परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३
यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्न सके भने,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्चित कुराहरू वा घटनाहरूलाई बुझ्दैनन्, तब तिनीहरूले उचित जानकारीको खोजी गर्न वा ती कुराहरूको व्युत्पत्ति र पृष्ठभूमिको बारेमा पत्ता लगाउन विभिन्न माध्यमहरूको प्रयोग गर्न सक्छन्। तर जब हामीले आज कुरा गरिरहेको संसारको कुरा आउँछ—अर्थात्, भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको आत्मिक संसारको कुरा आउँछ—यसको बारेमा सिक्नको लागि मानिसहरूसँग कुनै माध्यम वा प्रणाली हुँदैन। म किन यसो भन्दैछु त? म यसो किन भन्दैछु भने, मानवजातिको संसारमा भौतिक संसारको हरेक कुरालाई मानिसको भौतिक अस्तित्वबाट अलग गर्न सकिँदैन, र मानिसहरूलाई भौतिक संसारको हरेक कुरालाई आफ्नो भौतिक जियाइ र भौतिक जीवनबाट अलग गर्न सकिँदैन भन्ने लाग्ने हुनाले, धेरैजसो मानिसहरूले तिनीहरूले देख्न सक्ने तिनीहरूका आँखा अगाडिका भौतिक कुराको बारेमा मात्रै जान्दछन् वा तिनलाई मात्रै देख्छन्। तैपनि, जब आत्मिक संसारको कुरा आउँछ—भन्नुको अर्थ, जब अर्को संसारका सबै थोकको कुरा आउँछ—धेरैजसो मानिसहरूले विश्वास गर्दैनन् भन्दा अत्योक्ति हुँदैन। मानिसहरूले यसलाई देख्न सक्दैनन्, र यसलाई बुझ्न वा यसको बारेमा कुनै कुरा पनि जान्न आवश्यक छैन भनी विश्वास गर्छन्, तिनीहरूले आत्मिक संसार कसरी भौतिक संसारभन्दा पूर्ण रूपमा फरक छ, र परमेश्वरको दृष्टिकोणमा खुला छ—मानवको लागि, यो गुप्त र बन्द भए पनि—भन्ने कुरा देख्ने-बुझ्ने वा विश्वास गर्नु त परै जाओस्, यसकारण मानिसहरूलाई यस संसारका विभिन्न पक्षहरूलाई बुझ्ने मार्ग भेट्टाउन निकै कठिन छ। मैले बताउन लागेको आत्मिक संसारका विभिन्न पक्षहरू परमेश्वरको प्रशासन र सार्वभौमिकतासँग मात्रै सम्बन्धित छ; म कुनै पनि रहस्य प्रकट गर्नेछैन, न त म तिमीहरूलाई तिमीहरूले जान्न चाहेका कुनै गुप्त कुराहरू नै बताउनेछु। यो कुरा परमेश्वरको सार्वभौमिकता, परमेश्वरको प्रशासन, र परमेश्वरको बन्दोबस्तसँग सम्बन्धित भएको हुनाले, तिमीहरूले जान्नु आवश्यक रहेको भागको बारेमा मात्रै म बोल्नेछु।
सुरुमा, म तिमीहरूलाई एउटा प्रश्न गर्छु: तिमीहरूको विचारमा, आत्मिक संसार भनेको के हो? समग्रमा भन्दा, यो भौतिक संसारभन्दा बाहिरको संसार हो, जुन मानिसहरूको लागि अदृश्य र अस्पृश्य दुवै छ। तैपनि तिमीहरूको कल्पनामा, आत्मिक संसार कस्तो प्रकारको संसार हुनुपर्छ? सायद, यसलाई देख्न नसकेको कारण, तिमीहरूले यसको बारेमा कल्पना गर्न सक्दैनौ। तैपनि, जब तिमीहरूले कुनै पौराणिक कथा सुन्छौ, तब तिमीहरूले यसको बारेमा विचार गरिरहेका हुन्छौ, र तिमीहरू यसको बारेमा विचार नगरी बस्नै सक्दैनौ। म किन यसो भन्दैछु त? सानो छँदा धेरै मानिसहरूलाई हुने केही घटना छन्: जब कसैले तिनीहरूलाई डरलाग्दो कथा—भूत वा आत्माको बारेमा कथा—बताउँछन्, तिनीहरू अत्यन्तै भयभीत हुन्छन्। तिनीहरू वास्तवमा किन भयभीत हुन्छन् त? किनभने तिनीहरूले यी कुराहरूको कल्पना गरिरहेका हुन्छन्; तिनीहरूले ती कुरालाई देख्न नसके पनि, तिनीहरूलाई ती कुराहरू तिनीहरूको कोठामा, कुनै गुप्त वा अँध्यारो कुनामा छन् भन्ने लाग्छ, र तिनीहरू यति भयभीत हुन्छन् कि तिनीहरूले सुत्ने आँट समेत गर्दैनन्। विशेष गरी राति, तिनीहरू कोठामा एकलै बस्न वा आँगनमा एकलै जान अत्यन्तै डराउँछन्। त्यो तिमीहरूको कल्पनाको आत्मिक संसार हो, र यो मानिसहरूले डरलाग्दो ठान्ने संसार हो। तथ्य के हो भने हरेकले कुनै हदसम्म यसको कल्पना गर्छन्, र यसलाई हरेकले थोरै अनुभव गर्न सक्छन्।
हामी आत्मिक संसारको बारेमा कुरा गर्दै यस विषयलाई सुरु गरौं। यो के हो त? म तिमीहरूलाई छोटो र सरल व्याख्या प्रदान गर्छु: आत्मिक संसार एक महत्त्वपूर्ण स्थान हो, जुन भौतिक संसारभन्दा फरक छ। यो महत्त्वपूर्ण छ भनेर म किन भन्छु त? हामी यसको बारेमा विस्तृत रूपमा छलफल गर्दैछौं। आत्मिक संसारको अस्तित्व अपरिहार्य रूपमा नै मानवजातिको भौतिक संसारसँग जोडिएको छ। यसले यावत् थोकमाथिको परमेश्वरको प्रभुत्वमा मानव जीवन र मृत्युको चक्रमा मुख्य भूमिका निर्वाह गर्छ; यसको भूमिका यही हो, र यसको अस्तित्व महत्त्वपूर्ण हुनुको एउटा कारण यही हो। यो पञ्च-इन्द्रियहरूले अनुभूति गर्न नसक्ने स्थान भएको हुनाले, आत्मिक संसार अस्तित्वमा छ कि छैन भन्ने कुरालाई कसैले पनि सटीक रूपमा मूल्याङ्कन गर्न सक्दैन। यसका विभिन्न पक्षहरू मानव अस्तित्वसँग घनिष्ठ रूपले जोडिएका हुन्छन्, जसको परिणामस्वरूप मानवजातिको जीवनक्रमलाई आत्मिक संसारले वृहत् प्रभाव पार्छ। यसमा परमेश्वरको सार्वभौमिकता संलग्न हुन्छ कि हुँदैन त? हुन्छ। जब म यसो भन्छु, तब तैँले यो विषयमा मैले किन छलफल गरिरहेको छु सो बुझ्छस्: किनभने यो परमेश्वरको सार्वभौमिकता, साथै उहाँको प्रशासनसँग सम्बन्धित छ। यस्तो संसारमा—मानिसहरूका लागि अदृश्य रहेको संसारमा—यसको हरेक स्वर्गीय उर्दी, आदेश, र प्रशासन प्रणाली भौतिक संसारको जुनसुकै राष्ट्रका कानूनहरू र प्रणालीहरूभन्दा निकै माथि हुन्छन्, र तिनलाई यो संसारमा जिउने कुनै पनि प्राणीले अवहेलना वा उल्लङ्घन गर्ने आँट गर्दैन। के यो परमेश्वरको सार्वभौमिकता र प्रशासनसँग सम्बन्धित छ त? आत्मिक संसारमा, स्पष्ट प्रशासनिक आदेशहरू, स्पष्ट स्वर्गीय उर्दीहरू, र स्पष्ट विधानहरू हुन्छन्। फरक-फरक स्तर र फरक-फरक क्षेत्रमा सहभागीहरूले आफ्ना कर्तव्यहरू कठोरताका साथ पालन गर्छन् र नीति र नियमहरूको पालन गर्छन्, किनभने स्वर्गीय उर्दीको उल्लङ्घन गर्दा हुने परिणाम के हुन्छ सो तिनीहरूलाई थाहा छ; परमेश्वरले कसरी दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ, अनि कसरी उहाँले सबै थोकमाथि प्रशासन चलाउनुहुन्छ र शासन गर्नुहुन्छ सो तिनीहरूलाई स्पष्ट रूपमै थाहा छ। यसको साथै, तिनीहरूले कसरी उहाँले आफ्ना स्वर्गीय उर्दीहरू र विधानहरूलाई कार्यान्वयन गर्नुहुन्छ सो स्पष्ट रूपमै देख्छन्। के यी मानवजातिले वास गर्ने भौतिक संसारभन्दा फरक छन् त? तिनीहरू वास्तवमा अत्यन्तै फरक छन्। आत्मिक संसार भौतिक संसारभन्दा पूर्ण रूपमा फरक संसार हो। स्वर्गीय अध्यादेश र विधानहरू हुने भएकाले, यसले परमेश्वरको सार्वभौमिकता, प्रशासनलाई यसको अतिरिक्त उहाँको स्वभाव साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई समावेश गर्छ। यो कुरा सुनेपछि, के तिमीहरूलाई मैले यस विषयमा बोल्नु अत्यन्तै आवश्यक छ भन्ने लागेन? के तिमीहरूलाई यसभित्रका रहस्यहरू जान्न मन लागेन? (हो, लाग्यो।) आत्मिक संसारको अवधारणा यही हो। यो भौतिक संसारसँगै सह-अस्तित्वमा हुने, र यो एकसाथ परमेश्वरको प्रशासन र सार्वभौमिकताको अधीनमा हुने भए पनि, यस संसारप्रतिको परमेश्वरको प्रशासन र सार्वभौमिकता भौतिक संसारको भन्दा निकै कठोर हुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्न सके भने,...
प्रभु येशू जन्मनुभएको बेला धेरै घटनाहरू घटे भन्ने कुरा बाइबल पढेका हरेकले जान्दछन्। ती घटनाहरूमध्ये सबैभन्दा ठूलो उहाँलाई दियाबलसहरूका...
यदि तँ परमेश्वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध...
मानिसको बीचमा परमेश्वरले गर्ने काम मानिसबाट अलग रहन सक्दैन, किनभने मानिस नै यो कामको लक्ष्य र परमेश्वरले बनाउनुभएको एउटै मात्र प्राणी हो,...