अन्य विषयसम्बन्धी वचनहरू (अंश ८९)

परमेश्‍वरले मानिसलाई मुक्ति दिने अवधिमा, मानिसहरू जति नै विद्रोही भए पनि, वा तिनीहरूको स्वभाव जति नै भ्रष्ट भए पनि, तिनीहरूलाई कस्तो निम्नतम सीमा दिनुहुन्छ? अर्थात्, कुन परिस्थितिमा परमेश्‍वर मानिसहरूलाई त्याग्नुहुन्छ र हटाउनुहुन्छ? परमेश्‍वरले तँलाई राख्न र नहटाउन तैँले पूरा गर्नैपर्ने न्यूनतम मानक के हो? यो त परमेश्‍वरका चुनिएका सबै मानिस स्पष्ट हुनैपर्ने कुरा हो। प्रथमतः परमेश्‍वरलाई इन्कार नगर्नु—यो सबैभन्दा मूलभूत सर्त हो। परमेश्‍वरलाई इन्कार नगर्नुको अर्थभित्र व्यावहारिक कुरा छ। यो कुरा आकाशमा एक बुढो मानिस हुनुहुन्छ, वा परमेश्‍वर देह हुनुभएको छ, वा परमेश्‍वरको नाम सर्वशक्तिमान् परमेश्‍वर हो भनेर स्वीकार गर्नु मात्र होइन। यो पर्याप्त छैन, यसले परमेश्‍वरमा विश्‍वास गर्नुको मानक पूरा गर्दैन। तैँले कम्तीमा पनि देहधारी परमेश्‍वर नै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्नैपर्छ; तैँले शङ्का वा निन्दा गर्नु पटक्कै हुँदैन; तँसँग धारणाहरू भए पनि तँ समर्पित हुन सक्नैपर्छ—परमेश्‍वरमा विश्‍वास गर्नुको मानक यही नै हो। यो मानक पूरा गरेर मात्रै परमेश्‍वरले तँलाई आफ्नो विश्‍वासी व्यक्तिको रूपमा स्वीकार गर्नुहुनेछ। परमेश्‍वरसँग मानिसहरूका लागि कम्तीमा पनि तीनवटा निम्नतम सीमा छन्। पहिलो, तिनीहरूले उहाँलाई स्वीकार गर्नैपर्छ, उहाँमा विश्‍वास राख्नैपर्छ र उहाँलाई पछ्याउनैपर्छ। तिनीहरू परमेश्‍वरका सच्चा विश्‍वासी हुनैपर्छ, तिनीहरूले सक्दो आफ्नो कर्तव्य पूरा गर्नैपर्छ, र तिनीहरूले दुष्कर्म गर्ने वा खलबल मच्चाउने पटक्कै गर्नु हुँदैन। यो पहिलो निम्नतम सीमा हो। दोस्रो, तिनीहरूले परमेश्‍वरलाई पछ्याउने क्रममा कम्तीमा पनि आफ्नो कर्तव्यलाई फिटिक्कै त्याग्नु हुँदैन। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा आज्ञापालन गर्नैपर्छ र समर्पित हुनैपर्छ, तिनमा औसत नतिजा हासिल गर्नैपर्छ र कम्तीमा पनि स्वीकार्य मानकअनुसार श्रम गर्नैपर्छ। यो दोस्रो निम्नतम सीमा हो। तेस्रो, तिनीहरूको मानवताले मानक पूरा गर्नैपर्छ। तिनीहरू असल मानिस, वा कम्तीमा पनि विवेकी र समझदार मानिस ठानिनैपर्छ। तिनीहरू मूलतः परमेश्‍वरका चुनिएका अधिकांश मानिसहरूसँग घुलमिल हुन र कुहिएको आलु नबन्‍न सक्नुपर्छ। यस्ता मानिसहरू कम्तीमा पनि खराब वा दुष्ट हुँदैनन्। यो तेस्रो निम्नतम सीमा हो। यदि कसैले सत्यता स्वीकार गर्न सक्दैन वा कर्तव्य जे भए पनि, त्यो अस्वीकार गर्छ भने ऊ परमेश्‍वरको साँचो विश्‍वासी होइन—कम्तीमा पनि उसको मानवताले मानक पूरा गरेको छैन। यसको अर्थ, ऊ निम्नतम सीमामुनि झरेको छ र उसलाई हटाउनैपर्छ। खराब मानवता भएका, अलिकति पनि सत्यता स्वीकार गर्न नसक्ने, बाधा दिने र खलबल मच्चाउने अनि मण्डलीमा सकारात्मक भूमिका नखेल्ने, ती सबैलाई दुष्ट मानिसको रूपमा वर्गीकरण गर्न सकिएला। अन्य अधिकांश मानिसहरूसँग मिलजुल गर्न नसक्ने व्यक्ति कुहिएको आलु हो, ऊ दुष्ट मानिस हो, र अझ बढी ऊ निम्नतम सीमामुनि झरिसकेको र हटाइनुपर्ने व्यक्ति हो। ती दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले कर्तव्य त निभाउलान्, तर केवल बाधा, खलबल र विनाश निम्त्याउँछन्, र दुष्कर्म गर्छन्—के परमेश्‍वर यस्ता मानिसलाई मन पराउन सक्नुहुन्छ र? के तिनीहरूले आफ्नो कर्तव्य निभाइरहेका छन्? (तिनीहरूले निभाइरहेका छैनन्।) परमेश्‍वरको नजरमा तिनीहरूका कार्यले निम्नतम सीमा नाघेका छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छैनन्, र तिनीहरूले पूरा गर्ने कुनै पनि कर्तव्यको तुलनामा तिनीहरूले पुर्‍याउने हानि बढी हुन्छन्, त्यसैले तिनीहरूलाई मण्डलीबाट पखाल्नैपर्छ। के परमेश्‍वरको घरमा मानिसहरूलाई गरिने व्यवहारको सिद्धान्त यही होइन र? के क्षणिक रूपमा दुरावस्थामा रहेको, अनि नकारात्मक र कमजोर महसुस गरेको कारण कहिल्यै कसैलाई निकालिएको थियो? के कहिलेकाहीँ अलि झारा टार्ने र आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्ने गरेको कारण कहिल्यै कसैलाई कर्तव्य पूरा गर्न रोक लगाइएको थियो? के कहिल्यै कसैलाई आफ्नो कर्तव्यमा खराब नतिजा ल्याएको, वा खराब सोच वा विचार प्रकट गरेको कारण निकालिएको थियो? के कहिल्यै कसैलाई सानो कद भएको अनि उसमा परमेश्‍वरप्रति धारणा र शङ्का उब्जेको कारण निकालिएको थियो? (थिएन।) त्यसोभए, मानिसहरूलाई निकाल्नका लागि परमेश्‍वरको घरको सिद्धान्त के हो? कस्ता मानिसलाई निकालिन्छ र कर्तव्य पूरा गर्न रोक लगाइन्छ? (त्यस्ता व्यक्तिलाई जसको श्रमले लाभभन्दा बढी हानि पुर्‍याउँछ, र जसले निरन्तर बाधा दिन्छ र खलबल मच्चाउँछ।) यस्तो व्यक्ति कर्तव्य पूरा गर्न योग्य हुँदैन। यसको अर्थ कुनै व्यक्ति ऊप्रति पूर्वाग्रही छ, वा त्यसले व्यक्तिगत द्वेषको कारण उसलाई बन्देज लगाउँदै छ र निकाल्दै छ भन्‍ने होइन; यसको अर्थ उसले आफ्नो कर्तव्यमा कुनै नतिजा हासिल गर्दैन, र उसले बाधा दिन्छ र खलबल मच्चाउँछ भन्‍ने हो। उसलाई कर्तव्य पूरा गर्न योग्य नभएकै कारण निकालिन्छ। यो कुरा पूर्णतया सत्यताको सिद्धान्तअनुरूप छ। मानिसहरूलाई सम्हाल्ने र तिनीहरूसँग व्यवहार गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू सबै निष्पक्ष छन्। परमेश्‍वरको घरले मानिसहरूलाई रङ्गेहात पक्रने, तिललाई पहाड बनाउने र झिनोमसिनो कुरामा कोहोलो मच्चाउने प्रयास गर्दैन। तिमीहरूले परमेश्‍वरको घरमा सत्यताको शासन चल्छ भनेर विश्‍वास गर्नैपर्छ। निकालिएका कतिपय मानिसले सत्यता स्विकार्न र सच्चा रूपले परमेश्‍वरसामु पश्चात्ताप गर्न सकेमा मुक्तिको आशा अझै पाउलान्। तर, अलिकति पनि सत्यता स्वीकार गर्न नसक्ने, विवेक र समझ नभएका अविश्‍वासी र दुष्ट मानिसहरूलाई प्रकाश गरिएपछि सदाका लागि हटाइनेछ। यो परमेश्‍वरको धार्मिकता हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्