आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ (भाग दुई)

स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निर्वाह गर्न, तँसँग पहिला उचित मानसिकता हुनैपर्छ। तेरो भ्रष्ट स्वभाव प्रकट हुँदा, तैँले आफ्नो स्थिति पनि समायोजन गर्नैपर्छ। जब तँ आफ्नो कर्तव्य सही ढङ्गले सम्हाल्न सक्षम हुन्छस्, जब सबै खालका मानिस, घटना र वस्तुहरूबाट आउने अवरोध र प्रभावहरूलाई हटाउँछस्, जब परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छस्, तब तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्। यसो गर्नुको राज भनेको आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई जहिले पनि प्राथमिकता दिनु हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जहिले पनि आफूलाई यसरी जाँच्नुपर्छ: “के ममा आफ्नो कर्तव्य निर्वाह गर्ने सन्दर्भमा लापरवाह मनोवृति छ? आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई कस्ता कुराहरूले बाधा पुऱ्याउँछन् र लापरवाह बनाउँछन्? के म सारा हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै छु? के यसरी काम गर्नाले परमेश्‍वरले ममा भरोसा राख्न सक्नुहुन्छ? के मेरो हृदय परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित रहेको छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्नु सिद्धान्तअनुरूप छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्दा उत्कृष्ट परिणामहरू प्राप्त हुनेछन्?” तैँले बारम्बार यी प्रश्नहरूमा चिन्तन गर्नुपर्छ। जब तैँले समस्या पत्ता लगाउँछस्, सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ, र ती समस्या सुल्झाउन परमेश्‍वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ। यसरी तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछस्, अनि तेरो हृदयमा शान्ति र खुसी मिल्नेछ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू बारम्बार उत्पन्न हुन्छन् भने, तीमध्ये धेरैजसो तेरो अभिप्रायसम्बन्धी समस्याबाट आउँछन्—ती भ्रष्ट स्वभावका समस्याहरू हुन्। कुनै व्यक्तिको भ्रष्ट स्वभाव प्रकट हुँदा, उसको मनमा समस्याहरू हुनेछन् र उसको स्थिति असामान्य हुनेछ, जसले उसको आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्नेछ। उसको कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्ने समस्याहरू ठूला र गम्भीर हुन्; ती समस्याले परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्ना परिवारमा विपत्ति आइपर्दा, परमेश्‍वरबारे धारणा र गलत बुझाइहरू विकास गर्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कठिनाइ भोग्दा कसैले पनि त्यो देखेन वा तिनीहरूको तारिफ गरेन भने नकारात्मक बन्छन्। कतिपयचाहिँ आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, सधैँ लापरवाह बन्छन्, अनि काटछाँट गरिँदा परमेश्‍वरविरुद्ध गुनासो गर्छन्। कतिपय भने आफ्ना कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन् किनकि तिनीहरू जहिले पनि उम्कने बाटोबारे सोचिरहेका हुन्छन्। यी सबै समस्याले परमेश्‍वरसँगको सामान्य सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छन्। यी सबै भ्रष्ट स्वभावका समस्याहरू हुन्। मानिसले परमेश्‍वरलाई नचिन्ने, सधैँ आफ्नो पक्षमा षडयन्त्र गर्ने र आफैबारे मात्र सोच्ने हुनाले यी सबै समस्या उत्पन्न हुन्छन्, जसले मानिसहरूलाई परमेश्‍वरका अभिप्रायको ख्याल गर्न र उहाँका योजनाहरूप्रति समर्पित हुनदेखि रोक्छ। यसले सबै प्रकारका नकारात्मक संवेगहरू पैदा गराउँछ। सत्यताको पछि नलाग्ने मानिसहरू ठ्याक्कै यस्तै हुन्छन्। तिनीहरू आफूमा सानातिना समस्याहरू आइपर्दा, नकारात्मक र कमजोर बन्छन्, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा कुण्ठा पोख्छन्, परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्छन्, र तिनीहरू आफ्ना जिम्मेवारी त्यागेर परमेश्‍वरलाई विश्‍वासघात गर्न चाहन्छन्। यी सबै कुरा भ्रष्ट स्वभावका अवरोधहरूले सिर्जना गर्ने विभिन्न परिणामहरू हुन्। सत्यतालाई प्रेम गर्ने व्यक्ति आफ्नो जीवन, भविष्य, र नियतिलाई पन्छाउन, र ऊ सत्यता पछ्याउन र प्राप्त गर्न मात्र चाहन्छन्। ऊ पर्याप्त समय छैन भन्‍ने सोच्छ, ऊ आफ्नो कर्तव्य राम्ररी निभाउन नसकिएला र आफू सिद्ध बन्न नसकिएला भनेर डराउँछ, त्यसकारण ऊ सबथोक पन्छाउन सक्षम हुन्छ। उसको मानसिकता परमेश्‍वरतर्फ फर्कने र उहाँप्रति समर्पित हुने मात्र हुन्छ। ऊ कुनै पनि कठिनाइबाट विचलित हुँदैन, अनि नकारात्मक र कमजोर महसुस भएमा, परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढेर स्वाभाविक रूपले यसको समाधान गर्छ। सत्यताको पछि नलाग्ने मानिसहरू समस्यामा पर्छन्, र तिनीहरूसँग जसरी नै सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले आफ्ना समस्या पूर्णरूपले सुल्झाउन सक्दैनन्। तिनीहरू क्षणिक रूपमा आफ्ना मन बद्लेर सत्यता स्विकार्न सक्षम भए पनि, पछि पहिलेकै कुरामा फर्कन्छन्, तसर्थ यस खालका व्यक्तिलाई सम्हाल्न एकदमै कठिन हुन्छ। तिनीहरूले सत्यताबारे केही नबुझ्ने होइन, के चाहिँ हो भने तिनीहरू आफ्ना हृदयमा सत्यतालाई मूल्यवान् ठान्दैनन् र स्वीकार गर्दैनन्। अन्तिममा, यसले गर्दा तिनीहरूले आफ्नो इच्छा, स्वार्थ, भविष्य, नियति र गन्तव्य पन्छाउन सक्दैनन्, जसले तिनीहरूलाई सधैँ बाधा दिन्छ। यदि कुनै व्यक्ति सत्यता स्विकार्न सक्षम छ भने, उसले सत्यता बुझेपछि भ्रष्ट स्वभावका यावत कुराहरू स्वाभाविक रूपमा हराएर जानेछन्, अनि उसले जीवन प्रवेश र कद प्राप्त गर्नेछ; उप्रान्त ऊ अनजान बच्चा हुनेछैन। जब व्यक्तिसँग कद हुन्छ, ऊ परिस्थितिहरू बुझ्न, थरिथरिका मानिसहरू छुट्याउन झन्-झन् सक्षम हुनेछ, र उसलाई कुनै व्यक्ति, घटना, वा वस्तुबाट अवरोध पुग्नेछैन। जो कोहीले भनेको वा गरेको कुनै कुराले ऊ प्रभावित हुनेछैन। ऊ शैतानका दुष्ट शक्तिहरूको हस्तक्षेपको अधीनमा हुनेछैन, वा झूटा अगुवा र ख्रीष्टविरोधीहरूका बहकाउ र बाधाहरूमा पर्नेछैन। यदि यसो भयो भने, के व्यक्तिको कद क्रमिक रूपले बढ्नेछैन र? व्यक्तिले जति बढी सत्यता बुझ्यो, उसको जीवन प्रगति त्यति नै छिटो हुनेछ, अनि उसलाई सफलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सहज हुनेछ। जब तैँले जीवन प्रवेश प्राप्त गर्छस् र तेरो जीवन क्रमिक रूपमा वृद्धि भइरहेको हुन्छ, तब तेरो स्थिति झन्-झन् सामान्य हुँदै जानेछ। तँलाई पहिले बाधा र अवरोध पुऱ्याउन सकेका मानिस, घटना र परिस्थितिहरू तेरा लागि अब समस्या हुनेछैनन्। तँलाई तेरो कर्तव्य निर्वाह गर्न कुनै कठिनाइ हुनेछैन, अनि परमेश्‍वरसँग तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ। जब तैँले परमेश्‍वरमा कसरी भर पर्ने, परमेश्‍वरका अभिप्राय कसरी खोज्ने, आफ्नो स्थान कुन हो, तैँले के गर्नु हुन्छ र के गर्नु हुँदैन, र कस्ता मामिलामा तैँले जिम्मेवारी लिनुपर्छ र कस्ता मामिलामा लिनु पर्दैन भन्‍ने जान्दछस्, तब के तेरो स्थिति झन्-झन् सामान्य बन्दै जानेछैन र? यस तरिकाले जिउँदा तँ थकित हुँदैनस्, हुन्छस् र? तँ थकित नहुने मात्र नभई, तैँले विशेष ढुक्क र खुसी महसुस गर्नेछस्। परिणामस्वरूप, के तेरो हृदयले प्रशस्त ज्योति पाउनेछैन र? तेरो मानसिकता सामान्य हुनेछ, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू कम हुनेछन्, अनि तँ परमेश्‍वरको उपस्थितिमा जिउन, सामान्य मानवतामा जिउन सक्षम हुनेछस्। मानिसहरूले तेरो मानसिक दृष्टिकोण देख्दा, तँमा ठूलो परिवर्तन आएको छ भन्‍ने सोच्छन्। तिनीहरू तँसँग सङ्गति गर्न इच्छुक हुनेछन्, मनमा शान्ति र खुसी महसुस गर्नेछन्, अनि तिनीहरूलाई फाइदा पनि पुग्नेछ। तेरो कद बढ्दै जाँदा, तेरो बोली र कार्य झन् उचित र नैतिक बन्दै जानेछन्। जब तैँले कमजोर र नकारात्मक मानिस देख्छस्, तँ तिनीहरूलाई बन्धनमा पारेर वा भाषण दिएर होइन, तर सहयोग दिन र लाभ पुऱ्याउन आफ्नो वास्तविक अनुभव प्रयोग गरेर भरपुर सहयोग गर्न सक्षम हुनेछस्। यसरी, तँ परमेश्‍वरको घरमा केही गर्ने कोसिस मात्र गरिरहेको हुनेछैनस्, तँ आफ्नो जिम्मेवारी बहन गर्न, र अझ धेरै अर्थपूर्ण काम गर्न सक्ने उपयोगी व्यक्ति हुनेछस्। के परमेश्‍वर यस्तै व्यक्ति रुचाउनुहुन्छ होइन र? यदि तँ परमेश्‍वरले रुचाउने व्यक्ति होस् भने, के सबैले तँलाई रुचाउनेछैनन् र? (रुचाउनेछन्।) परमेश्‍वर किन यस्ता व्यक्तिसँग खुसी हुनुहुन्छ? किनकि तिनीहरू उहाँसामु व्यावहारिक काम गर्न सक्षम हुन्छन्, चापलुसीमा पर्दैनन्, व्यावहारिक मामिलाहरूमा संलग्न हुन्छन्, र आफ्ना साँचो अनुभवहरू बताएर अरूलाई सहयोग र अगुवाइ गर्न सक्षम हुन्छन्। तिनीहरू अरूलाई कुनै पनि समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, अनि मण्डलीको काममा कठिनाइहरू आइपर्दा, सक्रिय रूपमा समस्याहरू समाधान गर्दै अगुवाइ गर्न सक्षम हुन्छन्। आफ्नो कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो। तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, यसले तिनीहरूमा जीवन प्रवेश छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरूले अनेकौँ व्यावहारिक काम गर्न सक्ने तथ्यले के प्रमाणित गर्छ भने तिनीहरू सत्यता अभ्यास गर्छन्, र परमेश्‍वरको उपस्थितिमा जिउँछन्। तिनीहरूसँग सत्यता वास्तविकता भएकोले तिनीहरूले अरूलाई पनि सत्यता वास्तविकतामा प्रवेश गराउन सक्छन्। यदि तँसँग सत्यता वास्तविकता छैन वा साँचो अनुभव छैन भने, के तँ अरूलाई परमेश्‍वरको उपस्थितिमा लैजान सक्छस्? यदि तँ आफै परमेश्‍वरको उपस्थितिमा जिउँदैनस् भने, तैँले अरूलाई उहाँको उपस्थितिमा लैजान सक्दैनस्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता सिद्धान्तहरू बिलकुलै नखोजी प्रयास मात्र गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न अनिच्छुक हुन्छस् भने, तँ परमेश्‍वरको उपस्थितिमा जिइरहेको छैनस्। के परमेश्‍वरको उपस्थितिमा नजिउनेहरू उहाँको छानबिन स्विकार्न सक्षम हुन्छन्? के तिनीहरू परमेश्‍वरका जाँचहरू सामना गर्न सक्छन्? के तिनीहरू परीक्षाहरूमा अडिग रहन सक्छन्? (अहँ, तिनीहरू सक्दैनन्।) के यस्तो व्यक्तिले परमेश्‍वरको साक्षी दिन सक्छ? के तिनीहरूले उहाँको गवाही दिन सक्छन्? (अहँ, सक्दैनन्।) कस्तो व्यक्ति परमेश्‍वरको साक्षी दिन असक्षम हुन्छ? के त्यो परमेश्‍वरमा साँच्चिकै विश्‍वास गर्ने व्यक्ति हो? कम्तीमा पनि, तिनीहरू परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा अझै प्रवेश गरिसकेका हुँदैनन्, र तिनीहरू अझै परमेश्‍वरका वचनहरूभन्दा बाहिर बाँच्छन्। जसले जीवन प्रवेशबिना परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको छ, जो आफ्नो अनुभवमा आधारित गवाहीबारे बोल्न सक्दैन, परमेश्‍वरको साक्षी दिन त झनै सक्दैन, जसले सफलतापूर्वक कसैलाई सुसमाचार फैलाउन सक्दैन—त्यस्तो व्यक्ति परमेश्‍वरको साक्षी भनेर बोलाइन लायक हुँदैन। त्यसैले अपरिपक्व कद भएको र जीवन प्रवेश नभएको व्यक्तिले कहिल्यै परमेश्‍वरको साक्षी दिन सक्दैन। यसको अन्तर्निहित अर्थ के हो भने यस प्रकारको व्यक्ति परमेश्‍वरको उपस्थितिमा बाँच्दैन। यदि तँ परमेश्‍वरको उपस्थितिमा बाँच्दैनस्, तँसँग जीवन प्रवेश छैन, र तँ परमेश्‍वरको साक्षी होइनस् भने, के उहाँले तँलाई उहाँको अनुयायीमध्ये एकको रूपमा स्वीकार गर्नुहुनेछ? गर्नुहुनेछैन। परमेश्‍वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्ने एउटा अवसर दिनुभएको छ, र तँ त्यो गर्न इच्छुक छस्, तर तैँले त्यत्तिका समय उहाँमा विश्‍वास गरेपछि पनि तेरो व्यवहारबाट उहाँले देख्नुभएको छ कि तैँले उहाँको साक्षी दिन सक्दैनस्। तँसँग साँचो अनुभवमा आधारित ज्ञान नभएको मात्र होइन, तँ तेरो धारणा र कल्पनाबमोजिम जिउँछस्, तँसँग सत्यता वास्तविकता छैन, र तँ परमेश्‍वरको उपस्थितिमा बाँच्दैनस्। उहाँले तेरो परीक्षा लिनुभयो भने, तैँले त्यो सहन सक्दैनस्; उहाँले तँलाई काटछाँट गर्नुभयो भने, तैँले त्यो सहन सक्दैनस्; उहाँले तँलाई न्याय गर्नुभयो र सजाय दिनुभयो भने, तैँले आफ्नो जिम्मेवारी त्याग्छस् र खराब मुडमा प्रवेश गर्छस्, अनि उहाँले सोच्नुहुनेछ: “यो व्यक्ति कसैले छुन आँट नगर्ने बाघ जस्तै रहेछ! म जहाँजहाँ मेरो काम गर्न वा बोल्न जान्छु, त्यस्तो व्यक्ति मेरो अनुसरण गर्न लायक हुँदैन, मसँग रहन लायक हुँदैन।” उहाँले किन यसो भन्नुहोला र? किनकि यस प्रकारको व्यक्तिले सत्यता बुझ्दैन, उसमा शुद्ध बोध हुँदैन, उसँग साँचो अनुभवहरू हुँदैनन्, र उसले परमेश्‍वरका अभिप्राय बुझ्दैन। यदि तिनीहरूले परमेश्‍वरका अभिप्राय बुझ्दैनन् भने, तिनीहरू उहाँको अनुकूल हुन सक्छन् त? तिनीहरूले उहाँका अभिप्राय बुझ्दैनन् भने, तिनको बोध गर्न सक्छन् त? के तिनीहरूले सत्यता स्विकार्न सक्छन्? त्यो भन्न गाह्रो छ, र यी सबै अज्ञात कुराहरू हुन्। त्यसोभए, यदि यस प्रकारको व्यक्ति परमेश्‍वरसँग थिएछ भने, तिनीहरूमा उहाँबारे हरेक कुरामा आशङ्का हुनेछ, र तिनीहरूले उहाँलाई बुझ्नेछैनन्, जसकारण परमेश्‍वरबारे निरन्तररूपमा थरिथरीका गलत बुझाइ, गुनासो, र मूल्याङ्कनहरू उत्पन्न हुनेछन्। अन्तिममा, यसले विश्‍वासघात उत्पन्न गराउनेछ। परमेश्‍वरले उहाँलाई विश्‍वासघात गर्ने कोही व्यक्ति चाहन सक्नुहुन्छ होला त? के परमेश्‍वरले तिनीहरूलाई उहाँको अनुयायी बन्न दिन सक्नुहुन्छ? सक्नुहुन्न। यदि तँ परमेश्‍वरले तँलाई उहाँको अनुयायीको रूपमा स्वीकार्नुहोस् भन्‍ने चाहन्छस् भने, तँ पहिला जीवन प्रवेशमा केन्द्रित हुनुपर्छ। सबैभन्दा पहिला तैँले आफैलाई बुझ्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्नुपर्छ, आफ्नो कर्तव्यप्रति समर्पित हुन सक्ने क्षमता प्राप्त गर्नुपर्छ, र परमेश्‍वरको मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ—त्यो पहिलो कुरा हो। जीवन प्रवेशमा केन्द्रित हुनु भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि हो, आधारभूतरूपमा यो त्यसैको बारेमा हो। तैँले आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेशको पछि लाग्नुपर्छ, र जीवन प्रवेशमार्फत तैँले एक-एक थोपा गर्दै सत्यता बुझ्नु र प्राप्त गर्नुपर्छ। तैँले कद प्राप्त गरिञ्जेल यो क्रम जारी राख्नुपर्छ, र त्यस बिन्दुमा तेरो जीवन क्रमिकरूपमा वृद्धि हुन्छ र तैँले सत्यताको वास्तविक अनुभव पाउँछस्। त्यसपछि तैँले अभ्यासका सबैखाले सिद्धान्तहरूमा विज्ञता हासिल गर्नुपर्छ, ताकि तँ कुनै व्यक्ति, परिस्थिति, वा वस्तुबाट रोकावट वा बाधामा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुन्छस्। यस तरिकाले, तँ क्रमिकरूपमा परमेश्‍वरको उपस्थितिमा बाँच्नेछस्। तँलाई कुनै व्यक्ति, परिस्थिति, वा वस्तुले बाधा पुऱ्याउनेछैन, अनि तैँले सत्यतासँगको अनुभव गर्नेछस्। तेरो अनुभव जति प्रचुर बन्दै जान्छ, तँ त्यति नै बढी परमेश्‍वरको साक्षी दिन सक्षम हुनेछस्, र जब तँ परमरेश्‍वरको साक्षी दिन बढी सक्षम हुन्छस्, तँ क्रमिकरूपमा उपयोगी व्यक्ति बन्नेछस्। जब तँ उपयोगी व्यक्ति बन्छस्, तैँले आफ्नो कर्तव्य परमेश्‍वरको घरमा स्विकार्य मापदण्डअनुसार गर्न सक्षम हुनेछस्, तँ सृष्टि गरिएका प्राणीको स्थानमा उभिन र परमेश्‍वरको व्यवस्थापन र योजनाबद्ध कार्यप्रति समर्पित हुन सक्षम हुनेछस्, र तँ अडिग भएर उभिन सक्षम हुनेछस्। यस खालको व्यक्ति मात्र स्विकार्य सृष्टि गरिएका प्राणी हो जसले परमेश्‍वरको अनुमोदन पाउँछ। त्यसपछि तँ परमेश्‍वरले तँलाई दिनुभएको सबै कुराको लायक हुनेछस्।

सत्यता वास्तविकतामा प्रवेश गर्ने कडी के हो? तैँले सत्यताको अभ्यास कसरी गर्ने र मामलाहरूलाई कसरी सिद्धान्तपरक तरिकाले सम्हाल्ने त्यो कुरा सिक्नुपर्छ। जहिलेपनि कसम खानुको र तेरो इच्छा व्यक्त गर्नुको के काम? तँ जहिलेपनि कसम खान्छस् र आफ्नो इच्छा व्यक्त गर्छस्, तर पनि सत्यता अभ्यास गर्न सक्दैनस् भने, त्यसको बिलकुलै काम छैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा देखापर्ने विविध समस्याहरू सुल्झाउन सत्यताको खोजी मार्फत, आफ्नो कर्तव्य निर्वाह गर्ने दौरानमा जीवन प्रवेश प्राप्त गर्नु, र आफ्नो कर्तव्यप्रति तेरो गलत मनोवृति उल्टाउनु नै सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा वास्तविक काम हो। जीवन प्रवेश पाउनुको मतलब के हो? जीवन प्रवेश पाउनुको मतलब तँसँग सत्यताको अनुभव र त्यसको ज्ञान छ, र त्यसलाई सहि ढङ्गले अभ्यास गर्न सक्षम छस्। अहिले तिमीहरू सबैसँग जीवन प्रवेश छ? के तिमीहरू परमेश्‍वरको गवाही दिन सक्षम छौ? तिमीहरू अझैपनि अधिकांश समय धर्मसिद्धान्तमै अल्झिरहेका हुँदैनौ र? के तिमीहरू साँच्चिकै सत्यताको ज्ञान वा अनुभव प्राप्त नगरि धर्मसिद्धान्तमा मात्र सीमित भइरहेका छैनौ र? यदि तैँले सत्यताको साँचो अनुभव र ज्ञान प्राप्त गर्न सकिनस् भने, तैँले परमेश्‍वरको साक्षी दिन सक्दैनस्। तेरो धेरैजसो ज्ञान अनुभूतिजनक छ। तँ दुविधात्मक छस्, दुई फरक चीजहरू छन् भने दुवै सहि हुन् कि भन्ठान्छस्; परमेश्‍वरले एउटा कुरा गर्नुभयो भने, तँलाई लाग्छ कि त्यहि नै सत्य हो, र उहाँले बेग्लै कुरा गर्नुभयो भने, त्यसलाई पनि सत्यता नै ठान्छस्। तँलाई परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् जस्तो लाग्छ, र तैँले आमेन् भन्छस् र तिनीहरूको प्रशंसा गर्छस्, तर तैँले ती वचनहरूसामु उभिएर तिनीहरूसँग आफ्नो तुलना गर्न सक्दैनस्। तैँले कामहरू गर्दा, तँ दुविधामै हुन्छस्, अनि आफ्ना समस्याहरू सुल्झाउन कुन सत्यता प्रयोग गर्ने तँलाई थाहा हुँदैन। के तिमीहरूमध्ये धेरैजसो यही स्थितिमा छैनौ र? तिमीहरूले धर्मसिद्धान्त धेरै बुझ्ने र त्यसबारे धेरै बोल्न सक्ने भए पनि, त्यसलाई वास्तविक जीवनमा प्रयोग गर्न सक्दैनौ। तिमीहरूलाई सत्यता अभ्यास गर्ने तरिका अझै पनि थाहा छैन, न त परमेश्‍वरका वचनहरू आफ्ना वास्तविक जीवनमा लागू गर्न नै आउँछ, अनि जेसुकै आइपरे पनि, तिमीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन कसरी सत्यताको खोजी गर्ने भन्‍ने थाहा छैन। तेरो कद अति सानो भएकाले गर्दा त्यसो भएको हो। जब तिमीहरूले परमेश्‍वरका वचनहरू आफ्ना वास्तविक जीवनमा कसरी अनुभव, अभ्यास, र लागू गर्ने, र केही आइपरेपछि समस्याहरू सुल्झाउन कसरी सत्यताको खोजी गर्ने भनी थाहा पाउँछौ, तब तिमीहरूको जीवन वृद्धि हुनेछ। सत्यता अभ्यास गर्ने विधि जान्नु भनेको तेरो जीवन वृद्धि भइरहेको सङ्केत हो। कुनैदिन, जब तँ सत्यतामार्फत समस्याहरू सुल्झाउन सक्षम हुनेछस्, जब तँसँग परमेश्‍वरबारे केही ज्ञान हुनेछ, जब तैँले परमेश्‍वरबारे आफ्नो सच्चा ज्ञान बाँडेर उहाँको काम, उहाँको पवित्र र धर्मी स्वभाव, र उहाँको सर्वशक्तिमानता र बुद्धिको साक्षी दिन सक्नेछस्, तब तँ साँचो रूपमा परमेश्‍वरको साक्षी दिन सक्षम हुनेछस्, र परमेश्‍वरका निम्ति प्रयोगयोग्य हुनेछस्। यदि तैँले धर्मसिद्धान्त धेरै बुझ्छस् र त्यसबारे दिनभरी बोल्न सक्छस्, तर आफ्नै समस्यासँग सम्बन्धित केही पनि सुल्झाउन सक्दैनस् वा कसरी समाधान गर्ने भन्‍ने थाहा छैन भने, तैँले बुझेका कुराहरू सत्यता होइनन्, ती केवल शब्द र धर्मसिद्धान्तहरू हुन् भन्‍ने प्रमाणित हुन्छ। तैँले केही धर्मसिद्धान्त धेरै व्यावहारिक रूपमा बोलिस् भने पनि, वास्तवमा, यो अनुभूतिजनक ज्ञान मात्र हो जसले अहिलेसम्म तर्कसंगतता पाइसकेको छैन। तेरो कुरा सुनेर मानिसहरूले ज्ञान प्राप्त गरे पनि, तेरो जस्तै भावना राखे पनि, र तेरो ज्ञानले तिनीहरूमा केही नतिजा हासिल गर्न सके पनि, तँ त्यसबारे धेरै प्रष्टरूपमा बोल्न सक्षम हुँदैनस्, न त तैँले समस्याहरू पूर्णरूपले समाधान गर्न नै सक्छस्। यसले के प्रमाणित गर्छ भने तैँले जुन धर्मसिद्धान्तहरूबारे बोलेको छस् ती केवल अनुभूतिजनक ज्ञान हुन्। तैँले त्यो सत्यता वास्तविकता हो भनेर भन्न मिल्दैन, तैँले आफू सत्यता वास्तविकताभित्र प्रवेश गरेको छु भनेर त झनै भन्न मिल्दैन। अब तैँले शब्द र धर्मसिद्धान्तहरूबारे बोल्ने समस्याको समाधान कसरी गर्छस्? यसका लागि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूमा प्रकट हुने विविध प्रकारका भ्रष्टतामाथि चिन्तन गर्नु, तैँले सामना गर्ने प्रत्येक समस्याको उत्पतिमाथि चिन्तन गर्नु, अनि सत्यता खोजी गर्नु, र तैँले प्रकट गरेका भ्रष्ट स्वभाव पूर्णरूपले सुल्झाउनका लागि परमेश्‍वरका वचनहरू प्रयोग गर्नु आवश्यक हुन्छ। तँमा प्रकट हुने कुरा अहङ्कार र आत्म-धार्मिकता वा घुमाउरोपन र छलीपन, स्वार्थीपन र नीचता वा लापर्बाही र परमेश्‍वरलाई ढाँट्ने काम जे भए पनि, तैँले यी भ्रष्ट स्वभावहरू प्रष्टरूपमा नदेखेसम्म त्यसमा चिन्तन गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने काममा कस्ता समस्याहरू छन्, र तँ मुक्ति पाउनबाट कति टाढा छस् भन्‍ने कुरा जान्नेछस्। तैँले आफ्नो भ्रष्ट स्वभाव प्रष्टरूपमा देख्न सकिस् भने मात्र आफ्नो कर्तव्य निर्वाहमा कहाँ-कहाँ कठिनाइहरू र अवरोधहरू छन् भनी थाहा पाउन सक्छस्। त्यसपछि मात्र तैँले समस्याहरूलाई मुहानमै सुल्झाउन सक्षम हुनेछस्। उदाहरणका लागि, मानौँ तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुको जिम्मेवारी लिँदैनस्, बरु जहिलेपनि लापरवाहरूपमा काम गर्छस्, आफ्नो काममा क्षति पुऱ्याउँछस्, तर तँ आफ्नो छविको चिन्ता लिन्छस्, त्यसैले तँ खुलारूपमा तेरो स्थिति र कठिनाइहरूबारे सङ्गति गर्न, वा आत्म-विश्लेषण र आत्म-ज्ञान अभ्यास गर्न अनिच्छुक हुन्छस्, बरु जहिलेपनि परिस्थितिहरूलाई लापरवाहरूपले सामना गर्ने बहानाहरू खोज्छस्। तैँले यो समस्या कसरी सुल्झाउनुपर्छ? तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसो भन्दै आत्म-चिन्तन गर्नुपर्छ: “हे परमेश्‍वर, यदि मैले यसरी बोलेँ भने त्यो केवल आफ्नो छवि जोगाउनका लागि मात्र हो। त्यो मेरो भ्रष्ट स्वभाव बोलेको हो। मैले त्यस्तो बोल्नु हुँदैन। म खुलस्त हुनैपर्छ, आफैलाई उदाङ्गो पार्नैपर्छ, र साँच्चै मनमा लागेका कुराहरू जोरले भन्नैपर्छ। म आफ्नै आडम्बरलाई पूरा गर्नुभन्दा बरु लज्जा सहनेछु र छवि गुमाउनेछु। म परमेश्‍वरलाई मात्र सन्तुष्ट तुल्याउन चाहन्छु।” यसरी, आफूविरुद्ध विद्रोह गरेर अनि आफ्नो मनका साँचो विचारहरू जोरले व्यक्त गरेर, तँ इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेको हुन्छस्, र यसअलावा, तैँले आफ्नै इच्छाअनुसार काम गरिरहेको र आफ्नो छवि मात्र जोगाइरहेको हुँदैनस्। तँ परमेश्‍वरका वचनहरू व्यवहारमा लागू गर्न, परमेश्‍वरका अभिप्रायअनुसार सत्यता अभ्यास गर्न, गम्भीरतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न, र आफ्नो जिम्मेवारी पूर्ण रूपले पूरा गर्न सक्षम हुन्छस्। यसर्थ, तँ सत्यता अभ्यास गरिरहेको र आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको मात्र होइन, तैँले परमेश्‍वरको घरको हित पनि कायम गरिरहेको हुन्छस्, र परमेश्‍वरको हृदय सन्तुष्ट हुन्छ। यो जीवन जिउने न्यायोचित र सम्मानजनक तरिका हो, जुन परमेश्‍वर र मानिस दुवै सामु प्रस्तुत गरिन लायक छ। यो त एकदम राम्रो कुरा हो! यो तरिका अभ्यास गर्न अलिक कठिन हुन्छ, तर यदि तेरा प्रयास र अभ्यास यो दिशामा उन्मुख छन् भने, तँ एक-दुई पटक असफल भए पनि, अवश्य सफल हुनेछस्। अनि तेरो लागि सफलताको अर्थ के हुन्छ? यसको अर्थ जब तैँले सत्यताको अभ्यास गर्छस्, तैँले आफूलाई शैतानको बन्धनबाट मुक्त गर्ने यो कदम चाल्न सक्छस्, जुन कदमले तँलाई आफूविरुद्ध विद्रोह गर्ने अनुमति दिन्छ। यसको अर्थ तैँले अभिमान र प्रतिष्ठालाई पन्छाउन, आफ्नै लागि लाभ खोज्न छोड्न र स्वार्थी र नीच कुराहरू गर्न छोड्न सक्छस्। जब तैँले यसलाई अभ्यासमा लगाउँछस्, तैँले मानिसहरूलाई तँ सत्यतालाई प्रेम गर्ने, सत्यताको तृष्णा गर्ने, न्याय र ज्योतिको चाह गर्ने व्यक्ति होस् भनेर देखाउँछस्। तैँले सत्यता अभ्यास गरेर पाउने परिणाम यो हो। यसको साथै, तैँले शैतानलाई लज्जित पनि पार्छस्। शैतानले तँलाई भ्रष्ट तुल्यायो, यसले तँलाई आफ्‍नै लागि मात्र सोच्‍ने तुल्यायो, तँलाई स्वार्थी तुल्यायो, तँलाई आफ्‍नै प्रतिष्ठाको बारेमा सोच्‍ने तुल्यायो। तर अहिले, यी शैतानी कुराहरूले अबउप्रान्त तँलाई बाँध्‍न सक्दैनन्, तँ ती कुराहरूबाट स्वतन्त्र भएको छस्, तँ अबउप्रान्त अभिमान, प्रतिष्ठा, वा आफ्‍नै व्यक्तिगत चासोहरूको नियन्त्रणमा छैनस्, र तैँले सत्यताको अभ्यास गर्छस्, यसरी शैतान पूर्णरूपमा लज्जित हुन्छ, र त्यसले केही पनि गर्न सक्दैन। अनि के तँ विजयी भएको हुँदैनस् र? के तँ विजयी भएपछि परमेश्‍वरप्रतिको तेरो गवाहीमा दह्रिलो भई खडा हुँदैनस् र? के तैँले असल लडाइँ लड्दैनस् र? जब तैँले असल लडाइँ लडेको हुन्छस्, तेरो हृदयमा शान्ति, र आनन्द, र सहजताको अनुभूति हुन्छ। यदि तँलाई जीवनमा प्रायजसो आरोपित महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यतालाई विश्‍वासघात गर्ने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो। सत्यताको पछि लाग्नेहरू फरक हुन्छन्। तिनीहरू जति बढी सत्यता बुझ्छन्, त्यति नै बढी स्वतन्त्र र मुक्त बन्छन्; जति बढी सत्यता अभ्यास गर्छन्, उति बढी शान्ति र खुसी प्राप्त गर्छन्। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तिनीहरू पूर्णरूपमा प्रकाशमा बाँच्नेछन्, परमेश्‍वरका आशिषहरूको आनन्द लिनेछन्, र तिनीहरूमा बिलकुलै पीडा हुनेछैन।

अहिले, तिमीहरू सबैजना बढीजसो कुन स्थितिमा जिउँछौ? बढीजसो सकारात्मक स्थितिमा जिउँछौ कि नकारात्मक स्थितिमा? (हामी प्रायः नकारात्मक स्थितिमा जिउँछौँ।) सधैँ नकारात्मक स्थितिमा जिउने व्यक्तिका लागि आफ्नो जिम्मेवारीहरू त्याग नगरी आफ्नो कर्तव्य निर्वाह गर्न निरन्तर लागिरहनु कुनै सामान्य कुरा होइन! तिमीहरू सबैजना प्रायः निष्क्रिय हुन्छौ, तर यसको समाधान कसरी गर्ने तिमीहरूलाई थाहा छैन। कहिलेकाहीँ, तिमीहरूले आफ्ना निष्क्रिय स्थितिहरू समाधान गर्न ठूलो प्रयत्न गर्नुपर्ने हुन्छ, र परिस्थितिहरू तिमीहरूले चाहेजस्तो नभइदिँदा, तिमीहरू फेरि एकपटक निष्क्रिय बन्छौ। तँ सधैँ तेरो निष्क्रियतामै लडीबुडी गरिरहन्छस्, र तैँले चाहेर पनि उभिन सक्दैनस्; तैँले कुनै पनि कर्तव्य राम्ररी गर्न सक्दैनस्, र तँ यति अयोग्य छस् कि तँलाई कसैले मद्दत गर्न सक्दैन। यसरी जिउनु थकाइलाग्दो हुँदैन र? (हुन्छ नि।) त्यसोभए तैँले निष्क्रियताको समस्यालाई कसरी पूर्णरूपमा निराकरण गर्छस्? तैँले सत्यताका केही पक्षहरू स्पष्टरूपमा बुझ्नुपर्छ। तैँले जति नै धेरै धर्मसिद्धान्तबारे बोल्न सकेता पनि त्यसले तेरो समस्या सुल्झाउँदैन। कुनै व्यक्तिले साँचो रूपमा सत्यता बुझेपछि, र उसले सामना गर्ने जुनसुकै निष्क्रियता वा कठिनाइ समाधान गर्न सक्षम भएपछि, उसका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु त्यति धेरै सकसपूर्ण हुनेछैन। सत्यता प्राप्त गरेर मात्र स्वतन्त्र र मुक्त हुन सकिन्छ। अहिले, तिमीहरूमा सबैभन्दा कमी भएको कुरा नै सत्यता हो, तर सत्यता रातारात प्राप्त गर्न सकिने कुरा होइन। तँसँग परमेश्‍वरको कामबारे साँचो ज्ञान हुनुपर्छ, र मानिसका भ्रष्ट स्वभावहरू प्रष्टरूपमा देख्न तँ सक्षम हुनुपर्छ। यसको लागि समय लाग्छ, र त्यो बुझ्न तैँले सत्यताको खोजी गर्नुपर्छ। तिमीहरू सबैले भ्रष्ट स्वभावमा जिउनुको पीडा महसुस गर्न सक्छौ, तिमीहरूमा त्यसबारे गहन बुझाइ छ। तिमीहरूले सत्यता बुझेपछि, सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू हेर्न सक्षम भएपछि आफ्नो हृदयमा पैदा हुने शान्ति र खुसीको अनुभव गरेका छौ? के तिमीहरूसँग यस्ता धेरै अनुभवहरू छन्? यदि साँच्चिकै यी अनुभवहरू प्रचुर छन् भने, त्यसको मतलब तिमीहरूमा पूर्ण रूपले सत्यता वास्तविकता छ। तिमीहरूले प्रकाशमा र परमेश्‍वरको उपस्थितिमा बाँचेको अनुभव गर्नेछौ। यदि तिमीहरूले बेलाबेलामा थोरै भएपनि परमेश्‍वरको अन्तर्दृष्टि पायौ भने, तिमीहरू धेरै खुशी हुनेछौ। यदि तिमीहरू बेलाबेलामा मानिसको सट्टामा परमेश्‍वरमा भर पर्छौ, र परमेश्‍वरले तिमीहरूलाई अलिकति प्रकाश र तिमीहरूले नसोचेको अगाडि बढ्ने मार्ग दिनुभयो, अनि समस्याको निराकरण गरियो भने, तिमीहरू धेरै खुशी हुनेछौ। बारम्बार यी अनुभवहरू पाउनुले मात्र पर्याप्त हुँदैन; तिमीहरूले अझै सत्यताप्रति प्रयास जारी राख्नुपर्छ। एकातिर, तिमीहरूले दर्शनहरूबारे सत्यता बुझ्नुपर्छ, परमेश्‍वरको कामको पूर्णरूपमा प्रष्ट बुझाइ हुनुपर्छ, र परमेश्‍वरको स्वभावबारे साँच्चिकै ज्ञान हुनुपर्छ। यस तरिकाले, जब आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा फेरि पनि कठिनाइहरू सामना गर्छौ, कम्तीमा यसले धारणाहरू जन्माउनेछैन, न त त्यसले विद्रोहीपन नै उत्पन्न गराउँछ। यो परिस्थितिहरूको एउटा पक्ष हो। अतिरिक्तरूपमा, तिमीहरूले जीवन प्रवेश तिर प्रयास गर्नुपर्छ। जुन सत्यता अभ्यास गरिनुपर्छ र जसमा प्रवेश गर्नुपर्छ तिनीहरूको सारांशीकरण गरिनुपर्छ, जस्तैः आफैलाई चिन्ने, इमानदार व्यक्ति बन्ने, परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरमा कसरी भर पर्ने, वफादारपूर्ण तरिकाले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने, थरिथरीका मानिसहरू कसरी छुट्याउने, तैँले शैतानलाई कस्तो व्यवहार गर्ने, तँसँग कस्तो बुद्धि हुनुपर्छ, इत्यादि। सत्यताका यी विभिन्न पक्षहरूको अनुभव गरेर अनि त्यसमा प्रवेश गरेर मात्र तैँले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न, र सिद्ध व्यक्ति बन्न सक्छस्। अहिले तिमीहरू सत्यता वास्तविकताका कतिवटा पक्षहरूमा प्रवेश गरेका छौ? सत्यता वास्तविकताका कुन-कुन पक्षमा तिमीहरू अझै प्रवेश गरेका छैनौ? तिमीहरूले यो तथ्यलाई मनमा सम्झिराख्नुपर्छ। जब तिमीहरू अभ्याससम्बन्धी थुप्रै सत्यतामा प्रवेश गरेका हुन्छौ, तिमीहरूको जीवन पहिल्यै वृद्धि भइसकेको हुनेछ, र तिमीहरूसँग साँच्चिकै कद हुनेछ। जब तिमीहरूको कद निश्चित स्तरसम्म बढ्छ, तब तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिने मार्गमा प्रवेश गर्न सक्षम हुनेछौ, अनि तिमीहरूसँग साँचो कद हुनेछ। यो हतार गरेर हुने कुरा होइन—एकै गासमा सिङ्गै हात्ती निल्न सकिन्न। अहिले, तैँले सुल्झाउनुपर्ने सबैभन्दा निर्णायक र महत्त्वपूर्ण कुरा के हो? त्यो के हो भने तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश प्राप्त गर्नुपर्छ। यो नै कडी हो। तैँले भएभरको प्रयास गरेर मात्र हुँदैन—आफ्नो मन त्यसैमा लगाउनुपर्छ। तैँले सृष्टि गरिएका प्राणीको कर्तव्य निर्वाह गर्दा परमेश्‍वरले तैँले आफ्नो श्रम बेचोस् भन्‍ने चाहनुहुन्न, बरु तैँले उहाँलाई तेरो इमानदारी देखाएको हेर्न चाहनुहुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तँसँग जीवन प्रवेश हुनुपर्छ। जीवन प्रवेश भएपछि मात्र तँसँग जीवन हुनेछ, तँसँग जीवन भएपछि मात्र तेरो वृद्धि हुनेछ, र जीवन भएकाहरूसँग मात्र सत्यता हुन्छ।

अगष्ट १०, २०१५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्