अन्य विषयसम्बन्धी वचनहरू (अंश ८७)

यदि अहिले तिमीहरूले अझै पनि एक सन्त बन्‍नुको भावना र सिद्धान्तहरू प्राप्त गर्न बाँकी छ भने, त्यसले तिमीहरूको जीवन प्रवेश धेरै सतही छ, र तिमीहरूले अझै पनि सत्यता बुझेका छैनौ भन्‍ने प्रमाणित गर्दछ। तिमीहरूको सामान्य व्यवहार र चालचलनमा अनि तिमीहरू प्रत्येक दिन जिउने वातावरणमा, तिमीहरूले स्वाद लिनुपर्छ र होसियारीसाथ चिन्तन गर्नुपर्छ, एकअर्कासँग सङ्गति गर्नुपर्छ, एकअर्कालाई प्रोत्साहन दिनुपर्छ, एकअर्कालाई सम्झौटो दिनुपर्छ, एकअर्कालाई सहायता र ख्याल गर्नुपर्छ, अनि एकअर्कालाई साथ दिनुपर्छ र भरणपोषण गर्नुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले कसरी पारस्परिक व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्तहरू हुनुपर्छ। सधैँ अरूका गल्तीहरूमा ध्यान नदेऊ, बरु तिमीहरूले बारम्बार आफूलाई जाँच्नैपर्छ, र त्यसपछि आफूले अरू मानिसलाई दखल पुग्ने वा हानि हुने कुरा गरेको सक्रियतासाथ स्वीकार गर, अनि खुलस्त हुन र सङ्गति गर्न सिक। यसरी आपसी समझदारी हुन सक्छ। यसबाहेक, आफूमाथि जे आइपरे पनि, तिमीहरूले परिस्थितिलाई परमेश्‍वरका वचनहरूको आधारमा हेर्नुपर्छ। यदि मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्‍न र अभ्यासको मार्ग भेट्टाउन सक्छन् भने, तिनीहरू एकै मन र हृदयका बन्‍नेछन्, अनि दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्‍बन्ध सामान्य हुनेछ, तिनीहरू गैरविश्‍वासीहरूजस्तो उदासीन, रूखो, र निर्दयी बन्‍नेछैनन्, र तिनीहरूले आपसी शङ्का र सतर्कतालाई त्याग्‍नेछन्। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग अझ घनिष्ठ बन्‍नेछन्; तिनीहरूले एकअर्कालाई सहयोग गर्न प्रेम गर्न सक्‍नेछन्; तिनीहरूको हृदयमा सद्‌भाव हुनेछ, र तिनीहरू एकअर्काप्रति सहनशील र दयालु हुनेछन्, र तिनीहरूले एकअर्कालाई एक्ल्याउनुको सट्टा, एकअर्काको डाहा गर्नुको सट्टा, एकअर्कासँग आफूलाई तुलना गर्नुको सट्टा, र एकअर्काविरुद्ध गुप्त रूपमा प्रतिस्पर्धा र अवज्ञा गर्नुको सट्टा, एकअर्कालाई साथ र सहयोग दिनेछन्। यदि मानिसहरू गैरविश्‍वासीहरूजस्ता छन् भने तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? यसले तिनीहरूको जीवन प्रवेशमा असर गर्ने मात्र होइन, अरूलाई समेत हानि र असर गर्नेछ। उदाहरणका लागि, मानिसहरूले तँलाई गलत तरिकाले हेर्दा, वा तिनीहरूले तेरो इच्छासँग नमिल्ने कुनै कुरा भन्दा तँ रिसाउँछस् होला, र जब कसैले तँलाई भिन्नै पहिचान बनाउन नदिन केही कुरा गर्छ, तब तँ तिनीहरूसित अप्रसन्‍न हुन्छस् होला, अनि असहज अनि दुःखी महसुस गर्छस् होला, र आफ्नो प्रतिष्ठा कसरी फेरि प्राप्त गर्न सकिन्छ भनेर सधैँ सोच्छस् होला। महिला र जवान मानिसहरूले विशेष गरी यसमाथि विजय पाउन सक्दैनन्। तिनीहरू सधैँ सानातिना विवाद र असहमतिहरूमै लग्गु हुन्छन्, हठी बन्‍ने झुकाव राख्छन् र नकारात्मक अवस्थामा जिउँछन्। तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न वा उहाँको वचन खान र पिउन इच्छुक हुँदैनन्, जसले तिनीहरूको जीवन प्रवेशमा असर गर्छ। जब मानिसहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरूलाई परमेश्‍वरको अघि शान्त रहन अत्यन्तै गाह्रो हुन्छ, र सत्यताको अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन निकै कठिन हुन्छ। परमेश्‍वरसामु जिउनका लागि, तिमीहरूले आफूबारे चिन्तन गर्न र आफूलाई चिन्‍न, अनि परमेश्‍वरलाई साँचो रूपमा प्रार्थना गर्न सिक्‍नुपर्छ, र त्यसपछि तिमीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी मिलेर बस्‍ने भनेर सिक्‍नुपर्छ। तिमीहरू एकअर्काप्रति सहनशील हुनैपर्छ, एकअर्काप्रति कोमल हुनैपर्छ, र अरूसित कस्ता सामर्थ्य र गुण छन् भनेर देख्न सक्नुपर्छ, अनि तिमीहरूले अरूका विचारहरू अनि सही कुराहरू स्वीकार गर्न सिक्‍नुपर्छ। आफैमा लिप्त नहोओ, महत्त्वाकाङ्क्षा र चाहना नराख, अनि आफू अरू मानिसहरूभन्दा असल छु भन्‍ने नसोच, र आफूलाई महान् व्यक्तित्व ठान्‍ने अनि अरूलाई तिमीहरूले भनेको कुरा मान्‍न लगाउने, तिमीहरूको आज्ञापालन गर्न लगाउने, र तिमीहरूलाई आदर गर्न र उचाल्‍न लगाउने नगर—यो विकृति हो। यदि कुनै व्यक्तिको अहङ्कारी स्वभाव समाधान भएन र त्यसमा बढ्दो महत्त्वाकाङ्क्षा र चाहना थपियो भने, त्यसले सजिलै विकृति ल्याउन सक्छ। त्यसैले, सत्यता स्विकार्न र आत्मचिन्तन गरेर आफूलाई जान्‍न नसक्नेहरू ठूलो खतरामा हुन्छन्। तिनीहरू सधैँ महत्त्वाकाङ्क्षा पाल्छन्, सधैँ महान् व्यक्ति र महामानव बन्‍ने आकाङ्क्षा साँच्छन्—यो विकृति हो, यो चरम अहङ्कार हो। तिनीहरूले सबै समझ गुमाएका छन्, तिनीहरू सामान्य मानिस होइनन्, तिनीहरू विकृत मानिस हुन्, र तिनीहरू पिशाच हुन्। तिनीहरू अहङ्कारी स्वभावको वशमा परेर अरूलाई हृदयदेखि नै तुच्छ ठान्छन्, र उनीहरूलाई अत्यन्तै महत्त्वहीन र अज्ञानी ठान्छन्। तिनीहरू अरूको सबलता पहिचान गर्न सक्दैनन्, तर अरूका कमीकमजोरीलाई अत्यन्तै बढाइचढाइ गर्न कहिल्यै थाक्दैनन्; तिनीहरू मनैदेखि उनीहरूलाई घृणा गर्छन्, र हरपल यी कमीकमजोरीहरूबारे बताउँछन् र तिनलाई तुच्छ देखाउँछन् अनि अरूलाई चोट पुर्‍याउँछन् र दुःख दिन्छन्, र अन्ततः अरू मानिसलाई कि त तिनीहरूको कुरा मान्‍ने र सुन्‍ने, कि तिनीहरूको डर मान्‍ने र तिनीहरूबाट लुक्ने बनाउँछन्। जब मानिसहरूबीच यस्तो सम्बन्ध पैदा हुन्छ वा रहन्छ, के तिमीहरूले देख्न चाहने यही हो? के तिमीहरू यसलाई स्विकार्न सक्छौ? (सक्दैनौँ।) उदाहरणका लागि, मानिलिऊँ तँ अरूभन्दा अलि अग्लो र आकर्षक छस्, जसले गर्दा मानिसहरू तेरो तारिफ गर्छन्। फलस्वरूप, तँ आफैदेखि दङ्ग पर्छस् र तत्पश्चात् अलि होचा र कम आकर्षक मानिसहरूलाई तुच्छ ठान्छस्। यसमा कस्तो स्वभाव प्रकट हुन्छ? केही मानिस त्यति आकर्षक नदेखिने, अलि होचा, अलि बढी मूर्ख र तीक्ष्ण बुद्धि नभएका मानिसहरूलाई तिरस्कारपूर्ण नजरले हेर्छन्, र तिनीहरूको मजाक उडाउन छड्केसमेत हान्छन्। के मानिसहरूलाई यस्तो व्यवहार गर्नु उचित हो? के यो सामान्य मानवता प्रकट भएको हो? निश्चय नै होइन। त्यसोभए, यस्तो अवस्थालाई सम्हाल्ने सबैभन्दा सही तरिका के हो? (अरूलाई तिनीहरूको कमीकमजोरीका लागि उपहास नगर्नु, र अरूको सम्मान गर्नु।) यो एउटा सिद्धान्त हो। तिमीहरूले यसबारे केही मात्रा बुझ्यौ जस्तो प्रतीत हुन्छ। त्यसोभए, परमेश्‍वरले मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले मानिसहरू कस्ता देखिन्छन्, तिनीहरू अग्ला छन् कि होचा छन् भनेर वास्ता गर्नुहुन्‍न। बरु, उहाँले तिनीहरूको हृदय दयालु छ कि छैन, तिनीहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन् र उहाँप्रति समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा हेर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूप्रतिको आफ्‍नो व्यवहार यही कुरामा आधारित गर्नुहुन्छ। यदि मानिसहरूले पनि यसो गर्न सक्छन् भने, तिनीहरूले अरूलाई निष्पक्ष व्यवहार गर्न सक्नेछन्, र त्यो सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। सर्वप्रथम, हामीले परमेश्‍वरका अभिप्राय बुझ्नैपर्छ, र परमेश्‍वर मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ भनेर थाहा पाउनैपर्छ, त्यसपछि हामीसँग पनि मानिसहरूलाई कस्तो व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्त र मार्ग हुनेछ। सामान्यतया, मानिसहरूमा अलिकता अभिमान हुने गर्दछ। तिनीहरू प्रशंसामा केही शब्द पाउँदा, आफैमा दङ्ग पर्छन् र गुनगुनाउँदै गमक्क परेर हिँड्छन्। यो शैतानी स्वभाव प्रकट भएको हो। यदि तिनीहरू अरूको निन्दा गर्छन् र उनीहरूलाई तुच्छ ठान्छन् भने त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो क्रूर, अहङ्कारी र पैशाचिक स्वभाव हो। यदि मानिसहरूले आफ्नो भ्रष्ट स्वभावअनुसार जिउनुको कुरूपतालाई पहिचान गर्न र बुझ्न सकेनन् भने, तिनीहरूलाई यी भ्रष्ट स्वभावहरू फाल्न गाह्रो हुनेछ, र तिनीहरू वास्तविक मानव स्वरूपमा जिउन सक्दैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्