परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८३

चौथो कुरा, परमेश्‍वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्‍नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू छन्। यी फरक किसिमका मानिसहरू हुन्। परमेश्‍वरले यी फरक किसिमका मानिसहरूको जीवनका क्षेत्र पनि तोकिदिनुभयो र थाहै नपाई मानिसहरू परमेश्‍वरको व्यवस्थापनमा जीवित रहनको निम्ति तिनीहरूका उचित वातावरणहरूमा बसोबास गर्छन्। कोही पनि त्यसभन्दा बाहिर जान सक्दैन। उदाहरणको निम्ति, गोरा मानिसहरूलाई नै लिऔं। तिनीहरूमध्ये धेरैजसो बसोबास गर्ने भौगोलिक क्षेत्र कुन हो? तिनीहरूमध्ये धेरैजसो युरोप र अमेरिकामा बसोबास गर्छन्। काला मानिसहरू मुख्यतया अफ्रिकामा बसोबास गर्छन्। खैरा मानिसहरू मुख्यतया, थाइल्याण्ड, भारत, म्यानमार, भियतनाम र लाओस जस्ता दक्षिणपूर्वी एसिया र दक्षिण एसियामा बसोबास गर्छन्। पहेँला मानिसहरू मुख्यतया एसिया अर्थात् चीन, जापान र दक्षिण कोरिया जस्ता देशहरूमा बसोबास गर्छन्। परमेश्‍वरले यी फरक किसिमका जातिहरूलाई फरक तरिकाले वितरण गर्नुभयो, यसैले यी फरक जातिहरूलाई संसारका फरक-फरक भागहरूमा वितरण गरिएको छ। परमेश्‍वरले धेरै अगाडि नै संसारका यी फरक-फरक भागहरूमा मानवजातिका हरेक जातिको अस्तित्वको निम्ति सुहाउँदो वातावरण तयार पार्नुभयो। अस्तित्वका लागि तयार पारिएका यी वातावरणहरूभित्र परमेश्‍वरले तिनीहरूका निम्ति विभिन्न रङ्ग र बनावटका माटोहरू तयार गर्नुभयो। अर्को शब्दमा, गोरा मानिसहरूका शरीरहरू जुन तत्वहरूले बनेका हुन्छन्, ती काला मानिसहरूका शरीरहरू बन्ने तत्वहरूभन्दा फरक हुन्छन्, र ती अन्य जातिका शरीरहरू बन्ने तत्वहरूभन्दा पनि फरक हुन्छन्। जब परमेश्‍वरले सबै थोक बनाउनुभयो, परमेश्‍वरले त्यस जातिको निम्ति सुहाउँदो वातावरण पहिले नै तयार गर्नुभएको थियो। परमेश्‍वरले यसो गर्नुको उद्देश्य त्यस किसिमका मानिसहरू वृद्धि भएर सङ्ख्यामा धेरै भएपछि तिनीहरूलाई निश्चित क्षेत्रभित्र राख्नु थियो। परमेश्‍वरले मानवजातिहरूको सृष्टि गर्नु अगाडि उहाँले यी सबै कुराहरू पहिले नै सोच्नुभएको थियो—उहाँले गोरा मानिसहरूलाई वृद्धि हुने र जीवित रहनको निम्ति युरोप र अमेरिका संरक्षण गरेर राख्नुभयो। यसैले परमेश्‍वरले पृथ्वीको सृष्टि गर्नुहुँदा नै उहाँसँग योजना थियो, जमिनको त्यस खण्डमा उहाँले राखेका कुराहरू र त्यस जमिनको खण्डमा उहाँले पालनपोषण गर्नुभएका कुराको निम्ति परमेश्‍वरसँग लक्ष्य र उद्देश्य थियो। उदाहरणको निम्ति, त्यस जमिनमा कस्ता पहाडहरू, कति समथर भूभागहरू, पानीका कति स्रोतहरू, कस्ता किसिमका चराचुरुङ्गी र जनावरहरू, कस्ता माछाहरू र कस्ता बोटबिरुवाहरू हुनेछन् भन्ने कुराको तयारी परमेश्‍वरले धेरै अघि नै गर्नुभएको थियो। निश्‍चित प्रकारको मानव, निश्‍चित जातिको अस्तित्वको तयारी गर्ने क्रममा, परमेश्‍वरले हरेक कोणबाट विभिन्‍न कुराको बारेमा विचार गर्नु आवश्यक थियो: भौगोलिक वातावरण, माटोको बनावट, चराचुरुङ्गी र जनावरहरूका विभिन्न प्रजातिहरू, विभिन्न प्रकारका माछाका आकारहरू, माछाहरूका शरीरहरू बनाउने तत्वहरू, पानीको गुणस्तरमा भिन्नताका साथै विभिन्न किसिमका बोटबिरुवाहरूका भिन्नता…। परमेश्‍वरले ती सबै कुरा धेरै पहिले नै तयार गर्नुभएको थियो। परमेश्‍वरले गोरा मानिसहरूको निम्ति त्यही किसिमको वातावरणको सृजना गर्नुभयो र तयार गर्नुभयो, अनि त्यो स्वभाविक रूपले तिनीहरूकै हो। परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुहुँदा धेरै सोचविचार गर्नुभयो र योजना अनुसार काम गर्नुभयो भन्ने कुरा तिमीहरूले देखेका छौ? (हो, विभिन्न प्रकारका मानिसहरूको निम्ति परमेश्‍वरका सोचविचारहरू विचारशील छन् भन्ने हामीले देखेका छौँ। विभिन्न किसिमका मानवहरू जीवित रहनको निम्ति उहाँले सृष्टि गर्नुभएको वातावरणमा कस्ता किसिमका चराचुरुङ्गी, जीव-जनावर र माछाहरू, कति वटा पहाड-पर्वत र कति समथर भूभागहरू तयार गर्ने भन्ने कुराहरूको बारेमा उहाँले धेरै विचारशील र सुनिश्चित भएर सोचविचार गर्नुभयो।) उदाहरणको निम्ति गोरा मानिसहरूलाई लिऔं। गोरा मानिसहरूले मुख्यतया के-कस्ता खानेकुरा खान्छन्? गोरा मानिसहरूले खाने कुराहरू एसियाका मानिसहरूले खानेभन्दा फरक हुन्छन्। गोरा मानिसहरूले खाने प्रमुख खानेकुराहरूमा मासु, अण्डा, दूध र कुखुरा पर्छन्। रोटी र भात जस्ता खानाहरूलाई थालको एक छेउमा पूरक खानाको रूपमा राखिन्छ। सागसब्जीको सलाद खाँदा पनि त्यसमा सेकाएको गोमांस वा कुखुराको मासु हाल्ने गर्छन्, र गहुँबाट बनिएका खानेकुरा खाँदा पनि त्यसमा पनिर, अण्डा वा मासु थप्ने गर्छन्। यसको अर्थ, तिनीहरूको प्रमुख खानामा गहुँ वा चामल पर्दैनन्; तिनीहरूले धेरै मात्रामा मासु र पनिर खान्छन्। तिनीहरूका खानामा धेरै क्यालोरी हुने भएकोले तिनीहरूले प्रायः अत्यन्तै चिसो पानी पिउँछन्। यसैले, सेता मानिसहरू असाधारण तवरले मजबुत हुन्छन्। तिनीहरूलाई यस्तो जीवनशैली अपनाउन दिने तिनीहरूको जीवनशैलीको स्रोत र तिनीहरूका अस्तित्वको निम्ति परमेश्‍वरले तयार पार्नुभएको जिउने वातावरणहरू यस्ता छन्, जुन अरू जातिका मानिसहरूको जीवनशैलीभन्दा भिन्न छ। यस्तो किसिमको जीवनशैलीमा कुन सही वा कुन गलत भन्ने कुरा हुँदैन—यो जन्मजात, परमेश्‍वरले पहिले नै तोक्नुभएको हो र यो परमेश्‍वरको आदेश र उहाँको व्यवस्थापनद्वारा उत्पन्न हुन्छ। यस जातिको जीवनशैली यस्तो हुनुको कारण र तिनीहरूका जीविकोपार्जनका स्रोतहरू यी हुनुको कारण तिनीहरूका जात र, परमेश्‍वरले तिनीहरूको अस्तित्वको निम्ति तयार पार्नुभएको वातावरण नै हो। गोरा मानिसहरूको अस्तित्वको निम्ति परमेश्‍वरले तयार गर्नुभएको वातावरण र त्यस वातावरणबाट तिनीहरूले प्राप्त गर्ने दैनिक जीविकाका साधनहरू सम्पन्न र प्रचुर छन्।

परमेश्‍वरले अरू जातिहरूको अस्तित्वको निम्ति पनि आवश्यक वातावरणहरू तयार गर्नुभयो। काला मानिसहरू पनि छन्—काला मानिसहरू कहाँ बसोबास गर्छन्? तिनीहरू मुख्यतया मध्य र दक्षिण अफ्रिकामा बसोबास गर्छन्। परमेश्‍वरले त्यस किसिमको वातावरणमा तिनीहरूको निम्ति के तयार गर्नुभयो? सदाबहार वनहरू, सबै किसिमका चराचुरुङ्गी तथा जीव-जनावरहरू, मरुभूमिहरू र मानिसहरूको नजिकै रहने सबै किसिमका बोटबिरुवाहरू। तिनीहरूको निम्ति पानीको स्रोतहरू, जीविकोपार्जनका साधनहरू, र खाना छन्। परमेश्‍वरले तिनीहरूलाई पक्षपात गर्नुभएको छैन। तिनीहरूले जे गरे तापनि तिनीहरूको अस्तित्व कहिल्यै पनि खास समस्या बनेको छैन। तिनीहरूले पनि संसारको निश्चित स्थान र निश्चित क्षेत्र ओगटेका छन्।

अब पहेँला मानिसहरूको बारेमा कुरा गरौं। पहेँला मानिसहरू मुख्यतया पृथ्वीको पूर्वी भागमा बस्छन्। पूर्व र पश्चिमको वातावरण र भौगोलिक अवस्थितिमा के-के फरक छन्? पूर्वको जमिनको धेरैजसो भाग मलिलो र पदार्थ तथा खनिज भण्डारले सम्पन्न छ। अर्थात्, जमिनमाथि र जमिनमुनिका स्रोतहरूले भरपूर छ। अनि यस समूहका मानिसहरू, यस जातिका निम्ति परमेश्‍वरले मिल्दो माटो, जलवायु र तिनीहरूको निम्ति सुहाउँदो विभिन्न भौगोलिक वातावरणहरू पनि तयार पार्नुभयो। यहाँको भौगोलिक वातावरण र पश्‍चिमको वातावरणको बीचमा धेरै भिन्नता भए तापनि, मानिसहरूका निम्ति आवश्यक खाना, जीविकाहरू र जीविकोपार्जनका स्रोतहरू पनि परमेश्‍वरले तयार पार्नुभयो। यो बाँच्नको निम्ति पश्चिमका गोरा मानिसहरूको भन्दा फरक वातावरण मात्र हो। तर मैले तिमीहरूलाई भन्नुपर्ने एउटा कुरा के हो? पूर्वीय जातिका मानिसहरूको सङ्ख्या तुलनात्मक रूपमा ठूलो छ, त्यसैले परमेश्‍वरले पश्चिमभन्दा फरक रहेको पृथ्वीको यस भागमा धेरै तत्वहरू थप्नुभयो। त्यहाँ परमेश्‍वरले धेरै फरक भूभागहरू र सबै किसिमका प्रशस्त पदार्थहरू थप्नुभयो। त्यहाँका प्राकृतिक सम्पदाहरू प्रशस्त छन्; पूर्वीय जातिका ठूलो सङ्ख्यालाई पालनपोषण गर्न पुग्ने गरी भूभाग पनि विविध र फरक छ। पूर्वलाई पश्चिमबाट यही कुराले पृथक राख्छ कि—दक्षिणदेखि उत्तरसम्म, पूर्वदेखि पश्चिमसम्म—पूर्वको जलवायु पश्चिमको भन्दा राम्रो छ। चार ऋतुहरू स्पष्टसँग छुट्टिन्छन्, तापक्रमहरू सुहाउँदा छन्, प्राकृतिक सम्पदाहरू प्रचुर छन् र प्राकृतिक दृष्य तथा भूभागका प्रकारहरू पश्चिमको भन्दा धेरै नै असल छ। परमेश्‍वरले किन यसो गर्नुभयो? परमेश्‍वरले गोरा मानिसहरू र पहेँला मानिसहरूको बीचमा तर्कसंगत सन्तुलनको सृजना गर्नुभयो। यसको अर्थ के हो? यसको अर्थ यही हो कि गोरा मानिसहरूका खाना, तिनीहरूले प्रयोग गर्ने वस्तुहरू र तिनीहरूका निम्ति उपलब्ध कुराहरूका सबै पक्षहरू पहेँला मानिसहरूले आनन्द लिन सक्ने कुराहरूभन्दा धेरै असल छन्। यद्यपि, परमेश्‍वर कुनै जातिप्रति पक्षपाती हुनुहुन्न। परमेश्‍वरले पहेँला मानिसहरूलाई जिउनको निम्ति अझ सुन्दर र असल वातावरण दिनुभयो। सन्तुलन यही नै हो।

परमेश्‍वरले कुन किसिमका मानिसहरू संसारको कुन भागमा बस्‍नुपर्छ भनेर पहिले नै पूर्वनिर्धारण गर्नुभएको छ; के मानिसहरू यी सीमाहरूदेखि बाहिर जान सक्छन्? (अहँ, सक्दैनन्।) कस्तो आश्‍चर्यजनक कुरा! विभिन्‍न युगहरू वा असाधारण समयहरूमा युद्ध वा अतिक्रमणहरू भए तापनि, ती युद्ध र अतिक्रमणहरूले हरेक जातिको निम्ति परमेश्‍वरले अघिबाटै पूर्वनिर्धारण गर्नुभएको जीवन अस्तित्वको वातावरणलाई कुनै पनि हालतमा नष्ट गर्न सक्दैनन्। अर्थात्, परमेश्‍वरले निश्‍चित किसिमका मानिसहरूको निम्ति संसारको निश्‍चित भाग तोक्‍नुभएको छ र तिनीहरू ती सीमाहरूदेखि बाहिर जान सक्दैनन्। मानिसहरूमा तिनीहरूको क्षेत्र परिवर्तन वा विस्तार गर्ने कुनै किसिमको महत्वाकाङ्क्षा भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यो कुरा हासिल गर्न धेरै कठिन हुनेछ। यसमा तिनीहरू सफल हुन धेरै कठिन हुनेछ। उदाहरणको निम्ति, गोरा मानिसहरू आफ्नो क्षेत्र विस्तार गर्न चाहन्थे र तिनीहरूले केही अन्य देशहरूलाई उपनिवेश बनाए। जर्मनहरूले केही देशहरूमाथि हमला गरे र बेलायतले एकपल्ट भारतमाथि कब्जा गर्‍यो। यसको परिणाम के भयो? अन्त्यमा तिनीहरू असफल भए। तिनीहरूको असफलताबाट हामी के बुझ्छौँ? परमेश्‍वरले पहिले नै पूर्वनिर्धारण गर्नुभएको कुरालाई नष्ट गर्ने अनुमति छैन। त्यसकारण, तैँले बेलायतको विस्तारले जति नै ठूलो गति लिन सकेको देखेको भए तापनि, भारतको स्वामित्वमा रहेको भूमि छोड्दै, तिनीहरू अन्त्यमा पछि हट्नु नै पर्‍यो। त्यो भूमिमा बस्‍ने मानिसहरू अझै पनि भारतीय नै हुन्, बेलायती होइनन्, किनभने परमेश्‍वरले त्यस्तो अनुमति दिनुहुन्‍न। इतिहास वा राजनीतिशास्‍त्रमा शोध-अध्ययन गर्ने केही व्यक्तिहरूले यसबारेमा शोध-सिद्धान्तहरू उपलब्ध गराएका छन्। तिनीहरूले किन बेलायत असफल भयो भन्‍ने बारेमा कारणहरू दिँदै के भन्छन् भने, केही निश्‍चित जातिमाथि विजय गर्न नसकिने कारणले वा अन्य कुनै मानवीय कारणले यस्तो भएको हुन सक्छ…। यी वास्तविक कारणहरू होइनन्। वास्तविक कारण त परमेश्‍वर हुनुहुन्छ—उहाँले यस्तो हुन दिनुहुन्‍न। परमेश्‍वरले केही निश्‍चित जातिलाई कुनै निश्‍चित भूमिमा निरन्तर जिउन दिनुहुन्छ र तिनीहरूलाई त्यहीँ बसोबास गराउनुहुन्छ, र यदि परमेश्‍वरले तिनीहरूलाई त्यो भूमिबाट अन्यत्र जान दिनुहुन्‍न भने तिनीहरू अन्यत्र जान सक्दैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई कुनै निश्‍चित क्षेत्र प्रदान गर्नुहुन्छ भने तिनीहरू त्यही क्षेत्रमा जिउनेछन्। मानवजातिले यी निश्‍चित क्षेत्रहरूबाट आफूलाई मुक्त गर्न वा बाहिर निकाल्न सक्दैनन्। यो निश्‍चित छ। अतिक्रमणकारीहरूको शक्ति जति नै ठूलो भए पनि वा अतिक्रमित हुनेहरू जति नै कमजोर भए पनि, अतिक्रमणकारीहरूको सफलता अन्ततः परमेश्‍वरले नै निर्णय गर्नुहुन्छ। यो कुरा उहाँले पहिले नै पूर्वनिर्धारित गरिसक्‍नुभएको हुन्छ र यसलाई कसैले पनि बदल्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०१

आखिरी दिनहरूको कामले सबै नियमहरू तोड्दछ, अनि तँ श्रापित भए पनि वा दण्डित भए पनि, जबसम्म तैँले मेरो काममा सहायता गर्छस् र आजको विजयको कामका...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४०

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५३

तिमीहरूमाझ भइरहेको यो काम, जे काम गरिनुपर्ने हो सोहीअनुसार नै तिमीहरूमा गरिँदै छ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूहलाई सिद्ध...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४५

यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मनुभयो र उहाँको काम त्यहाँ नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्