परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश २२१
परमेश्वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
विश्वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्न सक्ने सबै कुरा अस्तित्वमा छन्, तर देख्न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा रहेका कुराहरू अस्तित्वमा छैनन् भन्ने विश्वास गर्छन्। तिनीहरू “जीवन र मृत्युको चक्र” छैन र कुनै “दण्ड” छैन भनेर विश्वास गर्न रुचाउँछन्; यसर्थ, तिनीहरूले कुनै पछुतो नगरीकन पाप गर्छन् र दुष्ट कार्य गर्छन्। त्यसपछि, तिनीहरू दण्डित हुन्छन्, वा पशु-प्राणीको रूपमा पुनर्जन्म लिन्छन्। अविश्वासीहरूका बीचमा रहेका विभिन्न प्रकारका मानिसहरूमध्ये धेरैजसो यही दुष्चक्रमा पर्छन्। किनभने तिनीहरूलाई सबै जीवित प्राणीप्रतिको प्रशासनमा आत्मिक संसार अत्यन्तै कठोर छ भन्ने थाहा हुँदैन। तैँले विश्वास गरे पनि नगरे पनि यो तथ्य अस्तित्वमा छ, किनभने परमेश्वरले आफ्नो आँखाले अवलोकन गर्नुहुने क्षेत्रबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन, र उहाँका स्वर्गीय आदेश र उर्दीहरूका नियम र सीमितताहरूबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन। तसर्थ, यो सरल उदाहरणले सबैलाई के कुरा बताउँछ भने, तैँले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि, पाप गर्नु र दुष्ट कार्य गर्नु अस्वीकार्य छ, र सबै कामका परिणामहरू हुन्छन्। अर्को व्यक्तिबाट पैसा ठगी गर्ने कुनै व्यक्तिको लागि, त्यस्तो दण्ड उचित नै हुन्छ। आम रूपमा देखिने यस्तो व्यवहारलाई आत्मिक संसारमा दण्डित गरिन्छ, र त्यस्तो दण्ड परमेश्वरका आदेश र स्वर्गीय उर्दीद्वारा दिइन्छ। त्यसकारण, गम्भीर अपराधी र दुष्ट व्यवहारको निम्ति—बलात्कार र लुटपाट गर्ने, ठगी र छल गर्ने, चोरी र डकैती गर्ने, हत्या र आगजनी गर्ने, आदि इत्यादि—विभिन्न हदको गम्भीरता सहितको विभिन्न किसिमको दण्ड हुन्छ। विभिन्न हदको गम्भीरता सहितका यी दण्डहरूमा के-के पर्छन् त? तीमध्ये कतिमा समयको प्रयोग गरी गम्भीरताको स्तर तय गरिन्छ, कतिमा भने विभिन्न विधिहरूद्वारा त्यसो गरिन्छ; अझै अरूहरूमा मानिसहरूको पुनर्जन्म हुँदा कहाँ जान्छन् त्यसलाई निर्धारण गरेर त्यसो गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू फोहोरी बोल्ने हुन्छन्। “फोहोरी बोल्ने” ले केलाई जनाउँछ? यसको अर्थ अरूसँग बोल्दा बारम्बार मनपरी भन्ने र अरूलाई सराप्ने द्वेषपूर्ण भाषाको प्रयोग गर्ने भन्ने हुन्छ। फोहोरी भाषाले केलाई जनाउँछ? त्यस व्यक्तिसँग दुर्भावनापूर्ण हृदय छ भन्ने यसले सङ्केत दिन्छ। अरूलाई सराप दिने फोहोरी भाषा त्यस्ता मानिसहरूको मुखबाट नै प्राय निस्कन्छ, र त्यस्तो फोहोरी भाषाले गम्भीर परिणामहरू ल्याउँछ। यी मानिसहरू मरेर उचित दण्ड पाएपछि, तिनीहरू गुँगो भएर जन्मन सक्छन्। कतिपय मानिसहरू जिउँदो हुँदा अत्यन्तै कुटिल हुन्छन्; तिनीहरूले प्राय अरूबाट फाइदा लुट्छन्, तिनीहरूका युक्तिहरू खास रूपमा योजनाबद्ध हुन्छन्, र तिनीहरूले अरूलाई धेरै हानि गर्छन्। जब तिनीहरूको पुनर्जन्म हुन्छ, तब तिनीहरू अर्धबुद्धि वा मानसिक रूपमा अशक्त भई जन्मन सक्छन्। कतिपय मानिसहरूले प्रायजसो अरूको व्यक्तिगत मामलामा हात हाल्छन्; तिनीहरूका आँखाले नदेख्नु पर्ने धेरै कुरा देख्छन्, र तिनीहरूले नजान्नु पर्ने धेरै कुरा जान्दछन्। परिणामस्वरूप, जब तिनीहरूको पुनर्जन्म हुन्छ, तिनीहरू अन्धा हुन सक्छन्। कतिपय मानिसहरू जीवित हुँदा हातखुट्टा चलाउन अत्यन्तै चतुर हुन्छन्; तिनीहरूले प्रायजसो झगडा गर्छन् र धेरै दुष्ट कार्य गर्छन्। यही कारणले गर्दा, अपाङ्ग, लङ्गडो, वा हात नभएको व्यक्तिको रूपमा तिनीहरूको पुनर्जन्म हुन सक्छ; अन्यथा तिनीहरू कुप्रो वा घाँटी बाङ्गिएको व्यक्तिको रूपमा जन्मन सक्छन्, एक हातले हिँड्ने, एउटा खुट्टा अर्कोभन्दा छोटो भएको, र यस्तै अन्य रूपमा जन्मन सक्छन्। यिनमा, तिनीहरूलाई जीवित हुँदा तिनीहरूले गरेका दुष्ट कामको स्तरको आधारमा विभिन्न दण्डहरू प्रदान गरिएको हुन्छ। तिमीहरूलाई कतिपय मानिसहरूको हेराइ किन डेडो हुन्छ भन्ने लाग्छ? के त्यस्ता धेरै मानिसहरू छन्? आजभोलि यस्ता मानिसहरू धेरै नै छन्। कतिपय मानिसहरूले तिनीहरूको विगतको जीवनमा आफ्नो आँखाको धेरै प्रयोग गरेका र धेरै खराब काम गरेकाले तिनीहरूको हेराइ डेडो हुन्छ, त्यसले गर्दा तिनीहरू डेडो हेराइको समस्यासहित जन्मे, र गम्भीर अवस्थाहरूमा, तिनीहरू अन्धोसमेत भएर जन्मे। यो दण्ड हो! कतिपय मानिसहरू मर्नुभन्दा पहिले अरूसँग राम्ररी मिलेर बस्छन्; तिनीहरूले आफ्ना आफन्त, इष्टमित्र, सहकर्मी, वा तिनीहरूसँग सम्बन्धित अरू मानिसहरूका निम्ति धेरै असल कार्य गर्छन्। तिनीहरूले अरूका लागि परोपकार र हेरचाह प्रदान गर्छन्, वा तिनीहरूलाई आर्थिक रूपमा सहायता गर्छन्, अनि मानिसहरूले तिनीहरूलाई आदरको साथ हेर्छन्। जब त्यस्ता मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरूलाई दण्ड दिइँदैन। एक अविश्वासीलाई कुनै पनि किसिमले दण्ड नदिनुको अर्थ तिनीहरू अत्यन्तै असल व्यक्ति थिए भन्ने हुन्छ। परमेश्वरको अस्तित्वमा विश्वास गर्नुको सट्टा, तिनीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्वास गरे। त्यस्तो व्यक्तिले तिनीहरूभन्दा माथि एउटा आत्मा छ जसले तिनीहरूले गर्ने हरेक कुरा हेर्छ भन्ने मात्रै विश्वास गर्छ—यो व्यक्तिले विश्वास गर्ने भनेको यति मात्रै हो। यसको परिणाम के हुन्छ भने यो व्यक्तिको व्यवहार निकै राम्रो हुन्छ। त्यस्ता मानिसहरू दयालु हृदय भएको र परोपकारी हुन्छन्, र जब तिनीहरू अन्तिममा आत्मिक संसारमा फर्कन्छन्, यसले तिनीहरूलाई अत्यन्तै राम्रो व्यवहार गर्नेछ, र तिनीहरूको चाँडै नै पुनर्जन्म हुनेछ। जब तिनीहरू फेरि जन्मन्छन्, तिनीहरू कस्तो प्रकारको परिवारमा आइपुग्नेछन्? त्यस्ता परिवार धनी नभए पनि, तिनीहरूको परिवारका सदस्यहरूमा सद्भाव हुने हुँदा तिनीहरू कुनै पनि हानिबाट मुक्त हुन्छन्; त्यहाँ, पुनर्जन्म भएका यी मानिसहरूले सुरक्षित, खुशीका दिनहरू बिताउँछन्, र हरेक व्यक्तिले आनन्दित भएर असल जीवन जिउनेछ। जब यी मानिसहरू वयस्क हुन्छन्, तिनीहरूको परिवार ठूलो, संयुक्त परिवार हुनेछ, तिनीहरूका छोराछोरी प्रतिभावान् हुनेछन्, तिनीहरूले सफलता पाउनेछन्, अनि तिनीहरूको परिवारले राम्रो सौभाग्यको आनन्द लिनेछन्—र त्यस्तो परिणाम यी मानिसहरूको विगतको जीवनसँग पूर्ण रूपमा सम्बन्धित हुन्छ। अर्थात्, मानिसहरू मरेर तिनीहरूको पुनर्जन्म भएपछि तिनीहरू कहाँ जान्छन्, तिनीहरू पुरुष बन्छन् कि महिला बन्छन्, तिनीहरूको मिसन के हो, जीवनमा तिनीहरूले के भोग्नेछन्, तिनीहरूले के-कस्ता प्रतिरोधहरूको सामना गर्नेछन्, तिनीहरूले कस्ता आशिष् पाउनेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, र तिनीहरूलाई के हुनेछ—कसैले पनि यी कुराहरूको पूर्वानुमान गर्न, तीबाट जोगिन, वा तीबाट लुक्न सक्दैन। भन्नुको अर्थ, तेरो जीवनको तय गरिएपछि, तँलाई जेसुकै भए पनि—तैँले यसबाट जोगिन जे-जसरी प्रयास गरे पनि, र जुनसुकै माध्यमको प्रयोग गरे पनि—परमेश्वरले आत्मिक संसारमा तेरो लागि तय गर्नुभएको जीवनको मार्गलाई तैँले कुनै पनि हालतमा उल्लङ्घन गर्न सक्दैनस्। किनभने जब तेरो पुनर्जन्म हुन्छ, तेरो जीवनको भवितव्य पहिले नै तोकिएको हुन्छ। चाहे यो असल होस् वा खराब, सबैले यसको सामना गर्नुपर्छ र अघि बढिरहनुपर्छ। यो यस्तो कुरा हो जसबाट यस संसारमा बस्ने कोही पनि जोगिन सक्दैन, र यत्तिको यथार्थ कुरा अरू केही पनि छैन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १०
परमेश्वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के...
सृष्टि गरिएको साँचो प्राणीले सृष्टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्टि केका लागि गरिएको हो, सृष्टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी...
सिद्ध हुन इच्छुक सबैसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ...
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) २. तापक्रम हामीले छलफल गर्ने दोस्रो कुरा...