् र तिनीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गरेका छैनन् र तिनीहरूलाई सत्यता वास्तविकताको अर्थ अझै थाहा छैन। के यी मानिसहरू खतरामा छन्? के तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा अस्पष्ट छ? (हो।) ल भन् त, बराबर समय विश्‍वास गरेकाहरूमध्ये कस्तो खालको व्यक्तिसँग मुक्ति प्राप्त गर्ने झन् ठुलो मौका र झन् बढी आशा हुन्छ? शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मानिसहरूसँग कि सत्यता वास्तविकता भएका मानिसहरूसँग? (सत्यता वास्तविकता भएका मानिसहरूसँग।) यो प्रस्टै छ। त्यसोभए तिमीहरू कस्ता खालका मानिस हुन चाहन्छौ? (सत्यता वास्तविकता भएका मानिस।) कोही कसरी सत्यता वास्तविकता भएको व्यक्ति हुन सक्छ? (वास्तवमा परमेश्‍वरको वचनअनुसार अभ्यास गरेर।) (आफ्नो पूरै हृदय, शक्ति र मन लगाएर परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य निभाएर र उहाँलाई सन्तुष्ट पार्ने कसर बाँकी नराखेर।) ठिक भनिस्। यदि परमेश्‍वरले तँलाई जे गर् भन्‍नुहुन्छ तैँले त्यही गर्छस् भने, सत्यता प्राप्त गर्नेछस्। यो केसँग सम्बन्धित छ? यो व्यक्तिको परिणाम र गन्तव्यसँग सम्बन्धित छ। कतिपय मानिस मूर्ख र दम्भी हुन्छन्, र तिनीहरूलाई आफूले कति कुरा गुमाएको छु वा कस्तो क्षति भोगेको छु भन्‍नेसमेत थाहा हुँदैन। तिनीहरू पतरपतर बोलिरहन्छन् अनि शब्द र धर्मसिद्धान्तहरू प्रचार गरिरहन्छन्, र तिनीहरूलाई आफू खतराको मुखमा परेको कुरा अझै थाहा हुँदैन! मुक्ति दिइन नसक्नेहरूको अन्त्य कस्तो हुन्छ? सर्वप्रथम, तिनीहरू परमेश्‍वरद्वारा हटाइनेछन्, र अझै अगाडि हेर्दा, तिनीहरूको अन्त्य कस्तो हुन्छ? (अधोगति र विनाश।) तिनीहरूको परिणाम यही हो, तिनीहरूको गन्तव्य यही हो। यदि मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र यस्तो अन्त्य भोग्छन् भने, के परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको मूल अभिप्राय यही हो त? (होइन।) कसैले पनि आफ्नो अन्त्य यस्तो होस् भन्‍ने चाहँदैन। यदि तँ त्यस्तो अन्त्य चाहँदैनस् भने, त्यो मार्ग नपछ्या। तैँले सत्यता पछ्याउने मार्ग पछ्याउनुपर्छ अनि मात्र मुक्ति प्राप्त गर्न सक्नेछस्।

यदि मानिसहरूले आखिरी दिनहरूको काम प्राप्त गर्न सकेनन् भने, तिनीहरू पूर्णतया सकिनेछन् र तिनीहरूले अर्को मौका पाउनेछैनन्। त्यो अनुग्रहको युगको काम जस्तो होइन, जहाँ यदि कुनै व्यक्तिले त्यो प्राप्त गरेन भने, ऊ जुन देशमा जन्मेको भए पनि, उसले अझै आखिरी दिनहरूमा परमेश्‍वरको काम प्राप्त गर्ने अवसरको प्रतीक्षा गर्न सक्थ्यो। परमेश्‍वरका आखिरी दिनहरूको कामको अन्त्य भनेको उहाँको व्यवस्थापन योजनाको अन्त्य हो, र अन्त्य भन्‍नुको अर्थ के हो त? त्यसको अर्थ उहाँले हर व्यक्तिको अन्त्य निर्धारण गर्नुहुनेछ, र सबै कुराको र मानवजातिको अन्त्य नजिकै छ भन्‍ने हो। परमेश्‍वरको काम यो चरणमा पुगेको छ, र यदि मानिसहरूको हृदयमा यो दर्शन छैन भने, यदि तिनीहरू सधैँ अलमलिन्छन् र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छन् भने, यदि तिनीहरू सत्यता पछ्याइलाई गम्भीरतापूर्वक लिन सक्दैनन् र आफूले विश्‍वास गरेमा मुक्ति पाइनेछ भन्ठान्छन् भने, तिनीहरूले मुक्तिको अन्तिम मौका गुमाउनेछन्। कुनै दिन जब ठुला विपत्तिहरू आइपर्छन् र काम पूर्णतया सकिएको हुन्छ, तब परमेश्‍वरले त्यसउप्रान्त मानिसहरूलाई सत्यताद्वारा मलजल र भरणपोषण गर्ने काम गर्नुहुनेछैन। त्यस बेला परमेश्‍वरले मानवजातिलाई कस्तो स्वभावले सामना गर्नुहुनेछ, के तँलाई थाहा छ? उहाँको क्रोध तीव्र हुनेछ र उहाँको धर्मी स्वभाव सबै मानवजातिसामु पहिला कहिल्यै प्रकट नगरिएको तरिकाले प्रकट हुनेछ। मानवजातिका लागि यो नै अन्तिम महाविपत्ति हुनेछ। अहिलेको समय परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने काम गरिरहनुभएको समय हो। उहाँ धैर्यशील, सहनशील, र प्रतीक्षार्थी रहिआउनुभएको छ। केका लागि प्रतीक्षा गर्नुहुन्छ? उहाँ आफ्ना पूर्वनिर्धारित मानिसहरू, आफ्ना चुनिएका मानिसहरू, उहाँले मुक्ति दिन चाहने मानिसहरू उहाँसामु आऊन्, तिनीहरूले उहाँको न्याय र सजाय अनि मुक्ति स्विकारून् भन्‍ने प्रतीक्षामा हुनुहुन्छ। जब यी मानिसहरू पूर्ण तुल्याइएका हुन्छन्, तब परमेश्‍वरको महान् काम पूरा हुनेछ, र परमेश्‍वरले त्यसउप्रान्त मानवजातिलाई मुक्ति दिने काम गर्नुहुनेछैन। यो नोआको समय होइन, न त यो सदोमको विनाशको समय वा संसारको सृष्टिको समय नै हो। बरु, यो त संसारको अन्त्य हुने समय हो। कतिपय मानिस अझै सपना देखिरहेका छन्, तिनीहरूलाई परमेश्‍वरको मुक्तिको काम कुन चरणमा पुगेको छ भन्‍ने थाहा छैन। तिनीहरूले परमेश्‍वरको देखापराइ र काम प्राप्त गरेका भए पनि, अझै हतार गर्दैनन्, तिनीहरू अलमल्ल भएर बस्छन् र त्यसलाई गम्भीरताका साथ लिँदैनन्। यस चरणको काम सकिएपछि, व्यक्तिको परिणाम जे हो त्यही नै हुनेछ र त्यो परिवर्तन हुनेछैन। मान्छे मूर्ख छ र अझै “ठिक छ, परमेश्‍वरले हामीलाई अर्को मौका दिनुहुनेछ” भनी सोच्छ! मौकाहरू परमेश्‍वरको कामको दौरान दिइन्छन्। यो युग नै समाप्त भएपछि अर्को मौका कसरी मिल्न सक्छ? के त्यो सपना मात्र होइन र?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्